Posts

ईतिहास र प्रवृती ः उस्तै लाग्छन सबै

नेपालको विदेश सम्वन्धमा वहस जारि छ । गतबर्ष संविधान जारि भएपछि मधेशमा भएको आन्दोलनलाई सहयोग गर्दै भारतले लगाएको नाकावन्दी पछि देशको जनमत र राजनीतिक नेतृत्व ध्रुविकृत छ ः भारत ढल्कुवा या चिन ढल्कुवा भनेर एक अर्कामा चर्को आरोप लगाईने गरिएको छ । चिन ढल्कुवा हुनु राष्ट्रवादी र भारत ढल्कुवा देखिनु अराष्ट्रिय भन्ने मतको वर्चस्व छ । ईतिहासमा थान्को लागेका कतिपय गलत पात्रहरुको देवत्वकरण सुरु भएको छ । निरंकुश राजतन्त्रका नायक (जनता र लोकतन्त्रका लागि खलनायक) हरुको मुर्तिपुजा सुरु भएको छ र गणतन्त्रवादीका दरवारको मुल ढोकामा महेन्द्रका शालीक निर्माण गरिने हो कि जस्तो छनक मिल्छ । अस्तीमात्र गोवामा एउटा अन्तरराष्ट्रिय जमघटमा पुगेर आएका प्रधानमन्त्री प्रचण्डमाथि भैरहेको आलोचना र काठमाण्डौ ओर्लेपछि प्रचण्डले देखाएको अति उत्साहलाई हेर्दा हाम्रो द्धन्दको तत्व खुल्छ । नेपालको ईतिहासमा नै पहिलो पटक नेपाल, भारत र चिनका मुख्य कार्यकारिहरु  एकै ठाउँमा गफिएको तस्विरले के संकेत गर्छ ? के नेपालको महत्व अव भारत र चिनका विचमा सम्वन्ध सेतुका रुपमा विकास गर्न या नेपाललाई अर्काको प्रभाव क्षेत्रमा नछोड्न दुवै द...

माटो–बहसको एक झलक

-   विमल आचार्य कसैसँग आँखाले हेरिनभ्याइने जमिन छ अनि कसैसँग भने आँखाजति पनि छैन । मान्छेहरू कसरी कोही धनी वा गरिब भए ? जागिर–व्यवसायले धनी भए । कहिलेदेखि ? बाबुबाजेका पालादेखि । अनि, त्यसभन्दा अघि ? जग्गा प्रशस्तै थियो । कसरी भयो ? पहिले त यो धरा कसैको थिएन अर्थात् सबैको बराबरी थियो । शासक–प्रशासक जो भए, तिनलाई जसले रिझाए, उनीहरूले पाउनु पाए । टाठाबाठा जग्गामालिक भए, उनीहरूलाई बसीबसी खान पुग्यो । जग्गा नहुनेहरू अर्काको (जो उनीहरूको पनि थियो पहिले) खेतबारीमा मरीमरी काम गरेर पनि भरपेट खान नसक्ने भए ।   झलक सुवेदी समाज, अर्थ र राजनीति जोडजाड पारेर बरोबर कलम अनि मुख चलाउने साहित्यकार हुन् । साहित्यकार किन भनेको भने तथ्य र कल्पनाको डिमार्केसन मेटिँदो छ, उनको लेखनमा । ब्रिटिस साम्राज्यका नेपाली मोहरा : गोर्खा भर्तीको नालीबेलीमा जस्तै भूमि, किसान र राज्यमा पनि उनले साहित्यिक स्वाद पस्केका छन् । लेख्छन्, ‘गणेश हिमालको हिउँ त्यसरी नै पातलिएको छ, जसरी पृथ्वीनारायण शाहले निर्माण गरेको पहाडेहरूको स्थान खुम्चिँदै गएको छ ।’ भूमि, किसान र राज्य एउटा यस्तो अनुसन्धानमूलक पुस्...

राज्यको लगानीमा अनुसन्धान केन्द्र

भारतको मुम्बईबाट निस्कने अनुसन्धानमूलक साप्ताहिक जर्नल इकोनोमिक एन्ड पोलिटिकल विक्ली (इपिडब्लू) यो वर्ष पचासौँ वर्षगााठ मनाउादै छ । पचास वर्षसम्म त्यति स्तरीय जर्नल साप्ताहिक रूपमा निकालिरहनु अहिलेको काठमाडांैको आाखाबाट हेर्दा झन्डै असम्भवजस्तो लाग्छ । इपिडब्लूले भारतीय नीति–निर्माता र बौद्धिक जमातलाई मात्र होइन, नेपाललगायत दक्षिण एसियामा र अरू क्षेत्रमा समेत बौद्धिक खुराक आपूर्ति गरिरहेको छ । नेपालमा त्यसका नियमित पाठकको संख्या पनि उल्लेख्य छ । गैरसरकारी क्षेत्रबाट गरिएको यो प्रयासले सामाजिक अनुसन्धानका क्षेत्रमा सक्रिय धेरै अनुसन्धातालाई प्रकाशित हुने अवसर मात्र दिएको छैन, भारतीय समाजमा आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रका अनेक आयाममाथि रहेका कतिपय मान्यतामा सार्थक हस्तक्षेप पनि गरेको छ । नेपालमा केही समययता अध्ययन अनुसन्धान क्षेत्रमा सक्रिय व्यक्तित्वले सामाजिक क्षेत्रका विविध आयाममा अनुसन्धान गर्ने संस्थागत व्यवस्था भए हुन्थ्यो भनेर आवाज उठाउने गरेका छन् । सामाजिक सञ्जाल र लेखनमार्फत यस्ता मुद्दा सक्रियता साथ उठाउनेमा अनुसन्धानकर्ता प्रत्युष वन्त एकजना हुन । मार्टिन चौतारीजस्तो अ...

