Posts

नेपाली टिभी, टक शो र विश्लेषक

सुरु सुरुमा यहि परिचय पनि आफुलाई केहि हुँ भनेर मख्ख पर्ने विषय बनेको थियो । केही लोभ थिए, केहि ईगो थिए केही स्वभाविक मानवीय कमजोरी पनि । अहिले त्यहि परिचय आफैलाई भारी हुँदै गएको छ । यसपटक गाउँतिर जाँदा त मलाई सबै राजनीतिक कार्यकर्ता र शिक्षकहरुले “राजनीतिक विश्लेषक” भनेर चिनाउँने या अव यस विषयमा त ‘विश्लेषकलाई था हुन्छ’ भनेको सुनेपछि कस्तो कस्तो आत्मग्लानी पोे भयो । किन किन यो विशेषण एक बोझ बन्दै गए झैं लाग्छ । हुन त पेशा नै राजनीतिक टिप्पणी गर्ने र त्यसैको आम्दानीले पेट पाल्ने भएकोले यस्तो परिचय आफ्नै पेशाको सम्मानका रुपमा लिन पनि नसकिने होईन । तर किन केले लखेट्यो र मलाई चैं त्यसप्रति उच्च वितराग उत्पन्न हुँदै छ त्यसमा म आफै अलमलमा छु ।  वास्तवमा मेरो यो परिचय चैं सुधिर शर्माले नेपाल साप्ताहिकमा मेरै लागि सिर्जना गरेर राजनीतिक विश्लेषक भन्ने एउटा पदजस्तो राखेर प्रिन्टलाईनमा राखिदिनु भएको विशेषणले बनेको हो । त्यस अघि र पछि त्यस्तो विशेषणयुक्त नाम कुनै नेपाली पत्रिकाको प्रिन्टलाईनमा भएको मलाई थाह छैन । गएको शुक्रवार । मिडियामा नेमकिपाका नेता प्रेम सुवाल र प्राध्यापक सुरेन्द्...

वामपन्थीहरुको घोषणापत्र पढेपछि

गएको असौज १७ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विच आउँदो निर्वाचनमा गठबन्धन बनाएर जाने र पछि दुईटा पार्टि एकिकरण गर्ने भन्ने घोषणा भएपछि यी दल या यो गठबन्धनका विषयमा धेरै चासो र टिप्पणीहरु भएका छन । यसलाई घोषित रुपमा नै वाम गठबन्धनको नाम दिईएको छ । दुईवटा कम्युनिष्ट पार्टिहरुका विच भएको गठबन्धन पछि मोहनविक्रम सिंहको नेकपा मसाल पनि यो गठबन्धनमा सामेल भएको छ । यसैगरि नेकपा संयुक्त नेकपा माओवादी केन्द्रसंग एकिकरण गरेको छ । विस्तारै यो गठबन्धन वाहिर सिपी मैनालीको नेकपा माले र नारायणमान विजुक्छेको नेमकिपा मात्र परेका छन । प्रभावका दृष्टिेले ९८ प्रतिशत नेपालका वामपन्थीहरु सामेल भएको यो एकप्रकारले महागठबन्धन बन्न पुगेको छ । यो गठबन्धन कति वामपन्थी हो, कति समाजवादी हो या उदारवादी हो भन्ने विषयमा यसको आधिकारीक धारणा भने हालै उसले जारि गरेको निर्वाचन घोषणापत्रमा मात्र खोज्न सकिन्छ । निर्वाचन मुखैमा आएको बेला यो वामपन्थी गठबन्धनको राजनीतिक दृष्टिकोण, आर्थिक तथा सामाजीक कार्यक्रमहरुका बारेमा चर्चा गर्नु सामयीक नै हुनेछ । यो घोषणापत्र पढ्दा मेरा मुख्य दुईवटा चासो थिए । पहिलो त यो गठबन्ध...

क्या बद्नामी भो !

