Posts

प्रश्नले ढलेको गान्धीको सालिक

Image
दुनियाँमा मानिसले प्रश्न नगर्दा हुन् त स्थापित ‘न्यारेटिभ’हरूको विपठन हुने नै थिएन । जे भनिएको छ, जे मानिआइएको छ, त्यसैका पछि मानिस कुदिरहन्थ्यो, ठीक–बेठीकको खोजी हुन्नथ्यो । सत्य पनि स्वघोषित रहन्थ्यो, पुष्टि गर्ने लेठो गरिरहनुपर्दैनथ्यो । प्रश्न गरिएकैले हामी पुराना वैचारिक सांस्कृतिक मूल्य विघटन गर्दै नयाँ मूल्य प्रणाली अँगाल्छौँ । स्थापित सत्तारुढ विचारधारा ढल्छन् र  नयाँ ठडिन्छन् ।  हरेक नयाँ विचार सत्तारुढ हुनासाथ त्यसले संरचनामार्फत आफ्नो नित्यता स्थापित गर्ने प्रयास गर्छ । समयक्रममा यो आफैँ प्रतिगामी बन्छ र प्रश्नहरूको कठघरामा उभिएर इतिहासको कोर्रा खान्छ र ढल्छ । परिवर्तन मात्र निरन्तर हुन्छ । बाँकी सब अनित्य । यो नियम व्यक्ति, इतिहास, संस्कृति र संस्कार अनि राजनीतिका अनेक विचारमा उत्तिकै लागू हुन्छ ।  यतिवेला चर्चा भने मोहनदास करमचन्द (महात्मा) गान्धीको गर्न लागिएको हो । घानाको विश्वविद्यालयबाट गान्धीको सालिक भर्खरै ढालिएको छ, जसलाई पूर्वभारतीय राष्ट्रपति प्रणव मुखर्जीले दुई वर्षअघि मात्र अनावरण गरेका थिए । बीसौँ शताब्दीका विलक्षण प्रतिभा, भारतीय स्वतन्त्रत...

बन मासौं मृग चरेको हेरौं

यो साता पोखारा साहित्यमय बन्यो । बुक वर्म फाउण्डेशनले आयोजना गरेको साहित्य जात्राका क्रममा देशका जानेमानेका लेखक, कलाकार, मानवशास्त्री, पत्रकार, राजनीतिज्ञ, चिन्तकहरुको एउटा समुह पोखरामा पुग्यो र वौद्धिक विमर्समा सामेल भयो । विदेशबाट पनि यो बहसमा सामेल हुन निम्तालुहरु आए । सातौं संस्करणका रुपमा सम्पन्न नेपाल साहित्य जात्राको यो विसौनी पनि आकर्षक रह्यो । यसले पोखराको पर्यटनलाई हिमालको दृष्य र तालहरुको मादकता सहित नयाँ स्पट समेत उपलब्ध गरायो । वास्तवमा पछिल्लो समयमा नेपालमा पुस्तक लेखन, प्रकाशन, पठन र त्यसमाथिको बहसले समाजमा एउटा प्रभाव छाड्न थालेको छ । प्रकाशित केहि पुस्तकहरुले पाठकहरुमा तिव्र प्रतिक्रिया जन्माउने गरेका छन । यससंगै यस्ता साहित्य मेलाहरुका माध्यमबाट पाठक र लेखकका विच मात्र होईन समाजका विभिन्न मुद्धाहरुमा चासो राख्ने र त्यसमाथिका बौद्धिक तर्क वितर्क सुनेर आफ्नो ज्ञानको भोक मार्ने चलन बढेको छ । साहित्य जात्राले त्यो काममा भरथेग गरेको छ । यस्ता जात्राहरुको आयोजनामा केहि कर्पोरेट घरानाहरुले चासो देखाएर लगानी समेत गरेका छन । आयोजनाका सम्वन्धमा केहि विवाद र प्रश्नहरु पनि उ...

