Posts

डाक्टर जीवागो : युद्ध, क्रान्ति र सामान्यजनका भुक्तमान

Image
  पास्तरनाक वोरिस पास्तरनाक रूसी क्लासिक साहित्यका एकजना विख्यात सर्जक हुन् । मूलतः कविका रूपमा स्थापित पास्तरनाक १८९० मा मस्कोको एउटा सम्भ्रान्त परिवारमा जन्मे-हुर्केका थिए । उनी किशोर अवस्थामा पुग्दै गर्दा रूसमा सन् १९०५ को क्रान्ति भएको थियो । उनको किशोर र युवावयमा रूस-जापान युद्ध, सन् १९०५ को रूसी क्रान्ति, दोस्रो विश्वयुद्ध, रूसका फेब्रुअरी र अक्टोबर क्रान्ति, त्यसपछिको चारवर्षे गृहयुद्ध भएका थिए । यी सबै घटनाले साधारण रसियालीहरूको जीवनमा उथलपुथल ल्याएको थियो । सम्भ्रान्त परिवारको परम्परागत उच्च वर्गीय जीवनशैली हठात् भताभुङ्ग भएको थियो । लेखक, कलाकार, चिकित्सक, प्रोफेसर सबै-सबैको जीवनमा क्रान्तिको एउटा आँधीले धक्का दिएको थियो । क्रान्ति र प्रतिक्रान्तिका शक्तिहरूका अनावश्यक दबाब, साइवेरिया निष्काशन, विदेश पलायन या दमनको सामना गर्नु परिरहेको थियो । पास्तरनाक भन्छन्- ‘जब तल्लो वर्ग जाग्यो उठ्यो अनि उच्च वर्गको अधिकार खत्तम भयो । कति छिटै सबै ओइलाए । अफसोस नगरिकनै सबै आफ्ना विचारबाट पछि हट्दै गए’ । (यहाँ उद्धृत गरिएका सबै पुस्तकांश हिन्दीमा अनूदित र प्रकाशित : डा. जीवागो, अनुवाद ...

गगनले गरिरहेको एउटा गल्ती !

Image
  मैले गगन थापाका विषयमा लेख्नु र उनीप्रति सहानुभूति देखाउनुको अर्थ के हुनसक्छ भन्ने मलाई खासै अनुमान छैन । यसअघि पनि मैले उनका बारेमा सहानुभूति प्रकट गर्दै र राजनीतिक शक्ति हासिल गर्ने उनका प्रयासको समर्थन गर्दै लेखेको छु । तर, म उनको मतदाता हैन, उनको दलको पराजय र त्यसको साटो छिर्केमिर्के जस्ता वामपन्थी या कम्युनिष्ट पार्टीहरूले जितून् भन्ने चाहन्छु । उनी र म फरक डुंगामा यात्रारत छौँ र यो अविकास, लम्पट शासकीय शैली र मुलुकको दुरावस्था हटोस् भन्नेमा केही हाम्रा समान आकाङ्क्षा छन् । उनी नेपाली कांग्रेसको सभापति र देशको प्रधानमन्त्री हुने योजनासहित सक्रिय छन् र अहिले नै पार्टी महामन्त्री छन् । म अहिले पनि कुनै दलको नेतृत्वमा छैन । कमसेकम अहिले भन्न सकिन्छ कि भविष्यमा पनि कुनै दलको नेता हुने, प्रधानमन्त्री त के कुनै पनि तहको जनप्रतिनिधि बन्ने सम्भावनासमेत छैन । (गत निर्वाचनका समयमा मलाई प्रतिनिधिसभा सदस्यका रूपमा जान मन लागेको साँच्चै हो । आफ्नो किशोर र युवावय राजनीतिमा बिताएको र एमाले निर्माणमा भूमिका खेलेको हुनाले पनि म आग्रहवश त्यस्तो मनोदशामा पुगेको हुँदो हुँ । अहिले फर्केर हेर्दा ...

