Posts

यी आशालाग्दा सपनाहरू

रेलैमा नचढेसम्म, छोडेन यो आँसी, नाम्लाले । अहिलेको विकासे बहसमा सामेल हुँदै गर्दा गाउँमा सानैमा सुन्ने गरेको उपर्युक्त झ्याउरे गीत घरीघरी मनमा आइरहन्छ । गीतमा दुईवटा प्रस्ट सन्देश छन् । हाम्रो गाउँघरको त्यतिवेलाको समयमा मानिसको जीविकाको स्रोत खेतीपाती मात्र थियो । तर, हरेक किसान युवाका मनमा निरन्तरको यो आँसी नाम्लो, गाउँबेसी, हलो, कोदालो र गोठाले धन्दाप्रति वितृष्णा थियो । ऊ त्यसबाट मुक्त हुन चाहन्थ्यो, कमसेकम मैलोधैलोबाट सुकिलो जीवनसम्म जान चाहन्थ्यो । गाउँमा भारतीय सेनाबाट छुट्टीमा आएका या भारतका विभिन्न सहरमा अनेक दुःख गरेर फर्केका तर कपालमा नरिवलको तेल हालेर लरक्क पारेको तथा इस्त्री लगाएको कमिज, पाइन्ट लगाएका लाहुरेले बाँड्ने मसला र चुरोटले मानिसलाई हुरुक्क बनाएको देखिन्थ्यो । यसमा दोस्रो सन्देश छ– त्यतिवेलाको नेपालमा कृषि पेसाको विकल्प थिएन । आँसी, नाम्लो छाड्ने हो भने एक मात्र विकल्प रेल चढ्नु या भारततिर कामको खोजीमा जानुपथ्र्यो । यतिवेला नयाँ गन्तव्य आएका छन्, जहाँ रेल होइन, हवाईजहाज चढेर पुगिन्छ । अनि नयाँ गीत पनि लोकप्रिय छ– चालीस कटेसी रमाउँला । पहिलो गीत सुने...

27 March 2018 पुष्पकमल सुबेदी र नेपाली कम्युनिस्ट आन्दोलन बिषयक कार्यक्रममा यस्तो पो बोलिएछ । पोखरा, १० चैत्र, २०७४

Image

धिरेन्द्र शर्माका अनुत्तरित प्रश्नहरु

लेनीनको शालीक  त्रिपुरामा २५ बर्षदेखि सरकार चलाईरहेको कम्युनिष्ट गठबन्धनले यसपाली नराम्रोसित हार्यो । साद्गीपूर्ण जिवन विताउने सरल र जनतासंग हेलमेल भएका, भारतका सबै सरकारप्रमुखहरु भन्दा गरिव (उनको सम्पत्ती जम्मा २६ लाख भारु बराबर रहेछ) मनिक सरकारको नेतृत्वले विजेपीको आक्रामक प्रचार र गरिएको खर्चको सामना गर्न सकेन । जनताकै लागि काम गरिरहँदा र भ्रष्टाचार तथा बुर्जुवावर्गसंगको साँठगाँठ दुवैसंग टाढा हुँदा पनि मनिक सरकार असफल भए ।  निर्वाचन जितेको विजेपी कार्यकर्ताको समुहले मंगलवार क्रेन लगाएर त्रिपुराको दक्षिणमा पर्ने वेलोनीया बजारमा रहेको लेनीनको शालीक ढाल्यो । यो दुई दिनमा ढालिएको लेनीनको दोस्रो सालिक थियो । भारतमा वामपन्थ लगातार ओरालो झरिरहेको छ । प्रकाश कारत र सिताराम यचुरीहरु एक अर्कालाई आरोप लगाईरहेका छन ।  सन् १९६७ बाट सुरु भएको नक्सलवादी ससस्त्र विद्रोह अहिले माओवादी विद्रोहका रुपमा भारतको आन्ध्रप्रदेश, छत्तिसगढ, उडिसा, महाराष्ट्र, झारखण्ड र विहारका केहि आदीवासी बहुल ईलाकामा सक्रिय छ । पचासबर्षसम्म चलेको गृहयुद्धको महान ईतिहास बनाउन बाहेक यसले के कति उपलब्...