गरिबी निवारणमा चीनको पाठ

उदाउँदो महाशक्ति चीन र थाक्दो महाशक्ति अमेरिका विश्व समाचारका मूल शीर्षक बनिरहन्छन् । चिनियाँ राष्ट्रपति सि जिन पिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच यही साता अर्जेन्टिनामा हुन लागेको भेटघाट र त्यसको पृष्ठभूमिमा रहेको दुई देशबीचको व्यापार युद्धले सबैको ध्यान यी दुई शक्तिराष्ट्रतिरै छ । ४० वर्षपहिले मात्रै संसारका पाँच गरिबमध्ये एकजना चीनको हुन्थ्यो । जनसंख्याको ८८ प्रतिशत गरिबीमा थियो चीन । चीन राजनीतिक प्रयोगको अनेक असफलतापछि अघि बढ्ने र अरूलाई भेट्टाउने उपायको खोजीमा थियो । अमेरिकालाई आफ्नो पुँजी र उत्पादित वस्तुका लागि बजार चाहिएको थियो । सँगै बढ्दै गएको उत्पादन लागत घटाउन अमेरिकाका वस्तु उत्पादन उद्योगले आफ्ना उत्पादन फर्म सार्ने भरपर्दो र सस्तो ठाउँ खोजिरहेका थिए । चीनले आफ्नो बजार खोल्दै लग्यो । पश्चिमा उद्योगपति र व्यापारी चीनतिर ओइरिए । यही ४० वर्षमा चीनको गरिबी ८८ प्रतिशतबाट घटेर १.८ प्रतिशतमा झर्‍यो । विश्वका अर्बपतिमध्ये दोस्रो स्थानमा चिनियाँ अर्बपतिको संख्या छ, जसले छिटै अमेरिकालाई उछिन्नेछ । सन् २००२ मा तत्कालीन पार्टीनेता जियाङ जेमिनले उद्योगपति या व्यवसायी ...

Comming soon. Thank you Bhupendra n BookHill

Image

अचेवेको पागलपन शिवानीको घुर्ना

व्यक्तिका जीवनमा जस्तै राष्ट्रको जीवनमा पनि अनेक घामछाया, अनेक मौसम, अनेक दुःखसुख, अनेक हन्डर, अनेक उन्नति र अवनतिका कथाव्यथा हुन्छन् । यस्ता घटनाबाट सिक्दै, लड्दै, जुध्दै देशहरूको इतिहास अघि बढिरहन्छ । ३१ अक्टोबरको न्युयोर्क टाइम्समा ब्राजिलियन लेखक तथा टिप्पणीकार मार्सेलो पइवाको एउटा लेख छापिएको छ– मेरो परिवारमा ब्राजिलियन अधिनायकवादले के ग-योे (ह्वाट द ब्राजिलियन डिक्टेटरसिप डिड टु माई फ्यामिली) भन्ने शीर्षकमा । उनले सन् १९६४ मा भएको सैन्य कु बाट स्थापित अधिनायकवादी सरकारले समाजवादी सांसद रहिसकेका आफ्ना बाबुको गिरफ्तारी र हत्या गरेको अनि परिवारलाई दिएको दुःखको विवरण लेख्दै भर्खर निर्वाचनमा विजयी भएका बोल्सोनारोले त्यस्तै अधिनायकवाद फर्काउने हुन् कि भन्ने चिन्ता व्यक्त गरेका छन् । उनको लेखले ब्राजिलियनलाई उनीहरूले विगतमा लोकतन्त्रका लागि गरेको त्याग यसै खेर जानेछैन भन्ने सम्झाउने प्रयास गर्दै बोल्सोनारोको फासीवादी विचारसँग जुध्न प्रेरित गरेका छन् । उनको कथा पढ्दै गर्दा मलाई दसैँको ठीकअघि पढेका दुइटा पुस्तकको सम्झना भयो । पहिलो हो, नाइजेरियाली लेखक चिनुवा अचेवेका कथाहरूको संकलन ...

