Posts

विकासमा ‘श्रम’को सहभागिता

माथिल्लो तामाकोशी परियोजना केहि दिन देखि तनावमा छ । नेपाली राजनीतिका पछिल्ला बर्षहरुमा अनेक खाले परियोजनाहरुले यस्तो तनाव व्यहोर्दै आईरहेकै हुन । श्रमीक हड्ताल, राजनीतिक हस्तक्षेप, गुण्डा या डनहरुको आतंक, परियोजना प्रभावित क्षेत्रका सर्वसाधारण जनताले संगठित रुपमा आफ्ना हितहरुका पक्षमा गर्ने मोलतोल यस्ता तनावका कारण रहि आएका छन् । माओवादी जनयुद्धका वेला ससस्त्र व्यक्ति या समुहले दिने सामान्य दवावले गर्ने बन्द पछि साधारण मानिसहरुको समुहले धम्की दिँदा पनि हुन थाल्यो । यसैले अहिलेको तामकोसी विवाद अथवा तनाव बाहिरबाट हेर्दा सामान्य लाग्न सक्छ । तर नेपालको वर्तमान संक्रमाणकालमा उठिरहेका अनेक अनेक व्यबधान भन्दा भिन्न तामाकोसीमा भएको अहिलेको विवादको महत्व दुरगामी देखिन्छ । यसलाई राज्यको समग्र विकास ढाँचालाई पुनपरिभाषित गर्ने अवसरका रुपमा लिन जरुरी छ । किनभने पहिलो पटक देशको श्रमीक वर्गले उत्पादनमाथि अथवा राज्यका स्रोत साधनको उपयोग मुल्यमाथि आफ्नो सानो हिस्सेदारीको दावि गरेको छ । विकासे ढाँचाका अर्थराजनीतिक बहसमाथि यो गम्भिर हस्तक्षेप मान्न सकिन्छ श्रमीकहरुका तर्फबाट । यसले दुईवटा महत्वपुर्ण ...

अनुत्तरित उत्तरहरु

के नेपालीहरु फेरि अर्को विद्रोह, आन्दोलन या क्रान्तीको प्रतिक्षामा छन् ? या विक्रम सम्वतको २०७० मंसीर ४ गते भएको मतदान मार्फत व्यक्त मतादेश (खै किन हो अहिले निर्वाचनमा व्यक्त जनमतको आदेशलाई मतादेश भनेर परिभाषित गरिदैछ र यस सन्दर्भमा जनादेशले आफ्नो अर्थ गुमाएको छ) लाई सबैकुराको फैसलाको अन्तिम कारक मानेर शान्तसंग ‘ख्वाई’ खान हिँडे ? आफैमा नमिल्दो लाग्ने यो प्रश्नको नेपथ्यमा केहि अगोचर तर छिटै मञ्चमा प्रकट हुनसक्ने कारणहरु विद्यमान छन् । एउटा सोह्रबर्ष पनि नपुगेको अल्लारे उमेरमा आन्दोलनमा लाग्दा लाठि र अश्रुग्याँसको प्रहार झेलेर केहि दिन गोडा खोच्याएको थिएँ मैले २०३६ साल वैशाख दोस्रो हप्ता । मलाई त्यो लाठिको चोटले आन्दोलनबाट भाग्न कहिल्यै सिकाएन । बरु अहिले पनि पो आफुलाई समाजको या राज्यको संस्थापन पक्षको देव्रेतिरै, असहमती तिरै, आलोचना गर्ने तिरै धकेलिएको पाउँछु । उक्त विद्यार्थी आन्दोलनको झण्डै ३६ बर्ष पछि पनि नेपाली राजनीतिले एउटा विधिका दृष्टिले स्थिर तर अर्थराजनीतिक परिवर्तनका आवस्यकताका दृष्टिले गतिशिल बाटो समातेको छैन । ०३६ पछि मैले २०४६ को आन्दोलनमा पक्राउ खानु अगाडीसम्म अनेक सडक ...