सुवेदीको भूमि, किसान र राज्य

Image
काठमाडौं-लेखक तथा राजनीतिक टिप्पणीकार झलक सुवेदीको नयाँ पुस्तक ‘भूमि, किसान र राज्य’को मंगलबार राजधानीमा विमोचन गरिएको छ । पुस्तक मानवशास्त्री जनक राई तथा भारतका गान्धीवादी अभियन्ता राजागोपाल भिपीले विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा बोल्दै भिपीले भूमिलाई राज्यसँग जोडिदिएको यो पुस्तकले संसारभरिको भूमि आन्दोलनलाई ऊर्जा दिने बताए । त्यस्तै मानवशास्त्री राईले सुवेदीले भूमिसँगको आदिवासीहरूको सम्बन्धमा भइरहेको परिवर्तन देखाएको टिप्पणी गरे । सुवेदीले पुस्तक लेखनका क्रममा नेपालका भूमिहीनहरू दाससरहको जीवन बाँचेको बताए । उनले भने, ‘पुस्तकमा नेपालमा केही समुदायको जमिन, जल र जंगलसँगको सम्बन्धमा आइरहेको परिवर्तन र त्यसले पारेको प्रभाव, परम्परागत भूमि सम्बन्धका कारण किसानले व्यहोर्दै आएका सम्बन्धहरू र भूमिका कारण उत्पन्न द्वन्द्वहरूको अध्ययनमा रहेका खाडललाई केही हदसम्म पुर्ने प्रयास गरिएको छ ।’ भूमिमा आधारित किसान र राज्यबीचको सम्बन्धमाथि लेखिएको पुस्तकमा ६६ वर्षयता भूमिसुधारका क्षेत्रमा भए–गरेका काम, नेपालको अर्थ–राजनीतिक इतिहास र वर्तमानबारे उल्लेख गरिएको छ । पुस्तकमा खासगरी राजी, सोनाहा, चे...

थिन्ले ल्होन्डुप ः एउटा विम्व नेपालको

मैले कहिल्यै थिन्लेलाई भेटिन । नजिकबाट एकाधपटक देखेको थिएँ । न चिन जान भयो न भेटघाट । न म डोल्पा नै गएको छु न विश्व प्रसिद्ध सुन्दर ताल से फोक्सुण्डो पुगेको छु । त्यहाँ नपुगेपछि त्यतातिरको विकटताका बारेमा प्रत्यक्षमा जान्ने कुरा पनि भएन । मैले त्यो ईलाकाको वारेमा विस्तारमा पढेको चैं डा. हर्क गुरुङ्को पुस्तकमा हो । र देखेको चैं क्याराभान सिनेमा हेर्दाको पर्दामा । त्यसैले होला मलाई अलिअलि डर चैं यो पनि लागिरहेछ कि थिन्लेवारे लेख्न वस्दा म यस विषयलाई न्याय गर्न सक्छु या सक्दिन । यसै साता मात्र एउटा दुर्घटनामा परेर थिन्लेको मृत्यु भयो । थिन्ले मरेर गएपनि उनका स्मृतीहरु नेपालमा लामो समय जीवीत रहने छन् । उनका चिनारु र सङ्गतीयाहरुले उनका बारेमा लेख्ने हो, लेखेका पनि छन् । उनीसंग एउटा गितमा अभिनय गरेका नेपथ्य व्याण्डका गायक अमृत गुरुङले राम्रो अविच्युरी लेखेका छन् । उनको मृत्युले मलाई लेख्न सकसक लागेको छ ः उत्तर आधुनिक सञ्चार र न्यारेशनबाट बनाईएको एउटा मिथ जस्तो थिन्ले वास्तवीक थिन्लेको मृत्यु मर्यो । चर्चित फ्रेन्च सिने निर्देशक एरिक भ्यालीले नेपालको कर्णालीका जिल्लामा बसोबास गर्ने तीव्वत...

‘एमालेले जबजबारे बनाएका धारणा भ्रान्तीपूर्ण छन्’

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको गएको शुक्रबार ६७ बर्ष पुगेको छ । १ सय चार बर्षे लामो जहानियाँ राणा शासन बिरोधी क्रान्तीको पूर्वसन्ध्यामा २२ अप्रिल , १९४९ का दिन महासचिव पुष्पलालको नेतृत्वमा नेकपाको स्थापना भएको थियो । नरबहादुर कर्माचार्य , नारायणविलास जोशी , निरञ्जन गोविन्द वैद्य र मोतिदेवी श्रेष्ठ संस्थापक सदस्य थिए ।   अनेकौं आरोह – अवरोह पार गरेर नेपाली कम्युनिष्ट आन्दोलन नेपाली राजनीतिको केन्द्र भागमा छ । यसको विभाजन र एकता तथा उपलब्धि र कमजोरीको लामो इतिहास छ । नेपालका कम्युनिष्ट पार्टीहरुले संसदीय राजनीतिमा समेत पटक – पटक बहुमत पाएका छन् । कम्युनिष्ट पार्टीहरुले पहिलो संविधानसभामा ६२ प्रतिशत र दोस्रो संविधानमा ५२ प्रतिशत मत ल्याएका थिए । तर , विभिन्न समुहमा बाँडिएका , अनेक विचारमा भाँडिएका कारण परिर्वतनको मुख्य निर्णयहरुमा कम्युनिष्ट पार्टीहरु अल्पमत पर्छन् । ६७ बर्ष पुग्दै गर्दा नेपाली कम्युनिष्ट आन्दोलनले नेपाली समाजलाई के दियो ? कहाँ आइपुग...