भएको : शनिबार दिउसो म कास्कीको एउटा गाउमा हिन्दै थिएँ । हरी रोका ले फोन गर्नु भो र प्रा पिताम्बर शर्मा र दीपेन्द्र बहादुर क्षेत्री समेटाका साथी हरु मिलेर वाम गथबन्धनका पक्षमा बैचारिक पक्षधरता जाहेर गर्दै एउटा वक्तब्य जारी गर्न लागेका छौ, तपाईंको नाम समावेस गर्नु पर्‍यो है भनेर सोध्नु भो । मैले यती त ठिकै होला, आलोचनात्मक समर्थन गर्दै यो गथबन्धनले चुनाव जितोस भन्ने मेरो पनि राय हो भनेर बक्तव्यको पाठ नसुनी हुन्छ भनिदिएं । २ घण्टा पछी नै फोन आउन थाले बक्तव्यमा मेरो संलग्नता र हस्ताछ्यरका बिषय मा । सोधिएको एउटै बिषय हुन्थ्यो बाबुरामलाई खेदेर नारायण काजिलाई समर्थन गर्नु पर्ने के बाध्यता अाइलाग्यो ? अनी पो म आफ्नो हुस्सु पना देखेर झल्यांस्स भएं । बकत्ब्यको पुरा पाठ अहिलेसम्म पनि मैले पढेको छैन । अरु पक्ष बारे पढे पछी नै राम्रो नराम्रो भन्न सकिएला । तर त्यसमा बाबुराम भट्टराईको प्रसँग मिसाएर अप्रत्छ्य रुपमा नारायण काजिलाई मत माग्नु सम्पूर्ण बौदिकता र आलोचनात्मक चेतको बिरुद्दको कुरो हो मेरो लागि ।  समग्र बाम गथबन्धनको जित य भविश्य र त्यस्का शक्ती सम्बन्धका लागि बाबुराम न बाधक हुन न ब...

कसको षडयन्त्र गर्भाधान गरको हो काँग्रेसले ?

बुढीगण्डकी बहुउद्देश्यीय आयोजना निर्माण गर्न चिनको गेजुवा कम्पनीलाई दिने निर्णय तत्कालीन प्रधानमन्त्री प्रचण्डको पद छाड्छाड्दैको महत्वपूर्ण निर्णय थियो । राजनीतिक दृष्टिले निर्वाचन भैरहेको र प्रधानमन्त्रीले राजीनामा दिईसकेको समयमा गरिएको उक्त निर्णयमाथि प्रश्न उठाउन मिल्ला । यसैगरि विना प्रतिस्पर्धा एउटा कम्पनी छानेर काम जीम्मा लगाउँनु ठिक होकी होईन भनेर पनि कुरा उठाउन मिल्छ । तर चिनको गेजुवा कम्पनीसंग गरिएको उक्त समझ्दारीले नेपालको भावि आर्थिक विकासमा कोशेढुङ्गो मानिएको बुढि गण्डकी आयोजना समयमै सम्पन्न हुने विश्वास गरिएको थियो । खासगरि चिनको वेल्ट एण्ड रोड परियोजनामा यसलाई समावेश गरिदै थियो । रेलवेबाट कनेक्टीभिटी र बुढीगण्डकीबाट उत्पादित विद्युतले विद्युतीय रेलका लागि आवस्यक ईन्धन सहित अन्य आवस्यकता पुरा गर्ने तयारी थियो । यता अहिले नेपालमा चलिरहेका जलविद्युत आयोजनाहरु कुलेखानी बाहेक सबै रन अफ दि रिभर प्रकृतीका छन । बर्षामा विद्युत पर्याप्त भएर बेच्न पुग्ने तर हिउँदमा विद्युत खरिद गर्नुपर्ने वाध्यताबाट यो परियोजनाले मुक्त गथ्र्यो । यसैगरि फेवाताल भन्दा छ गुणा ठुलो जलासय बन्ने ...

लोभ, डर र राजनीति

नेपालमा भूमिसुधारसम्बन्धी बहस गर्दा भक्तपुरका किसान नेता जगन्नाथ आचार्यका प्रयास पनि सम्झनुपर्ने हुन्छ । उनले तत्कालीन नेपालमा जग्गावाल र मोहीबीचको सम्बन्धबारे उल्लेख गरेको एउटा प्रसंग बडो मार्मिक छ । ०१६ सालमा तत्कालीन प्रधानमन्त्री बिपी कोइराला र त्यतिवेला भक्तपुरबाट कांग्रेसका सांसद जगन्नाथ आचार्य सँगसँगै भक्तपुरको एउटा कार्यक्रममा जाँदै रहेछन् । बाटोछेउछाउमा किसानले गाग्रीमा पानी भरेर खेतमा ल्याई कुटोले कप्दै पानी राखेर धान रोपिरहेको प्रधानमन्त्रीले देखेपछि त्यसबारे जगन्नाथ आचार्यसँग जिज्ञासा राखेछन् । जगन्नाथले आफ्ना मतदाता पनि रहेका किसानबारे विस्तारमा बताउँदै बिपीलाई भनेछन्, ‘पानी नपरेकाले किसानले यसरी धान रोप्दै छन् । रोपिएन भने पनि तल्सिङले झन् धेरै कुत ठेकेर लिन्छ । यसरी रोपियो भने तीन भाग तल्सिङ र दुई भाग किसानको हुन्छ । किसानको कुत मिनाहा हुने कानुन छैन ।’ जगन्नाथ र बिपीको सवालजवाफ गजबको छ । जगन्नाथ अगाडि भन्छन्, ‘यता सामन्त र बिर्तावालका छोराहरू नै कम्युनिस्ट छन् । किसानहरू सीधा छन्, कम्युनिस्टको भ्रममा पर्छन् । यस्ता नक्कली कम्युनिस्टको भ्रममा परेर जुलुसमा जाने र पैस...