नेकपालाई सन्चो–बिसन्चो

गीत–संगीत क्षेत्रमा हरेक साता र कतिपय त दिनमा नै कुन गीत लोकप्रियताको पहिलो नम्बरमा छ र कुनको हविगत १० नम्बरबाट पनि ओरालो लाग्यो भन्ने हिसाब भइरहन्छ । नयाँ गीतले पुरानोलाई विस्थापित गर्दै लगेजस्तै राजनीतिक र सामाजिक घटनाका पनि चर्चाको उच्चता र ओरालोको गति हुन्छ । यतिवेला नेकपाभित्रको राजनीति चर्चाको पहिलो नम्बरमा छ । संसद्को वर्षे अधिवेशन समाप्त हुने वेला नेकपाका वरिष्ठ नेता कमरेड माधव नेपालले संसद्को रोस्ट्रममा उभिएर जे बोले, त्यसले उत्पन्न गरेको तरंगले अझै पनि नेपाली राजनीतिमा चर्चाका लागि स्थान पाइरहेको छ । सामाजिक सञ्जालदेखि पत्रकारितासम्म पार्टीका कोठे भेलादेखि चियापानसम्म चर्चामा, यस्तो विषयले देशमा यति लामो समय चर्चा पाउनु भनेको राजनीतिक घटनाक्रम अत्यन्त सुस्त छन् भन्ने कुराको संकेत पनि हुन सक्छ । यस्तो चर्चाका अनेक पक्षमध्ये नेकपाभित्र माधव नेपालले राखेको असहमति पनि एउटा हो । पार्टीभित्रका मित्रहरूबाट कार्यालयको कुर्सीमा बस्दा पनि यसो यताउता हात लगेर सिटबेल्ट खोज्छन् भन्दै चिनाइने गरेका कमरेड नेपालको अनुपस्थितिमा भएको बैठकका निर्णंयबारे असहमति दर्ज गरेर चियापानसमेत आय...

ठिहीले खाएको रोल्पाली सुइना

नेपालमा १ फागुन ०५२ मा आरम्भ भएर ०६३ वैशाखसम्म नेकपा माओवादीले आह्वान र नेतृत्व गरेको सशस्त्र विद्रोहका प्रभाव जताततै छताछुल्ल भएर पोखिएकै छन् । त्यसले घरबार उजाड बनाएका पूर्वमाओवादी कार्यकर्ताका परिवार, माओवादीसँगको भिडन्तमा मारिएका नेपाली सेना र प्रहरी तथा अरू साधारण घरपरिवारका दुःखका कथा कति छन् कति ! राष्ट्रिय राजनीतिमा त्यसले ल्याएका अजंगका परिवर्तन, १९ दिने जनआन्दोलनमा जनताले ऐतिहासिक रूपमा सडकमा उत्रेर देखाएको सहभागिता, राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना, अधकल्चो खालको भए पनि संघीय शासन प्रणाली, बलियो स्थानीय सरकारको व्यवस्था, मधेस आन्दोलन, जागेका जनजाति र महिला तथा दलितका आन्दोलनका उत्थान र बिसौनीका अनेक घुम्ती पनि हाम्रा सामुन्ने छन् । संविधानसभाका दुई–दुईवटा निर्वाचनमा जनताले देखाएको सहभागिता, पुरानो सत्तारुढ वर्ग र विचारले गरेको प्रतिरोध र जनयुद्धका प्रभावको शिथिलीकरण, दुईथरी सेना, क्यान्टोनमेन्ट, अनमिनको आगमन र जबर्जस्ती बिदाइ, संविधानको घोषणा, टीकापुर घटना र लामो मधेस आन्दोलन र हाम्रो नयाँ पुस्ताले समेत व्यहोरेकोे नाकाबन्दीका कहरहरू– त्यसका मुख्य घटना हुन्, सत्र ...