Posts

५ मेको सेरोफेरो

१. मे दिवस र ५ मे अस्ति १ मेका दिन विश्वभर मे दिवस मनाइयो । पर्सि ५ मेका दिन कार्लमार्क्सको जन्म भएको दुई सय वर्ष पुग्दै छ । यी दुवै सन्दर्भ एक–अर्कासँग अभिन्न रूपमा गाँँसिएका छन् । आफ्नो समयको मजदुर आन्दोलनका जगमा कार्लमाक्र्सले साम्यवादी दर्शनको परिकल्पना गरेका थिए । मार्क्सका शिक्षाबाट विश्वका कामदार वर्गले राजनीतिमा सहभागिता जनाउँदै बुर्जुवा सत्ताका विकल्पमा आफूलाई उभ्याएका थिए । समग्र मजदुर आन्दोलनलाई नै दुई भागमा बाँड्न सकिन्छः मार्क्सअघि र मार्क्सपछि । सन् १८४८ मा मार्क्स र एंगेल्सबाट लेखिएको कम्युनिस्ट घोषणापत्र नै इतिहासको यो विभाजन रेखा हो । एउटा विचारक र क्रान्तिकारीका रूपमा मार्क्सका काम र विचारले अहिले पनि दुनियाँलाई प्रभावित गरिरहेका छन् । जर्मन दर्शनको आलोचना गर्ने क्रममै उनले आफूलाई ऐतिहासिक भौतिकवादका प्रवर्तक बनाएका थिए । उनको समयमा युरोपभर पुँजीवादी क्रान्तिको जगजगी थियो । पुँजीवादी उत्पादन पद्धतिले सामन्तवादको मुलोच्छेदन गरिसकेको भए पनि राज्यसत्तामा सामन्तवादकोे उच्छेदन भइसकेको थिएन । सन् १७८९ को फ्रेन्चक्रान्ति र प्रतिक्रान्ति, सन् १८३० को क्रान्ति...

अलमल्याउने र घेरामा पारिरहने

लिटमस टेस्ट एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकाल भारतसँग निश्चित अडानसहित सम्झौताको खोजी गर्दैमा बित्यो । तर, भारतसँगको सम्बन्ध सामान्य बन्न सकेन । बरु भारत ओलीलाई पन्छाउने षड्यन्त्रमा लागिरह्यो । कतिसम्म भयो भने भारतले ओली सरकार ढाल्न दिल्लीस्थित नेपाली राजदूत दीपकुमारलाई प्रयोग गरेको भन्दै उनलाई फिर्ता बोलाइयो । तय भइसकेको राष्ट्रपतिको भ्रमण रद्द गरियो । भारतसँग दूरी रहेकै अवस्थामा उनको सरकार ढल्यो । त्यसपछि प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डले आफ्नो कार्यकालको आरम्भमा दिल्लीसँग मतो मिलाउन खोजेजस्तो देखियो । तर, सरकार छाड्नुअघि उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको ड्रिम परियोजना बिआइआरमा सामेल हुने सम्झौता गरे । हतार–हतारमा बुढिगण्डकी बहुउद्देश्यीय परियोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई दिए । दुवै कुरा भारत मन पराउँदैनथ्यो । राजनीतिक रूपले दुई देशको सम्बन्ध सामान्यीकरण भएको देखिए पनि प्रचण्डको समयमा पनि भारतका आन्तरिक हित र नेपाल सरकारका नीति आपसमा बाझिए । भारतका लागि ओली र प्रचण्ड दुवै अलि टेढा नै देखिए । भारत नेपालमा चीनको ...

