नेकपाको छिमेक नीतिको परिक्षण
सहयोगी मन्त्रीहरु, सम्वन्धीत मन्त्रालयका उच्च अधिकारीहरु, घरानीया व्यापारी तथा उद्योगपतिहरु सहित एउटा ठुलो टोलीको नेतृत्व गर्दै यतिवेला प्रधानमन्त्री ओली चिनको भ्रमणमा छन । अस्तीबाट आरम्भ भएको उनको यात्रा अरु तिन दिन जारिरहने छ । हिजो मात्र उनले राष्ट्रपति तथा चिनीया कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङसंग वार्ता गरेका छन । हिजै नेपाली उद्योगी व्यापारीहरु र चिनीया समकक्षीहरुले विभिन्न ८ वटा परियोजना सञ्चालनमा चिनीया साझेदारीका लागि सम्झौतामा हस्ताक्षर गरेका छन जस अन्तर्गत नेपालमा उद्योग तथा जलविद्युतका क्षेत्रमा ठुलो मात्रामा चिनीया लगानी भित्रिने भएको छ । यी लगानी मुलतः चीनको वेल्ट एण्ड रोड पहलका दिर्घकालिन योजनासंग आवद्ध हुने भएकोले नेपालले गतबर्ष प्रचण्ड प्रधानमन्त्री रहँदै बिआरआई पहिलमा गरेको सम्झौताले कार्यरुप लिने छ । अनि यो नै भारत नेपाल र चिनका विचका सम्वन्धहरुको जटिलताको एउटा सुक्ष्म कारण बन्ने निस्चित छ । यससंगै गल्छी रसुवागढी ४०० केभी प्रशारण लाईन निर्माण सम्वन्धी सहमतिले नेपालको विद्युत व्यापारको कनेक्टिभिटिलाई चिनसंग जोड्ने छ । भारतको एकलौटी बजारका रुपमा नेपालको जलस्...