Posts

नेकपाको छिमेक नीतिको परिक्षण

सहयोगी मन्त्रीहरु, सम्वन्धीत मन्त्रालयका उच्च अधिकारीहरु, घरानीया व्यापारी तथा उद्योगपतिहरु सहित एउटा ठुलो टोलीको नेतृत्व गर्दै यतिवेला प्रधानमन्त्री ओली चिनको भ्रमणमा छन । अस्तीबाट आरम्भ भएको उनको यात्रा अरु तिन दिन जारिरहने छ । हिजो मात्र उनले राष्ट्रपति तथा चिनीया कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङसंग वार्ता गरेका छन । हिजै नेपाली उद्योगी व्यापारीहरु र चिनीया समकक्षीहरुले विभिन्न ८ वटा परियोजना सञ्चालनमा चिनीया साझेदारीका लागि सम्झौतामा हस्ताक्षर गरेका छन जस अन्तर्गत नेपालमा उद्योग तथा जलविद्युतका क्षेत्रमा ठुलो मात्रामा चिनीया लगानी भित्रिने भएको छ । यी लगानी मुलतः चीनको वेल्ट एण्ड रोड पहलका दिर्घकालिन योजनासंग आवद्ध हुने भएकोले नेपालले गतबर्ष प्रचण्ड प्रधानमन्त्री रहँदै बिआरआई पहिलमा गरेको सम्झौताले कार्यरुप लिने छ । अनि यो नै भारत नेपाल र चिनका विचका सम्वन्धहरुको जटिलताको एउटा सुक्ष्म कारण बन्ने निस्चित छ । यससंगै गल्छी रसुवागढी ४०० केभी प्रशारण लाईन निर्माण सम्वन्धी सहमतिले नेपालको विद्युत व्यापारको कनेक्टिभिटिलाई चिनसंग जोड्ने छ । भारतको एकलौटी बजारका रुपमा नेपालको जलस्...

समृद्धि खोज्दै हिँड्दा http://www.enayapatrika.com/2018/06/14/61300/

Image
केही दिनअघि एकजना मित्रको घर पुगेको थिएँ । मित्र र उनकी पत्नीको कुराको विषय घरिघरि अमेरिकामा भएको छोराको प्रसंगतिर गइहाल्थ्यो । उनीहरूले अघिल्लो साँझ उसले अमेरिकामा गर्दै गरेको कामको भिडियो फेसबुक खोलेर देखाएका थिए । उनीहरूको छोरालाई पनि यता हुँदा चिन्थेँ । मेरो छोरा पुस्ताका युवाको सपनाबारे सबैझैँ म पनि परिचित छु । उसले काठमाडौंमा राम्रै पढाइ गरेको थियो । यतै कतै जागिरमा लागेको भए अहिले महिनाको ३० देखि ३५ हजार त कमाउन थाल्दो हो । पढाइ पूरा गर्दा अलि वर्षपछि ऊ ६० देखि ७० हजारको भैहाल्थ्यो । त्यति भएपछि उसलाई काठमाडौंको मध्यमवर्गीय जीवन चलाउन खासै समस्या हुन्थेन । बाइक चढेर नगरकोट या चन्द्रागिरि मात्र होइन, जोमसोम र जनकपुर पनि गर्न सक्थ्यो । बाबुआमाका साथैमा हुन्थ्यो । परिचित भूगोलको काखैमा हुन्थ्यो । उसलाई पनि यो थाहा थियो । तर, ऊ आफैँ हान्नियो एउटा समृद्ध जीवनको खोजी गर्दै अमेरिकातिर । अहिले जे काम गर्दै छ, त्यससँग उसको पढाइ, ज्ञान र जाने बाटोको कुनै साइनो छैन । तर, ऊ संघर्षरत छ । यता बाबुआमाको चाहना कहिले हलक्क हुर्केर जेटमा चढ्छन् र अमेरिका पुग्छन् । कहिले छोराको समवयक...

