Posts

नपुरिएका घाउ, कविता र नाटक

झस्कनु पनि कत्तिसम्म … ढोकाबाहिरबाट कुनै पुरुष आवाजले मेरो नाम बोलाउँदा डिलमुनिबाट गाउँतिर आउँदै गरेको यात्रुबस देख्दा तिम्रोजस्तै कपडा लगाएको अर्को कोही मानिस देख्दा गाउँमै कसैको विवाह उत्सवमा जाँदा वर्षगाँठको हरेक दिन दियोभरि तेल थपिरहँदा झस्कनु पनि कत्तिसम्म ? – सौरभ कार्की शाही सेनाबाट वेपत्ता बनाइएका कमरेड तेजबहादुर भण्डारीसँग त्यसरी भेट नभएको भए यसपटकको बेपत्ता दिवससम्बन्धी कार्यक्रममा सायद म जाने थिइनँ र सुन्ने थिइनँ यो कविता पनि । कार्यक्रम ९ बजे नै सुरु भए पनि म साढे दश बजेतिर मात्र रसियन कल्चरल सेन्टर पुगेको थिएँ । स्टेजमा केही अतिथि थिए । एकजना युवा गिटारबाट विरह धुन निकालिरहेका थिए । यसअघि मैले कतै नसुनेका खिरिलो ज्यानका एकजना युवा कविता सुनाइरहेका थिए । कविताका शब्द नरम थिए तर तिनका भाव र वाचनमा ठूलो शक्ति थियो । बेपत्ता परिवारका सदस्य दर्शक दीर्घामा थिए । जसका पति, पत्नी, आमा, बाबु, दाजु, दिदी या भाइ र सन्तान सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका थिए ।युद्धबाट देशले शान्तितर्फ कोल्टे फेरेको पनि अब त १२ वर्ष हुन लाग्यो । तर, यी द्वन्द्वका घाउ आलै बोकेर आफ्ना प्रियजनको...

बाढी, वर्ग र बजार

त्यता के–के हुँदै छ, यता बाढी पसेर, फेरि हामी दुःखीकै खायो मुटु कलेजा हामी भयौँ बेघरबार, हामी भयौँ बेघरवार, चरी लैजा समाचार हामी भयौँ बेघरबार आँधी र हुरी आउँछ कहिले पानी र असिना, हीना र मिना पार्दछ फेरि दुःखीकै पसिना  सुखी ज्यानलाई कस्तो छ, यता पहिरो पसेर फेरि हामी दुखीकै खायो मुटु कलेजा हामी भयौँ बेघरबार चरी लैजा समाचार… –संगीत श्रोता १) बाढीबाट गरिबमाथि हुने नकारात्मक प्रभाव र जोखिम न्यूनीकरण शीर्षकमा इयान वि बक्सको अध्ययनमा एसियाली विकास बैंकका लागि तयार पारिएको एउटा प्रतिवेदनले यसो भनेको रहेछ : अरूको तुलनामा गरिबहरू यस्ता बाढीबाट जीवन गुमाउनेदेखि लिएर अनेक ढंगले बढी नै प्रभावित हुन्छन् । बाढीको विनाशका कारण अरूले भन्दा गरिबले नै घर, भएको सम्पत्ति, वस्तुभाउ र जीविकोपार्जनका साधन गुमाउने सम्भावना बढी हुन्छ । बाढीको समयमा पानीबाट सर्ने रोगको सिकार हुने जोखिम पनि तिनैमा बढी हुन्छ । कहिलेकाहीँ त यस्तो बाढीको जोखिम मान्छेबाट सिर्जित कार्यले पनि हुन्छ या बाढी नियन्त्रणका उपाय असफल हुँदा पनि आइलाग्छ । तर, यस्ता बाढी व्यवस्थापन या नियन्त्रणका निर्णय प्रक्रियामा गरिबलाई सामेल गर्...

