Posts

नेपाली राजनीतिको पानीरङ

‘नाइदर राइट नर लेफ्ट’ फ्रान्समा यसै साता भएको पहिलो चरणको राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर दोस्रो चरणमा प्रवेश गरेका उम्मेदवार म्याक्रोंले आफू र आफ्नो दलको राजनीतिक दृष्टिकोणबारे भनेको भनाइ हो यो । एक वर्षपहिलेसम्म समाजवादी राष्ट्रपति होलन्दको क्याबिनेटमा अर्थमन्त्री रहेका म्याक्रोंले केही महिनापहिले मात्र आफ्नो पद र समाजवादी पार्टी दुवैबाट राजीनामा दिएर यस्तो अपरम्परावादी विचारसहित राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेका थिए । उनीबारे टिप्पणी गर्नेहरूले उनको विचारलाई सामाजवादी–उदारवादी या मध्यमार्गी भनेका छन् । र, कतिपयले टोनी ब्लेयर र ग्रेहार्ड स्रोडरको जस्तो मध्यवामपन्थी मानेका छन् । ६ महिनापहिले मात्र आफ्नो स्वतन्त्र विचारसहित अलग धारको राजनीति आरम्भ गरेका यिनै म्याक्रों अहिले फ्रान्समा सबैभन्दा बढी रुचाइएका छन् । सम्भवतः यिनैले त्यहाँ हुने दोस्रो चरणको निर्वाचनमार्फत दक्षिणपन्थी राजनीतिज्ञ मरिन ली पेनलाई सत्तामा जानबाट रोक्नेछन् । अचम्म के छ भने उनी धेरैजसो जल्दाबल्दा राजनीतिक मुद्दामा वामपन्थीहरूका नजिक छन् तर आर्थिक नीतिमा भने दाइने ढल्कुवा देखिन्छन् । उनका अडानलाई ...

विकास, समृद्धि र समाजवाद

 Sh संविधानले नेपालको राजनीतिक आर्थिक दिशा समाजवादउन्मुख हुनेछ भनेर किटेपछि यसमाथि अनेक कोणबाट बहस र प्रश्नहरू उठ्ने गरेका छन् । उदारवादी पुँजीवादी व्यवस्थाप्रति आकर्षित हुने र विश्वास गर्नेहरू समाजवाद भन्ने शब्दबाटै आतंकित छन् । तिनलाई यो शब्दका कारण भोलि आफ्नो वैभव नै पो राज्यको सिकार बन्छ कि भन्ने भयले लखेटेको छ । अर्कातिर सनातन माक्र्सवादीका लागि यो समाजवाद शब्द एउटा भुलभुलैया हो जस्तो लाग्छ । एमाले र माओवादी केन्द्र जस्ता दललाई यही शब्दलाई आफ्नो रणनीतिक जित भनेर कार्यकर्ता भुलाउने हतियार बनेको छ । कांग्रेसभित्रका नवउदारवादीलाई समेत आफ्नो दलमा कहिलेकहीँ झिँगाले झैँ समाजवाद भुनभुनाउने र झिँझो लगाउनेलाई थामथुम पार्ने गतिलो चक्लेट भएको छ यही शब्द । तर, वास्तवमा यो के हो भनेर कसैले खास व्याख्या गरेको छैन । मंगलबार काठमाडाैँमा अर्थ मन्त्रालयले एउटा बहस कार्यक्रम आयोजना गरेको थियो । नेपालले अपनाउनुपर्ने आर्थिक नीति र दर्शनबारे साझा धारणा बनाउन एउटा कार्यदल गठन गरिएको रहेछ । त्यसको प्राविधिक कमिटीले सुझाव संकलन गर्दै एउटा नीतिगत प्रस्ताव गर्ने प्रयोजनका लागि आयोजित कार्यक्रमम...

समाहितीकरण या सहअस्तित्व ?

