Posts

असफलता एक हतियार

‘भारतीय विश्वविद्यालयले केवल उनीहरूलाई मात्रै तयार पारेका थिएनन्, जसले स्वतन्त्रता संग्रामको सञ्चालन र नेतृत्व गरेका थिए । बरु तिनैले आधुनिक, लोकतान्त्रिक राष्ट्र राज्य निर्माणको कामको अगुवाइ गर्नेहरूलाई पनि तयार पारेका थिए । … यो मिराकल नेहरू, पटेल र अम्बेडकरसहितका स्वप्नदर्शी नेतृत्व समूहको कामबाट सम्भव भएको थियो, जसलार्ई अहिले बिर्सिसकिएका हजारौँ कर्मचारी, कानुन व्यवसायी, डाक्टर, शिक्षक, सामाजिक कार्यकर्ता र सिपाहीले सहयोग गरेका थिए । उनीलाई भारतीय विश्वविद्यालयले तालिम दिएका थिए ।’ (रामचन्द्र गुहा, इपिडब्लु, प्लुरालिजम इन दि इन्डियन युनिभर्सिटी) । मंगलबार एउटा जमघटमा भेटिएका डा. अर्जुन कार्कीले एउटा गम्भीर विषय उठाउनुभयो । उहाँको चिन्ताको सार थियो– अहिलेका विश्वविद्यालयको अवस्था दयालाग्दो छ । अहिलेसम्म त जे–जस्तो भए पनि पहिले यिनै विश्वविद्यालयले उत्पादन गरेका जनशक्तिले देशको नेतृत्व गर्न सकेका छन् । पछिल्लो छिमलकोे जनशक्ति क्रमशः देशको नीति–निर्माण तहमा पुग्दा सकारात्मक र प्रभावकारी भूमिका खेल्न सक्ने गरी दीक्षित छैन । हामीले रुचाए पनि नरुचाए पनि यिनै व्यक्ति भोलि निजामती प्र...

बौद्धको आहाल विमर्स

कार्माजोव व्रदर्स फेरि पढ््दै छु । ‘मुर्खहरु नै वास्तविकताको सबैभन्दा नजिक हुन्छन । प्रष्ट पनि मुर्खहरु नै हुन्छन । मुर्खता अल्पकालको हुन्छ र कलाविहिन पनि । वौद्धिकता चैं मुण्टो लुकाउँछ या (यो त्यो पक्षमा) चक्कर लगाईरहन्छ । वौद्धिक छलकारी हुन्छ । मुर्ख सिधा र ईमान्दार हुन्छ । म यो बहसलाई एकदम निराशातिर लैजादै छु, जति मुर्खतापूर्ण रुपमा म प्रस्तुत हुन्छु त्यति नै मेरा लागि राम्रो हुनेछ ।’ फ््योदोर दोस्तोव्स्कीले आफ््नो उपन्यासको पात्र ईभान मार्फत भनेको यो कुराले मनलाई भित्रै देखि हल्लाउँछ । छटपटि हुन्छ । हामी जुन समयमा बाँचेका छौं त्यहाँ पनि मुर्ख हुनु असल हो कि जस्तो लाग्छ । आफ््नै पेशा र पहिचानले गिज्याए झैं लाग्छ ।  आफ््नो मनलाई छाम्न मन लाग्छ । मुर्खता बढि छ कि कथित वौद्धिकता ? जे देखिन्छ त्यो भनिदै छ कि पाठकहरुसंग पनि छलकपट गरिदै छ ? अन्योल उत्पन्न हुन्छ । विस्तारै आफैलाई ढाडस दिन्छु म वौद्धिक हुने प्रयास गर्दो रहेछु तर वास्तवमा मुर्ख नै रहेछु । यसबाट एकछिन खुशी हुन्छु । विगतका धेरैजसो लेख र भनाईहरु मुर्खतापूर्ण नै थिए भनेर प्रमाण जुटाउँछु, आफ््नै अदालतमा पेश गर्छु र चित्त ...

