Posts

तटस्थाको भ्रममा म छैन

माओवादी एमाले तालमेल या एकता बारे मेरो मत  यो न वामपन्थी एकता हो न कम्युनिष्ट एकता हो । यो माओवादी केन्द्र र एमालेको जे जस्तो चरित्र, बिकासक्रमा र ईतिहास छ त्यो सहितको एकता हो ।  आफ्नो पनि एउटा सिमा छ, यो गठबन्धन या तालमेलका उमेद्वारलाई भोट हालिन्छ ।  अर्को पक्ष पनि छ : यो गठबन्धन या एकता बाट बन्ने दलका नितिहरुको देव्रेतिर बसेर या वामपन्थी कोणबाट आलोचन गरिरहिन्छ । नवउदारबादका कार्यसुची पछ्याउने, शिक्षा र स्वास्थ्य मा साधारण जनाताको  पहुच घटाऊने र सिमित धनाढ्यको हित गर्ने स्रमजीवी जनताका हित बिरोधि नितिको जमेर बिरोध गरिन्छ र र्याडिकल एजेन्डाका पक्षमा लेख्ने बोल्ने प्रयास जारी राखिन्छ ।     यो एकता पछी आफ्नालागि ग्रे एरिया तयार भएकोमा मलाई खुशी लागेको छ । एमालेलाई या ओलीलाइ आलोचना गर्दा माओवादी भन्दिने र प्रचन्ड र माओवादीलाई आलोचना गरे एमाले भईने झन्झट बाट मुक्त होइएला । तटस्थता एउटा भ्रम हो हेर्नुस, नपत्याए आज कान्तिपुरमा आदरणीय प्रदीप गिरिजिको लेख पढ्नुस ।  म सत्ता प्रतिको मोहका सन्धर्भमा तटस्थ हुन सकुला, प्रयास पनि गरुला...

Kirat Academy National Award ceremony 2012

Image

सम्झनामा ती दिन…

केही सम्झना बालुवामा पर्ने पाइतालाका डोबजस्ता हुन्छन् । अलिकति हावा चल्नुपर्छ उडेर आउने बालुवाले नामेट पारिदिन्छ । या कवि तीर्थ श्रेष्ठले कवितामा भनेजस्तो हिउँमा लेखिएका नामजस्ता हुन्छन् जो हिउँ परे पुरिएर हराउँछन् । घाम लागे हिउँ पग्लेर हराउँछन् । भदौ २९, २०७४ nayapatrika केही सम्झना चट्टानमा खोपेका चित्रजस्तै हुन्छन् । केही लेउ लाग्न सक्छ, केही चमक हराउन सक्छ । छामेर हेर्नुस् ती जस्ताका तस्तै बसिरहन्छन् । थोरै पुछपाछ गर्नुस् ‘क्रिस्टल क्लियर’ भएर आउँछन् । बाल्यकालका अनेक घटना यस्तै चट्टानमा खोपिएका हुन्छन्, जसले जीवनलाई पछि फर्केर हेर्दा रमाइलो बनाउँछन् । दुःखी बनाउँछन् । रुवाउँछन् पनि र हसाउँछन् पनि । जीवनको जिउने कला, जीवनप्रतिको हेराइ, बुझाइ या समग्रमा जीवन दर्शन निर्माण गर्नमा यस्तैयस्तै अनेक चट्टानमा कोरिएका सम्झना त काम लाग्ने हुन् । गाउँघरको कृषि जीवनमा हुर्केकाहरूका बाल्यकालीन स्मृतिमा गाउँमा हुने जात्रा, वनपाखामा गाइने गीत र तिनले बोक्ने भाव तथा लयको जबर्जस्त प्रभाव हुन्छ । मलाई अहिले पनि तिनको गज्जबको प्रभाव छ । अहिले सजिलै प्रविधिले सुन्ने अवसर दिने यस्तै गीतले कहिले क...

