घरघरका यी कथाहरु
नेपाली समाजको यो एउटा असजीलो पाटोबारे कुरा गर्ने जमर्को गर्दा पनि म उती विश्वस्त भएको छैन कि मैले विषयलाई ठिक ढंगले राख्न सक्नेछु । तर म घरघरमा र गाउँगाउँम जे देख्दै छु त्यसबारे नलेखि पनि मेरो मन मानेको छैन । गएको २५ बर्षमा नेपालकोे आर्थिक अवस्थामा तिव्र परिवर्तन आएको छ । हामी विश्वका गरिव देशहरुमा पनि तन्नम भएको त साँचो हो तर यसको अर्थ समाज परिवर्तन नै भएको छैन भन्ने होईन । सुदुर हिमालदेखि मधेशसम्म र शहर देखि गाउँसम्म घरघरको अर्थतन्त्रमा परम्परागत आधारहरु खस्केका छन् । नयाँ आधारहरु तय भएका छन् । मानिसहरुको पेशामा आएको परिवर्तन, लाउने खाने र उपभोग गर्ने कुरामा आएको परिवर्तनसंगै पहिलेका सामाजीक पारिवारिक मुल्यप्रणालीमा पनि परिवर्तन आएको छ । सामन्तवादी या अर्ध सामन्ती उत्पादनसम्वन्ध भत्केको छ र समाज पुँजीवादी उप्तदान सम्वन्धतिर धकेलीएको छ । निर्वाहमुखि खेतीबाट निसासिएका युवायुवतीहरु मैका पाउनासाथ पुँजावादी उत्पादनतरि गाँसीन वेतोडसंग कुदिरहेका छन् । त्यसले परिवारहरुको परम्पारगत संरचना पनि भत्कीन थालेको छ । तर आर्थिक सामाजीक संरचनामा आईरहेको परिवर्तनलाई ब्यबस्थापन गर्न हामीसंग जे जस्ता ...