Posts

एउटा डरलाग्दो मौनता

नेपालको सिमानामा भारतीयले लगाएको नाकाबन्दी जारी छ । र, जारी छ तराई मधेसको झन्डै आठ साता लामो आन्दोलन पनि । नाकाबन्दीले पहाडी क्षेत्रको जनजीवन अस्तव्यस्त छ । त्यसरी नै अस्तव्यस्त छ, मधेसका सर्वसाधारणको जीवन पनि । अर्थात् सिंगो नेपाल नै अस्तव्यस्त छ । यो अस्तव्यस्तताका तीन पक्ष छन्, आन्दोलनरत मधेसी मोर्चाका दल र नेताहरू, जो भारतसँग मिलेर काठमाडौंसँग दुश्मनी साँध्न हिँडेका जुवाडेझैँ आन्दोलनमा छन् । दोस्रो पक्षमा मधेस आन्दोलनको नाम सुन्दा पनि एलर्जी भएझैँ गर्ने काठमाडौंको सत्ताधारी वर्ग छ, जसको नेतृत्व सुशील कोइराला र केपी शर्मा ओलीले गरेका छन् । तिनीहरूको दम्भले देशले निकै ठूलो मूल्य चुकाइरहेको छ । र, तेस्रो पक्ष हो भारत, जसले नेपालमाथि यसरी व्यवहार गर्दै छ, मानौँ नेपाल भारतको ३०औँ प्रान्त हो र यसमा दिल्लीको सीधा शासन चल्छ । भारतले काठमाडौंलाई दबाब दिन कूटनीतिक लगौँटी खोलेर फाल्दै नांगै भएर नाकाबन्दी लगाएको छ र त्यसलाई नेपालमा रहेका ‘भारतीय मूलका नागरिकहरू’को हितरक्षाको जामा पहिर्‍याएको छ । भारतीय प्रधानमन्त्री मोदी र उनको दल भाजपाका स्वार्थ र त्यसको दर्शन कसरी एउटा भयानक दु:खान्त बनेर न...

यसपछि मैले सक्रिय राजनीति छाडेँ

१) ०४८ साल मंसिर २८ गते शनिबार । स्थान बालमन्दिरको सभाहल, पुतलीबजार स्याङ्जा । एमालेका केन्द्रीय सदस्य कमरेड त्रिलोचन ढकाल माइकअगाडि हातमा शपथ–ग्रहणसम्बन्धी नोट लिएर उभिएका थिए । स्याङ्जा जिल्ला कमिटी एमालेका सदस्य तथा अखिल नेपाल महिला संघका केन्द्रीय सचिव कमरेड लक्ष्मीकुमारी कार्की र नेकपा एमालेको साधारण सदस्य रहेको म झलक सुवेदीबीच विवाह सम्पन्न हुँदै थियो । पार्टीले नै यो विवाह कार्यक्रम आयोजना गरेको थियो । मञ्चमा भाषण र शुभकामनाको लहर चल्यो । वधूका परिवारजनले टीका लगाएर शुभाशिष दिने क्रम पनि सँगसँगै चल्यो । कुनै पनि खालको उपहार र दान–दक्षिणा भने निषेधित थियो । त्यसपछि शपथ–ग्रहण गर्ने, गराउने समय आयो । शपथ–ग्रहणका लागि उभिएपछि कमरेड त्रिलोचन शपथ व्यहोरा पढ्न थाल्नुभयो । मैले शपथका लागि त्यहाँ पढिएको भनाइ दोहोर्‍याउनुका साटो माइक लक्ष्मीजीतिर सारिदिएँ । हलमा मेरा मित्रहरू गलल्ल हाँसे । कोही बुझेर हाँसे र कोही नबुझेर हाँसेका थिए । पार्टीका विधि–विधान र अनुशासनमा बसिरहने मेरो अनिच्छाको सार्वजनिक अभिव्यक्ति थियो त्यो । त्यही वर्षको जेठमा संसद् निर्वाचन सकिनासाथ मैले पार्टीको जिम्मेवारीब...