गत साता बागबजारमा भेट भएका वेला एमालेभित्र सबैभन्दा उज्यालो भविष्य देखिएका नेता योगेश भट्टराईसँग समसामयिक राजनीतिका विषयमा छोटो संवाद भएको थियो । स्थानीय तहको निर्वाचनको सन्दर्भमा कुरा हुँदै गर्दा मैले पार्टीका अफिसियल विचारसँग सहमत हुन नसक्ने मत राखेकोे थिएँ । योगेशले फ्याट्टै भन्नुभो ‘यी दाइ त मेरो विचार पनि मन पराउन्नन् । पृथ्वीनारायण शाहको त नामै लिन नमान्नेहरू छन् ।’ कुराको संकेत गत महिना एमालेले गरेको मेची–काली यात्राको थालनीमा पृथ्वीनारायण शाहले थालेको एकीकरणको बा“की भाग एमालेले पूरा गर्छ भनेर योगेशजीले भनेको प्रसंगतिर थियो । त्यहाँ उभिएरै भएको कुराकानी यत्तिकैमा सकियो । मलाई भने एमालेको एउटा पंक्तिसँग यसै निहुँमा संवाद गर्नु उपयुक्त लाग्यो । एमालेका अफिसियल विचारलाई आलोचनात्मक रूपले नहेरी विश्वासका रूपमा ग्रहण गर्नेहरूसँग संवादको खास अर्थ नरहला । तर, एमाले अहिले पनि यिनै अफिसियल विचारकै सती जानेहरूको मात्र अवश्य होइन । त्यस्ता विचारले ‘इन्टक्सिकेट’ भइसकेको पंक्तिबाहेकले अहिलेको राजनीतिक समस्या र चुनौतीबारे फरक ढंगले उत्तरहरू खोज्ने प्रयास गर्ला भन्ने आशा गर्ने ठाउँ विद्यम...

Political Irony in Subedi’s Aadha Joon. By Associate Prof. Krishna Prasad Paudyal

Abstract:   Aadha Joon   is a novel written by political commentator, Jhalak Subedi focuses on the irony  of Nepalese communist movement. The papers portray how Subedi ironizes Nepalese communist movement and what are the main ups and downs faced by communist during the period of half century. More than  that the papers concentrates  on the  ironical situation of communist uprising in Nepal after people movement II as well as the situation of decaling of communist value practices  by the communist cadres in Nepal.   Key words:  Politics, communist, Marxism, communist, irony . Aadha Joon , a  documentation  of  contemporary  political ups and downs experienced by    a  popular writer,  critic and  commentator, Jhalak  Subedi, is a political novel that  has incorporated major political incidents of Nepal  and the contribution of students , teachers and general  p...

एक पाइला पछि हटौँ

नेपाली राजनीतिमा विगत आठ वर्षयता भएका बहस अब किनारामा धकेलिने संकेत आउन थालेका छन् । यसका परिणाम सकारात्मक हुने आशा कमजोर बन्दै गएको छ । खासगरी मधेसमा रहेको असन्तोषलाई अतिवादी पंक्तिले भजाउने र देशले थप दुई दशक राजनीतिक रूपमा केही अप्ठ्याराको सामना गर्नुपर्ने सम्भावना बढाइदिएको छ । यो केबल आन्तरिक राजनीतिक संघर्षको परिणाम मात्र अब रहनेछैन, यसले पहिलेभन्दा बढी भूराजनीतिक आयाम ग्रहण गर्नेछ । अस्ति सोमबार सप्तरीमा भएको घटना सामान्य राजनीतिक बहस मात्र थिएन । मधेसमा केही वर्षयतादेखि यस्ता अनेक घटना हुने गरेका छन् । गौर भयो, लहान भयो र टीकापुर पनि । गत वर्षको आन्दोलनका क्रममा भएको सीमा नाकाबन्दी र प्रदर्शनहरू । राज्यको असामान्य शक्ति प्रयोग । त्यसको प्रतिकारमा मधेसमा प्रहरी र सशस्त्र प्रहरीका जवानलाई एक्लै पारेर लखेटेर पनि गरिएको हत्या र प्रहरी पोस्टहरूको विस्थापन गर्नुपर्ने गरी भएका आक्रमण । यी सबै शान्तिपूर्ण आन्दोलनका क्रममा–नाममा भएका थिए । सप्तरीको घटना सिर्जना गर्नुमा एमालेको र मोर्चाको या स्थानीय प्रशासनको गल्तीका मात्रा केलाउन समय लाग्ला । तर, मोर्चाको आक्रमणको संगठित प्रयास हेर्...