यी आशालाग्दा सपनाहरू

रेलैमा नचढेसम्म, छोडेन यो आँसी, नाम्लाले । अहिलेको विकासे बहसमा सामेल हुँदै गर्दा गाउँमा सानैमा सुन्ने गरेको उपर्युक्त झ्याउरे गीत घरीघरी मनमा आइरहन्छ । गीतमा दुईवटा प्रस्ट सन्देश छन् । हाम्रो गाउँघरको त्यतिवेलाको समयमा मानिसको जीविकाको स्रोत खेतीपाती मात्र थियो । तर, हरेक किसान युवाका मनमा निरन्तरको यो आँसी नाम्लो, गाउँबेसी, हलो, कोदालो र गोठाले धन्दाप्रति वितृष्णा थियो । ऊ त्यसबाट मुक्त हुन चाहन्थ्यो, कमसेकम मैलोधैलोबाट सुकिलो जीवनसम्म जान चाहन्थ्यो । गाउँमा भारतीय सेनाबाट छुट्टीमा आएका या भारतका विभिन्न सहरमा अनेक दुःख गरेर फर्केका तर कपालमा नरिवलको तेल हालेर लरक्क पारेको तथा इस्त्री लगाएको कमिज, पाइन्ट लगाएका लाहुरेले बाँड्ने मसला र चुरोटले मानिसलाई हुरुक्क बनाएको देखिन्थ्यो । यसमा दोस्रो सन्देश छ– त्यतिवेलाको नेपालमा कृषि पेसाको विकल्प थिएन । आँसी, नाम्लो छाड्ने हो भने एक मात्र विकल्प रेल चढ्नु या भारततिर कामको खोजीमा जानुपथ्र्यो । यतिवेला नयाँ गन्तव्य आएका छन्, जहाँ रेल होइन, हवाईजहाज चढेर पुगिन्छ । अनि नयाँ गीत पनि लोकप्रिय छ– चालीस कटेसी रमाउँला । पहिलो गीत सुने...

27 March 2018 पुष्पकमल सुबेदी र नेपाली कम्युनिस्ट आन्दोलन बिषयक कार्यक्रममा यस्तो पो बोलिएछ । पोखरा, १० चैत्र, २०७४

Image

धिरेन्द्र शर्माका अनुत्तरित प्रश्नहरु

लेनीनको शालीक  त्रिपुरामा २५ बर्षदेखि सरकार चलाईरहेको कम्युनिष्ट गठबन्धनले यसपाली नराम्रोसित हार्यो । साद्गीपूर्ण जिवन विताउने सरल र जनतासंग हेलमेल भएका, भारतका सबै सरकारप्रमुखहरु भन्दा गरिव (उनको सम्पत्ती जम्मा २६ लाख भारु बराबर रहेछ) मनिक सरकारको नेतृत्वले विजेपीको आक्रामक प्रचार र गरिएको खर्चको सामना गर्न सकेन । जनताकै लागि काम गरिरहँदा र भ्रष्टाचार तथा बुर्जुवावर्गसंगको साँठगाँठ दुवैसंग टाढा हुँदा पनि मनिक सरकार असफल भए ।  निर्वाचन जितेको विजेपी कार्यकर्ताको समुहले मंगलवार क्रेन लगाएर त्रिपुराको दक्षिणमा पर्ने वेलोनीया बजारमा रहेको लेनीनको शालीक ढाल्यो । यो दुई दिनमा ढालिएको लेनीनको दोस्रो सालिक थियो । भारतमा वामपन्थ लगातार ओरालो झरिरहेको छ । प्रकाश कारत र सिताराम यचुरीहरु एक अर्कालाई आरोप लगाईरहेका छन ।  सन् १९६७ बाट सुरु भएको नक्सलवादी ससस्त्र विद्रोह अहिले माओवादी विद्रोहका रुपमा भारतको आन्ध्रप्रदेश, छत्तिसगढ, उडिसा, महाराष्ट्र, झारखण्ड र विहारका केहि आदीवासी बहुल ईलाकामा सक्रिय छ । पचासबर्षसम्म चलेको गृहयुद्धको महान ईतिहास बनाउन बाहेक यसले के कति उपलब्...

