Posts

विप्लवको फिरेको बुद्धि

नेत्रवहादुर चन्द विप्लव २०५२ देखि २०६२ सम्म तत्कालिन नेकपा माओवादीले गरेको ससस्त्र विद्रोहका सह उत्पादन थिए । २०६३ मा भएको शान्ती सम्झौताले नेपालमा गणतन्त्र र संघीयता सहितको आफ्नै विशेषताको संसदीय प्रणाली स्थापना भएको भएपनि विप्लव यसलाई जनयुद्धले जे लक्ष्य हासिल गर्न खोजेको थियो त्यसप्रतिको गद्धारीका रुपमा बुझ्थे । प्रचण्ड र बाबुराम भट्टराईले लिएको बाटोका प्रति उनमा तिव्र असहमति थियो । त्यस्तो असहमती मोहन वैद्य किरणमा पनि थियो तर यी दुवैका लक्ष्यहरु समान थिएनन । वैद्यले समयमै कुरा बुझे र विप्लवको विप्लवी बाटोलाई साथ दिन अस्विकार गरे कि तत्काल देशमा अर्को ससस्त्र विद्रोहको सम्भावना छैन । तर विप्लवमा एउटा युवाजन्य आक्रोस र अहँ पनि थियो । उनलाई साथ दिन तयार जनयुद्धमा संलग्न भएको क्रान्तीकारी दस्ताको सिमान्त हिस्सा पनि थियो जसलाइ शान्तीप्रक्रिया पछिको राजनीतिका क्रममा आफ्नै दलले पनि उचित स्थान र मान दिन सकेको थिएन । आफैले हिजो निर्माण गरेको संगठन र जनतामा देखिएको त्यतिवेलाको उत्साहका सम्झनाहरु पनि ताजै थिए । सबैभन्दा बढी उनलाई प्रचण्ड र बाबुरामप्रति घृणा थियो । उनीहरुलाई केही गरेर देखाउँछु...

आमाका कविताहरु (मनको लहड)

    मदन भण्डारीको वारेमा   थियो अरे बैठक अघिल्लो दिनमा पोखराको ठाउँमा साथीहरु पनि अनेक तरहका भेला भएका तहाँ । साथेहरुसंग विदावारी भइ चढ्नु भयो जिपमा खत्तम भो जीन्दगी त्यै एकछिनमा तिनघण्टाको बिचमा ।। १ षडयन्त्रै होइन यो कुरा भनेर बुझेन मन् त तर सोधुन साथीले र गरुन खबर् पनि जीउँदै छ रे डाइभर । मैना हो जेठको गते त तिन लौ आइतबारको दिन जीवराज साथमा परे लौ विचमा मुर्छा परे जलमा ।। २ खोजी गर्न भनेर आए सब ती भएका साथी जती सुन्दा खबर यो श्रीमती घरमा मुर्छा परी हुन् कती ? माता पिता सबै दाजु र माइती दिदि र बैनीहरु रुँदा हुन घरमा गरेर विलना चित्त बुझाइदेउ बरु ।। ३ मदन भण्डारी यी ठुला नेता भनी इज्यत चलेको यहाँ लान्न भो यो मान्छे दुइचार बरीस कालले भन्थ्यो कहाँ । लास खोज्न भनेर ती साथीहरु त टम्मै थिए तीरमा पाए लास अनि लगेर चढाए त्यो हेलिकप्टरमा ।। ४ लग्यो निमानले उडाइकन लास राख्यो रंगशालामा फुलमाला अविर राखेर...