Posts

Showing posts from July, 2016

सुवेदीको भूमि, किसान र राज्य

Image
काठमाडौं-लेखक तथा राजनीतिक टिप्पणीकार झलक सुवेदीको नयाँ पुस्तक ‘भूमि, किसान र राज्य’को मंगलबार राजधानीमा विमोचन गरिएको छ । पुस्तक मानवशास्त्री जनक राई तथा भारतका गान्धीवादी अभियन्ता राजागोपाल भिपीले विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा बोल्दै भिपीले भूमिलाई राज्यसँग जोडिदिएको यो पुस्तकले संसारभरिको भूमि आन्दोलनलाई ऊर्जा दिने बताए । त्यस्तै मानवशास्त्री राईले सुवेदीले भूमिसँगको आदिवासीहरूको सम्बन्धमा भइरहेको परिवर्तन देखाएको टिप्पणी गरे । सुवेदीले पुस्तक लेखनका क्रममा नेपालका भूमिहीनहरू दाससरहको जीवन बाँचेको बताए । उनले भने, ‘पुस्तकमा नेपालमा केही समुदायको जमिन, जल र जंगलसँगको सम्बन्धमा आइरहेको परिवर्तन र त्यसले पारेको प्रभाव, परम्परागत भूमि सम्बन्धका कारण किसानले व्यहोर्दै आएका सम्बन्धहरू र भूमिका कारण उत्पन्न द्वन्द्वहरूको अध्ययनमा रहेका खाडललाई केही हदसम्म पुर्ने प्रयास गरिएको छ ।’ भूमिमा आधारित किसान र राज्यबीचको सम्बन्धमाथि लेखिएको पुस्तकमा ६६ वर्षयता भूमिसुधारका क्षेत्रमा भए–गरेका काम, नेपालको अर्थ–राजनीतिक इतिहास र वर्तमानबारे उल्लेख गरिएको छ । पुस्तकमा खासगरी राजी, सोनाहा, चे...