Posts

पूर्वी पहाडबाट एउटा कोसेली

  आफ्नो समय नै सबैका लागि सबैभन्दा बलशाली मार्गदर्शक हो । आफ्नै समयसँग अन्तक्र्रिया गर्दै हुर्किनु, पौँठेजोरी खेल्दै आजीविका र करियरको बाटो समात्नु, आन्दोलन, बहस, क्रान्ति र प्रतिक्रान्तिमा सहभागी हुनु, रंगरस, माया पिरती, परिवारको सांसारिक मायाजालमा मगनमस्त बन्नु या रागी–बैरागी कर्म गर्नु समाज र समयसँगै मान्छेले गर्ने अन्तक्र्रियाका परिणाम हुन् । माक्र्सेली अवधारणाले मान्छेको विचार जे–जस्तो बन्छ, त्यो उसको चेतनाभन्दा बढी भौतिक परिस्थितिको उपज, उत्पादन प्रक्रियामा सहभागिताको उपज, समाजसँगको अन्तक्र्रियाको परिणामलाई मान्छ । अर्थात् समय भन्नु नै आफ्नो वरपरको भौतिक सामाजिक परिस्थितिको समग्र नाम हो ।  समकालीन नेपाल अनेकवली परिवर्तनका सुनामी व्यहोर्दै अघि बढेको छ । आर्थिक क्षेत्रमा खासगरी जमिनी तहमा आइरहेका परिवर्तनले परिवार, समाज र व्यक्तिको संगठन भत्काइरहेको छ । के गरौँ कसो गरौँ बनाइदिएको छ । यसबीचमा भएका राजनीतिक आन्दोलन र विद्रोह या क्रान्ति तथा अर्थतन्त्रमा आइरहेका परिवर्तनले सन्तानलाई बाबुबाजेको या आमा–हजुरआमाको जस्तो जीवनको निरन्तरता दिन असम्भव बनाइदिएको छ । एकथरीलाई उत्साह र ...

कमरेडले ‘लिइसेको’ पछ्यौरी

  एक समय थियो, पोखरा जाँदा पृथ्वीनारायण क्याम्पसको गेटमा चिया पिउन पुगिएन भने केही छुटेझैँ लागिरहन्थ्यो । पहिले लतका रूपमा रहेको यो बानी अब बिस्तारै हट्न थाले पनि टुटिसकेको भने छैन । पहिले यस्तो चियासँग मिसिने क्यापम्पसका सर या साथीहरू अब बिस्तारै रिटायर्ड हुँदै छन् । पहिले भेट हुने गरेका चिनजानका विद्यार्थी नेता पनि अब रहेनन् । तैपनि किन हो, क्याम्पस गेट जान मन लाग्छ । गत साता पोखरामा भएको वेला यस्तै लोभले क्याम्पससम्म पुगियो । साथमा पहिलेका विद्यार्थी नेता कमल श्रेष्ठ थिए । अन्नपूर्ण म्युजियममा रहेका भाइ आनन्द सुवेदीलाई भेट्न भित्र पस्दा विज्ञान भवनमा रहेको मञ्चमा राता ब्यानर र अखिलको झन्डा देखिए । कार्यक्रम भर्खर सकिएजस्तो दृश्य थियो । यही दृश्यले आफ्ना पुराना दिन सम्झना आए ।  २ वैशाख, २०३६ मा विद्यार्थी आन्दोलन र हडतालको आह्वानका लागि हामी यहीँ जम्मा भएका थियौँ । विद्याविमल बराल, ध्रुव वाग्लेहरूले यही मञ्चबाट मागपत्र सुनाएका थिए । ०३६ असारमा यहीँ नाच्दै गाउँदै हामीले विद्यार्थी युनियनको निर्वाचन परिणाम सुनेका थियौँ । जित्नेहरू थिए– सोमनाथ अधिकारी प्यासी, अमरिस हमाल, हरि पथ...