कमलु सदा, इयान कुर्दी र भुइयाँ

जीवनभरि माटोसँगै खेले पनि, माटोमै हुर्किए पनि हामीसँग आफ्नो भन्ने  माटो नै कहाँ थियो र तँलाई गाड्नू ? तैँले नांगैभुतुंगै खेल्ने ऐलानी आँगन सरकारको थियो तेरो बाबुले बर्खामा जोतेर हिउँदमा धानको सिला खोज्ने गरेको खेत मालिकको थियो हामीसँग माटो त त्यति मात्र थियो  जुन श्रमको पसिनासँगै  हाम्रो आङमा टाँसिएर आएका थिए  आज बाढी बनेर आएका आँसुका भेलमा  ती माटोलाई पनि खलल्ल पखालेर अचानोमा राखेर आफ्नो मुटु तँलाई बिदा गर्दै छु जानू, खुसीले जानू जहाँ माटो भेटिन्छ त्यहीँ टक्क अडिनू र समाधिस्थ हुनु — विवश पोखरेल, १७ भदौ २०७४, कान्तिपुर कमलु सदा विश्वभर चर्चामा छन् । साउन अन्तिम साता आएको बाढी र डुबानका समयमा जलमग्न आफ्ना बस्तीमा उनले आफू गाडिने तीन फिट जमिन पनि पाएनन् । आफ्नो नाममा कुनै माटो नभएका परिवारले उनलाई सत्गत गर्न ओभानो जमिन पनि नपाएपछि, कसैले उनलाई माटोमा गाडिने व्यवस्थाका लागि सहयोग नगरेपछि, यो सारा सभ्य समाज, यो राज्य, यी संस्था, यो लोकतन्त्र र मानव अधिकारका फगत डकुमेन्ट्सप्रति व्यंग्य गर्दै कमलु सदाको लास कोसीको भेलमा बगिरहेको दृश्य ‘भाइरल’ बनेर फैलियो । यसले २...

नपुरिएका घाउ, कविता र नाटक

झस्कनु पनि कत्तिसम्म … ढोकाबाहिरबाट कुनै पुरुष आवाजले मेरो नाम बोलाउँदा डिलमुनिबाट गाउँतिर आउँदै गरेको यात्रुबस देख्दा तिम्रोजस्तै कपडा लगाएको अर्को कोही मानिस देख्दा गाउँमै कसैको विवाह उत्सवमा जाँदा वर्षगाँठको हरेक दिन दियोभरि तेल थपिरहँदा झस्कनु पनि कत्तिसम्म ? – सौरभ कार्की शाही सेनाबाट वेपत्ता बनाइएका कमरेड तेजबहादुर भण्डारीसँग त्यसरी भेट नभएको भए यसपटकको बेपत्ता दिवससम्बन्धी कार्यक्रममा सायद म जाने थिइनँ र सुन्ने थिइनँ यो कविता पनि । कार्यक्रम ९ बजे नै सुरु भए पनि म साढे दश बजेतिर मात्र रसियन कल्चरल सेन्टर पुगेको थिएँ । स्टेजमा केही अतिथि थिए । एकजना युवा गिटारबाट विरह धुन निकालिरहेका थिए । यसअघि मैले कतै नसुनेका खिरिलो ज्यानका एकजना युवा कविता सुनाइरहेका थिए । कविताका शब्द नरम थिए तर तिनका भाव र वाचनमा ठूलो शक्ति थियो । बेपत्ता परिवारका सदस्य दर्शक दीर्घामा थिए । जसका पति, पत्नी, आमा, बाबु, दाजु, दिदी या भाइ र सन्तान सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका थिए ।युद्धबाट देशले शान्तितर्फ कोल्टे फेरेको पनि अब त १२ वर्ष हुन लाग्यो । तर, यी द्वन्द्वका घाउ आलै बोकेर आफ्ना प्रियजनको...

