Posts

Showing posts from 2026

यसपाली पोखरा जाँदा

Image
  शिसुवा सातमुहाने सडक यसपाली चारदिन पोखरा बसियो ।  जसबहादुर गुरुङ दाइकी कान्छी छाेरीकाे बिहेमा सामेल भइयाे ।धेरै  गाउँलेहरुसंग भेटघाट भाे रमाइलाे भयाे । नव विवाहित जाेडीका प्रति बधाई । https://youtu.be/wO9r2MJJ4X4?si=lR7625SeQAh1Ndyo जानेबेला साथीहरू थिए प्रतीक पहारी र राम सुवेदी । प्रतीक हाेटल सराेवरका म्यानेजर हुन् । जेनजिका नाममा ध्वस्त हाेटलकाे पुनर्निर्माणमा सक्रिय छन् । सिविल इञ्जिनियर र विश्वकै  प्रतिष्ठित विश्वविद्यालयबाट एमबिए गरेका उनी साना तथा मझौला व्यवसायले सरकारको पर्याप्त सहयोग नपाएकाे कुरा गर्दैथिए । 80-85 प्रतिशत उद्योग व्यवसाय याे श्रेणीमा पर्छन् भन्थे । दुइजना युवाहरु अमृत सुवेदी र रवि लामिछानेले चलाइरहेको कुखुरा फर्म हेरियो, उनीहरुले आफ्नो व्यवसाय विस्तारका लागि गरिरहेको पहलबारे बुझियो । ३५ वर्ष मुनिका उनीहरुले गरिरहेको 10 कराेड भन्दा ठुलाे लगानी, तीन ठाउँ फर्म र एउटा आउटलेट, भविष्यमा गर्न चाहेका  प्राेसिसङ उद्योगका याेजना र अहिलेको अवस्था बुझ्दा नेपालमा केही गरौं भन्नेहरुलाई प्रेरणाप्रद लाग्यो । बैंकिङ प्रणाली र व्यवसाय गर्न चाहनेका बीचका त...

Some Videos

Image
 

बेनी बजारमा झर मायालु …

Image
  हुनत म्याग्दीको परिचयमा म्यागासेसे पुरस्कार विजेता, पूर्वमन्त्री तथा भर्खरै निर्वाचित सांसद महावीर पुन थपिएका छन्। यहीं छन् घोरेपानी र पुनहिल। अन्नपूर्ण आरोहणको पदमार्ग र बेसक्याम्प पनि यतै त छ, जहाँबाट मौरिस हर्जोगले सन् १९५० को जूनमा पहिलो पटक अन्नपूर्ण शिखर आरोहण गरेका थिए। यहीं छ भुरुङ तातोपानी। २०३१ सालतिर सोमनाथ प्यासीले शिक्षक हुँदा प्रचार गरेको कम्युनिस्ट विचारबाट प्रभावित भएर जनताले बनाएको आधार इलाका र दमनको कथा भएको गाउँ दोवा पनि यहीं पर्छ । भीमप्रसाद गौचनले गरेको अत्याचारका कथाहरू पनि छन्। पर्वत राज्यको राजधानी बेनी पनि त यहीं छ। धौलाश्री (धौलागिरि) हिमाल पनि यहीं छ। यहाँ भने सदियौंदेखि मानिसहरूले रोगका विरुद्ध लड्न प्रयोग गर्दै आएको सिङ्गा तातोपानीका विषयमा कुरा गरिनेछ। तर त्यस अगाडि केही भूमिका। लु   राजा ,  सुब्बा   नरसिंह   मल्ल   र   पाखापानी मेरो साथमा छन् उहिलेदेखि पढ्न साँची राखेका चन्द्रप्रकाश बानियाँको उपन्यास ‘तुलु राजा’ र कमरेड मोहनविक्रम सिंहको विशालकाय उपन्यास ‘जलजला’। म्याग्दीमा पहिलो पढाइ त तुलु राजाकै गर्नुपर्छ भन्ने मन भय...

सहयात्राका उकाली ओरालीमा कृष्ण थापा

Image
Shares पृथ्वीनारायण क्याम्पसलाई आधार बनाएर हुर्केका तत्कालीन मालेका कार्यकर्ताहरूमध्येका एकजना नेता कमरेड कृष्ण थापाको फागुन २८ गते हृदयाघातका कारण असामयिक निधन भयो । उनी मेरा सहकर्मी समकालीनहरूमध्येका एकजना थिए । यसअघि उक्त पुस्ताका रामनाथ ढकाल, रवीन्द्र अधिकारी र आनन्द सुवेदी अल्पायुमै बितेका थिए । मित्र मानबहादुर जिसी ब्रेन ह्यामरेज र पक्षघातको सिकार भएर जीवन घिसारिरहेका छन् । अरू सीमित संख्यामा राजनीतिका सिँढी चढेर लाभ लिएकाहरू छन् । बाँकी कोही कता कोही कता जीजीविषाले तानेर छरिएका छन् । लगभग साठी कटेको यो पुस्ता आफूले बिताएका युवा वयका दिनहरू सम्झेर के कस्तो ठानी बस्तो हो भनेर जान्ने रहर पालिबसेको छु । हरेक व्यक्तिसँग संवाद गर्न नसकिने । एक थापा थिए कहिले कहिले पुराना साथीहरूको पुनर्मिलन गरौँ भन्थे उनी पनि बिदा भए । कृष्ण थापा राजनीतिमा हाम फालेदेखि नै कहिल्यै निष्क्रिय भएनन् । झन्डै ४७ वर्ष निरन्तर कम्युनिस्ट पार्टी र आन्दोलनमा सक्रिय रहेर पार्टीकै काम गरिरहेको समयमा पार्टी अफिसमै बस्दा बस्दै मृत्यु हुनुले बताउँछ उनको राजनीतिका जीवन सफल भयो । यस्तो अनुभव धेरैले गर्न पाउँदैनन् । यद...