Posts

टिप्पणी गर्दाका दु:ख !

पत्रीकामा फोन बाट लिएका प्रतिर्क्रिया 'मिस कोट' गर्नेले दु:ख दिएकै छन । नेपाल सप्ताहिकमा गोकर्णले योगेशका बारेमा मेरो भनाइलाई हास्यस्पद रुपमा आफ्नो अनुकुल बनाएर हालेको छ । यसै गरी हिमालखबरमा सईन्द्रले त प्रचन्डको बारेमा मेरो भनाइलाई उल्टो अर्थ दिनेगरी आफ्नै भाषामा हालेको छ । हैट ! टिप्पणी गर्दाका दु:ख !

JHALAK SUBEDI EXPRESSES VIEWS ON GAESO MOVEMENT

Image

नेपालको कुटनितिक क्षमता विस्तार भएको छ || Jhalak Subedi with Ashesh Ghimire

Image

किन ओझेलमा भूमिसुधार?

Image

बुढो हुँदै जाँदा

हेर्दा हेर्दै अन्ठाउन्नौ जन्मदिन आयो र गयो अब दुइबर्षमै हुनेछु म तिनबिस उमेर काटेको राज्यले मलाइ मान्नेछ जेष्ठ नागरिक नचाहे पनि म हुनेछु विद्यालयका केटाकेटी झंै सार्वजनिक यात्रा र अस्पतालमा छुट पाउन लायक काम गरेर खान अयोग्य ठहर गरेको प्रमाणजस्तो दिइने छ मलाइ पनि एउटा परिचय पत्र बसका छेउमा छुट्याइने दुइ सिटमा मेरो पनि हक हुनेछ यता विस्तारै म विस्थापित हुनेछु घरको दैनिक व्यबहारबाट ............ छोराले सुनाउन छाड्ला आफ्नो नयाँ योजना अथवा गर्ला आफ्नो विहेमा निम्तो मलाइ नसोधी जसरी मैले गरेको थिएँ आफ्नो विहेको निम्तो बा आमालाइ मलाइ नसोधी किन्ला कतै घडेरी कुनै दिन भनिदेला म त डिभी परेर हिँडें अमेरिकातिर या कुनै विहान खाना खाँदै गर्दा भन्ला छाडेर जाँदैछु घर जसरी विना सुचना मैले पनि गरेको थिएँ गृहत्याग अथवा घुर्की लगाउला र सुनाउला आक्रोस तिमिहरुले ल्याएको गणतन्त्र र आउँछ भनेको समाजवादले केही दिएन गरिखाने ठाउँ पाखुरी बजारेर खान जाँदैछु अष्ट्रेलिया थपिदै जाँदा उमेर आउला परिवारको शक्ति सम्वन्धमा फेरवदल ......... हजुरबाले झैं म पनि विहान निदाउन छाड्ने छु चार घडी रात...
आजै देखी बिस्तारै समाचारमा उध्रीत् गरिने श्रोत ब्यक्ती नबन्ने निर्णय गरियो । पहिले टि.भी बाट यो थालिने छ । विस्तारै अखबार्मा पनि लागु हुने छ । रेडियो त छोडिनै सकियो । जय होस् । 

आधाजून पढिसकेपछि भन्न मनलागेका कुराहरु

“आधाजूनमा पञ्चायती व्यवस्थाको उत्कर्षमा नेपाली युवाले गरेको उत्सर्ग राम्ररी केलाइएको छ । २०३६ सालको विद्यार्थी आन्दोलन र ततकालीन नेकपा मालेको राजनीतिमा संलग्न एउटा निम्नमध्यमवर्गीय परिवारमा जन्मेको युवाको जीवनमार्फत उपन्यासले नेपाली समाजको पिंधमा परेका सर्वसाधारण जनताले राज्यबाट भोगेका तिरस्कार र अपमान तथा ग्रामीण समाजमा रहेको शक्तिसम्बन्ध राम्ररी केलाइएको छ । इतिहास र स्वैरकल्पनाको दोसांध तथा पोखरा वरपरको आञ्चलिक भाषामा लेखिएको यो उपन्यास नेकपा मालेको गठन, विकास र त्यसको अवरोहका यात्री बनेका अनेक मानिसको त्याग, समर्पण र राजनीतिले उजाड बनाएका मानिसको जीवन अभिलेख हो । ” यी कुराहरु यस ‘आधाजून’ पुस्तकको भूमिकामा पनि उल्लेख गरिएका छन् । कम्युनिष्ट तथा प्रगतिशील लेखमा सिद्धहस्त, प्रखर तथा माहिर झलक सुवेदीद्वारा लिखित यस उपन्यासमा सञ्जेका तीन जीवनसाथीहरुका बारेमा भएका यौनका कुराहरु पनि खुलेरै प्रस्तुत भएका छन् । एकचौथाइको सुरुको भागमा साहित्यका शब्दको जादू पनि देख्न सकिन्छ तर त्यसपछि भने ऐतिहासिक दस्तावेज जसरी घटनाक्रम मात्र छन् । विशेष गरी यस उपन्यासमा मुख्य पात्र सञ्जेको वरिपरि कथा...