क्रोनी क्यापिटलिस्ट र डा. केसी

इन्भेस्टोपेडियामा रेन्ट सिकरको परिभाषा यसरी दिइएको छ : रेन्ट सिकिङ कुनै कम्पनी, संस्था या व्यक्तिले आफूले थपेको सम्पत्तिबाट समाजलाई कुनै फाइदा नपुग्ने गरी अरूबाट आर्थिक लाभ लिनु हो । कुनै कम्पनीले सरकारबाट सहुलियतपूर्ण ऋण, या अनुदान या कर मिनाहाका लागि लबिङ गर्छ भने त्यो रेन्ट सिकर हो । यस्तो कार्यले समाजलाई फुटेको कौडीजति पनि फाइदा हुँदैन, तर जनताले तिरेको कर उल्टो कम्पनीको नाफाका लागि प्रयोग हुन्छ । जब अर्थतन्त्रमा कुनै योगदान नगरी समाजबाट बढी लिन खोजिन्छ, त्यतिवेला रेन्ट सिकिङ हुन्छ । रेन्ट सिकिङको सबैभन्दा सजिलो बाटो भनेको राजनीतिज्ञहरूलाई किनेर या चन्दा दिएर उसबाट आफ्नो अनुकूलको कानुन बनाउन लगाउनु या कर मिनाहा गराउनु या आफ्नो फर्ममा अर्को कुनै प्रतिस्पर्धीलाई प्रवेश गर्नबाट रोक लगाई बजार नियन्त्रण गर्नु हो । यसो गरेपछि थप लगानी नगरी या कुनै जोखिम नलिई आफ्नो कुल सम्पत्ति वृद्धि गर्न सहयोग पुग्छ । आन्तरिक राजस्व कार्यालयका निलम्बित हाकिम चूडामणि शर्मा र तत्कालीन कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत तथा सदस्य उमेरप्रसाद ढकालले देशका पुँजीपति, व्यापारी या फर्मलाई ...

बिआरआई ः एक मन्थन

सन्दर्भ ः चिनीया राष्टपति सि जिनपिङले प्रस्ताव गरेर अघि बढाएको नयाँ सिल्क रुट, वान वेल्ट वान रोड या अहिले बेल्ट एण्ड रोड ईनिसिएटिभ्स (बिआरआइ) भनिने चिनीया परियोजना यतिवेला विश्वभर चर्चामा छ । नेपालमा पनि यसको बारेमा दर्जनौं गोष्ठि, सेमिनार, वैठक र सार्वजनिक बहस भएका छन । यहि मे महिनामा नेपालले चिनको यो प्रयासमा सामेल हुनेगरि समझदरी पत्रमा हस्ताक्षर गरिसकेको छ । चिनीयाहरुको प्रयास नेपाल शुरुमै सामेल भैहालोस भन्ने थियो । त्यसका लागि उनीहरुले दर्जनौं प्रतिनिधिमण्डल नेपाल पठाए, कुटनीतिका नरम उपायहरु सबै अप्नाए र कतिपय सन्दर्भमा यसका पक्षमा जनमत बनाउन र दवाव सिर्जना गर्न डलर डिप्लोमेसी समेत अप्नाए । पहिले आन्तरिक राजनीतिका कारण त्यति ध्यान नदिएको नेपालले भारतीय नाकावन्दीका समयमा यो परियोजनामा बढि ध्यान दिएको हो । नेपालको रणनीतिक सुरक्षा र आर्थिक स्वार्थ गाँसिएकोले यसमा सामेल हुनु स्वभाविक र आवस्यक थियो । तर यसका बारेमा नेपालमा जे जति बहस भएका छन तिनले बिआरआइमा नेपालको संलग्नताले पाईने सम्भावित फाईदाका बुँदा त टिपेका छन तर यसले सिर्जना गर्ने चुुनौतीबारे धेरै बोल्दैनन । यो आलेख यहि सेरोफेर...

पतञ्जलीको ‘घी’ र चैतन्य सरको माक्र्सवाद

भारतबाट प्रकाशित हुने क्याराभान जर्नलको अनलाइन संस्करणमा २ अगस्ट २०१७ मा प्रियंका पाठक नारायणको नाममा उनको पुस्तकको एउटा अंश छापिएको छ । शीर्षक छ ‘इज पतञ्जली’ज देसी काउ घी इभन काउ घी ?’ प्रियंकाको पुस्तक गडम्यान टु टाइकुन, दि अनटोल्ड स्टोरी अफ बाबा रामदेवबाट लिइएको सो पुस्तक अंशले रामदेवको विशाल पतञ्जली कर्पोरेसनमा उत्पादित शुद्ध देसी गाईको घिउ वास्तवमा गाईको दूधबाट मात्र बनेको नभई भैंसी या बाख्राको दूधबाट पनि बनेको हुन सक्ने पर्याप्त संकेत देखाइएको छ । नेपालमा नवोदित र परम्परागत धनाढ्य र मध्यम वर्गमा आफूलाई अरूभन्दा विशिष्ट देखाउन आजकल हर नयाँ कुरालाई भगवान्को प्रसादझैँ अँगाल्ने परम्परा नै बसेको छ । त्यही वर्गका केही अति चलाख पंक्तिमा रामदेव बाबाको आर्थिक साम्राज्यबाट उत्पादित हरेक वस्तुलाई विश्वास गर्ने र उपभोग गर्ने बानी बसेको छ । यता प्रियंका पाठकको अनुसन्धानमा पतञ्जली उद्योगमा घिउ बनाउन गाई त धेरै पालिन्न नै, किसानबाट दूध खरिद गरेर प्राकृतिक प्रक्रियाबाट घिउ बनाउने काम पनि कमै गरिन्छ । बरु महाराष्ट्र र कर्णाटकबाट नौनी किनेर ल्याउने र त्यसैलाई पगालेर ‘शुद्ध देशी गाय का घी’ बजार...

