Posts

२२ अप्रिलको सेरोफेरो

हिजो अर्थात् अप्रिल २२ । नेपालका वामपन्थीका लागि २२ अप्रिल विशेष महत्त्वको मानिन्छ । यता भोलि ११ वैशाख नेपालमा दोस्रो भनिने ०६२/६३ को जनआन्दोलन सफल भएको दिन, नेपालका साम्यवादी र उदारवादी दुवैका लागि एउटा ऐतिहासिक दिन हो । यस दिनका लागि योगदानका दृष्टिले तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोह र सडकमा रहेका कम्युनिस्ट तथा बुर्जुवा उदारवादीसहित सम्मिलित संसद्वादी दलहरूको संयुक्त आन्दोलन सफल भएको दिन दुवैका लागि महत्त्वको मानिन्छ । अझ यी दुवैका तर्फबाट यो आन्दोलनमा जस आफ्नो बढी छ भनेर दाबी गर्न प्रतिस्पर्धा नै छ । ११ वैशाखका उपलब्धिको संस्थागत व्यवस्थापन हुन नसक्दा अहिले जे–जति समस्या आइइलागेका छन्, तिनको अपजस भने यी सबै शक्ति एक–अर्कालाई पन्छाएर आफ्नो शरीरको सुकेलुतो कन्याइरहेका छन् । अहिलेको अव्यवस्था, राज्यको स्रोत–साधनको लज्जास्पद लुट, लोकतान्त्रिक संस्था र संरचना तथा सांस्कृतिक मूल्यको तीव्र स्खलन र समाजमा व्यापक अनुभव गरिँदै गएको हुने र नहुनेबीचको बढ्दो खाडल र अविकासले सो आन्दोलनमा सर्वसाधारणले बगाएको रगत र देखाएको सहभागिताको खिल्ली उडाएको छ । त्यतिवेलाको जाज्वल्यमान नेतृत्वको ...
पmुल कहाँ फुल्छर हाँगै भाँचेर आसा छ यो आलेख छापिनु अगाडी नै डा. गोविन्द केसीको अनसन सकिने छ । तर उतिकै निस्चित भएर भन्न सकिन्छ ः उनले उठाएका प्रश्नहरुले अझै धेरैबर्ष नेपालको स्वास्थ्य शिक्षा र उपचार क्षेत्रमा विषद बहस र नीतिगत परिवर्तनको माग गरिरहने छन् । नयाँ नयाँ गोविन्द केसीहरुको आन्दोलन, हड्ताल या हस्तक्षेप विना स्वास्थ उपचार र स्वास्थ्य शिक्षालाई सर्वसाधारण मानिसहरुको पहुँचमा ल्याउन सकिने छैन । न त नाफामुलक स्वास्थ्य शिक्षाका अहिले रोपिएका झारहरु नै उखेलेर सकिने छ, बरु ती एकपटक रोपिएका झारहरु फुल्दै फल्दै फेरि झर्दै र उम्रदै गर्ने छन् फैलने छन् । जहाँको राजनीतिका मुल नीति बनाउनेहरु राज्यको उत्तरदायीत्व क्रमशः बजारलाई हस्तान्तरण गरेर आफ्नो खाईजीवीका चलाउनुलाई बहादुरी सम्झन्छन् त्यहाँ यो भन्दा बढि आसा पनि गर्न सकिन्न । तर यो साता जसरी केसीको अनसनले नेपालको राजनीति, बजारका पुजारी पण्डाहरु र भृत्यतन्त्रको सातो त्यो भने निकै उत्साहजनक छ, तारिफयोग्य छ र एउटा आसाको झिल्को उठाउने खालको छ । यसबारे पछि, अहिले प्रसंग हड्तालले सिर्जेको बहसको । एकजना व्यक्तिको सत्याग्रह या हठाग्रहको तागत कत...

