Posts

जसबहादुर दाइको ‘फेसबुक पोस्ट’

नेकपा एकता यति ढिलो हुनुसँग यसको कुनै सम्बन्ध नहुन सक्छ र हुन पनि । सत्तामा नेकपा हुनुसँग पनि यसको साइनो नहुन सक्छ र हुन पनि । राजनीतिक दल निर्माणका अनेक आयाम हुन्छन् । नेकपा निर्माणका पनि अनेक आयाम छन् । हजारौँ कार्यकर्ता, लाखौँ समर्थक र मतदाताका अनेक समयका अनेकानेक योगदानले पार्टी बनेको हो । कोही भूमिगत भएर काम गरे, कोही जेल बसे, कोही गाउँमा शिक्षक भएर, कोही विद्यार्थी कार्यकर्ता भएर पार्टी निर्माणमा जुटे । कसैले सेल्टर दिए, कसैले हतियार बोकेर लडे, कति सहिद भए, कति घाइते र अपांग । कतिले गाँस काटेर नेता पाले, कतिले घर बिगारेर दलमा योगदान गरे । ती सबैको इतिहासको योग पनि हो, यो पार्टी । कुनै नेताले बढी भूमिका खेले होलान्, कसैले कम । तर, एकजनाको मात्र योगदान झिक्दा पनि यो इतिहास पूरा हुँदैन । यसको हिसाब राख्ने फुर्सद अहिलेसम्म कसैले निकालेको छैन । सबैको समान योगदान भएको पनि होइन ।  म अलिकति स्थायी खालको अराजकतावादी र अलिकति निरन्तरको विद्रोही या असन्तुष्ट प्रकृतिको हुँ कि जस्तो लाग्छ । आफ्ना खुसीले हिँडेको बाटोले के नाफा, नोक्सान ग¥यो भनेर हिसाब गर्नु मूर्खता हो । मलाई त्यसको झ...

विचैमा छाडी जानेको सम्झनामा

१) गतबर्ष पर्यटन मन्त्री वन्नु अघि पनि हाम्रो भेट पातलै हुनेगथ्र्यो । उसको कामका क्षेत्रहरु र मेरा कामका विच कमै सम्वन्ध थियो । हाम्रो बसाई पनि काठमाण्डौको दुई विपरित ध्रुवतिर थियो । भेटमा सामयिक विषयमा गफगाफ र राजनीतिका अन्तरंग कुरा हुन्थे, व्यक्तिगत विषय पनि राजनीतिकै घेराभन्दा बाहिर कमै प्रवेश गर्थे । मन्त्री भएपछि त झन उसको व्यस्तता ह्वात्तै बढेको म समाचार हेरेरै थाह पाउँथे । भेट्ने काम पनि पर्दैनथ्यो । मेरो एउटै चाहना थियो उ सफल होस, वाँकी कुरा पछि हुँदै गर्छन, डिष्टर्व किन गरिरहनु ? शुभेच्छा वाहेक यस्ता कार्यकारी पदमा हुनेलाई सल्लाह दिने कुरामा म आफुलाई योग्य पनि ठान्दिन ।  मन्त्री भएकोमा बधाई दिएर फर्केपछि हाम्रा विच अलि लामो र अनौपचारिक कुराकानी तिहार अघि मात्र भएको थियो । जसरी उ जर्मन जाने अघिल्लो दिन दुर्घटनामा परेर उक्त यात्रा रोकिएको थियो त्यस्तै भिसा प्रोसेस मिलाउने कम्पनीको लापर्वाहीका कारण तिहार अघि वेलायत जाने कार्यक्रम रद्ध भएको थियो । त्यहि मौका मिलाएर म उसकहाँ गएको थिएँ । आँगनमा घाम तापेर हामीले दुई घण्टा विभिन्न विषयमा गरेका थियौं । त्यतै खाना खाएर फर्केको...

