Posts

संविधानमा उत्पीडित र श्रमिकको स्थान

संविधानको प्रारम्भिक मस्यौदामाथि संविधानसभामा छलफल समाप्त भएको छ । यसका विविध पक्षमा सार्वजनिक बहस पनि तीव्र भएको छ । संविधान ठीक छ कि छैन, यसले खासगरी जनआन्दोलन ०६२/६३ मा जनताले देखाएको उत्सर्ग, जनयुद्ध र मधेस आन्दोलनका क्रममा गरिएको बलिदानको सम्मान गरेको छ कि छैन ? एउटा समतामूलक समाजको स्थापनाका लागि, एउटा समावेशी लोकतान्त्रिक व्यवस्थाका लागि, जाति भाषा र क्षेत्रगत उत्पीडनको समाप्तिका लागि राज्यको पुनर्संरचनाको सन्दर्भमा यो मस्यौदाले बोकेको भावना तथा यसमा परिमार्जन भएर आउन सक्ने सम्भावित संविधानको चित्रले के–के दिने भयो र के–के बिगार्ने भयो ? यी प्रश्नको सेरोफेरोमा जनताले, जनमत निर्माताले, आन्दोलनका अगुवा र सहभागीले उत्साहजनक ढंगले बहस गरिरहेका छन् । यसमा खासगरी मधेसी, जनजाति, महिला र दलितको आक्रोश र दबाब निकै प्रभावशाली छ । सबै पार्टीका, खासगरी कांग्रेस र एमालेजस्ता परम्परावादी (उदारवादका प्रवक्ताका अर्थमा) दलका सभासद्ले समेत आफ्ना नेताका आधिकारिक या औपचारिक दृष्टिकोणका विपक्षमा आवाज उठाएका छन् । यस आलेखको विषय भने उत्पीडित समूह र श्रमिक वर्गका दृष्टिले मस्यौदा कति उदारवादी र कति ...

ग्रिस, युरोजन र नवउदारवाद

नेपालमा उत्पिडित जाति, समुदाय, लिंग र वर्गलाई अधिकार कटौती गर्ने तथा संघीयतालाई कमजोर बनाएर परम्परागत शासक वर्गलाई फायीदा पुग्नेगरि नयाँ संविधानको मस्यौदा सार्वजनिक हुँदैगर्दा उता विश्वमा भने यो शताव्दीलाई नै प्रभावित गर्नेगरि केहि महत्वपुर्ण घटनाहरु घटेका छन् । अहिलेकै भाँडभैलो कायम रहने हो भने नेपालले दशकौंसम्म पनि आन्तरिक राजनीतिक स्थिरता कायम गर्नै मुश्किल देखिन्छ । विकासका दृष्टिले अगाढी बढेर शक्तिशाली आर्थिक केन्द्र बन्दै भएका दुई विशाल छिमेकीका विचमा एउटा कमजोर र द्धन्दग्रस्त देशको भविष्य स्वतः संकटापन्न रहन्छ नै । यतिको राजनीतिक फेरवदल र क्रान्तीपछि पनि नेपालको शासकवर्गमा रहेको अल्पदृष्टि र शक्तिलम्पट राजनीतिक दृष्टिकोण नबदलिएको देख्दा अचम्म लाग्छ । अमेरिकी राष्ट्रपति वाराक ओवामाले संसदबाट प्रशान्त महासागर आरपारका देशहरुका विच सहकार्य र व्यापार बढाउन गरिने सम्झौतका लागि राखिएको प्रस्तावमा अनुमोदन प्राप्त गरेका छन् । यसले अष्ट्रेलीया, जापान, भियतनाम, संयुक्त राज्य अमेरिका, भियतनाम, क्यानाडा, चिलि, न्युजील्याण्ड, मेक्सीको, सिंगापुर मलेसिया र पेरु लगायतका देशहरुलाई समेटेको छ...