डाँडा पारिको गाउँमा देवताको शासन

“हरेक महिना शुक्लपक्षको द्धादशीको दिन पुग्ने गरि फटकशिलामा रहेको महास्नान गुठिको जमिनमा कमाई गर्ने मोहिहरुले मिलेर २७ पाथि गाईको दुधबाट बनेको  दहि २२ मुरि धानको चामल ३६ भारि दाउरा १० पाथी मकै २ वटा बोका १२ पेरुङ्गा माछा ११ भारि सालको पात, घ्यु, मौसम अनुसारको फलफुल, सहित ८४ व्यञ्जनका लागि आवस्यक पर्ने सम्पुर्ण सामाग्री पशुपति गुठिमा लानुपथ्र्यो । यस्तो जीन्सी जम्मा जम्मी हरेक महिना ९६ भारिका दरले लागिन्थ्यो । पहिलो दिन साँखु पुगेर बास बस्यो । दोस्रो दिन पशुपति पुगेर सामाज बुझायो र फर्केर फेरी साँखुमा बास बस्यो । तेस्रो दिनमा घर आईपुग्यो । त्यसमाथि सालका लिंगा समेत यतैबाट पुर्याउनु पथ्र्यो ।” – रामभक्त दनुवार (५९),  शम्भुप्रसाद घोरसाईने (५९),  हस्तविर लामा (७०) र अरुहरु । मेलम्ची नगरपालीका, फटकशिला, सिन्धुपाल्चोक । २०७१ चैत्र २७ गते । दिनको १२ बज्दै छ । फटकशिलाको यो दक्षिण मोहडामा ढल्केको गाउँमा गर्मि चढ्दै छ । वरपर हरिया र भरखर पालुवाहालेका रुखहरुले सितल छर्न खोजेपनि बाँझा गरा र खाली कान्लाबाट निस्केको रातोमाटोको ताप निकै बढि छ । मेलम्ची खानेपानि आयोजनाको सहयोगमा...

रामनाथसंगका केहि सम्झना

चैत्र २३ गते विहान एमालेको केन्द्रीय कार्यालयको प्राङ्गण । रामनाथ ढकालको शव एक किनारमा राखिएको थियो । बल्खु दरवारको रंग उस्तै थियो, आँगनमा दक्षिणभिमुख कमरेड मदन भण्डारीको शालीक उसरी नै दक्षिणतिर हेरिरहेको थियो । परिसर भित्रको चौर चैत महिनामा पनि हरियो थियो । रामनाथको लास वरपर जम्मा भएका धेरैजसो मानिसहरु तीनै थिए जससंग जीवनको केहि हिस्सा हामीले संगै विताएका थियौं । मित्रता जता पनि हुनसक्छ, विद्यालय या कलेज पढ्दा, गोठालो जाँदा या जागिर पेशामा संलग्न हुँदा । तर राजनीतिक आन्दोलनमा लाग्दाको मित्रताको गाँठो धेरै ढंगले बलियो हुन्छ । कमसेकम हामी निरंकुश शासनलाई फाल्न संगठित प्रयासमा लागेकाहरुले व्यहोर्ने सत्य यहि हो । हरेक क्षण सत्ताको क्रुर पञ्जासंग पौंठेजारी खेल्दै संघर्ष गरिरहँदा एकाकार भएकाहरुको मित्रताको डोरी । यतिवेला राजनीतिक दल र तीनका नेता कार्यकर्ताहरुका तिक्ततापुर्ण घात अन्तर्घातलाई नियालेर ईतिहासको त्यस कालखण्डमा गरिएको संघर्षको उज्यालोलाई समेत निषेध गर्ने जनमत बलियो बन्दैछ । तर त्यतिवेला संघर्षमा होमिएकाहरुलाई मात्रै थाह छ, जेल पर्नेहरुका, कठोर यातना सहनेहरुका, सपनाहरु छिमलिएकाह...

विकासमा ‘श्रम’को सहभागिता

माथिल्लो तामाकोशी परियोजना केहि दिन देखि तनावमा छ । नेपाली राजनीतिका पछिल्ला बर्षहरुमा अनेक खाले परियोजनाहरुले यस्तो तनाव व्यहोर्दै आईरहेकै हुन । श्रमीक हड्ताल, राजनीतिक हस्तक्षेप, गुण्डा या डनहरुको आतंक, परियोजना प्रभावित क्षेत्रका सर्वसाधारण जनताले संगठित रुपमा आफ्ना हितहरुका पक्षमा गर्ने मोलतोल यस्ता तनावका कारण रहि आएका छन् । माओवादी जनयुद्धका वेला ससस्त्र व्यक्ति या समुहले दिने सामान्य दवावले गर्ने बन्द पछि साधारण मानिसहरुको समुहले धम्की दिँदा पनि हुन थाल्यो । यसैले अहिलेको तामकोसी विवाद अथवा तनाव बाहिरबाट हेर्दा सामान्य लाग्न सक्छ । तर नेपालको वर्तमान संक्रमाणकालमा उठिरहेका अनेक अनेक व्यबधान भन्दा भिन्न तामाकोसीमा भएको अहिलेको विवादको महत्व दुरगामी देखिन्छ । यसलाई राज्यको समग्र विकास ढाँचालाई पुनपरिभाषित गर्ने अवसरका रुपमा लिन जरुरी छ । किनभने पहिलो पटक देशको श्रमीक वर्गले उत्पादनमाथि अथवा राज्यका स्रोत साधनको उपयोग मुल्यमाथि आफ्नो सानो हिस्सेदारीको दावि गरेको छ । विकासे ढाँचाका अर्थराजनीतिक बहसमाथि यो गम्भिर हस्तक्षेप मान्न सकिन्छ श्रमीकहरुका तर्फबाट । यसले दुईवटा महत्वपुर्ण ...