मेल गराउँछन् धर्मशाला !

प्रसिद्ध भारतीय कवि हरिवंश राय बच्चनको चर्चित काव्य छ मधुशाला । श्रव्य स्वरुपमा समेत उपलब्ध यो कविता नेपालका साहित्य अनुरागीका विचमा मात्र होईन अमिताभका फ्यानहरुका विचमा पनि चर्चामा रहन्छ । यसको सस्वर वाचन पनि अमिताभले गरेका छन् । त्यसैको एउटा पंक्तिको सार छ मन्दिर मस्जिदका नाममा झगडा गर्नेहरुको मेल मधुशालाले गराउँछ । राजनीतिक, साँस्कृतीक या आर्थिक मुद्धामा दिनभर एकअर्काको विरोध गर्ने र उस्तैपरे काटमार गर्नेहरु साँझपख एउटै मदिरालयमा मदिरापान गर्न पुग्छन् । यसरी मदिरालय एकताको एउटा शुत्र बन्छ । मुसलमान औ हिन्दु है दो, एक, मगर, उनका प्याला, एक, मगर, उनका मदिरालय, एक, मगर, उनकी हाला, दोनों रहते एक न जब तक मस्जिद मन्दिर में जाते, बैर बढाते मस्जिद मन्दिर मेल कराते मधुशाला ! नेपालमा भने अलि गोलमाल र उल्टोपाल्टो दृष्य उपस्थित छ । केहि स्थान छन् जसले एकअर्काको विपरित दिशामा यात्रा गरिरहेका देशका बडे बडे नेताहरुलाई एकैठाउँमा चाकडी गराउन पुर्याउँछन् । केहि बर्ष यता देशको राज्यकोष देखि सर्वसाधारणको थैलीसम्म अतिक्रमण गर्दै अनेकानेक मठ मन्दिर बनाउँने, आश्रम निर्माण गर्ने र अनेकानेक यज्ञ महाय...

एमालेको गाह्रो साह्रो

महाकाली सन्धी पछि राष्ट्रिय राजनीतिमा अनेक दुःख र अवरोहको सामना गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) यतिखेर निकै चर्चामा छ । संविधान सभाको दोस्रो ठुलो दल र सरकारको मुख्य सहयोगी दलका साथै चुस्त दुरुस्त मानिने आन्तरिक व्यवस्थापन र संगठन सहितको यो दल चर्चामा आउनुलाई सामान्य मान्दा हुने हो । तर वास्तविकता भने अलि फरक छ । यतिवेला ‘पार्टी’ एमाले भन्दा त्यसका अध्यक्षको चर्चा बढि भएको छ । जुन पार्टीका अध्यक्ष चर्चामा छन् त्यो अध्यक्षको मात्र चर्चा नभएर पार्टीको पनि चर्चा मानिने हुँदा एमाले चर्चामा देखिएको हो । धेरैबर्ष पछि उक्त पार्टीको लिंग छुटिन लागेको भनेर एमाले जनहरु खुशि छन । स्तब्ध छन् प्रतिपक्षीय मोर्चाका नेताहरु । र प्रफुल्ल छन मुख्य प्रतिद्धन्दी पार्टीका कार्यकर्ताहरु । जब कमरेड ओली पार्टी अध्यक्ष भए तवदेखि ओली र एमालेको व्यक्तित्वको ओभरल्यापिङ् भएको छ (यसबारे मित्र वसन्त वस्नेतको बालकोट पुराण चर्चामा छ) । अर्थात कमरेड ओलीलाई हेर्दा एमाले एमाले जस्तो अनि स्वयं एमाले हेर्यो ओली ओलीजस्तो देखिएर द्धिविधा उत्पन्न हुने अवस्था सिर्जना भएको छ । यसले कैलैकाहि यो टिप्पणीकारका आँखा समेत तिरम...