मैले चिनेका प्रदिप गिरी

Image
  पहिल्यै भन्नु उपयुक्त होला म प्रदिप गिरीका विषयमा लेख्ने सामर्थ्य राख्दिनँ, न संगतले न त अध्ययनले। तर, मलाई उनका सम्मानमा केही नलेख्नु उनीप्रति सम्मान नगरेको ठहर्ला र लेखक हुनुको धर्म विपरित होला भन्ने लागिरहेको थियो। गतवर्ष देखि यो प्रयास पनि गर्दै थिएँ। तर म आफूलाई उनका विषयमा लेख्न अपूर्ण हुँ भन्ने संकोचले लखेटिरहेको थियो। अहिले यता आदरणीय प्रदिप गिरीको अस्तु विसर्जनको विषयलाई लिएर परिवार र अनुयायीका बिच विवाद र बहस जारी छ। उनको मृत्युको वार्षिकीमा अनेक कार्यक्रमहरु आयोजना भए। विभिन्न माध्यमबाट उनलाई सम्झने र श्रद्धा व्यक्त गर्ने काम भए। यसै मेसोमा म उनीप्रति श्रद्धा व्यक्त गर्ने उद्देश्यले लेख्ने जमर्कोमा छु। क्यान्सरले शिथिल बनाएर र चुँड्नु अघिसम्म हामी धेरैका दाई प्रिय प्रदिप गिरी नेपाली समाजलाई खासगरी युवाहरुलाई भविष्य देखाउने एउटा दियालो जस्ता थिए। र, सबैभन्दा चिन्ताको विषय यो छ कि उनको बौद्धिक उचाइको क्षतिपूर्ति गर्ने चिन्तक समकालिन राजनीतिमा दुर्लभ छन, न हाम्रा प्राज्ञहरुले नै उनको अभाव पूर्ति गर्न सक्छन्। एकप्रकारको शुन्यता र अभाव यो वर्षभरी खट्किरहेको छ। झन् हालसालै ह...

राजनीतिमा पुस्ताका कुरा

पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न तप्काका नेपालीहरुले अहिले देशको नेतृत्व गरिरहेका नेताहरुलाई लक्षित गरेर तिनलाई आगामी निर्वाचनबाट विदा दिनुपर्ने कुरा जोडतोडले उठाउँदै आएका छन् । उनीहरुको माग अब ७० कटेका या आसपासका नेताहरुले देशलाई नेतृत्व गर्न नसक्ने भएकाले नयाँ पुस्ताका युवाहरुले देश हाँकुन भन्ने रहेको छ । वर्तमान नेतृत्वमा रहेका सबैभन्दा बृद्ध शेरबहादुर देउवा र रामचन्द्र पौडेल, झलनाथ खनाल, केपी शर्मा ओली र ७० पनि नपुगेका माधव नेपाल, प्रचण्ड र बाबुराम विदा हुनुपर्ने माग यो पंक्तिको छ । यसमा उमेर लक्षित आक्रोस भन्दा पनि लामो सयम देशको नेतृत्व गरेर पनि समाजलाई गतिशिलता तिर लान नसकेका पुराना अनुहार तारोमा परेको देखिन्छ । यद्यपी बहस भने बुढाहरुलाई विदा गर भन्ने आवाजले निम्त्याएको छ । यहाँ असी पुग्न लागेका देउवा र ७० आसपासका नेताहरु सामेल छन् । नेपाली राजनीतिका लागि यो नयाँ नौलो विषय भने होइन । नेकपा एमालेले आफ्नो विधानमा नै ७० वर्ष पछि नेताहरुलाई दलभित्र कार्यकारी भूमिका नदिने व्यवस्था गरेको छ ।  युवा को हो र कसलाई मान्ने भन्ने विषय राजनीतिमा लामो सयम देखि चलिरहेको एउटा नसुल्झिएको...

मेरी उनीलाई .......!

“ग्लोबल आइएमई बैंकको मेरी उनीलाई मुद्धती खातामा आफ्नी श्रीमतिका नाममा रकम जम्मा गरिदिनुस र उनको अनुहारमा कहिल्यै नदेखिएको खुशी अनुभव गर्नुहोस् ।” ग्लोबल आइएमई बैंकको बचत खातामा डिपोजिट जम्मा गर्न महिलाहरुलाई आकर्षित गर्ने योजनाबारेको विज्ञापनको मोटो सन्देश यस्तै छ । त्यसका लागि बनाइएको विज्ञापन टेलिभिजन, एफएम र रेडियोहरु, अनलाइनहरु, युट्युव फेसबुक जताततै बज्छ, देखिन्छ । विज्ञापनमा एउटा युवा लोग्ने घरमा प्रवेश गर्छ, पत्नी यसै ठुस्सिएको जस्ती देखिन्छे, (मलाई यी दुवै मोडल या कलाकारको नाम चैं थाहा भएन)  । पुरुष गीत गाउँदै प्रेमप्रस्ताव गर्ने सिनेम्याटिक शैलीमा घुँडा मार्छ, आशिकले आफुले मन पाराएकी तरुनीको हातमा चुम्बन गरेर प्रेमप्रस्तावका रुपमा गुलावको फुल टक्र्याएको जस्तो गरेर रु पाँच लाखको बचत जम्मा गरिदिएको प्रमाणपत्र दिन्छ । भरखर ठुस्सिएकी पत्नी बेहद खुशी देखिन्छे र पतिको छातीमा टाँसिन पुग्छे । विज्ञापनमा त्यसपछि पत्नीहरुलाई आर्थिक रुपले समृद्ध बनाउन सबैका लोग्नेहरुले यस्तो खाता खोलीदेउन भन्ने सन्देश दिने प्रयास गरिएको छ । यता हिमालयन टेलिभिजनमा कालकार माल्विका  सुब्बाले चलाउने...