अनुत्तरित उत्तरहरु

के नेपालीहरु फेरि अर्को विद्रोह, आन्दोलन या क्रान्तीको प्रतिक्षामा छन् ? या विक्रम सम्वतको २०७० मंसीर ४ गते भएको मतदान मार्फत व्यक्त मतादेश (खै किन हो अहिले निर्वाचनमा व्यक्त जनमतको आदेशलाई मतादेश भनेर परिभाषित गरिदैछ र यस सन्दर्भमा जनादेशले आफ्नो अर्थ गुमाएको छ) लाई सबैकुराको फैसलाको अन्तिम कारक मानेर शान्तसंग ‘ख्वाई’ खान हिँडे ? आफैमा नमिल्दो लाग्ने यो प्रश्नको नेपथ्यमा केहि अगोचर तर छिटै मञ्चमा प्रकट हुनसक्ने कारणहरु विद्यमान छन् । एउटा सोह्रबर्ष पनि नपुगेको अल्लारे उमेरमा आन्दोलनमा लाग्दा लाठि र अश्रुग्याँसको प्रहार झेलेर केहि दिन गोडा खोच्याएको थिएँ मैले २०३६ साल वैशाख दोस्रो हप्ता । मलाई त्यो लाठिको चोटले आन्दोलनबाट भाग्न कहिल्यै सिकाएन । बरु अहिले पनि पो आफुलाई समाजको या राज्यको संस्थापन पक्षको देव्रेतिरै, असहमती तिरै, आलोचना गर्ने तिरै धकेलिएको पाउँछु । उक्त विद्यार्थी आन्दोलनको झण्डै ३६ बर्ष पछि पनि नेपाली राजनीतिले एउटा विधिका दृष्टिले स्थिर तर अर्थराजनीतिक परिवर्तनका आवस्यकताका दृष्टिले गतिशिल बाटो समातेको छैन । ०३६ पछि मैले २०४६ को आन्दोलनमा पक्राउ खानु अगाडीसम्म अनेक सडक ...

मेल गराउँछन् धर्मशाला !

प्रसिद्ध भारतीय कवि हरिवंश राय बच्चनको चर्चित काव्य छ मधुशाला । श्रव्य स्वरुपमा समेत उपलब्ध यो कविता नेपालका साहित्य अनुरागीका विचमा मात्र होईन अमिताभका फ्यानहरुका विचमा पनि चर्चामा रहन्छ । यसको सस्वर वाचन पनि अमिताभले गरेका छन् । त्यसैको एउटा पंक्तिको सार छ मन्दिर मस्जिदका नाममा झगडा गर्नेहरुको मेल मधुशालाले गराउँछ । राजनीतिक, साँस्कृतीक या आर्थिक मुद्धामा दिनभर एकअर्काको विरोध गर्ने र उस्तैपरे काटमार गर्नेहरु साँझपख एउटै मदिरालयमा मदिरापान गर्न पुग्छन् । यसरी मदिरालय एकताको एउटा शुत्र बन्छ । मुसलमान औ हिन्दु है दो, एक, मगर, उनका प्याला, एक, मगर, उनका मदिरालय, एक, मगर, उनकी हाला, दोनों रहते एक न जब तक मस्जिद मन्दिर में जाते, बैर बढाते मस्जिद मन्दिर मेल कराते मधुशाला ! नेपालमा भने अलि गोलमाल र उल्टोपाल्टो दृष्य उपस्थित छ । केहि स्थान छन् जसले एकअर्काको विपरित दिशामा यात्रा गरिरहेका देशका बडे बडे नेताहरुलाई एकैठाउँमा चाकडी गराउन पुर्याउँछन् । केहि बर्ष यता देशको राज्यकोष देखि सर्वसाधारणको थैलीसम्म अतिक्रमण गर्दै अनेकानेक मठ मन्दिर बनाउँने, आश्रम निर्माण गर्ने र अनेकानेक यज्ञ महाय...