काठमाडौं-लेखक तथा राजनीतिक टिप्पणीकार झलक सुवेदीको नयाँ पुस्तक ‘भूमि, किसान र राज्य’को मंगलबार राजधानीमा विमोचन गरिएको छ । पुस्तक मानवशास्त्री जनक राई तथा भारतका गान्धीवादी अभियन्ता राजागोपाल भिपीले विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा बोल्दै भिपीले भूमिलाई राज्यसँग जोडिदिएको यो पुस्तकले संसारभरिको भूमि आन्दोलनलाई ऊर्जा दिने बताए । त्यस्तै मानवशास्त्री राईले सुवेदीले भूमिसँगको आदिवासीहरूको सम्बन्धमा भइरहेको परिवर्तन देखाएको टिप्पणी गरे । सुवेदीले पुस्तक लेखनका क्रममा नेपालका भूमिहीनहरू दाससरहको जीवन बाँचेको बताए । उनले भने, ‘पुस्तकमा नेपालमा केही समुदायको जमिन, जल र जंगलसँगको सम्बन्धमा आइरहेको परिवर्तन र त्यसले पारेको प्रभाव, परम्परागत भूमि सम्बन्धका कारण किसानले व्यहोर्दै आएका सम्बन्धहरू र भूमिका कारण उत्पन्न द्वन्द्वहरूको अध्ययनमा रहेका खाडललाई केही हदसम्म पुर्ने प्रयास गरिएको छ ।’ भूमिमा आधारित किसान र राज्यबीचको सम्बन्धमाथि लेखिएको पुस्तकमा ६६ वर्षयता भूमिसुधारका क्षेत्रमा भए–गरेका काम, नेपालको अर्थ–राजनीतिक इतिहास र वर्तमानबारे उल्लेख गरिएको छ । पुस्तकमा खासगरी राजी, सोनाहा, चेपाङ, माझी, बोटे, मुसहर, दनुवार, गुरुङजस्ता नेपालका आदिवासी जनजाति समुदायको भूमिसँगको सम्बन्ध र तिनमा आइरहेको परिवर्तन समेटिएको छ । त्यसक्रममा सुवेदीले आख्यान लेखन तथा इतिहास लेखन शैलीको मिश्रण गरेका छन् । त्यस्तै, बिर्ता तथा गुठीप्रथाको कहर खेपिरहेका रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका किसानका पीडाको जीवन्त चित्रण पनि गरेका छन् । त्यसक्रममा सुवेदीले समुदायमै पुगेर प्रत्यक्ष संवाद पनि गरेका छन् । फाइनप्रिन्टले प्रकाशित गरेको पुस्तकको मूल्य दुई सय ५० छ । - See more at: http://www.enayapatrika.com/2016/07/73464#sthash.tYnWZi54.pWhJx8VN.dpuf
https://pbs.twimg.com/media/CmqOSlnXgAAxUZw.jpg
http://kantipur.ekantipur.com/printedition/news/2016-07-06/20160706091636.html
https://pbs.twimg.com/media/CmqOSlnXgAAxUZw.jpg
भूमिबारे झलक
-
, काठमाडौं
असार २२, २०७३- काठमाडौं (कास)– उपन्यासकार र राजनीतिक टिप्पणीकार झलक सुवेदीको नयाँ पुस्तक ‘भूमि, किसान र राज्य’ मंगलबार राजधानीमा लोकार्पण गरियो। गान्धीवादी अभियन्ता तथा गान्धी पिस फाउन्डेसनका पूर्वउपाध्यक्ष राजागोपालन भीपी र मानवशास्त्री जनक राईले कृति पुस्तक लोकार्पण गरे।
भूमिसम्बन्धी लेखिएको पुस्तकबारे बोल्दै राजागोपालनले ‘लाखौं मानिसको पहिचान, सुरक्षा र आत्मसम्मानसँग गाँसिएको विषयलाई राज्यसँग जोडिदिएकोमा खुसी’ जनाए। राईले सुवेदीको सानो, चिटिक्क पुस्तकले गहन विषयवस्तु सरल रूपमा प्रस्तुत गरेको दाबी गरे। ‘भूमि आन्दोलनको पीडा बुझ्न पुस्तकले सघाउँछ,’ उनले भने। लेखक सुवेदीले ‘सोनाहा, चेपाङ, माझी, बोटे, मुसहर, दनुवार, गुरुङजस्ता आदिवासी–जनजाति समुदायमै पुगेर प्रत्यक्ष संवादका आधारमा पुस्तक तयार पारिएको’ जनाए। पुस्तक फाइन प्रिन्टले
छापेको हो।
छापेको हो।
सुवेदीले खोजे भूमिको नालिबेली
प्रकाशित: असार २२, २०७३
http://kantipur.ekantipur.com/printedition/news/2016-07-06/20160706091636.html
No comments:
Post a Comment