अभि सरको चिन्ता र स्ववियु

“राजनीतिक आर्थिक सिद्धान्तहरुले काम नदिने अवस्थामा आएको विश्वमा जागरुक हुने वर्ग भनेको युवाहरु हुन, विद्यार्थि हुन । तिनीहरु दुई किसिमले आन्दोलन गर्न सक्छन, ज्ञान र अध्ययनको सीमा फराकिलो गरेर अनि स्वतन्त्र भएर । त्यसैले आफ्ना विद्यार्थी स्वतन्त्र भएर बढुन भन्ने कामना सहित ईतिहासका चिन्ता बुझेरै गरेका हौं ।” अभि सुवेदी, कान्तीपुर ९ फागुन २०७३ । ०३५÷०३६ सालको विद्यार्थि आन्दोलन मेरो पहिलो राजनीतिक पाठाशाला थियो । त्यो आन्दोलन पृथ्विनारायण क्याम्पसमा पुगेपछि नै म यस अघि आफुले विचारै नगरिएका विषयमा गम्भिर डिष्कोर्षमा सामेल हुन थालें र अर्धसचेत नागरिकका रुपमा जुलुसमा भाग लिन पनि । त्यतिवेला प्रहरीले कपाल समातेर जगल्ट्याएको र काँचा कठबाँसका लठ्ठीले पिठ्युँ र दाहिने पिंडुलामा बर्षौं नमेटिने सुम्ला उठ्ने गरि कुटेको सम्झना अहिले पनि ताजै छ । यसरी आफै घाईते हुनु अगाडी प्रहरीलाई ढुंगा हानेर लखेट्न सुर्रिएको पनि सम्झन्छु । त्यतिवेलासम्म म कुनै दलमा सामेल थिईन । मेरो राजनीतिको दोस्रो पाठाशाला भने ०३६ असारमा भएको विद्यार्थि युनियनको निर्वाचन थियो । जनमत संग्रहको घोषणा भए लगत्तै भएको विद्यार्थि...

अर्धसत्य र उत्तरसत्यको दाइँ

केही दिनअघि पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीका वक्तव्य संग्रहित एउटा पुस्तक विमोचन कार्यक्रममा पत्रकार तथा लेखम विजयकुमार पाण्डे पनि बोलेका रहेछन् । बडो तौलिएर बोलिएको र विषयलाई गम्भीरतापूर्वक व्यक्त गरिएको उनको मन्तव्यको भाषा सपाट र सीधाचाहिँ थिएन । मन्तव्यमा व्यक्त विचारले सञ्चारमाध्यममा बहस र विवाद निम्त्याएपछि उनले आफ्नो मन्तव्य जस्ताको तस्तै युट्युबमार्फत आइरहेको उनको नयाँ माध्यममा पोस्ट गरे । मैले ध्यान दिएर सुनेँ र अनलाइनमा प्रकाशित उनको मन्तव्यको सम्पादित अंश पनि पढेँ । उनका भनाइ प्रस्ट थिए । उनले भनेका रहेछन्, ‘ओलीले इतिहासमा खेल्नुभएको भूमिकाका लागि सधैँ सम्मान गर्नुपर्छ । ओलीसँग वर्तमान राजनीतिलाई प्रभावित गर्ने हैसियत र दायित्व दुवै छ । त्यसका लागि उनले आफ्नो छाती फराकिलो बनाऊन् । देशलाई एकताबद्ध पार्ने अर्थात् अहिलेको राजनीतिक गतिरोधको कारणका रूपमा रहेको मधेसको असन्तुष्ट पक्षलाई समेटून् ।’ विजयकुमारको भनाइले ओलीका योगदानको सम्मान गर्थे । साथै अहिले जसरी ओली प्रस्तुत भइरहेका छन्, त्यो उनको हैसियत र जिम्मेवारीविपरीत भयो भन्ने अर्थ राख्थे । उनलाई इतिहासले दिएको जिम्मेवार...