यसकारण संविधान संसोधन
शुक्रबार जनकपुरमा प्रहरीले सिके राउतलाई पक्राउ गर्यो । उनी र उनका समर्थकहरु जातिवादी विरुद्धको दिवस भन्दै कार्यक्रम गर्न त्यहाँ जम्मा भएका थिए । अहिले हेर्दा उनको प्रभाव सिमित देखिन्छ । तर तिनचार बर्ष यता मधेशमा एकप्रकारको भावनात्मक र प्रतिकात्मक नेताको छवि उनले निर्माण गरेका छन् । मधेशको बारेमा कुरा हुँदा सिके राउतको नाम नलिई त्यो पुरा हुन छाडेको छ । केन्द्रिय सुरक्षा निकाय होस या जेएनयुमा विद्यावारिधी गरिरहेको कुनै मधेशवासी युवा, सिके राउतको चर्चा गर्नैपर्ने भएको छ । तर अहिले नै चैं राउतले नेपालको राजनीतिक विषय सुचिलाई कुनै प्रभाव पार्न सक्ने छैनन । अर्थात स्वतन्त्र मधेश ख्याली पुलाउ हो । ईतिहासमा सबै घटना उस्तै गरि दोहोरिन्न । त्यसका कार्यकारण सम्वन्धहरु पनि उस्तै हुन्नन । तर तुलना गर्न भने पर्याप्त हुन्छन् । फारुख अब्दुल्ला जस्ता जनवादी व्यक्तिसंग गरिएको कश्मीरलाई स्वसासन दिने सम्झौता (ईन्दीरा गान्धी र फारुख विच १९७४ मा भएको सहमति) लाई पालन गर्न नसक्दा अहिले कश्मीरमा ससस्त्र हिँसा उठिरहेको छ । त्यसलाई स्मरण गर्नुभने वाञ्छनीय हुनेछ । अहिले सिके राउतको चर्चा भएको उपेन्द्र याद...