बाढी, वर्ग र बजार

त्यता के–के हुँदै छ, यता बाढी पसेर, फेरि हामी दुःखीकै खायो मुटु कलेजा हामी भयौँ बेघरबार, हामी भयौँ बेघरवार, चरी लैजा समाचार हामी भयौँ बेघरबार आँधी र हुरी आउँछ कहिले पानी र असिना, हीना र मिना पार्दछ फेरि दुःखीकै पसिना  सुखी ज्यानलाई कस्तो छ, यता पहिरो पसेर फेरि हामी दुखीकै खायो मुटु कलेजा हामी भयौँ बेघरबार चरी लैजा समाचार… –संगीत श्रोता १) बाढीबाट गरिबमाथि हुने नकारात्मक प्रभाव र जोखिम न्यूनीकरण शीर्षकमा इयान वि बक्सको अध्ययनमा एसियाली विकास बैंकका लागि तयार पारिएको एउटा प्रतिवेदनले यसो भनेको रहेछ : अरूको तुलनामा गरिबहरू यस्ता बाढीबाट जीवन गुमाउनेदेखि लिएर अनेक ढंगले बढी नै प्रभावित हुन्छन् । बाढीको विनाशका कारण अरूले भन्दा गरिबले नै घर, भएको सम्पत्ति, वस्तुभाउ र जीविकोपार्जनका साधन गुमाउने सम्भावना बढी हुन्छ । बाढीको समयमा पानीबाट सर्ने रोगको सिकार हुने जोखिम पनि तिनैमा बढी हुन्छ । कहिलेकाहीँ त यस्तो बाढीको जोखिम मान्छेबाट सिर्जित कार्यले पनि हुन्छ या बाढी नियन्त्रणका उपाय असफल हुँदा पनि आइलाग्छ । तर, यस्ता बाढी व्यवस्थापन या नियन्त्रणका निर्णय प्रक्रियामा गरिबलाई सामेल गर्...

क्रोनी क्यापिटलिस्ट र डा. केसी

इन्भेस्टोपेडियामा रेन्ट सिकरको परिभाषा यसरी दिइएको छ : रेन्ट सिकिङ कुनै कम्पनी, संस्था या व्यक्तिले आफूले थपेको सम्पत्तिबाट समाजलाई कुनै फाइदा नपुग्ने गरी अरूबाट आर्थिक लाभ लिनु हो । कुनै कम्पनीले सरकारबाट सहुलियतपूर्ण ऋण, या अनुदान या कर मिनाहाका लागि लबिङ गर्छ भने त्यो रेन्ट सिकर हो । यस्तो कार्यले समाजलाई फुटेको कौडीजति पनि फाइदा हुँदैन, तर जनताले तिरेको कर उल्टो कम्पनीको नाफाका लागि प्रयोग हुन्छ । जब अर्थतन्त्रमा कुनै योगदान नगरी समाजबाट बढी लिन खोजिन्छ, त्यतिवेला रेन्ट सिकिङ हुन्छ । रेन्ट सिकिङको सबैभन्दा सजिलो बाटो भनेको राजनीतिज्ञहरूलाई किनेर या चन्दा दिएर उसबाट आफ्नो अनुकूलको कानुन बनाउन लगाउनु या कर मिनाहा गराउनु या आफ्नो फर्ममा अर्को कुनै प्रतिस्पर्धीलाई प्रवेश गर्नबाट रोक लगाई बजार नियन्त्रण गर्नु हो । यसो गरेपछि थप लगानी नगरी या कुनै जोखिम नलिई आफ्नो कुल सम्पत्ति वृद्धि गर्न सहयोग पुग्छ । आन्तरिक राजस्व कार्यालयका निलम्बित हाकिम चूडामणि शर्मा र तत्कालीन कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत तथा सदस्य उमेरप्रसाद ढकालले देशका पुँजीपति, व्यापारी या फर्मलाई ...