यसपाली पोखरा जाँदा

 


शिसुवा सातमुहाने सडक


यसपाली चारदिन पोखरा बसियो । 

जसबहादुर गुरुङ दाइकी कान्छी छाेरीकाे बिहेमा सामेल भइयाे ।धेरै  गाउँलेहरुसंग भेटघाट भाे रमाइलाे भयाे । नव विवाहित जाेडीका प्रति बधाई ।

https://youtu.be/wO9r2MJJ4X4?si=lR7625SeQAh1Ndyo


जानेबेला साथीहरू थिए प्रतीक पहारी र राम सुवेदी । प्रतीक हाेटल सराेवरका म्यानेजर हुन् । जेनजिका नाममा ध्वस्त हाेटलकाे पुनर्निर्माणमा सक्रिय छन् । सिविल इञ्जिनियर र विश्वकै  प्रतिष्ठित विश्वविद्यालयबाट एमबिए गरेका उनी साना तथा मझौला व्यवसायले सरकारको पर्याप्त सहयोग नपाएकाे कुरा गर्दैथिए । 80-85 प्रतिशत उद्योग व्यवसाय याे श्रेणीमा पर्छन् भन्थे ।


दुइजना युवाहरु अमृत सुवेदी र रवि लामिछानेले चलाइरहेको कुखुरा फर्म हेरियो, उनीहरुले आफ्नो व्यवसाय विस्तारका लागि गरिरहेको पहलबारे बुझियो । ३५ वर्ष मुनिका उनीहरुले गरिरहेको 10 कराेड भन्दा ठुलाे लगानी, तीन ठाउँ फर्म र एउटा आउटलेट, भविष्यमा गर्न चाहेका  प्राेसिसङ उद्योगका याेजना र अहिलेको अवस्था बुझ्दा नेपालमा केही गरौं भन्नेहरुलाई प्रेरणाप्रद लाग्यो । बैंकिङ प्रणाली र व्यवसाय गर्न चाहनेका बीचका तनावका कुरा गर्थे । सरकारकाे सहयोग नभएकाे पनि भन्दै थिए कतिनीतिगत व्यवस्थाका पक्षमा ।



मालेपाटनमा रहेको इ भेन्चर क्याफे एण्ड गार्डेन चलाइरहेका थामर्जुङे युवाको उत्साह देखेर खुशी लाग्यो । उनीहरुले आफ्नै स्रोतबाट थालनी गरेर गरेको व्यवसायले राम्रो प्रतिफल दिइरहेको । चार्जिङका लागि ट्रान्सफर्मर राखिदिने र आफ्नो बीजुली वेच्ने विद्युत



 प्राधिकरणको योगदान बाहेक उनीहरुले अरु सहयोग लिएका छैनन् राज्यबाट । यसो हेर्दा नेपाल सरकारले प्रोत्साहन गर्न सके साना तथा मझौला व्यवसाय तथा उद्योगहरुबाट देशको दिर्घकालिन आर्थिक हितका लागि अर्थपूर्ण योगदान हुने देखिन्छ । सबैभन्दा बढी रोजगारी सिर्जना गरिरहेका व्यवसाय पनि यस्तै हुन् । 

यसपाली पोखरा जाँदाको अर्को खुशी महानागरपालिकाका दुइवटा कामले पनि दियो । 

पहिलो पृथ्वी चोकमा बन्दै गरेको पोखरा घर । यसमा सञ्चालनमा आउनै लागेका नगर पुस्तकालय, कला प्रदर्शनी केन्द्र र कोसेली घरले पोखरालाई शहरका रुपमा एउटा परिचय दिने छन् । खासगरी काठमाण्डौको भृकुटीमण्डपस्थीत पुस्तकालय हालै सरकारले बन्द गराएको सन्दर्भमा त्यहाँ सञ्चालनमा आउन लागेको पुस्तकालयले एउटा सन्देश दिनेछ । 

बन्दैगरेकाे



निकै पुरानो चिसो र ओसीले महेन्द्रपुलस्थित पुस्तकालय भत्काएर आलोचना खेपेका मेयर धनराजले यो काम चैं पोखराको गहनाका रुपमा स्थापित हुने गरि परिकल्पना गरेछन् । पोखरामा पहिलोपटक आर्ट ग्यालरी बन्ने भएछ । केहीवर्ष पहिले पोखरा महानगरका कामका सन्दर्भमा भएको एउटा कुराकानीमा लेखक सरस्वति प्रतिक्षाको एउटा वार्ता प्रकाशित थियो महानगरका पाँचवर्ष पुस्तकमा । उनको भनाइ थियो पानी रङको पोखरामा छैन आर्ट ग्यालरी । यस्ता अपेक्षा पुरा हुँदा शहरले एउटा मानक र परिचय पाउँछ ।त्यही नगर प्रज्ञाप्रतिष्ठानको स्थायी अफिस पनि बन्ने भएछ । 

परिकल्पना 



अर्कोचैं, प्रदर्शनीस्थलमा बन्न लागेको एउटा नयाँ संरचना रहेछ जसले पोखरालाई साँच्चै शहर हुनुको गरिमा दिनेछ । पाेखराकाे आन्तरिक तथा वाह्य पर्यटनमा पनि सकारात्मक प्रभाव पार्नेछ ।


पोखरा प्रवेश गर्दै गर्दा पहिलेका आँखा बिझाउने दृष्यहरु सफा हुँदै गएका र फराकिलो सडक बन्दै गरेको देखेर पोखरा बन्दैछ भन्ने एउटा सन्देश दिँदोरहेछ ।  


पोखरा बन्दै रैछ.....!

Comments

Popular posts from this blog

खेर गएको एउटा लेख

‘जग्गा बाँडेर भूमिहीनको समस्या समाधान हुँदैन’