धार्मिक स्वतन्त्रता को पक्षमा

;+ljwfgsf] klxnf] d:of}bf w]/}sf nflu c;lhnf] kx]nL h:tf] ePsf 5 . h] klg 5 / s]lx klg 5}g h:tf] /x:osf] kf]sf] v'n]kl5 o;dfly cg]s vfnsf l6Kk0fL ePsf 5g\ . dw]zjfbL / hghftL bn / klxrfgsf] ljrf/ af]s]sfx?sf nlu ;+3Lotf / klxrfg b'j} clgl:rt ePsf] d:of}bfn] em:sfPsf] 5 . dlxnfx?sf nflu of] d:of}bf cfkm\gf clwsf/ yKg] eGbf 36fpg] k|sf/sf] k|ltufdL lrGtg af]s]/ cfPsf] 5 . cfdfx?sf gfddf ;xh 9+un] a+zhsf cfwf/df gful/stf k|fKt ug{ t o;n] /f]s]sf] 5 g} o;n] vf;ul/ g]kfnsf 5f]/Lx?n] ljb]zL gful/sx?;+u ljx] u/]/ klg g]kfnd} hLjg ljtfpF5' eGbf c;lhnf] x'g] ul/ c;dfg Joaxf/ ul/Psf] 5 . blntx?sf nflu s]lx ;+/If0fsf] s'/fx? ePklg /fhgLlts clwsf/sf b[li6n] o;n] pgLx?sf] k|ltlglwTjsf] ;'lgl:rttf u/]sf] 5}g . o;y{ of] k|ltufdL g} 5 cGtl/d ;+ljwfg eGbf . cGtl/d ;+ljwfgn] df]lx ls;fgx?sf kIfdf qmfGtLsf/L e"ld;'wf/sf] ls6fgL Joa:yf u/]sf] lyof] t/ o;k6s e"ld;'wf/nfO{ s'g} jfWosf/L l;4fGtsf ?kdf lnO{Psf] 5}g . oL Joa:yfx?n] uf0ftGq g]kfnsf] ;+ljwfg klg s]...

यी कविता, कथा र उपन्यास

भुइचालोले हल्लाएको देशको मानचित्रमा भविष्यको नक्सा कोर्न तम्सीरहेकाहरुको पंक्तिमा यो पंक्तिकार चैं पर्दैन । उसको जीम्मामा शुभकामना दिनु र भैरहेका कामको समिक्षा र आलोचना गर्नुृ नै परेको छ । यसैले यो भुईचालोको धक्काले हल्लाएर असमञ्जसमा परेको अवधीमा पनि हातपरेका केहि पुस्तक पढ्ने काम जारिरह्यो । अझ मज्जाले पो । भुईचालोले हल्लाएको मनबाट ध्यान अन्यत्र मोड्न र केहि हदसम्म आफ्नो व्यसनका कारणले । भुईचालो अगाडी नै बजारमा आएका थिए उपेन्द्र सुव्वाको कथासंग्रह ‘लाटो पहाड’ र भुपाल राईको कविता सङ्ग्रह ‘आगोले जन्मोत्सव मनाउँदैन’ । भुईचालो पछि भने आख्यानकार नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ बध’ बजारमा आयो । यी पुस्तकले पढ्नासाथ मनमा एकप्रकारको लेखकीय दवाव सिर्जना गरेका थिए । अहिले निकै लामो समय पछि लेख्नबस्दा उक्त उत्साह र भित्रका कतिपय सुचना सन्दर्भले चिमोट्न छाडेका छन् । तर पनि यी तिनवटै किर्तिहरु समकालीन नेपाली समाज, यसका पृष्ठभुमिहरु तथा त्यसमा आधारित भएर समाजमा उत्पन्न विमर्सहरुमा सार्थक हस्तक्षेपको प्रयास गरिरहेका सर्जकहको जीवन दृष्टि समेटीएका राजनीतिक धरातलमा लेखिएका हुनाले यीनको बारेमा चर्चा ग...

पुनर्निर्माण र संरचनागत परिवर्तन

भुइँचालोले मानव निर्मित भौतिक संरचनालाई दिएको धक्का र निम्त्याएको विनाश अहिले पनि चर्चाको शिखरमा छ । अब उद्धार र राहतको काम सकिएको र अस्थायी आवासका लागि टहरा, छाप्रा या पालका घरको एक प्रकारको जोहो भइसकेको छ । बस्ने परिवारका लागि यो व्यवस्थापन छोटो कात्रो जस्तो कतै नमिल्ने र नपुग्ने खालको छ, तैपनि राज्यका निकाय अब बिस्तारै तत्कालीन राहतका लागि १५ हजार रुपैयाँ मानिसका हातमा थमाएर विश्राम लिने तयारीमा छन् । यता पत्रपत्रिकामा पहाडका उच्च भागतिर खेत खलिहान र पाखो बारीबाट समेत विस्थापित भएर राहतको खाद्यान्नमा जिउ धानेर पालमा बसिरहेका र अनिश्चित भविष्य बोकेका मानिसका खण्डित सपनाबारे तस्बिरसहितका समाचार आउन छाडेका छैनन् । काठमाडांैका सार्वजनिक र निजी खाली ठाउँमा पाल टाँगेर बसेका हजारौँ परिवार अझै पनि सर्ने ठाउँ नपाएर बसिरहेका छन् । भूकम्पले गरेको क्षति अझै पनि सतही रूपमा मात्रै चित्रण गरिएको छ । वास्तवमा त्यसले पार्ने प्रत्यक्ष अप्रत्यक्ष क्षतिबारे सरकारी, गैरसरकारी दुवै स्तरमा मापन गरिएकै छैन । अब राज्यको चिन्ता अहिलेको भूकम्पबाट सरेर वर्षायाममा आउन सक्ने विपत्तितिर तन्केको छ । यही राहत उद्...

