Posts

Showing posts from August, 2015

यसपछि मैले सक्रिय राजनीति छाडेँ

१) ०४८ साल मंसिर २८ गते शनिबार । स्थान बालमन्दिरको सभाहल, पुतलीबजार स्याङ्जा । एमालेका केन्द्रीय सदस्य कमरेड त्रिलोचन ढकाल माइकअगाडि हातमा शपथ–ग्रहणसम्बन्धी नोट लिएर उभिएका थिए । स्याङ्जा जिल्ला कमिटी एमालेका सदस्य तथा अखिल नेपाल महिला संघका केन्द्रीय सचिव कमरेड लक्ष्मीकुमारी कार्की र नेकपा एमालेको साधारण सदस्य रहेको म झलक सुवेदीबीच विवाह सम्पन्न हुँदै थियो । पार्टीले नै यो विवाह कार्यक्रम आयोजना गरेको थियो । मञ्चमा भाषण र शुभकामनाको लहर चल्यो । वधूका परिवारजनले टीका लगाएर शुभाशिष दिने क्रम पनि सँगसँगै चल्यो । कुनै पनि खालको उपहार र दान–दक्षिणा भने निषेधित थियो । त्यसपछि शपथ–ग्रहण गर्ने, गराउने समय आयो । शपथ–ग्रहणका लागि उभिएपछि कमरेड त्रिलोचन शपथ व्यहोरा पढ्न थाल्नुभयो । मैले शपथका लागि त्यहाँ पढिएको भनाइ दोहोर्‍याउनुका साटो माइक लक्ष्मीजीतिर सारिदिएँ । हलमा मेरा मित्रहरू गलल्ल हाँसे । कोही बुझेर हाँसे र कोही नबुझेर हाँसेका थिए । पार्टीका विधि–विधान र अनुशासनमा बसिरहने मेरो अनिच्छाको सार्वजनिक अभिव्यक्ति थियो त्यो । त्यही वर्षको जेठमा संसद् निर्वाचन सकिनासाथ मैले पार्टीको जिम्मेवारीब...