असमयमा निभेको सम्भावनाको दियो

रवीन्द्र अधिकारीबारे लेख्न बस्दा मेरा लागि कतै पनि तटस्थता अपनाउन सम्भव छैन । यो लेख लेख्न बस्नुअघि मात्रै म विद्या बहिनीका टोलाएका आँखा हेरेर फर्केको छु । सयौँ शुभचिन्तकका मुर्झाएका अनुहार देखेर आएको छु । देशको सबै तप्काले उसप्रति व्यक्त गरेको सम्मान अनुभव गरेको छु । सँगै आजभन्दा ३५ वर्षपहिले कमेज र जाँगे लगाएर शान्तिउदय माविमा फर्‍याकफुरुक गर्दै अखिलको प्रारम्भिक कमिटीको अध्यक्ष बन्दाको एउटा हँसिलो, फरासिलो र आन्दोलनप्रति विनाप्रश्न सधैं लोयल किशोरका चम्किला आँखा सम्झिरहेको छु । गैरीगाम जामुनबोटमा रहेको उसको घरमा आमाले माया मानेर दिएको दूध र दही, मीठो–मसिनो खाना र दिएको मातृवात्सल्य होस् या कस्टडीमा एउटै हत्कडी लगाएर बिताएका दिनहरू होऊन्, ऊसँग अनेक रमाइला र दुःख–सुखका क्षणहरू छन् । ऊसँगका सम्झनाहरू एउटा–दुईटा आलेखमा लेखेर सकिने कुरा होइनन्, मेरा लागि । त्यसैले यो आलेख उसको कोरा र छुरा राजनीतिक जीवनका आरोह–अवरोहका सामान्य समीक्षामा केन्द्रित हुनेछ ।  २०२६ सालमा तत्कालीन स्याङ्जा जिल्लाको भरतपोखरी गैरागाउँमा जन्मेको रवीन्द्र अधिकारी उक्त भेगमा मालेको राजनीति प्रवेश गर्दाको...

सञ्चित समस्याका परिणामहरु

आउने साता केपी ओली नेतृत्वको सरकार गठन भएको एकबर्ष पुग्दै छ । संगै देशभर प्रदेश सरकारहरु सक्रिय भएको पनि एकबर्ष पुग्ने छ । यसक्रममा सरकारको बर्षदिनको कार्याकालको मुल्याँकन हुने नै छ । यसमा मुख्य गरि दुईवटा विषयका आधारमा सरकारको परख हुने छ । पहिलो हो लामो समयको एकात्मक केन्द्रीय सत्ताको अभ्यास पछि संघीयतामा प्रवेश गरेको देशले यस मामिलामा के कस्ता चुनौतीहरु सामना गर्यो तथा कस्ता सकारात्मक परिणामहरु निस्के भन्ने विषय । दोस्रो भने झण्डै दुई दशक देशले राजनीतिक संघर्ष र अनिस्चतता व्यहोरेपछि स्थिर सरकार बनेको छ । सम्वृद्धि र विकासको नारामा आम मतदातालाई आकर्षित गरेर सत्तारुढ भएको कम्युनिष्टहरुको पहिलो वहुमत प्राप्त सरकारले आर्थिक विकासतिर के कस्ता उपलब्धीहरु हासील गर्यो भन्ने विषयले प्राथमिकता पाउने छ ।  यसै सेरोफेरोमा यो साता नयाँ पत्रिकाले देशको आर्थिक अवस्थाका बारेमा श्रृंखलावद्ध समाचारहरु दिएको छ । यसरी आएका समाचारहरु प्रायस निराशाजनक छन जसले देशको अर्थतन्त्रमा तत्काल ठुलो समस्या नदेखिएपनि अहिलेको अवस्थाको निरन्तरता लामो समय रह्यो भने अर्थतन्त्रले अपेक्षित गति लिन नसक्ने हो कि भन्न...

भेनेजुएलामा सिआइए अप्रेसन

अमेरिका विश्वका सबै देशलाई उपनिवेश बनाउन चाहन्छ, तिनको स्रोत लुट्न चाहन्छ, साधारण अमेरिकीसहित अरू देशका जनतालाई दासका रूपमा शोषण गर्न चाहन्छ । युद्ध या सैन्य विप्लवका माध्यमबाट जहाँकतैका सार्वभौम र स्वतन्त्र सरकारलाई ढाल्ने प्रयास गर्छ । साम्राज्यवाद भनेकै यस्तै हो । ...मानवीय आधारमा हस्तक्षेप, सुरक्षाप्रतिको जिम्मेवारी र प्रजातन्त्र स्थापना... अमेरिकाका दक्षिणपन्थीका कोड भाषा हुन्... ९/११ पछि मात्रै अमेरिकाले हैटी, होन्डुरस, पाराग्वे, युक्रेन, ब्राजिल, इजिप्टलगायत मध्यपूर्वका धेरै देशमा सैन्य विप्लव गराएको छ ।’ स्टेफन लेन्डम्यानले रसियाली सत्ताधारीको विचार बोक्ने पत्रिका प्राभ्दामा प्रकाशित गरेको यो टिप्पणी आजको अमेरिकाको साम्राज्यवादी चरित्रको सटिक झलक हो । विश्व जनमतलाई प्रभावित गर्न अमेरिका र उसका गुटका देशले फैलाएको प्रोपोगान्डामा जेसुकै भनिएको भए पनि भेनेजुएलामा अहिले गरिएको राजनीतिक हस्तक्षेपको भित्री कारण ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाका साम्राज्यवादी हस्तक्षेपविरुद्ध हुने सबैखाले प्रतिरोधलाई ध्वस्त पार्नु हो । नवउदारवादी विश्व व्यवस्थाका दलाललाई सत्ता सुम्पेर त्...