मादीको सेरोफेरो (२) ढिलो र सुस्तरी आएका परिवर्तनहरु

१) मलाई आजकल आफु कछुवाकै तालमा लखर लखर हिँडिरहेको र समय भने बुलेट रेलको गतिमा कुदिरहेको हो कि जस्तो लाग्छ । हेर्दा हेर्दै समाजका सबै आयामहरु विस्तारित भएका छन् । तिनले नयाँ स्पेश सिर्जना गरिरहेका छन् । व्यक्ति र परिवार हुँदै समाजका आर्थिक, सामाजिक, साँस्कृतिक आयामलाई बदल्ने अनेकवली घटनाका आँधीहरु आइरहेका छन् । म हुर्कँदा गाउँमा फुसको छानो भएका घुमाउने घरको बाहुल्यता थियो । सगोलका परिवारका सबै सदस्यहरु ती घरका भित्रबाहिर छेउकुनामा अटाउँथे । सासु बुहारी संगै सुत्केरी हुन्थे, कुनै पुरुष एकैपटक नयाँ सन्तानको बाबु पनि र नाती नातीनिको हजुरबाउ पनि बनिरहेको हुन्थ्यो । ती कति साँघुरो जीवनलाई सुमसुम्याएर बस्दा हुन ? जीवन ऋतुपरिवर्तनसंगै परिवर्तन हुने नीयमित चक्रजस्ता आइरहने कृषि कर्ममा आधारित थियो । लगौंटी लगाएर कछाड कम्मरतिर सारेर खेत खलिहानमा काम गरिरहेका अधेडावस्थाका पुरुषहरु, एकसरो धोती या गुन्युमा रजश्वला हुँदाका राता छाप लिएर मेलापात गरिरहेका महिलाहरु । साँघुरा गल्लीलाई नै आलोपालो मलमुत्र  त्यागका स्थल बनाइने भएकाले नाँगा पाइतालाले फोहोर छल्दै हिँडेका भद्र भलाद्मीहरु । समय त्यस्तै थियो...

बौद्धिक संस्कृतिमा मार्क्सवादीहरू

  १ मंसिरको कान्तिपुरमा छापिएको मित्र विष्णु सापकोटाको बौद्धिक संस्कृतिमा मार्क्सवादी छाया शीर्षकको आलेख सदा झैँ स्वाद लिएर पढेँ । विष्णु सापकोटा समकालीन नेपाली सार्वजनिक बौद्धिक विमर्शमा अलग पहिचान बनाइसकेको नाम हो । पाश्चात्य र पूर्वीय साहित्यिक विमर्शसहित समकालीन वैचारिक बहसका बारेमा दखल राख्ने उनका सामयिक टिप्पणीहरूमा बौद्धिक खुराक मिल्छ, आलोचनात्मक चेतसहित लेख्ने भएकाले मात्र हैन, आफ्नै प्रकारको भाषिक मिठास घोलेर लेख्ने भएकाले पनि । नेपालको अहिलेको राजनीतिक नेतृत्व र दलहरूको चरित्रमाथि तर्कपूर्ण तर व्यंग्यसमेत मिसाइएका उनका टिप्पणीको म नियमित पाठक हुँ (प्रशंसा दोहोरिएको पनि हुन सक्छ) । यसपालिको लेखमा नेपालको मार्क्सवादी बौद्धिक परम्परा र त्यसका कमीमाथि आलोचना गरिएकाले उनकै भाषामा ‘अलिकति प्रोभोक’ पनि भएकै हो । पहिले नै स्पष्ट पार्दिउँ, म नेपालको ‘अफिसियल मार्क्सवादी’ होइन, मार्क्सवादीहरूको प्रवक्ता पनि होइन, कसैको बचाउ गर्नुपर्ने पनि छैन । सार्वजनिक वृत्तको बहसलाई प्रभावित गर्न सक्ने विष्णुजी जत्तिको व्यक्तिले कान्तिपुरमा लेखै लेखेर मार्क्सवादीहरूले गरेको बहसलाई मिथ्या र गलत स...

