भूमिको अथइति
खिम घले जब मिसनरीहरू आफ्रिका आएका थिए , उनीहरूसँग बाइबल थियो , हामीसँग जमिन । उनीहरूले भने , ल अब प्रार्थना गरौं । हामीले आँखा चिम्लियौं । जब आँखा खोल्यौं , हाम्रो हातमा बाइबल र उनीहरूसँग जमिन थियो । ’ दक्षिण आफ्रिकी सामाजिक अभियन्ता देसमन्ड टुटुको यो शक्तिशाली भनाइले भूमिसँग मानिसको सम्बन्धको बारेमा धेरै कुरा बोल्छ । एकातिर भूमिसँगको रैथानेको सम्बन्ध बोल्छ भने अर्कोतिर भूमिमा आँखा गड्ने अगन्तुकको मनोविज्ञान । परिस्थितिहरू जति फेरिए पनि भूमि प्राप्तिका लागि मानिसले नयाँ – नयाँ हथकण्डाहरू अपनाइरहेकै छन् । अझ सामन्ती समाजमा त्यसको अनेक रूप थिए , छन् र रहिरहनेछन् । त्यसमा पिसिन्छन् वास्तविक भूमिका मालिक अर्थात् भूमिको उपभोग गर्नेहरू रैथानेहरू । राजनीतिक विश्लेषक झलक सुवेदीको रिपोर्टाज् शैलीको एउटा अनुसन्धानमूलक सानो पुस्तकले शीर्षकमै भनिएजस्तो नेपाली सन्दर्भमा भूमि , राज्य र किसानको अवस्थाका बारेमा धेरै कुरा बोल्छ । मुलुकको भूमिसम्बन्धी व्यवस्थाहरू , आदिवासी ...