एउटा मृत पोखरी र छायाँदेवी

गतसाता मानवशास्त्री सुरेश ढकालको आग्रहमा विना पुर्वयोजना आदिवासी जनजाती चलचित्र महोत्सवमा सामेल हुन पुगेको थिएँ । पहिले निकै चहलपहल हुने गरेको उक्त महोत्सवको यो संस्करणको पहिलो सो मा निकै कम मानिसहरु थिए । हल भित्र र बाहिर पनि चहलपहल कम थियो । उद्घाटन सकिएपछि पुग्दा महोत्सव भन्दा पनि आयोजकहरुले आफ्नो नियमीत कर्म पुरा गरिरहेको जस्तो अनुभूति हुन्थ्यो । देशको पछिल्लो राजनीतिक घटनाक्रममा जसरी पहिचानको राजनीति र आदिवासी जनजातीका आवाजहरु छाँयामा परिरहेका छन त्यसको प्रतिच्छायाँ यता पनि देखिएको हो कि जस्तो लाग्थ्यो ।  चलचित्रकर्मिहरु सञ्जोग लाफामगर र माओत्से गुरुङ, आदिवासी जनजाती महासंघका गोविन्द छन्त्याल लगायत  कार्यक्रममा सक्रिय रहेका भेटिए । पहिलो सोमा देखाईएको सञ्जोग लाफा मगर निर्देशित १९ मिनटको डकुमेण्ट्री कमलपोखरी हेरेर हामी फर्कियौं । मलाई भोज गुरुङ निर्देशित तमु भाषाको चलचित्र मैरिमों र डिवि मोक्तानले निर्देशन गरेको तामाङ भाषाको चलचित्र ‘माया सेलासी’ हेर्ने मन थियो तर भोलीपल्ट देखि परिरहेको झरिले त्यता जान सकिएन । र यसपटकको उक्त महोत्सव कमलपोखरी हेरेर विसाईयो ।  क...

ओली भ्रमणको देव्रे पाटो

आफ्नो ६ दिने चिन भ्रमण सकेर फर्कदै गर्दा त्रिभुवन अन्तरराष्ट्रिय  विमानस्थलमा पत्रकारहरुसंग कुरा गरिरहेका प्रधानमन्त्री ओलीको दाहिनेपट्टी कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेल र देवे्रपट्टि नेकपाका कार्यवाहक अध्यक्ष कमरेड माधव नेपाल बसिरहेका थिए । यो केवल संयोग मात्र पनि हुनसक्छ, तर केपी ओलीको यसपटकको चिन भ्रमण भने ठ्याक्कै दुई भूमिकामा विभाजित देखिन्छ ः प्रधानमन्त्रीका रुपमा नेपाल सरकारको प्रतिनिधित्व गरिरहेका केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टिको अध्यक्षका रुपमा प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका ‘कमरेड’ केपी शर्मा ओली ।   प्रधानमन्त्रीको चिन भ्रमणको धेरै चर्चा भैसकेको छ । भ्रमणका अन्य विविध पक्षहरुलाई ओझेलमा पार्दै तिव्वत नेपाल हिमाल आरपार गर्ने रेलमार्गको निर्माण सम्वन्धी सहमतिले व्यापक चर्चा बटुलेको छ । यस्तो रेल चाहिन्न चैं भन्न नसक्ने तर आउँदैन, ऋणमा डुविन्छ, फिजिविलिट छैन जस्ता तर्क गर्नेहरु र हैन आउँछ, ल्याउनुपर्छ, सम्भव छ भन्नेहरुका विच विभाजित भएर नेपाली समाज नै बहसमा ओर्लेको छ । यो आलेख भने रेलको रेलामा होईन नेकपाका अध्यक्षका रुपमा केपी शर्मा ओलीको च...

नेकपाको छिमेक नीतिको परिक्षण

सहयोगी मन्त्रीहरु, सम्वन्धीत मन्त्रालयका उच्च अधिकारीहरु, घरानीया व्यापारी तथा उद्योगपतिहरु सहित एउटा ठुलो टोलीको नेतृत्व गर्दै यतिवेला प्रधानमन्त्री ओली चिनको भ्रमणमा छन । अस्तीबाट आरम्भ भएको उनको यात्रा अरु तिन दिन जारिरहने छ । हिजो मात्र उनले राष्ट्रपति तथा चिनीया कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङसंग वार्ता गरेका छन । हिजै नेपाली उद्योगी व्यापारीहरु र चिनीया समकक्षीहरुले विभिन्न ८ वटा परियोजना सञ्चालनमा चिनीया साझेदारीका लागि सम्झौतामा हस्ताक्षर गरेका छन जस अन्तर्गत नेपालमा उद्योग तथा जलविद्युतका क्षेत्रमा ठुलो मात्रामा चिनीया लगानी भित्रिने भएको छ । यी लगानी मुलतः चीनको वेल्ट एण्ड रोड पहलका दिर्घकालिन योजनासंग आवद्ध हुने भएकोले नेपालले गतबर्ष प्रचण्ड प्रधानमन्त्री रहँदै बिआरआई पहिलमा गरेको सम्झौताले कार्यरुप लिने छ । अनि यो नै भारत नेपाल र चिनका विचका सम्वन्धहरुको जटिलताको एउटा सुक्ष्म कारण बन्ने निस्चित छ । यससंगै गल्छी रसुवागढी ४०० केभी प्रशारण लाईन निर्माण सम्वन्धी सहमतिले नेपालको विद्युत व्यापारको कनेक्टिभिटिलाई चिनसंग जोड्ने छ । भारतको एकलौटी बजारका रुपमा नेपालको जलस्...