भुकम्पका विविध पक्ष

भुकम्प र वर्ग भुकम्प या बाढि पहिरो या डढेलोको कुनै राजनीति हुँदैन, वर्ग या दृष्टिकोण हुँदैन भन्न सकिएला । बाढी आएको खोलाले धनि र गरिव या सरकारी बडाहाकीम र उसको कमारो केहि पनि चिन्दैन अगाडी जो आयो त्यसलाई बगाउँछ । हिमपात या जाडो या लु र गर्मिले पनि कसैको जात चिन्दैन, वर्ग या सामाजीक हैसीयत चिन्दैन । तर समाजमा मानिसले निर्माण गरेको हैसीयतहरुको तहगत उँचनिचले भने यस्ता प्राकृतीक विपत्तिहरुको प्रभावलाई पनि तहगत बनाईदिदा रहेछन् । कुन वर्गको मानिस छ, गाउँमा बस्छ कि शहरमा, सत्ताको निकट छ कि टाढा, सुचनाबाट बञ्चित छ या पहुँचमा छ भन्ने  कुराले प्राक्रितिक विपत्तिको प्रभाव कसले कति ग्रहण गर्न पर्ने हो भन्ने स्तर निर्धारण गरिदिए जस्तो देखियो । जस्तो आजकल उच्च रक्तचाप, सुगर, मुटुको रोग जस्तालाई खानदानी मान्ने चलन छ त्यस्तै बाढि पहिरो या भुकम्पीय जोखिम भने गरिवहरुको भागमा, सत्ताबाट टाढा रहेकाहरुको भागमा या केन्द्रबाट दुरीमा जो टाढा छ उसको भागमा बढि पर्दो रहेछ । यसपटकको भुकम्पका प्रभाव र त्यसको कहर ब्यहोर्नेहरुको विवरण हेर्दा मलाई यस्तै लाग्यो । यसलाई मानिसहरु राजनीतिमा पोलिटिक्स घुसाएको या घटन...

२२ अप्रिलको सेरोफेरो

हिजो अर्थात् अप्रिल २२ । नेपालका वामपन्थीका लागि २२ अप्रिल विशेष महत्त्वको मानिन्छ । यता भोलि ११ वैशाख नेपालमा दोस्रो भनिने ०६२/६३ को जनआन्दोलन सफल भएको दिन, नेपालका साम्यवादी र उदारवादी दुवैका लागि एउटा ऐतिहासिक दिन हो । यस दिनका लागि योगदानका दृष्टिले तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोह र सडकमा रहेका कम्युनिस्ट तथा बुर्जुवा उदारवादीसहित सम्मिलित संसद्वादी दलहरूको संयुक्त आन्दोलन सफल भएको दिन दुवैका लागि महत्त्वको मानिन्छ । अझ यी दुवैका तर्फबाट यो आन्दोलनमा जस आफ्नो बढी छ भनेर दाबी गर्न प्रतिस्पर्धा नै छ । ११ वैशाखका उपलब्धिको संस्थागत व्यवस्थापन हुन नसक्दा अहिले जे–जति समस्या आइइलागेका छन्, तिनको अपजस भने यी सबै शक्ति एक–अर्कालाई पन्छाएर आफ्नो शरीरको सुकेलुतो कन्याइरहेका छन् । अहिलेको अव्यवस्था, राज्यको स्रोत–साधनको लज्जास्पद लुट, लोकतान्त्रिक संस्था र संरचना तथा सांस्कृतिक मूल्यको तीव्र स्खलन र समाजमा व्यापक अनुभव गरिँदै गएको हुने र नहुनेबीचको बढ्दो खाडल र अविकासले सो आन्दोलनमा सर्वसाधारणले बगाएको रगत र देखाएको सहभागिताको खिल्ली उडाएको छ । त्यतिवेलाको जाज्वल्यमान नेतृत्वको ...