५ मेको सेरोफेरो

१. मे दिवस र ५ मे अस्ति १ मेका दिन विश्वभर मे दिवस मनाइयो । पर्सि ५ मेका दिन कार्लमार्क्सको जन्म भएको दुई सय वर्ष पुग्दै छ । यी दुवै सन्दर्भ एक–अर्कासँग अभिन्न रूपमा गाँँसिएका छन् । आफ्नो समयको मजदुर आन्दोलनका जगमा कार्लमाक्र्सले साम्यवादी दर्शनको परिकल्पना गरेका थिए । मार्क्सका शिक्षाबाट विश्वका कामदार वर्गले राजनीतिमा सहभागिता जनाउँदै बुर्जुवा सत्ताका विकल्पमा आफूलाई उभ्याएका थिए । समग्र मजदुर आन्दोलनलाई नै दुई भागमा बाँड्न सकिन्छः मार्क्सअघि र मार्क्सपछि । सन् १८४८ मा मार्क्स र एंगेल्सबाट लेखिएको कम्युनिस्ट घोषणापत्र नै इतिहासको यो विभाजन रेखा हो । एउटा विचारक र क्रान्तिकारीका रूपमा मार्क्सका काम र विचारले अहिले पनि दुनियाँलाई प्रभावित गरिरहेका छन् । जर्मन दर्शनको आलोचना गर्ने क्रममै उनले आफूलाई ऐतिहासिक भौतिकवादका प्रवर्तक बनाएका थिए । उनको समयमा युरोपभर पुँजीवादी क्रान्तिको जगजगी थियो । पुँजीवादी उत्पादन पद्धतिले सामन्तवादको मुलोच्छेदन गरिसकेको भए पनि राज्यसत्तामा सामन्तवादकोे उच्छेदन भइसकेको थिएन । सन् १७८९ को फ्रेन्चक्रान्ति र प्रतिक्रान्ति, सन् १८३० को क्रान्ति...

अलमल्याउने र घेरामा पारिरहने

लिटमस टेस्ट एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकाल भारतसँग निश्चित अडानसहित सम्झौताको खोजी गर्दैमा बित्यो । तर, भारतसँगको सम्बन्ध सामान्य बन्न सकेन । बरु भारत ओलीलाई पन्छाउने षड्यन्त्रमा लागिरह्यो । कतिसम्म भयो भने भारतले ओली सरकार ढाल्न दिल्लीस्थित नेपाली राजदूत दीपकुमारलाई प्रयोग गरेको भन्दै उनलाई फिर्ता बोलाइयो । तय भइसकेको राष्ट्रपतिको भ्रमण रद्द गरियो । भारतसँग दूरी रहेकै अवस्थामा उनको सरकार ढल्यो । त्यसपछि प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डले आफ्नो कार्यकालको आरम्भमा दिल्लीसँग मतो मिलाउन खोजेजस्तो देखियो । तर, सरकार छाड्नुअघि उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको ड्रिम परियोजना बिआइआरमा सामेल हुने सम्झौता गरे । हतार–हतारमा बुढिगण्डकी बहुउद्देश्यीय परियोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई दिए । दुवै कुरा भारत मन पराउँदैनथ्यो । राजनीतिक रूपले दुई देशको सम्बन्ध सामान्यीकरण भएको देखिए पनि प्रचण्डको समयमा पनि भारतका आन्तरिक हित र नेपाल सरकारका नीति आपसमा बाझिए । भारतका लागि ओली र प्रचण्ड दुवै अलि टेढा नै देखिए । भारत नेपालमा चीनको ...