समृद्धि खोज्दै हिँड्दा http://www.enayapatrika.com/2018/06/14/61300/

Image
केही दिनअघि एकजना मित्रको घर पुगेको थिएँ । मित्र र उनकी पत्नीको कुराको विषय घरिघरि अमेरिकामा भएको छोराको प्रसंगतिर गइहाल्थ्यो । उनीहरूले अघिल्लो साँझ उसले अमेरिकामा गर्दै गरेको कामको भिडियो फेसबुक खोलेर देखाएका थिए । उनीहरूको छोरालाई पनि यता हुँदा चिन्थेँ । मेरो छोरा पुस्ताका युवाको सपनाबारे सबैझैँ म पनि परिचित छु । उसले काठमाडौंमा राम्रै पढाइ गरेको थियो । यतै कतै जागिरमा लागेको भए अहिले महिनाको ३० देखि ३५ हजार त कमाउन थाल्दो हो । पढाइ पूरा गर्दा अलि वर्षपछि ऊ ६० देखि ७० हजारको भैहाल्थ्यो । त्यति भएपछि उसलाई काठमाडौंको मध्यमवर्गीय जीवन चलाउन खासै समस्या हुन्थेन । बाइक चढेर नगरकोट या चन्द्रागिरि मात्र होइन, जोमसोम र जनकपुर पनि गर्न सक्थ्यो । बाबुआमाका साथैमा हुन्थ्यो । परिचित भूगोलको काखैमा हुन्थ्यो । उसलाई पनि यो थाहा थियो । तर, ऊ आफैँ हान्नियो एउटा समृद्ध जीवनको खोजी गर्दै अमेरिकातिर । अहिले जे काम गर्दै छ, त्यससँग उसको पढाइ, ज्ञान र जाने बाटोको कुनै साइनो छैन । तर, ऊ संघर्षरत छ । यता बाबुआमाको चाहना कहिले हलक्क हुर्केर जेटमा चढ्छन् र अमेरिका पुग्छन् । कहिले छोराको समवयक...

५ मेको सेरोफेरो

१. मे दिवस र ५ मे अस्ति १ मेका दिन विश्वभर मे दिवस मनाइयो । पर्सि ५ मेका दिन कार्लमार्क्सको जन्म भएको दुई सय वर्ष पुग्दै छ । यी दुवै सन्दर्भ एक–अर्कासँग अभिन्न रूपमा गाँँसिएका छन् । आफ्नो समयको मजदुर आन्दोलनका जगमा कार्लमाक्र्सले साम्यवादी दर्शनको परिकल्पना गरेका थिए । मार्क्सका शिक्षाबाट विश्वका कामदार वर्गले राजनीतिमा सहभागिता जनाउँदै बुर्जुवा सत्ताका विकल्पमा आफूलाई उभ्याएका थिए । समग्र मजदुर आन्दोलनलाई नै दुई भागमा बाँड्न सकिन्छः मार्क्सअघि र मार्क्सपछि । सन् १८४८ मा मार्क्स र एंगेल्सबाट लेखिएको कम्युनिस्ट घोषणापत्र नै इतिहासको यो विभाजन रेखा हो । एउटा विचारक र क्रान्तिकारीका रूपमा मार्क्सका काम र विचारले अहिले पनि दुनियाँलाई प्रभावित गरिरहेका छन् । जर्मन दर्शनको आलोचना गर्ने क्रममै उनले आफूलाई ऐतिहासिक भौतिकवादका प्रवर्तक बनाएका थिए । उनको समयमा युरोपभर पुँजीवादी क्रान्तिको जगजगी थियो । पुँजीवादी उत्पादन पद्धतिले सामन्तवादको मुलोच्छेदन गरिसकेको भए पनि राज्यसत्तामा सामन्तवादकोे उच्छेदन भइसकेको थिएन । सन् १७८९ को फ्रेन्चक्रान्ति र प्रतिक्रान्ति, सन् १८३० को क्रान्ति...