पश्चिमाहरुको अनावस्यक दवाव

परराष्ट्र मन्त्रीका रुपमा प्रदिप ज्ञवालीले अघिल्लो महिना गरेको संयुक्त राज्य अमेरिकाको भ्रमण, जापान भ्रमण, जापानी विदेश मन्त्रीको नेपाल भ्रमण तथा राष्ट्रसंघीय साधारण सभामा सहभागि हुने क्रममा प्रधानमन्त्री ओलीले गरेका भेटघाटले सुधार भएको ठानिएको नेपालको विदेश सम्वन्धमा द्वन्दकालिन मुद्धाका विषयमा अमेरिका सम्वद्ध देशहरुले दिएको वक्तव्य र भेनेजुएला प्रकरणमा नेकपा अध्यक्ष प्रचण्डले जारि गरेको वक्तव्यका सम्वन्धमा अमेरिकाको प्रतिक्रियाले फेरि एकपटक प्रतिकुलता सिर्जना भएको संकेत मिलेको छ । शुक्रवार प्रधानमन्त्रीको उपस्थितीमा परराष्ट्र मन्त्रालयले गरेको कुटनीतिक समुदायसंगको भेटघाटलाई बहिष्कार गरेर अमेरिकी राजदुतले नेपाललाई एकप्रकारको धम्की दिएका छन । भेनेजुएला प्रकरणमा सत्ताधारी दलका एकजना अध्यक्षले जारी गरेको वक्तव्यले भेनेजुएलामाथिको अमेरिकी कदमको खुलेर विरोध गरेपछि उत्पन्न तनाव अझै मत्थर नभएको यसले देखाउँछ । काठमाण्डौस्थित अमेरिकी दुतावासले अध्यक्ष प्रचण्डको वक्तव्यका सम्वन्धमा सरकारको धारणा मागेर वक्तव्य सार्वजनिक गरेपछि नेपाल सरकार चेपुवामा परेको थियो । चिन र भारत जस्ता छिमेकीले भेनेजुए...

१६० किमिलाई १२ घण्टा

“यात्रामा निस्केपछि सोचेजस्तो मात्र हुन्न हेर्नुस है, जे जस्तो पनि पर्न सक्छ । हामीले पनि यस्तो ढिलो होला भन्ने सोचेको होईनौ । काठमाण्डौबाट १२ बजे फर्कने गरि यात्रुको टिकट काटिसकेको छ । के गर्नुंन्च यहिँ दुई बजिसक्यो ।” सेतो कटनको क्याजुअल कोट, जिन्सको पाईन्ट, चट्ट परेको कपाल र लोभलाग्दा दारी भएको ३० बर्ष नपुगेको कल्सौंदो कण्डक्टर एकजना अजासु यात्रुलाई सम्झाउँदै थियो । यात्रुसंग सम्वाद गर्ने उसको भद्र तरिका मलाई यसै यसै मनपरिरहेको थियो । काठमाण्डौ दिउसै पुग्ने सम्भावना सकिए पछि मैले आफुलाई जति ढिलो पुगे पनि हुने गरि मानसीक रुपमा तयार पारेको थिएँ । यसो गर्नु मानसिक स्वास्थ्यका लागि लाभदायक छ भन्ने अनुभव यो फुलेको कपालसंगै बढ्दै गएकोले पनि मन शान्त थियो । विहान बसपार्कमा केहि ठोसपदार्थ पनि उदरस्थ गरेकोले १२ बजुञ्जेल पेट पनि शान्त थियो । विहान ६ बजे चितवनको क्यान्सर गेट (१ नम्वर गेट) बाट यात्रु लिएर हिडेको बस पारस बसपार्क हुँदै पोखरा बसपार्क गएर आधा घण्टा रोकिएको थियो । सतन्चुली यातायात सेवाको ना अ ख  .........नम्वरको यो बस सात बजेर १० मिनटमा मात्र त्यहाँबाट मुग्लीङका हुँदै काठमाण्ड...