संविधानमा उत्पीडित र श्रमिकको स्थान

संविधानको प्रारम्भिक मस्यौदामाथि संविधानसभामा छलफल समाप्त भएको छ । यसका विविध पक्षमा सार्वजनिक बहस पनि तीव्र भएको छ । संविधान ठीक छ कि छैन, यसले खासगरी जनआन्दोलन ०६२/६३ मा जनताले देखाएको उत्सर्ग, जनयुद्ध र मधेस आन्दोलनका क्रममा गरिएको बलिदानको सम्मान गरेको छ कि छैन ? एउटा समतामूलक समाजको स्थापनाका लागि, एउटा समावेशी लोकतान्त्रिक व्यवस्थाका लागि, जाति भाषा र क्षेत्रगत उत्पीडनको समाप्तिका लागि राज्यको पुनर्संरचनाको सन्दर्भमा यो मस्यौदाले बोकेको भावना तथा यसमा परिमार्जन भएर आउन सक्ने सम्भावित संविधानको चित्रले के–के दिने भयो र के–के बिगार्ने भयो ? यी प्रश्नको सेरोफेरोमा जनताले, जनमत निर्माताले, आन्दोलनका अगुवा र सहभागीले उत्साहजनक ढंगले बहस गरिरहेका छन् । यसमा खासगरी मधेसी, जनजाति, महिला र दलितको आक्रोश र दबाब निकै प्रभावशाली छ । सबै पार्टीका, खासगरी कांग्रेस र एमालेजस्ता परम्परावादी (उदारवादका प्रवक्ताका अर्थमा) दलका सभासद्ले समेत आफ्ना नेताका आधिकारिक या औपचारिक दृष्टिकोणका विपक्षमा आवाज उठाएका छन् । यस आलेखको विषय भने उत्पीडित समूह र श्रमिक वर्गका दृष्टिले मस्यौदा कति उदारवादी र कति ...

ग्रिस, युरोजन र नवउदारवाद

नेपालमा उत्पिडित जाति, समुदाय, लिंग र वर्गलाई अधिकार कटौती गर्ने तथा संघीयतालाई कमजोर बनाएर परम्परागत शासक वर्गलाई फायीदा पुग्नेगरि नयाँ संविधानको मस्यौदा सार्वजनिक हुँदैगर्दा उता विश्वमा भने यो शताव्दीलाई नै प्रभावित गर्नेगरि केहि महत्वपुर्ण घटनाहरु घटेका छन् । अहिलेकै भाँडभैलो कायम रहने हो भने नेपालले दशकौंसम्म पनि आन्तरिक राजनीतिक स्थिरता कायम गर्नै मुश्किल देखिन्छ । विकासका दृष्टिले अगाढी बढेर शक्तिशाली आर्थिक केन्द्र बन्दै भएका दुई विशाल छिमेकीका विचमा एउटा कमजोर र द्धन्दग्रस्त देशको भविष्य स्वतः संकटापन्न रहन्छ नै । यतिको राजनीतिक फेरवदल र क्रान्तीपछि पनि नेपालको शासकवर्गमा रहेको अल्पदृष्टि र शक्तिलम्पट राजनीतिक दृष्टिकोण नबदलिएको देख्दा अचम्म लाग्छ । अमेरिकी राष्ट्रपति वाराक ओवामाले संसदबाट प्रशान्त महासागर आरपारका देशहरुका विच सहकार्य र व्यापार बढाउन गरिने सम्झौतका लागि राखिएको प्रस्तावमा अनुमोदन प्राप्त गरेका छन् । यसले अष्ट्रेलीया, जापान, भियतनाम, संयुक्त राज्य अमेरिका, भियतनाम, क्यानाडा, चिलि, न्युजील्याण्ड, मेक्सीको, सिंगापुर मलेसिया र पेरु लगायतका देशहरुलाई समेटेको छ...

धार्मिक स्वतन्त्रता को पक्षमा

;+ljwfgsf] klxnf] d:of}bf w]/}sf nflu c;lhnf] kx]nL h:tf] ePsf 5 . h] klg 5 / s]lx klg 5}g h:tf] /x:osf] kf]sf] v'n]kl5 o;dfly cg]s vfnsf l6Kk0fL ePsf 5g\ . dw]zjfbL / hghftL bn / klxrfgsf] ljrf/ af]s]sfx?sf nlu ;+3Lotf / klxrfg b'j} clgl:rt ePsf] d:of}bfn] em:sfPsf] 5 . dlxnfx?sf nflu of] d:of}bf cfkm\gf clwsf/ yKg] eGbf 36fpg] k|sf/sf] k|ltufdL lrGtg af]s]/ cfPsf] 5 . cfdfx?sf gfddf ;xh 9+un] a+zhsf cfwf/df gful/stf k|fKt ug{ t o;n] /f]s]sf] 5 g} o;n] vf;ul/ g]kfnsf 5f]/Lx?n] ljb]zL gful/sx?;+u ljx] u/]/ klg g]kfnd} hLjg ljtfpF5' eGbf c;lhnf] x'g] ul/ c;dfg Joaxf/ ul/Psf] 5 . blntx?sf nflu s]lx ;+/If0fsf] s'/fx? ePklg /fhgLlts clwsf/sf b[li6n] o;n] pgLx?sf] k|ltlglwTjsf] ;'lgl:rttf u/]sf] 5}g . o;y{ of] k|ltufdL g} 5 cGtl/d ;+ljwfg eGbf . cGtl/d ;+ljwfgn] df]lx ls;fgx?sf kIfdf qmfGtLsf/L e"ld;'wf/sf] ls6fgL Joa:yf u/]sf] lyof] t/ o;k6s e"ld;'wf/nfO{ s'g} jfWosf/L l;4fGtsf ?kdf lnO{Psf] 5}g . oL Joa:yfx?n] uf0ftGq g]kfnsf] ;+ljwfg klg s]...