अलाउद्दिन, लुकास, मिथ र इतिहास

सभ्यताका हरेक कालखण्डमा केही शासक यस्ता आउँछन्, जसलाई इतिहासप्रति घृणा हुन्छ । उनीहरू इतिहासलाई आफ्नो अनुकूल भाँचकुच पारेर नयाँ पुस्तालाई यसरी पढाउन चाहन्छन्, जसले आफूलाई महान् बनाओस् र अन्यको खलनायकीकरण गरोस् । यस्तो होस कि इतिहास र वर्तमानका सबै ज्ञान शाखाहरूले शासकको स्वार्थको रक्षा गरून् । मानिसको सोच्ने तरिका शासकको अनुकूल बदलियोस् । कोही विरोधी र असहमत नरहोस् । अधिनायकवादीहरू, जातिवादीहरू, साम्राज्यवादीहरू र अन्धराष्ट्रवादलाई आधार बनाएर विचारका अरू सबै शाखालाई निषेध गरेर आफूलाई नायक बनाउन खोज्नेहरूको हरेक युगले सामना गरेको छ । नवउदारवादले थिल्थिलो बनाएको मानवीय मूल्य र सामाजिक न्यायको चिहानमाथि अहिले एउटा दक्षिणपन्थी हुरी जबर्जस्त स्थापित हुँदै छ । इतिहासलाई इतिहास रहन नदिने र त्यसलाई बंग्याउने, फरक विचारलाई निषेध गर्ने, कमजोरमाथि प्रहार गर्ने, मानव सभ्यताको समग्र प्रगतिको होइन, आफ्नो जाति, धर्म र राष्ट्रको महान्ताको गीत गाएर अरूहरूलाई निषेध गर्ने यो भयानक कुचक्र यतिवेला बलशाली भएको छ । बेन्यामिन नेतन्याहु, रिसेप एड्रोगान, डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन, नरेन्द्र मोद...

आफ्नो भाग्य आफै लेख्ने रे

सिको उदय सन् २०१२ सेप्टेम्वरमा तत्कालीन चिनीया उपराष्ट्रपति तथा कम्युनिष्ट पार्टी स्थायी समितिका एकजना प्रभावशाली सदस्य सि चिन फिङ झण्डै दुई हप्ता सार्वजनिक स्थलमा देखा परेनन । कसैले उनलाई पौडी खेल्दा ढाड सड्केर आराम गर्दै गरेको भने, कसैले महसचिव हु जिन्ताओसंग रिसाएर हिँडेको अड्कल गरे । कसैले पार्टी महाधिवेशनमा हु जिन्ताओले पेश गर्ने प्रतिवेदन लेख्न बसेको वताए । दुई साता पछि उनी सार्वजनिक जीवनमा फर्केपछि पनि उनको गुप्तवासको रहस्य अड्कलकै मात्र विषय रह्यो । चिनको कम्युनिष्ट पार्टीको राजनीतिको वारेमा थाह पाउने शुत्रहरुले चैं ती दिनमा सि चिन फिङ महाधिवेशनमा आफु पार्टी महासचिव भै सके पछि आफु भन्दा अघि राज्य र पार्टी नेतृत्व गरेका नेताहरुले जस्तो पावर शेयरीङ गरेर म वस्दिन, मलाई कुनै किसिमको हस्तक्षेप स्विकार्य छैन भन्ने कुराको निस्चितता गर्न चाहन्थे । उनको भाषामा कोही पनि पूर्व पदाधिकारी जुङ नान हाई वरपर न भुनभुनाओस भन्ने उनको चाहना थियो । उनको माग स्विकार गरियो र महाधिवेशन पछि सैन्य आयोगको अध्यक्ष लगायतका सबै पद सि लाई धमाधम हस्तान्तरण गरियो । सन् १९५३ मा जन्मेका ६४ बर्षिय सि जनवादी गण...