Posts

Showing posts from March, 2014

डा. भट्टराईको नयाँ शक्ति

गएको संविधानसभा निर्वाचनअगाडिसम्म एमाओवादी देशको मुख्य राजनीतिक दल थियो । मोहन वैद्यहरूको समूह अलग्गिएर गइसकेपछिको एमाओवादीको वास्तविक शक्तिको परीक्षण हुन बाँकी त थियो । तर, उसको यतिसारो कमजोर प्रदर्शन होला भन्ने अनुमान चाहिँ गरिहालिएको थिएन । नेपालमा माओवादी परियोजनाका परिकल्पनाकार प्रचण्ड र बाबुराम भट्टराई संविधानसभाको निर्वाचनपछि एउटा विजित शक्तिका रूपमा आफ्ना कार्यक्रम र योजनाको परिकल्पना गरिरहेका थिए । कमरेड किरणसहितको बहिर्गमनले माओवादीले १० वर्ष सञ्चालन गरेको जनयुद्धको बैठान जसरी भयो, त्यसबारे शास्त्रीय बहस अवश्य जन्माएको थियो । त्यसप्रकारको बहसले नेपालमा कम्युनिस्टहरूको एकलौटी सत्ता रहेको नयाँ जनवाद स्थापना नगरी प्रचण्ड–बाबुराम समूहले जनयुद्ध बिसाएर गल्ती गरेको या धोका दिएको भन्ने तर्कलाई स्थापित गर्न खोजेको छ । विश्व कम्युनिस्ट आन्दोलनमा यसप्रकारको धार एउटा पक्षका रूपमा अझै पनि उपस्थित छ । तर, किरण समूहले कुनै प्रभावकारी उपस्थिति देखाउन नसकेको सन्दर्भमा अहिलेलाई नेपाली समाजले उनीहरूको नयाँ जनवादी क्रान्तिको बाटोलाई वास्ता नगरेको नै मान्नुपर्ने हुन्छ । यता प्र...