Posts

पृथ्वीनारायण कलेजका दिनहरु ! Our College day's. Struggle against Monarchy.

Image
  याे चैं 2045 वैशाख 12 गते स्ववियु निर्वाचन पछि निकाल्न खाेजिएकाे विजय जुलुसमा भएकाे प्रहरी हस्तक्षेप पछिकाे हाे । त्यो निर्वाचनबाट म सभापति चुनिएकाे थिएँ ।  रमेश श्रेष्ठ मात्रै थिए त्यतिबेला फाेटाे खिचिदिने । आज  बिहानै यो तस्विर पठाए र नोष्टाल्जीक बनाए । धेरै धन्यवाद रमेशजि ।     This is after the police intervention in the victory procession that was held after the Free Students union Union elections on 12th Baisakh 2045. I was elected president from that election. Ramesh Shrestha was the only one who took such photos at that time. He sent this picture this morning and made me nostalgic. Thank you very much Rameshji.

These pictures were taken on last April while visiting my birth place.

Image
यी फोटाहरु यसैवर्षको वैशाखमा घर जाँदाका हुन् । बा आमा बस्न छाडेपछि घर आफै परित्यक्त हुँदै गएको छ । गत माघ र फागुनमा क्रमशः आमा र बा वित्नु भयो । यसैपनि घर र गाउँ डुल्दा बा आमाका स्मृतिहरु जताततै भेटिन्छन् । पहिलो तस्विर घरको आँगनमा लिइएको हो जसमा मेरी पत्नी लक्ष्मी कार्की र भाउजु हरिमायासंगै म पनि उभिएको छु । पछिल्लो तस्विर बेसीमा उहिले बा ले बनाउनु  भएको गोठको हो । म एक्ले उभिएको चैं हाम्रो बेसीको हो जहाँ हामी खेल्यौं र बाल्यकाल तथा किशोर वय र युवा अवस्था बितायौं ।

these Photos were taken in Qinghai lake China last year.

Image
सेप्टेम्वर २०८१ मा चिन भ्रमणमा जाँदा छिङहाइ तालमा लिइएका फोटा। यो ताल चिनकै ठुलो ताल हो जुन काठमाण्डौ उपत्यका भन्दा पनि निकै ठुलो छ । ३७०० मिटर उचाइमा रहेको यो सुन्दर तालमा बोटिङ गर्न भने भ्याइएको थिएन ।  

On the occasion of 75th anniversary of the founding of the communist party of Nepal, we organised an event in pokhara. here are some photos and videos.

Image
 

कम्युनिस्ट आफैं फेरिएपछि

Image
Login (उपन्यासकार झलक सुवेदी गैरआख्यानमा पनि स्थापित लेखक हुन् । राजनीतिक टिप्पणीका लागि प्रख्यात सुवेदीको किताब ‘भूमि, किसान र राज्य’ ले भूमिमा आश्रित किसान र राज्यको सम्बन्धका अनेक पत्रमाथि विमर्श गर्छ । भूमिको असमान वितरण र किसानको सीमान्तीकरणको केन्द्रीयतामा यस किताबले नेपालको बजार, उत्पादनदेखि भूमिहीन र भूमिपतिको अन्तरसंघर्षमाथि बहस गर्छ । ‘भूमि, किसान र राज्य’ को सेरोफेरोमा  झलक सुवेदी सँग  दीपक सापकोटा को संवाद ): एक रिपोर्टले भन्छ– नेपालमा ४ लाख, ५० हजार परिवार भूमिहीन छन् । सामन्ती भूस्वामित्वकै कारण ती पूर्ण वा अर्धभूमिहीन जीवन बाँचिरहेका छन् । ६० प्रतिशत किसानलाई जमिनमा दैनिक पाखुरा बजार्दा पनि अन्न अभाव हुन्छ । भूमिमै पसिना बगाउने किसान भोकै पर्ने यो विकराल दिन कसरी आयो होला ? यो प्रश्नलाई अलिकति फरक तरिकाले हेरौं । नेपालमा भूमिहीन परिवारको संख्या यति धेरै हुनुमा अनेक कारण छन् । गोरखा राज्य विस्तारसँगै केन्द्रीकृत र संगठित भएको सामन्तवादी भूमि सम्बन्ध यसको पहिलो कारण हो । लामो समयसम्म राज्य शक्तिमा पहुँच भएको निश्चित समूहको नियन्त्रणमा रहने गरी राज्यले नै भूमिको वि...