यी आशालाग्दा सपनाहरू

रेलैमा नचढेसम्म, छोडेन यो आँसी, नाम्लाले । अहिलेको विकासे बहसमा सामेल हुँदै गर्दा गाउँमा सानैमा सुन्ने गरेको उपर्युक्त झ्याउरे गीत घरीघरी मनमा आइरहन्छ । गीतमा दुईवटा प्रस्ट सन्देश छन् । हाम्रो गाउँघरको त्यतिवेलाको समयमा मानिसको जीविकाको स्रोत खेतीपाती मात्र थियो । तर, हरेक किसान युवाका मनमा निरन्तरको यो आँसी नाम्लो, गाउँबेसी, हलो, कोदालो र गोठाले धन्दाप्रति वितृष्णा थियो । ऊ त्यसबाट मुक्त हुन चाहन्थ्यो, कमसेकम मैलोधैलोबाट सुकिलो जीवनसम्म जान चाहन्थ्यो । गाउँमा भारतीय सेनाबाट छुट्टीमा आएका या भारतका विभिन्न सहरमा अनेक दुःख गरेर फर्केका तर कपालमा नरिवलको तेल हालेर लरक्क पारेको तथा इस्त्री लगाएको कमिज, पाइन्ट लगाएका लाहुरेले बाँड्ने मसला र चुरोटले मानिसलाई हुरुक्क बनाएको देखिन्थ्यो । यसमा दोस्रो सन्देश छ– त्यतिवेलाको नेपालमा कृषि पेसाको विकल्प थिएन । आँसी, नाम्लो छाड्ने हो भने एक मात्र विकल्प रेल चढ्नु या भारततिर कामको खोजीमा जानुपथ्र्यो । यतिवेला नयाँ गन्तव्य आएका छन्, जहाँ रेल होइन, हवाईजहाज चढेर पुगिन्छ । अनि नयाँ गीत पनि लोकप्रिय छ– चालीस कटेसी रमाउँला । पहिलो गीत सुने...

27 March 2018 पुष्पकमल सुबेदी र नेपाली कम्युनिस्ट आन्दोलन बिषयक कार्यक्रममा यस्तो पो बोलिएछ । पोखरा, १० चैत्र, २०७४

Image

धिरेन्द्र शर्माका अनुत्तरित प्रश्नहरु

लेनीनको शालीक  त्रिपुरामा २५ बर्षदेखि सरकार चलाईरहेको कम्युनिष्ट गठबन्धनले यसपाली नराम्रोसित हार्यो । साद्गीपूर्ण जिवन विताउने सरल र जनतासंग हेलमेल भएका, भारतका सबै सरकारप्रमुखहरु भन्दा गरिव (उनको सम्पत्ती जम्मा २६ लाख भारु बराबर रहेछ) मनिक सरकारको नेतृत्वले विजेपीको आक्रामक प्रचार र गरिएको खर्चको सामना गर्न सकेन । जनताकै लागि काम गरिरहँदा र भ्रष्टाचार तथा बुर्जुवावर्गसंगको साँठगाँठ दुवैसंग टाढा हुँदा पनि मनिक सरकार असफल भए ।  निर्वाचन जितेको विजेपी कार्यकर्ताको समुहले मंगलवार क्रेन लगाएर त्रिपुराको दक्षिणमा पर्ने वेलोनीया बजारमा रहेको लेनीनको शालीक ढाल्यो । यो दुई दिनमा ढालिएको लेनीनको दोस्रो सालिक थियो । भारतमा वामपन्थ लगातार ओरालो झरिरहेको छ । प्रकाश कारत र सिताराम यचुरीहरु एक अर्कालाई आरोप लगाईरहेका छन ।  सन् १९६७ बाट सुरु भएको नक्सलवादी ससस्त्र विद्रोह अहिले माओवादी विद्रोहका रुपमा भारतको आन्ध्रप्रदेश, छत्तिसगढ, उडिसा, महाराष्ट्र, झारखण्ड र विहारका केहि आदीवासी बहुल ईलाकामा सक्रिय छ । पचासबर्षसम्म चलेको गृहयुद्धको महान ईतिहास बनाउन बाहेक यसले के कति उपलब्...