Posts

१६० किमिलाई १२ घण्टा

“यात्रामा निस्केपछि सोचेजस्तो मात्र हुन्न हेर्नुस है, जे जस्तो पनि पर्न सक्छ । हामीले पनि यस्तो ढिलो होला भन्ने सोचेको होईनौ । काठमाण्डौबाट १२ बजे फर्कने गरि यात्रुको टिकट काटिसकेको छ । के गर्नुंन्च यहिँ दुई बजिसक्यो ।” सेतो कटनको क्याजुअल कोट, जिन्सको पाईन्ट, चट्ट परेको कपाल र लोभलाग्दा दारी भएको ३० बर्ष नपुगेको कल्सौंदो कण्डक्टर एकजना अजासु यात्रुलाई सम्झाउँदै थियो । यात्रुसंग सम्वाद गर्ने उसको भद्र तरिका मलाई यसै यसै मनपरिरहेको थियो । काठमाण्डौ दिउसै पुग्ने सम्भावना सकिए पछि मैले आफुलाई जति ढिलो पुगे पनि हुने गरि मानसीक रुपमा तयार पारेको थिएँ । यसो गर्नु मानसिक स्वास्थ्यका लागि लाभदायक छ भन्ने अनुभव यो फुलेको कपालसंगै बढ्दै गएकोले पनि मन शान्त थियो । विहान बसपार्कमा केहि ठोसपदार्थ पनि उदरस्थ गरेकोले १२ बजुञ्जेल पेट पनि शान्त थियो । विहान ६ बजे चितवनको क्यान्सर गेट (१ नम्वर गेट) बाट यात्रु लिएर हिडेको बस पारस बसपार्क हुँदै पोखरा बसपार्क गएर आधा घण्टा रोकिएको थियो । सतन्चुली यातायात सेवाको ना अ ख  .........नम्वरको यो बस सात बजेर १० मिनटमा मात्र त्यहाँबाट मुग्लीङका हुँदै काठमाण्ड...

प्रश्नले ढलेको गान्धीको सालिक

Image
दुनियाँमा मानिसले प्रश्न नगर्दा हुन् त स्थापित ‘न्यारेटिभ’हरूको विपठन हुने नै थिएन । जे भनिएको छ, जे मानिआइएको छ, त्यसैका पछि मानिस कुदिरहन्थ्यो, ठीक–बेठीकको खोजी हुन्नथ्यो । सत्य पनि स्वघोषित रहन्थ्यो, पुष्टि गर्ने लेठो गरिरहनुपर्दैनथ्यो । प्रश्न गरिएकैले हामी पुराना वैचारिक सांस्कृतिक मूल्य विघटन गर्दै नयाँ मूल्य प्रणाली अँगाल्छौँ । स्थापित सत्तारुढ विचारधारा ढल्छन् र  नयाँ ठडिन्छन् ।  हरेक नयाँ विचार सत्तारुढ हुनासाथ त्यसले संरचनामार्फत आफ्नो नित्यता स्थापित गर्ने प्रयास गर्छ । समयक्रममा यो आफैँ प्रतिगामी बन्छ र प्रश्नहरूको कठघरामा उभिएर इतिहासको कोर्रा खान्छ र ढल्छ । परिवर्तन मात्र निरन्तर हुन्छ । बाँकी सब अनित्य । यो नियम व्यक्ति, इतिहास, संस्कृति र संस्कार अनि राजनीतिका अनेक विचारमा उत्तिकै लागू हुन्छ ।  यतिवेला चर्चा भने मोहनदास करमचन्द (महात्मा) गान्धीको गर्न लागिएको हो । घानाको विश्वविद्यालयबाट गान्धीको सालिक भर्खरै ढालिएको छ, जसलाई पूर्वभारतीय राष्ट्रपति प्रणव मुखर्जीले दुई वर्षअघि मात्र अनावरण गरेका थिए । बीसौँ शताब्दीका विलक्षण प्रतिभा, भारतीय स्वतन्त्रत...