अलाउद्दिन, लुकास, मिथ र इतिहास

सभ्यताका हरेक कालखण्डमा केही शासक यस्ता आउँछन्, जसलाई इतिहासप्रति घृणा हुन्छ । उनीहरू इतिहासलाई आफ्नो अनुकूल भाँचकुच पारेर नयाँ पुस्तालाई यसरी पढाउन चाहन्छन्, जसले आफूलाई महान् बनाओस् र अन्यको खलनायकीकरण गरोस् । यस्तो होस कि इतिहास र वर्तमानका सबै ज्ञान शाखाहरूले शासकको स्वार्थको रक्षा गरून् । मानिसको सोच्ने तरिका शासकको अनुकूल बदलियोस् । कोही विरोधी र असहमत नरहोस् । अधिनायकवादीहरू, जातिवादीहरू, साम्राज्यवादीहरू र अन्धराष्ट्रवादलाई आधार बनाएर विचारका अरू सबै शाखालाई निषेध गरेर आफूलाई नायक बनाउन खोज्नेहरूको हरेक युगले सामना गरेको छ । नवउदारवादले थिल्थिलो बनाएको मानवीय मूल्य र सामाजिक न्यायको चिहानमाथि अहिले एउटा दक्षिणपन्थी हुरी जबर्जस्त स्थापित हुँदै छ । इतिहासलाई इतिहास रहन नदिने र त्यसलाई बंग्याउने, फरक विचारलाई निषेध गर्ने, कमजोरमाथि प्रहार गर्ने, मानव सभ्यताको समग्र प्रगतिको होइन, आफ्नो जाति, धर्म र राष्ट्रको महान्ताको गीत गाएर अरूहरूलाई निषेध गर्ने यो भयानक कुचक्र यतिवेला बलशाली भएको छ । बेन्यामिन नेतन्याहु, रिसेप एड्रोगान, डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन, नरेन्द्र मोद...

आफ्नो भाग्य आफै लेख्ने रे

सिको उदय सन् २०१२ सेप्टेम्वरमा तत्कालीन चिनीया उपराष्ट्रपति तथा कम्युनिष्ट पार्टी स्थायी समितिका एकजना प्रभावशाली सदस्य सि चिन फिङ झण्डै दुई हप्ता सार्वजनिक स्थलमा देखा परेनन । कसैले उनलाई पौडी खेल्दा ढाड सड्केर आराम गर्दै गरेको भने, कसैले महसचिव हु जिन्ताओसंग रिसाएर हिँडेको अड्कल गरे । कसैले पार्टी महाधिवेशनमा हु जिन्ताओले पेश गर्ने प्रतिवेदन लेख्न बसेको वताए । दुई साता पछि उनी सार्वजनिक जीवनमा फर्केपछि पनि उनको गुप्तवासको रहस्य अड्कलकै मात्र विषय रह्यो । चिनको कम्युनिष्ट पार्टीको राजनीतिको वारेमा थाह पाउने शुत्रहरुले चैं ती दिनमा सि चिन फिङ महाधिवेशनमा आफु पार्टी महासचिव भै सके पछि आफु भन्दा अघि राज्य र पार्टी नेतृत्व गरेका नेताहरुले जस्तो पावर शेयरीङ गरेर म वस्दिन, मलाई कुनै किसिमको हस्तक्षेप स्विकार्य छैन भन्ने कुराको निस्चितता गर्न चाहन्थे । उनको भाषामा कोही पनि पूर्व पदाधिकारी जुङ नान हाई वरपर न भुनभुनाओस भन्ने उनको चाहना थियो । उनको माग स्विकार गरियो र महाधिवेशन पछि सैन्य आयोगको अध्यक्ष लगायतका सबै पद सि लाई धमाधम हस्तान्तरण गरियो । सन् १९५३ मा जन्मेका ६४ बर्षिय सि जनवादी गण...

