Posts

Showing posts from October, 2015

एउटा डरलाग्दो मौनता

नेपालको सिमानामा भारतीयले लगाएको नाकाबन्दी जारी छ । र, जारी छ तराई मधेसको झन्डै आठ साता लामो आन्दोलन पनि । नाकाबन्दीले पहाडी क्षेत्रको जनजीवन अस्तव्यस्त छ । त्यसरी नै अस्तव्यस्त छ, मधेसका सर्वसाधारणको जीवन पनि । अर्थात् सिंगो नेपाल नै अस्तव्यस्त छ । यो अस्तव्यस्तताका तीन पक्ष छन्, आन्दोलनरत मधेसी मोर्चाका दल र नेताहरू, जो भारतसँग मिलेर काठमाडौंसँग दुश्मनी साँध्न हिँडेका जुवाडेझैँ आन्दोलनमा छन् । दोस्रो पक्षमा मधेस आन्दोलनको नाम सुन्दा पनि एलर्जी भएझैँ गर्ने काठमाडौंको सत्ताधारी वर्ग छ, जसको नेतृत्व सुशील कोइराला र केपी शर्मा ओलीले गरेका छन् । तिनीहरूको दम्भले देशले निकै ठूलो मूल्य चुकाइरहेको छ । र, तेस्रो पक्ष हो भारत, जसले नेपालमाथि यसरी व्यवहार गर्दै छ, मानौँ नेपाल भारतको ३०औँ प्रान्त हो र यसमा दिल्लीको सीधा शासन चल्छ । भारतले काठमाडौंलाई दबाब दिन कूटनीतिक लगौँटी खोलेर फाल्दै नांगै भएर नाकाबन्दी लगाएको छ र त्यसलाई नेपालमा रहेका ‘भारतीय मूलका नागरिकहरू’को हितरक्षाको जामा पहिर्‍याएको छ । भारतीय प्रधानमन्त्री मोदी र उनको दल भाजपाका स्वार्थ र त्यसको दर्शन कसरी एउटा भयानक दु:खान्त बनेर न...