बन मासौं मृग चरेको हेरौं

यो साता पोखारा साहित्यमय बन्यो । बुक वर्म फाउण्डेशनले आयोजना गरेको साहित्य जात्राका क्रममा देशका जानेमानेका लेखक, कलाकार, मानवशास्त्री, पत्रकार, राजनीतिज्ञ, चिन्तकहरुको एउटा समुह पोखरामा पुग्यो र वौद्धिक विमर्समा सामेल भयो । विदेशबाट पनि यो बहसमा सामेल हुन निम्तालुहरु आए । सातौं संस्करणका रुपमा सम्पन्न नेपाल साहित्य जात्राको यो विसौनी पनि आकर्षक रह्यो । यसले पोखराको पर्यटनलाई हिमालको दृष्य र तालहरुको मादकता सहित नयाँ स्पट समेत उपलब्ध गरायो । वास्तवमा पछिल्लो समयमा नेपालमा पुस्तक लेखन, प्रकाशन, पठन र त्यसमाथिको बहसले समाजमा एउटा प्रभाव छाड्न थालेको छ । प्रकाशित केहि पुस्तकहरुले पाठकहरुमा तिव्र प्रतिक्रिया जन्माउने गरेका छन । यससंगै यस्ता साहित्य मेलाहरुका माध्यमबाट पाठक र लेखकका विच मात्र होईन समाजका विभिन्न मुद्धाहरुमा चासो राख्ने र त्यसमाथिका बौद्धिक तर्क वितर्क सुनेर आफ्नो ज्ञानको भोक मार्ने चलन बढेको छ । साहित्य जात्राले त्यो काममा भरथेग गरेको छ । यस्ता जात्राहरुको आयोजनामा केहि कर्पोरेट घरानाहरुले चासो देखाएर लगानी समेत गरेका छन । आयोजनाका सम्वन्धमा केहि विवाद र प्रश्नहरु पनि उ...

गरिबी निवारणमा चीनको पाठ

उदाउँदो महाशक्ति चीन र थाक्दो महाशक्ति अमेरिका विश्व समाचारका मूल शीर्षक बनिरहन्छन् । चिनियाँ राष्ट्रपति सि जिन पिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच यही साता अर्जेन्टिनामा हुन लागेको भेटघाट र त्यसको पृष्ठभूमिमा रहेको दुई देशबीचको व्यापार युद्धले सबैको ध्यान यी दुई शक्तिराष्ट्रतिरै छ । ४० वर्षपहिले मात्रै संसारका पाँच गरिबमध्ये एकजना चीनको हुन्थ्यो । जनसंख्याको ८८ प्रतिशत गरिबीमा थियो चीन । चीन राजनीतिक प्रयोगको अनेक असफलतापछि अघि बढ्ने र अरूलाई भेट्टाउने उपायको खोजीमा थियो । अमेरिकालाई आफ्नो पुँजी र उत्पादित वस्तुका लागि बजार चाहिएको थियो । सँगै बढ्दै गएको उत्पादन लागत घटाउन अमेरिकाका वस्तु उत्पादन उद्योगले आफ्ना उत्पादन फर्म सार्ने भरपर्दो र सस्तो ठाउँ खोजिरहेका थिए । चीनले आफ्नो बजार खोल्दै लग्यो । पश्चिमा उद्योगपति र व्यापारी चीनतिर ओइरिए । यही ४० वर्षमा चीनको गरिबी ८८ प्रतिशतबाट घटेर १.८ प्रतिशतमा झर्‍यो । विश्वका अर्बपतिमध्ये दोस्रो स्थानमा चिनियाँ अर्बपतिको संख्या छ, जसले छिटै अमेरिकालाई उछिन्नेछ । सन् २००२ मा तत्कालीन पार्टीनेता जियाङ जेमिनले उद्योगपति या व्यवसायी ...