यो जित, यो हार

स्थानीय तहको निर्वाचनका नतिजा धमाधम आइरहँदा प्रतिस्पर्धी दलबीच हारजितको भागबन्डा भइरहेको छ ।  यसपटकको स्थानीय तहको निर्वाचनले पूर्वानुमानभन्दा अलि कम नै भए पनि एमालेका लागि उत्साहित गर्ने परिणाम लिएर आयो । उसले झन्डै ०५४ को स्थानीय निकायको निर्वाचनमा स्थापित गरेको वर्चस्व फर्काउने गरी जित हासिल गरेको छ । सत्तारुढ दलहरूले कतिपय ठाउँमा एमालेविरुद्ध गठबन्धन नै गरेको देखिनुले नेपालको संसदीय राजनीतिमा एमालेको स्थान अनुमान गर्न सकिन्छ । काठमाडौं र पोखरा महानगर बुटवल, इटहरी र धरानजस्ता नगरपालिकामा एमालेले ल्याएको मत र सिटले उसको साख जोगाएको छ । यद्यपि कतिपय स्थानमा उसले ०५४ को हैसियत गुमाएको छ । यी २० वर्षमा नेपालको राजनीतिमा भएका उथलपुथलपछि पनि यत्तिको हैसियत कायम गर्नु एमालेका लागि उत्साहकै विषय हो । सँगै यस निर्वाचनले एमालेमा केपी ओलीको अधिनायकत्व अझ बलियो बनाउन सहयोग गर्नेछ । किनभने, यसपालिको जितका लागि एमालेको संगठन र ओलीको विचार तथा छवि दुवैले बराबरजसो काम गरेका छन् । एक प्रकारले नेपालको उच्च र मध्यमस्तरको बुर्जुवा वर्गले ओलीलाई आफ्नो नेताका रूपमा स्वीकार गरेको सन्देश पनि यो निर...

त्यो बिगत यो बर्तमान

पोखरा महानगरको मेयर पदमा मानबहादुर जिसी निर्वाचित भए । तिनले पोखरामा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई दश हजारभन्दा बढी मतले हराए । यता बुटवल उपमहानगरको मेयरका लागि शिव सुवेदीले एमालेबाट प्रतिस्पर्धा गर्ने भएका छन् । त्यहाँ पनि कांग्रेस र माओवादीका तर्फबाट संयुक्त उम्मेदवारी दर्ता गर्ने निश्चित भएको छ । एमाले राजनीतिमा यी दुवैजनाले पाएको सफलता लोभलाग्दोे छ । अर्को कुरा पनि पक्का छ, यो सफलता एमालेको बढी र व्यक्तिगत रूपमा यिनीहरूको कम हो, तर व्यक्तिविना पार्टी कसरी बन्छ र ? यो देखेपछि मलाई यिनीहरूसँग जोडिएका समयको केही सम्झनाले ताने । ०३९ माघको अन्तिम सातातिर म गाउँकै एउटा प्राविको शिक्षक पदबाट राजीनामा दिएर पृथ्वीनारायण क्याम्पसमा बिए पढ्न पुगेको थिएँ । ०३७ मंसिरमा आइएको पढाइ सकेर गाउँ फर्कंदा म पार्टीमा संगठित थिइनँ । शिक्षक आन्दोलनमा सहभागी थिएँ । राजनीति र साहित्य अध्ययन गर्थें । कहिले–कहिले आउने अखिलका नेतालाई त्यहाँको हाईस्कुलमा संगठन बनाउन सहयोग गर्थें, भाइ दीपक नै विद्यालय प्राकको अध्यक्ष भएको थियो (ऊ भने अहिले पनि राजनीतिमै सक्रिय छ) । मनमा चाहिँ मालेको राजनीतिमा सामे...