These pictures were taken on last April while visiting my birth place.



यी फोटाहरु यसैवर्षको वैशाखमा घर जाँदाका हुन् । बा आमा बस्न छाडेपछि घर आफै परित्यक्त हुँदै गएको छ । गत माघ र फागुनमा क्रमशः आमा र बा वित्नु भयो । यसैपनि घर र गाउँ डुल्दा बा आमाका स्मृतिहरु जताततै भेटिन्छन् । पहिलो तस्विर घरको आँगनमा लिइएको हो जसमा मेरी पत्नी लक्ष्मी कार्की र भाउजु हरिमायासंगै म पनि उभिएको छु । पछिल्लो तस्विर बेसीमा उहिले बा ले बनाउनु  भएको गोठको हो । म एक्ले उभिएको चैं हाम्रो बेसीको हो जहाँ हामी खेल्यौं र बाल्यकाल तथा किशोर वय र युवा अवस्था बितायौं ।

















Comments

Popular posts from this blog

‘जग्गा बाँडेर भूमिहीनको समस्या समाधान हुँदैन’

पृथ्वीनारायण कलेजका दिनहरु ! Our College day's. Struggle against Monarchy.