‘सरकारले ल्याएको विधेयकमा जग्गा बाँड्ने पुरानै पञ्चायती शैलीलाई निरन्तरता दिइएको छ, जसले दीर्घकालीन समाधानभन्दा अल्पकालीन राजनीतिक लाभलाई प्राथमिकतामा राखेको छ।’ लेखक झलक सुवेदी को नयाँ पुस्तक आएको छ, भूमि, किसान र राज्य । विद्यार्थी राजनीतिपछि पत्रकारिता सँगसँगै साहित्य सिर्जनामा पनि तल्लीन सुवेदीका यसअघि आधा जून आख्यान, नेपाली विद्यार्थी आन्दोलनको आधा शताब्दी र ब्रिटिश साम्राज्यका नेपाली मोहरा : गोर्खा भर्तीको नालीबेली गैरआख्यान पुस्तक प्रकाशित छन्। पछिल्लो पुस्तक भूमि र यससँग जोडिएका विविध विषयमा केन्द्रित छ। हालै प्रतिनिधि सभाबाट पारित भूमि सम्बन्धी विधेयक चर्चामा छ। यही पृष्ठभूमिमा हिमालखबर को प्रस्तुति किताबका कुरा मा लेखक सुवेदीसँग भूमि र नयाँ पुस्तक भूमि, किसान र राज्य मा केन्द्रित भएर शमशाद अहमद ले गरेको कुराकानी : अघिल्ला दुई किताब राजनीति र पूर्व गोर्खा सैनिकमा केन्द्रित थिए। अहिले फरक विषयवस्तु भूमि र किसान रोज्नुभयो। किन यो किताब लेख्नुपर्छ भन्ने लाग्यो? मैले विद्य...
Comments
Post a Comment