यी कविता, कथा र उपन्यास

भुइचालोले हल्लाएको देशको मानचित्रमा भविष्यको नक्सा कोर्न तम्सीरहेकाहरुको पंक्तिमा यो पंक्तिकार चैं पर्दैन । उसको जीम्मामा शुभकामना दिनु र भैरहेका कामको समिक्षा र आलोचना गर्नुृ नै परेको छ । यसैले यो भुईचालोको धक्काले हल्लाएर असमञ्जसमा परेको अवधीमा पनि हातपरेका केहि पुस्तक पढ्ने काम जारिरह्यो । अझ मज्जाले पो । भुईचालोले हल्लाएको मनबाट ध्यान अन्यत्र मोड्न र केहि हदसम्म आफ्नो व्यसनका कारणले । भुईचालो अगाडी नै बजारमा आएका थिए उपेन्द्र सुव्वाको कथासंग्रह ‘लाटो पहाड’ र भुपाल राईको कविता सङ्ग्रह ‘आगोले जन्मोत्सव मनाउँदैन’ । भुईचालो पछि भने आख्यानकार नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ बध’ बजारमा आयो । यी पुस्तकले पढ्नासाथ मनमा एकप्रकारको लेखकीय दवाव सिर्जना गरेका थिए । अहिले निकै लामो समय पछि लेख्नबस्दा उक्त उत्साह र भित्रका कतिपय सुचना सन्दर्भले चिमोट्न छाडेका छन् । तर पनि यी तिनवटै किर्तिहरु समकालीन नेपाली समाज, यसका पृष्ठभुमिहरु तथा त्यसमा आधारित भएर समाजमा उत्पन्न विमर्सहरुमा सार्थक हस्तक्षेपको प्रयास गरिरहेका सर्जकहको जीवन दृष्टि समेटीएका राजनीतिक धरातलमा लेखिएका हुनाले यीनको बारेमा चर्चा ग...

पुनर्निर्माण र संरचनागत परिवर्तन

भुइँचालोले मानव निर्मित भौतिक संरचनालाई दिएको धक्का र निम्त्याएको विनाश अहिले पनि चर्चाको शिखरमा छ । अब उद्धार र राहतको काम सकिएको र अस्थायी आवासका लागि टहरा, छाप्रा या पालका घरको एक प्रकारको जोहो भइसकेको छ । बस्ने परिवारका लागि यो व्यवस्थापन छोटो कात्रो जस्तो कतै नमिल्ने र नपुग्ने खालको छ, तैपनि राज्यका निकाय अब बिस्तारै तत्कालीन राहतका लागि १५ हजार रुपैयाँ मानिसका हातमा थमाएर विश्राम लिने तयारीमा छन् । यता पत्रपत्रिकामा पहाडका उच्च भागतिर खेत खलिहान र पाखो बारीबाट समेत विस्थापित भएर राहतको खाद्यान्नमा जिउ धानेर पालमा बसिरहेका र अनिश्चित भविष्य बोकेका मानिसका खण्डित सपनाबारे तस्बिरसहितका समाचार आउन छाडेका छैनन् । काठमाडांैका सार्वजनिक र निजी खाली ठाउँमा पाल टाँगेर बसेका हजारौँ परिवार अझै पनि सर्ने ठाउँ नपाएर बसिरहेका छन् । भूकम्पले गरेको क्षति अझै पनि सतही रूपमा मात्रै चित्रण गरिएको छ । वास्तवमा त्यसले पार्ने प्रत्यक्ष अप्रत्यक्ष क्षतिबारे सरकारी, गैरसरकारी दुवै स्तरमा मापन गरिएकै छैन । अब राज्यको चिन्ता अहिलेको भूकम्पबाट सरेर वर्षायाममा आउन सक्ने विपत्तितिर तन्केको छ । यही राहत उद्...