Comming soon. Thank you Bhupendra n BookHill

Image

अचेवेको पागलपन शिवानीको घुर्ना

व्यक्तिका जीवनमा जस्तै राष्ट्रको जीवनमा पनि अनेक घामछाया, अनेक मौसम, अनेक दुःखसुख, अनेक हन्डर, अनेक उन्नति र अवनतिका कथाव्यथा हुन्छन् । यस्ता घटनाबाट सिक्दै, लड्दै, जुध्दै देशहरूको इतिहास अघि बढिरहन्छ । ३१ अक्टोबरको न्युयोर्क टाइम्समा ब्राजिलियन लेखक तथा टिप्पणीकार मार्सेलो पइवाको एउटा लेख छापिएको छ– मेरो परिवारमा ब्राजिलियन अधिनायकवादले के ग-योे (ह्वाट द ब्राजिलियन डिक्टेटरसिप डिड टु माई फ्यामिली) भन्ने शीर्षकमा । उनले सन् १९६४ मा भएको सैन्य कु बाट स्थापित अधिनायकवादी सरकारले समाजवादी सांसद रहिसकेका आफ्ना बाबुको गिरफ्तारी र हत्या गरेको अनि परिवारलाई दिएको दुःखको विवरण लेख्दै भर्खर निर्वाचनमा विजयी भएका बोल्सोनारोले त्यस्तै अधिनायकवाद फर्काउने हुन् कि भन्ने चिन्ता व्यक्त गरेका छन् । उनको लेखले ब्राजिलियनलाई उनीहरूले विगतमा लोकतन्त्रका लागि गरेको त्याग यसै खेर जानेछैन भन्ने सम्झाउने प्रयास गर्दै बोल्सोनारोको फासीवादी विचारसँग जुध्न प्रेरित गरेका छन् । उनको कथा पढ्दै गर्दा मलाई दसैँको ठीकअघि पढेका दुइटा पुस्तकको सम्झना भयो । पहिलो हो, नाइजेरियाली लेखक चिनुवा अचेवेका कथाहरूको संकलन ...

नेकपालाई सन्चो–बिसन्चो

गीत–संगीत क्षेत्रमा हरेक साता र कतिपय त दिनमा नै कुन गीत लोकप्रियताको पहिलो नम्बरमा छ र कुनको हविगत १० नम्बरबाट पनि ओरालो लाग्यो भन्ने हिसाब भइरहन्छ । नयाँ गीतले पुरानोलाई विस्थापित गर्दै लगेजस्तै राजनीतिक र सामाजिक घटनाका पनि चर्चाको उच्चता र ओरालोको गति हुन्छ । यतिवेला नेकपाभित्रको राजनीति चर्चाको पहिलो नम्बरमा छ । संसद्को वर्षे अधिवेशन समाप्त हुने वेला नेकपाका वरिष्ठ नेता कमरेड माधव नेपालले संसद्को रोस्ट्रममा उभिएर जे बोले, त्यसले उत्पन्न गरेको तरंगले अझै पनि नेपाली राजनीतिमा चर्चाका लागि स्थान पाइरहेको छ । सामाजिक सञ्जालदेखि पत्रकारितासम्म पार्टीका कोठे भेलादेखि चियापानसम्म चर्चामा, यस्तो विषयले देशमा यति लामो समय चर्चा पाउनु भनेको राजनीतिक घटनाक्रम अत्यन्त सुस्त छन् भन्ने कुराको संकेत पनि हुन सक्छ । यस्तो चर्चाका अनेक पक्षमध्ये नेकपाभित्र माधव नेपालले राखेको असहमति पनि एउटा हो । पार्टीभित्रका मित्रहरूबाट कार्यालयको कुर्सीमा बस्दा पनि यसो यताउता हात लगेर सिटबेल्ट खोज्छन् भन्दै चिनाइने गरेका कमरेड नेपालको अनुपस्थितिमा भएको बैठकका निर्णंयबारे असहमति दर्ज गरेर चियापानसमेत आय...