“दि लाष्ट वास्टार्ड्स” र नेपाली उपन्यासमा नयाँ प्राप्ती

वास्तवमा यो लेखको शिर्षक यस्तो नलेख्न पनि सकिन्थ्यो । बरु यसलाई हिउँको गीत, नेपाली उपन्यासको नयाँ उचाइ भनेको भएपनि केही बिग्रन्नथ्यो । लेखकले त हिँउको गीत भनेर यसलाई एउटा प्राकृतिक र आसावादी नाम दिएका छन् । रोमाञ्चीत बनाउने नाम । कभरमा भएको हिउँ चितुवाको चित्रले उपान्यासको खास भाव उतार्दैन । पढ्दै जाँदा हिउँसँग जोडिएका क्होलावासीका दुःख हण्डर र खुशीका अनेक प्रसंग छन् । वास्तवमा यो हिँउको गीत नभएर मान्छेहरुका खुशी र विरहका अनेक गीतहरुको संगालोजस्तो छ  । त्यसैले गीत भनेर शिर्षक लेख्न पनि मलाई अप्ठेरो लागेको हो ।  गीत भन्ने नै हो भनेपनि यो एउटा ब्लुज हो क्होलावासी साधारण मानिसहरुको, बाबुको पहिचान नखुलेर केटीहरुले नपत्याएका प्रख्यहरुको, बोक्सी भनेर लाञ्छित उक्र्या र पाते पुइलाहरुको, पुरुषले वैंश लुटेर छाडेका युवतीहरुको, शासकहरुको तारो बनेका साँला पस्को  क्रोमी र कारहरुको । कचः लुतुहरु, नानी छ्यामिरी, क्रोंस्योहरुको । मृत्युले आँट नगरिदिएर शरिरमा लेउ लागुञ्जेल बाँच्न विवश बाजे म्युउराहरुको  । मारटः र अलिदेवहरुको ब्लुज । हिमालको चिसो सिरेटो या हिउँको बाक्लो च्यादरले लपेटिए...

सिमसाराः चिसिएको प्रेमका चोटपटक

भारतीय लेखक मन्नु भण्डारीको चर्चित उपन्यास छ आपका वंटी । उपन्यासमा बाबु आमाका बीच सम्बन्ध टुटेपछी हुर्कदै गरेको वंटीको मनोविज्ञानको कथा छ । सम्बन्ध टुटेपछि सन्तानलाई केन्द्रमा राखेर आफ्नो जीवनसँग सम्झौता गर्न नचाहने महिलाको व्यक्तित्वको अलग परिचय खोज्दै संघर्षरत एउटी मध्यमवर्गिय भारतीय महिलाको मनोदशा र वच्चामा परेको असरको विस्तारमा चर्चा छ । उपन्यासमा तिनजना पात्र छन् खासमा । सन्तान वंटी, बाबु अजय र आमा शकुन । अजय र शकुनका बीच सम्बन्धमा तानव बढ्दै जाँदा शकुनले अलग हुने निर्णय गर्छे । वंटी आमासँग रहन्छ । तर आमा संगै भएर पनि वंटीसँग रहन्न अर्थात उ आफ्नो करियर, जीवन र संघर्षमा हिस्सा हिस्सा बाँडिन्छे र त्यसको सानो अंशमात्र वंटीका भागमा पर्छ । यसले वंटीलाई एक्लो, परित्यक्त र वच्चा उमेरमा नै निराशाको छेउमा पुगेको बनाउँछ । बाँकी कथा मलाई उती संझना छैन । वसन्त वस्नेतको दोस्रो उपन्यास सिमसारा पढेर सक्दा मलाई वंटीको याद आयो । बाबु धनरुप र आमा मन्दाक्रान्ताका जैविक मानसिक सम्बन्धहरुमा तनाव आउन थालेपछि, एउटी स्त्रीले पुरुषबाट गर्ने अपेक्षाहरुसँगै पुरुषका अहँ तुष्टिका विस्तारित मैदानलाई खुम्च्याउँ...