personal ideas which are shared for public reaction.
Writer, Political Analyst
Published works
-British Samrajyaka Nepali Mohara a non-fiction.
-Half Century of Nepalese Students movements.
Novel-The Half Moon or Adha Joon.
Bhumi, kisaan ra rajya- a non-fiction
गोविन्द बर्तमान्को पुस्तक हरियो साइकल बारे मेरो टिप्पणी
त्यता के–के हुँदै छ, यता बाढी पसेर, फेरि हामी दुःखीकै खायो मुटु कलेजा हामी भयौँ बेघरबार, हामी भयौँ बेघरवार, चरी लैजा समाचार हामी भयौँ बेघरबार आँधी र हुरी आउँछ कहिले पानी र असिना, हीना र मिना पार्दछ फेरि दुःखीकै पसिना सुखी ज्यानलाई कस्तो छ, यता पहिरो पसेर फेरि हामी दुखीकै खायो मुटु कलेजा हामी भयौँ बेघरबार चरी लैजा समाचार… –संगीत श्रोता १) बाढीबाट गरिबमाथि हुने नकारात्मक प्रभाव र जोखिम न्यूनीकरण शीर्षकमा इयान वि बक्सको अध्ययनमा एसियाली विकास बैंकका लागि तयार पारिएको एउटा प्रतिवेदनले यसो भनेको रहेछ : अरूको तुलनामा गरिबहरू यस्ता बाढीबाट जीवन गुमाउनेदेखि लिएर अनेक ढंगले बढी नै प्रभावित हुन्छन् । बाढीको विनाशका कारण अरूले भन्दा गरिबले नै घर, भएको सम्पत्ति, वस्तुभाउ र जीविकोपार्जनका साधन गुमाउने सम्भावना बढी हुन्छ । बाढीको समयमा पानीबाट सर्ने रोगको सिकार हुने जोखिम पनि तिनैमा बढी हुन्छ । कहिलेकाहीँ त यस्तो बाढीको जोखिम मान्छेबाट सिर्जित कार्यले पनि हुन्छ या बाढी नियन्त्रणका उपाय असफल हुँदा पनि आइलाग्छ । तर, यस्ता बाढी व्यवस्थापन या नियन्त्रणका निर्णय प्रक्रियामा गरिबलाई सामेल गर्...
शिसुवा सातमुहाने सडक यसपाली चारदिन पोखरा बसियो । जसबहादुर गुरुङ दाइकी कान्छी छाेरीकाे बिहेमा सामेल भइयाे ।धेरै गाउँलेहरुसंग भेटघाट भाे रमाइलाे भयाे । नव विवाहित जाेडीका प्रति बधाई । https://youtu.be/wO9r2MJJ4X4?si=lR7625SeQAh1Ndyo जानेबेला साथीहरू थिए प्रतीक पहारी र राम सुवेदी । प्रतीक हाेटल सराेवरका म्यानेजर हुन् । जेनजिका नाममा ध्वस्त हाेटलकाे पुनर्निर्माणमा सक्रिय छन् । सिविल इञ्जिनियर र विश्वकै प्रतिष्ठित विश्वविद्यालयबाट एमबिए गरेका उनी साना तथा मझौला व्यवसायले सरकारको पर्याप्त सहयोग नपाएकाे कुरा गर्दैथिए । 80-85 प्रतिशत उद्योग व्यवसाय याे श्रेणीमा पर्छन् भन्थे । दुइजना युवाहरु अमृत सुवेदी र रवि लामिछानेले चलाइरहेको कुखुरा फर्म हेरियो, उनीहरुले आफ्नो व्यवसाय विस्तारका लागि गरिरहेको पहलबारे बुझियो । ३५ वर्ष मुनिका उनीहरुले गरिरहेको 10 कराेड भन्दा ठुलाे लगानी, तीन ठाउँ फर्म र एउटा आउटलेट, भविष्यमा गर्न चाहेका प्राेसिसङ उद्योगका याेजना र अहिलेको अवस्था बुझ्दा नेपालमा केही गरौं भन्नेहरुलाई प्रेरणाप्रद लाग्यो । बैंकिङ प्रणाली र व्यवसाय गर्न चाहनेका बीचका त...
भएको : शनिबार दिउसो म कास्कीको एउटा गाउमा हिन्दै थिएँ । हरी रोका ले फोन गर्नु भो र प्रा पिताम्बर शर्मा र दीपेन्द्र बहादुर क्षेत्री समेटाका साथी हरु मिलेर वाम गथबन्धनका पक्षमा बैचारिक पक्षधरता जाहेर गर्दै एउटा वक्तब्य जारी गर्न लागेका छौ, तपाईंको नाम समावेस गर्नु पर्यो है भनेर सोध्नु भो । मैले यती त ठिकै होला, आलोचनात्मक समर्थन गर्दै यो गथबन्धनले चुनाव जितोस भन्ने मेरो पनि राय हो भनेर बक्तव्यको पाठ नसुनी हुन्छ भनिदिएं । २ घण्टा पछी नै फोन आउन थाले बक्तव्यमा मेरो संलग्नता र हस्ताछ्यरका बिषय मा । सोधिएको एउटै बिषय हुन्थ्यो बाबुरामलाई खेदेर नारायण काजिलाई समर्थन गर्नु पर्ने के बाध्यता अाइलाग्यो ? अनी पो म आफ्नो हुस्सु पना देखेर झल्यांस्स भएं । बकत्ब्यको पुरा पाठ अहिलेसम्म पनि मैले पढेको छैन । अरु पक्ष बारे पढे पछी नै राम्रो नराम्रो भन्न सकिएला । तर त्यसमा बाबुराम भट्टराईको प्रसँग मिसाएर अप्रत्छ्य रुपमा नारायण काजिलाई मत माग्नु सम्पूर्ण बौदिकता र आलोचनात्मक चेतको बिरुद्दको कुरो हो मेरो लागि । समग्र बाम गथबन्धनको जित य भविश्य र त्यस्का शक्ती सम्बन्धका लागि बाबुराम न बाधक हुन न ब...
Comments
Post a Comment