त्यो फुत्केको कत्ले माछो

नीयमित स्तम्भ लेखन पनि जागिरकै हिस्सा हुँदैनथ्यो भने म यो घिसेपिटे निवन्ध लेख्नेबारे सोच्ने पनि थिईन । दालभात, ग्याँस, आलु, प्याज, लसुन, जीरा, जुत्ता, मोजा या मोवाईलको रिचार्ज कार्ड जस्ता कुराका लागि दिनदिनै केहि न केहि  खर्च गर्नै पर्ने नहुँदो हो त यो जागिर अवस्य खाईने थिएन । मलाई त के लाग्छ भने हामीकहाँका अधिकाङ्स लेखकहरु मेरै जस्तो कारणले लेख्छन र बाहिर बाहिर चंंैं के के न गरेको देखाई टोपल्छन् । यस्तो भ्रममा बस्न कहिलकहिले मलाई पनि मनपर्छ । म यता लेख्न वसिरहेको छु र उता भित्ताको र्याकमा राखिएका पुस्तकको चाङवाट चिमामान्दा अदिचि या गाव्रियल गार्सिया मार्खेज, प्लेखानोभ या फुकुयामा, किसिञ्जर या लियो रोज, हर्क गुरुङ् या महेशचन्द्र रेग्मी, खगेन्द्र संग्रौला या देवेन्द्रराज पाण्डे, किशोर नेपाल अथवा डा. बाबुराम भट्टराई, रामचन्द्र गुहा या अमत्र्य सेन अथवा समकालीन या पुराना अनेकवली लेखकका पुस्तकले चीयाईरहेका छन् । मलाई तीनले गिज्याईरहे झैं लाज लाग्छ । उसो त म कुनै निवन्ध लेखक पनि होईन । राजनीतिक टिप्पणीका सनातन शब्दहरुलाई उल्टाईपल्टाई खेल्ने औसत लेखनी भएको म जस्तोले निवन्ध लेख्ने शिप फेर...

OUTLOOK with Jhalak Subedi by Shubha Shankar Kandel, ABC Television, Nepal

Image

दलालतन्त्र भर्सेज लोकतन्त्र

मैले नेपाल किन बनेन, कसरी बन्छ भन्नेबारे भएका अनेक तर्क सुन्न थालेको पनि अब त ४० वर्षभन्दा बढी भएछ । पहिले सुनिन्थ्यो मात्रै । आफूभन्दा बुढाले गरेको गफ ट्वाल्ल परेर सुन्नु र त्यसमा विश्वास गर्नु किशोर कालको नियति थियो । तर, आफ्नो उमेरजन्य चञ्चलताबाट समय निकालेर त्यस्ता कुरा गर्नेका निकट जाने र ध्यानपूर्वक उनीहरूका कुरा सुन्ने बानीले मलाई पनि मौका पर्दा वाद–प्रतिवाद या तर्क गर्ने बानीले आक्रमण गरेको थियो । एकप्रकारको गफाडी विधामा मैले किशोरावस्थामै प्रवेश गरेको थिएँ । जब राजनीतिक आन्दोलनमा सहभागी बनेर पक्षधरता लिन थालियो अनि मात्र यस्ता बहसका तर्क प्रणालीबारे धेरथोर ज्ञान चाहिएको थियो । तर, यतिका राजनीतिक परिवर्तन र आन्दोलनपछि पनि साढे तीन दर्जन वर्षभन्दा बढी समयसम्म मैले सुनेका केही गफमा निकै समानता छन् । त्यसमध्ये पनि उही कुरो दोहोरिने अविकासका बारेमा हो । उतिवेलादेखि अहिलेसम्म पनि सबैजसोले गलत नेता, भ्रष्टाचार, मानिसको नकारात्मक सोचाइलाई अविकासका लागि दोष दिने गरेका छन् । पहिले राजा र पञ्चहरूलाई, बीचमा कांग्रेस र एमालेका नेतालाई, पछिल्लो समय माओवादीसमेत थपेर उनै कांग्रेस र एमाल...