यो जित, यो हार
स्थानीय तहको निर्वाचनका नतिजा धमाधम आइरहँदा प्रतिस्पर्धी दलबीच हारजितको भागबन्डा भइरहेको छ । यसपटकको स्थानीय तहको निर्वाचनले पूर्वानुमानभन्दा अलि कम नै भए पनि एमालेका लागि उत्साहित गर्ने परिणाम लिएर आयो । उसले झन्डै ०५४ को स्थानीय निकायको निर्वाचनमा स्थापित गरेको वर्चस्व फर्काउने गरी जित हासिल गरेको छ । सत्तारुढ दलहरूले कतिपय ठाउँमा एमालेविरुद्ध गठबन्धन नै गरेको देखिनुले नेपालको संसदीय राजनीतिमा एमालेको स्थान अनुमान गर्न सकिन्छ । काठमाडौं र पोखरा महानगर बुटवल, इटहरी र धरानजस्ता नगरपालिकामा एमालेले ल्याएको मत र सिटले उसको साख जोगाएको छ । यद्यपि कतिपय स्थानमा उसले ०५४ को हैसियत गुमाएको छ । यी २० वर्षमा नेपालको राजनीतिमा भएका उथलपुथलपछि पनि यत्तिको हैसियत कायम गर्नु एमालेका लागि उत्साहकै विषय हो । सँगै यस निर्वाचनले एमालेमा केपी ओलीको अधिनायकत्व अझ बलियो बनाउन सहयोग गर्नेछ । किनभने, यसपालिको जितका लागि एमालेको संगठन र ओलीको विचार तथा छवि दुवैले बराबरजसो काम गरेका छन् । एक प्रकारले नेपालको उच्च र मध्यमस्तरको बुर्जुवा वर्गले ओलीलाई आफ्नो नेताका रूपमा स्वीकार गरेको सन्देश पनि यो निर...