बिष्टको निधन

पुर्व प्रधानमन्त्री किर्तिनिधी बिष्टको निधन भएछ । एकजना सालीन ब्यक्तित्व भएका भद्र व्यक्ती थिए । उनको चाहना अनुसार राज्यले कुनै सम्मान गरेनछ । सम्भवत चुनाउ या अन्य शक्ती सम्बन्धमा केही असर पार्ने थियो भने अबस्य देउवा ओली र प्रचन्ड दौडदै गएर उनको शवमा माला लगाउदा हुन । बिष्ट झन्डै गुमनाम भाईसकेका थिए र उनको सान्दर्भिकता पनि बाँकी थिएन । र नेपालको ईतिहासमा सम्झिन लायक र सम्मान गर्न लायक पात्र पनि ती थिएनन । बिष्टका सबै राजनीतिक दिनहरु निरन्कुश राजाहरु र दरबारको चाकडी गर्दैमा बिते । उनलाई दरबरले चाइना तिर नजिक हुन प्रेरित गरे । भारतलाई केही धम्की दिनु पर्‍यो भने यि प्रयोग गरिन्थे । उपादेयता सकिएपछी फालिन्थे । यिनको न आफ्नै कुनै सोच थ्यो न चिन्तन । केही नेपालीहरु उनलाई राष्ट्रबादी र इमान्दार भन्दै प्रसम्सा गर्ने पनि छन । त्यसका लागि नेपालबाट भारतीय आर्मी चेकपोस्ट हटाएको जस उनलाई दियिन्छ । तर यो केबल महेन्द्र य शाही दरवारले गर्ने राजनीतिको खेल नबुझ्नेहरुको टिप्पणी हो र यिनको मकसद अहिलेका नेतालाई उल्लु देखाएर स्वाद लिनेसम्म हो । महेन्द्रको योजना र आदेश बिना चेक्पोस्ट हटाउन बिष्टले भूमिका ख...

आफ्नै आङमा काउसो दल्नेहरू

थर्ड ल अफ मोसन न्युटनको थर्ड ल अफ मोसनले हरेक क्रियाको उत्तिकै शक्तिशाली विपरीत प्रतिक्रिया हुन्छ भन्छ । तपाईं जति जोडले बल भुइँमा बजार्नुहुन्छ त्यति नै जोडसित त्यो माथि उफ्रन्छ । ओलम्पिक खेलमा पौडी प्रतियोगितामा खेलाडीले पोखरीमा हामफाल्नुअघि आफू उभिएको स्प्रिङबोर्डलाई जोडले तल थिच्छन् र त्यही बोर्डले दिने विपरीत प्रतिक्रियाका कारण हुत्तिएर हावामा पुग्छन् । यता राजनीतिमा क्रिया–प्रतिक्रियाका यस्ता भौतिक नियम पनि अनेक रूपमा देखिन्छन् । भर्खर नेपालका दुइटा ठूला वामपन्थी (?) दलहरूले आपसमा मिलेर निर्वाचन लड्ने र पछि पार्टी नै एकीकरण गर्ने घोषणा के गरेका थिए, त्यसले ती दलभित्र र बाहिर त्यस्तै शक्तिशाली प्रतिक्रिया जन्माइरहेको छ । यसपटकको रमाइलो के छ भने यो एकताले निर्माण गर्ने शक्ति, त्यसको भविष्य र आयुबारे तथा यसले नेपालको समकालीन राजनीतिमा पार्ने प्रभावबारे चर्चा गर्नुभन्दा पहिले नै एकथरि व्यक्ति, समूह र शक्ति ताउरमाउर गर्दै दिनको तीनपटक गोसाइँकुण्डमा हामफाल्दै, निस्कँदै गरिरहेको देखिन्छ । उनीहरू यसरी अत्तालिएका छन्, मानौँ सयौँ माहुरीले चिलेको होस् या आङमा काउसोको पोको घोप्टिएको हो...