श्री विष्णुजीको छेपन

८ माघ, सोमबारको कान्तिपुर दैनिकको अंकमा ‘वामपन्थी सपनाको वियोगान्त’ शीर्षकमा विद्वान् मित्र विष्णु सापकोटाको लेख छापिएको छ । विष्णुजी साहित्य, समकालीन र पुराना दर्शनशास्त्र, राजनीति र समाजबारे हामीकहाँका थोरै जान्नेबुझ्ने र लेख्नेमध्ये पर्नुहुन्छ । उहाँको सो लेखले गैरवामपन्थी वृत्तमा केही भ्रमले छोपेको खुसी र वामपन्थी वृत्तका केहीमा अवश्य केही भ्रमपूर्ण पिर पारेको हुनुपर्छ । निर्वाचनमा कांग्रेस पराजित भएपछिको ‘डिप्रेस्ड’ मनस्थितिमा रहेका पार्टीबाहिरका कांग्रेसजन र हुन सक्छ कोही वामपन्थीसमेत अत्यन्त खुसी पनि भएका हुन सक्छन् । उहाँले आफ्नो आलेखको उठानका लागि उल्लेख गरेको ११ भाइ वक्तव्यवाज ‘वाम वुद्धिजीवी’मा यो लेखकको नाम पनि सामेल भएकाले त्यसले आकर्षित नगर्ने कुरो भएन । त्यसैले यो आलेख विष्णुजीले उठाएका प्रश्न र हानेको छेपनबारे आफूलाई लागेका कुरा राख्न लेखिएको हो । यो न खण्डनमण्डन हो, न विरोध वा बचाउ । उहाँको लेखन शैली, शालीन, भद्र व्यक्तित्व र मित्रताको म प्रशंसक हुँ । आफ्ना अभिव्यक्तिबारे उहाँजस्तो विद्वान्ले चर्चा गर्नुले हाम्रो कर्मको अर्थ रहेछ भन्ने पनि जनाउँछ । त्यसैले यो लेख उहा...

राई, महतो, चौधरी र मनाङे

आमनिर्वाचनको मतपरिणाम सार्वजनिक भएर एक महिना बितिसकेको छ । यसबीच सार्वजनिक वृत्तको बहसलाई वाम गठबन्धनको बहुमत, कांग्रेसको पराजय, समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्ने विषय, राष्ट्रिय सभाको निर्वाचन र एमाले माओवादी एकताका विषयले प्रभावित गरिरहे । स्वाभाविक हो, ठूला मानिने कार्यसूचीले साना विषयलाई किनारामा धकेल्छन् या छायामा पार्छन् । निर्वाचनमा व्यक्त जनमतको खण्डीकृत व्याख्यातिर कमैको ध्यान गएको देखिन्छ । अन्य पक्षबारे अन्यत्रै बहस होला तर केही त्यस्ता परिणाम छन्, जसलाई यतिवेलै चर्चा नगरे नेपाली राजनीतिमा केही खास पक्षले पारेका र पार्न सक्ने प्रभावबारे ध्यान नपुग्न सक्छ । दीपक मनाङे, रेशम चौधरी, अशोक राई र राजेन्द्र महतोले पाएको मत या समर्थनको स्तरले केही हदसम्म हाम्रो राजनीतिको भावी दिशालाई प्रभावित गर्नेछन् । यसपटकको निर्वाचनमा यी चारजना उम्मेदवारले ल्याएको मत र पाएको समर्थनले दिने संकेतबारे यहाँ केही टिप्पणी गर्न लागिएको हो । वर्चस्वशाली बहस नेपालको समकालीन राजनीतिक मनोविज्ञानलाई पहिचान पक्षधर र विरोधी राजनीतिले धेरै हदसम्म प्रभावित गरेको छ । यस्तो प्रभाव माओवादी जनयुद्धका ...