यता यस्तो पो भेटियो, धन्यवाद समिक्षकलाई ।

Image
  आधा जून [Aadha Joon] by   Jhalak Subedi ,   झलक सुवेदी Bimochan Ghimire 's review Feb 22, 2014 it was amazing नेपालको राजनीतिक आन्दोलनमा संलग्न युवालाई आधार बनाएर लेखिएको यो उपन्यासले नेपाली समाज र नेपालको कम्युनिस्ट आन्दोलनको बिगत र बर्तमानको प्रतिनिधित्व गरेको छ र भविष्यको संकेत गरेको छ !! नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएको भ्रष्ट र बुर्जुवा सोचले परिवर्तनका आशाहरुलाई निस्तेज तुलाएको छ , हजारौं युवा ,शहिदहरुको रगत माथि खेलवाड भएको छ र सर्वहारा बर्गको आन्दोलनले बाटो बिराएको छ ,यस्तो अवस्थामा इमान्दारिता पुर्वक आन्दोलनमा होमिएकाहरु एकठाउँमा उभिनुको बिकल्प छैन , यो देशमा क्रान्तिको बिकल्प छैन र क्रान्ति बिना देश माथि लागेको ग्रहण हटाउन मुस्किल छ !! तसर्थ इमान्दार युवावर्ग एक हुनैपर्छ र "आधा जुन"को सिमित उज्यालोको छाहारीमा रुमल्लिरहेको देशलाई पूर्ण चन्द्रको उज्यालोमा बिकासको राजमार्गमा कुदाउनु आजको आवश्यकता हो !

विप्लवको फिरेको बुद्धि

नेत्रवहादुर चन्द विप्लव २०५२ देखि २०६२ सम्म तत्कालिन नेकपा माओवादीले गरेको ससस्त्र विद्रोहका सह उत्पादन थिए । २०६३ मा भएको शान्ती सम्झौताले नेपालमा गणतन्त्र र संघीयता सहितको आफ्नै विशेषताको संसदीय प्रणाली स्थापना भएको भएपनि विप्लव यसलाई जनयुद्धले जे लक्ष्य हासिल गर्न खोजेको थियो त्यसप्रतिको गद्धारीका रुपमा बुझ्थे । प्रचण्ड र बाबुराम भट्टराईले लिएको बाटोका प्रति उनमा तिव्र असहमति थियो । त्यस्तो असहमती मोहन वैद्य किरणमा पनि थियो तर यी दुवैका लक्ष्यहरु समान थिएनन । वैद्यले समयमै कुरा बुझे र विप्लवको विप्लवी बाटोलाई साथ दिन अस्विकार गरे कि तत्काल देशमा अर्को ससस्त्र विद्रोहको सम्भावना छैन । तर विप्लवमा एउटा युवाजन्य आक्रोस र अहँ पनि थियो । उनलाई साथ दिन तयार जनयुद्धमा संलग्न भएको क्रान्तीकारी दस्ताको सिमान्त हिस्सा पनि थियो जसलाइ शान्तीप्रक्रिया पछिको राजनीतिका क्रममा आफ्नै दलले पनि उचित स्थान र मान दिन सकेको थिएन । आफैले हिजो निर्माण गरेको संगठन र जनतामा देखिएको त्यतिवेलाको उत्साहका सम्झनाहरु पनि ताजै थिए । सबैभन्दा बढी उनलाई प्रचण्ड र बाबुरामप्रति घृणा थियो । उनीहरुलाई केही गरेर देखाउँछु...

आमाका कविताहरु (मनको लहड)

    मदन भण्डारीको वारेमा   थियो अरे बैठक अघिल्लो दिनमा पोखराको ठाउँमा साथीहरु पनि अनेक तरहका भेला भएका तहाँ । साथेहरुसंग विदावारी भइ चढ्नु भयो जिपमा खत्तम भो जीन्दगी त्यै एकछिनमा तिनघण्टाको बिचमा ।। १ षडयन्त्रै होइन यो कुरा भनेर बुझेन मन् त तर सोधुन साथीले र गरुन खबर् पनि जीउँदै छ रे डाइभर । मैना हो जेठको गते त तिन लौ आइतबारको दिन जीवराज साथमा परे लौ विचमा मुर्छा परे जलमा ।। २ खोजी गर्न भनेर आए सब ती भएका साथी जती सुन्दा खबर यो श्रीमती घरमा मुर्छा परी हुन् कती ? माता पिता सबै दाजु र माइती दिदि र बैनीहरु रुँदा हुन घरमा गरेर विलना चित्त बुझाइदेउ बरु ।। ३ मदन भण्डारी यी ठुला नेता भनी इज्यत चलेको यहाँ लान्न भो यो मान्छे दुइचार बरीस कालले भन्थ्यो कहाँ । लास खोज्न भनेर ती साथीहरु त टम्मै थिए तीरमा पाए लास अनि लगेर चढाए त्यो हेलिकप्टरमा ।। ४ लग्यो निमानले उडाइकन लास राख्यो रंगशालामा फुलमाला अविर राखेर...