Posts

दलालतन्त्र भर्सेज लोकतन्त्र

मैले नेपाल किन बनेन, कसरी बन्छ भन्नेबारे भएका अनेक तर्क सुन्न थालेको पनि अब त ४० वर्षभन्दा बढी भएछ । पहिले सुनिन्थ्यो मात्रै । आफूभन्दा बुढाले गरेको गफ ट्वाल्ल परेर सुन्नु र त्यसमा विश्वास गर्नु किशोर कालको नियति थियो । तर, आफ्नो उमेरजन्य चञ्चलताबाट समय निकालेर त्यस्ता कुरा गर्नेका निकट जाने र ध्यानपूर्वक उनीहरूका कुरा सुन्ने बानीले मलाई पनि मौका पर्दा वाद–प्रतिवाद या तर्क गर्ने बानीले आक्रमण गरेको थियो । एकप्रकारको गफाडी विधामा मैले किशोरावस्थामै प्रवेश गरेको थिएँ । जब राजनीतिक आन्दोलनमा सहभागी बनेर पक्षधरता लिन थालियो अनि मात्र यस्ता बहसका तर्क प्रणालीबारे धेरथोर ज्ञान चाहिएको थियो । तर, यतिका राजनीतिक परिवर्तन र आन्दोलनपछि पनि साढे तीन दर्जन वर्षभन्दा बढी समयसम्म मैले सुनेका केही गफमा निकै समानता छन् । त्यसमध्ये पनि उही कुरो दोहोरिने अविकासका बारेमा हो । उतिवेलादेखि अहिलेसम्म पनि सबैजसोले गलत नेता, भ्रष्टाचार, मानिसको नकारात्मक सोचाइलाई अविकासका लागि दोष दिने गरेका छन् । पहिले राजा र पञ्चहरूलाई, बीचमा कांग्रेस र एमालेका नेतालाई, पछिल्लो समय माओवादीसमेत थपेर उनै कांग्रेस र एमाल...

ऋतुराजका छेडखानी

Image
‘नागरिक समाजका एकजना ठूला नेताको घरमा फोन गर्ने काम पर्‍यो । उनी प्रगतिशील सोच र अग्रगामी विचारका लागि चिनिन्छन् । सामाजिक न्याय र समानताका भाषण गर्छन् । फोन कसैले उठायो । सायद घरमा काम गर्ने हुनुपर्छ । जवाफ आयो : ‘घरमा होइसिन्न ।’ ‘कहिले आउनुहुन्छ ?’ ‘राति मात्रै आइसिन्छ ।’ अर्का वामपन्थी नेतालाई पनि फोनबाट सम्पर्क गर्नुपर्ने खण्ड आयो । फोन उनकी धर्मपत्नीले उठाएको हुनुपर्छ । जवाफ आयो ‘भुजा ज्युनार गरिसिँदै छ ।’ …एकजना जनजाति नेता छन्– बोल्दा आगो ओकल्ने, भाषण गर्दा सामन्तवादको जरै उखेल्नुपर्छ भन्ने, नेपाली भाषालाई नेपाली भाषा नभनेर खस भाषा भन्ने । उनको घरमा फोन गर्दा पनि ‘काजीसाहेब र ‘दुलहीसा’ब सँगै डिनरमा सवारी भा’छ’ भन्ने उत्तर पाइयो । …अब त लोकतन्त्र आयो । गणतन्त्रमा जाने कुरा गरिरहेछन् सबै । बोलीमा समेत लोकतन्त्र ल्याउन नसक्नेहरू गणतन्त्रमा जालान् भनी आशा गर्न सकिएला र ?’ (ऋतुविचार, पेज १९८) । छोटा र चिटक्क परेका वाक्य । झर्रो नेपालीको रैथाने बास्ना आउने शब्द । आफ्नो समयको समाज, राजनीति, संगीत, कला, संस्कृति तथा विकासलगायत अनेक विषयमा देखा पर्ने असंगतिमाथि ट्वाक्क–ट्वाक...

सामाजिक मनोविज्ञान र सञ्चार

Image
सिन्धुपाल्चोकमा गएको पहिरो र बाढीले डेढ सयभन्दा बढी मानिस मरे । पहिरोले जनधनको अकल्पनीय क्षति भएको र बाढीको त्रासले नदीकिनारका बासिन्दा अनेक संकटमा परिरहेको समाचार सार्वजनिक गर्ने र त्यसप्रति विश्वको ध्यान खिच्ने काम सञ्चारका साधनले नै गरेका थिए । तर, त्यही वेला नेपालको सरकार र उच्च तहको ब्युरोक्रेसीको मुख्य ध्यान भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणमा केन्द्रित भयो । मोदीको स्वागतमा विमानस्थलमा प्रधानमन्त्री, सभामुख, दुईथान उपप्रधानमन्त्री र मन्त्रीहरूको लस्कर देख्दा विश्वले लाजले जिब्रो टोक्यो । यसले प्रदर्शन गरेको दास मनोवृत्तिसँगै सरकारका तर्फबाट पहिरोपीडितमाथि देखाइएको संवेदनहीनतालाई पनि सञ्चारमाध्यमले उजागर गरेका थिए । ठीक त्यही वेला नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत पहिरो र त्यहाँ भएको मानवीय संकटले भन्दा मोदी भ्रमणले महत्त्व पायो । अर्थात् समाचारको प्राथमिकता कता थियो भन्ने परीक्षणको कुरा हो यो । कतिपयले बाढीसँग सम्बन्धित समाचारको महत्त्वलाई न्यूनीकरण गरेका थिए । मानिसको ज्यान होइन, शक्ति र सत्ता सञ्चारका लागि महत्त्वपूर्ण हो भन्ने सन्देश केही समाचारले दिएका थिए ।...

निराश चिकित्सक र विरामी प्रधानमन्त्री

मंगलवार एकजना अधेडावस्थाका डाक्टर भेट भए उमेरले मेरा समकालीन । उनको एकजना छोराले पनि चिकित्सा शास्त्र अध्ययन सकेर नेपालकै नीजी क्षेत्रको एउटा नामी अस्पतालमा प्राक्टीस थालिसकेका छन् । यी पिता डाक्टरसंग पहिले देखि पनि समकालीन राजनीतिका विषयमा कुरा भैरहन्थ्यो । उनले कुरा थाल्ने मेलो गदै भने ‘आजकल धेरै भो नी तपाईको लेख पढ्न नपाएको ?’ मैले आफुले कान्तिपुरमा लेख्न छाडेको र नयाँ पत्रिकामा नियमीत स्तम्भकारका रुपमा लेख्दै गरेको जवाफ दिएपछि उनले भने “हेर्नुस तपाईलाई किन ढाँट्ने ? आजकल मलाई पत्रपत्रिका पढ्न, टिभिमा आउने समाचार र सम्वादहरु हेर्न मन लाग्दैन । पढ्न छाडें भन्दा हुन्छ । केहि पत्रिकाका ओपएडहरु कहिले कहिले हेर्छु त्यो पनि अंग्रेजी पत्रिकामा छापिएका । जव लेख्ने वोल्नेहरुका भन्ने कुरा र गर्ने कुरा फरक फरक हुन्छन् तव त्यस्ताको सम्वाद सुनेर म किन समय वरवाद गर्ने ? मलाई एकजना नेताप्रति पनि विश्वास छैन । गुण्डा र राजनीतिको सम्वन्ध, प्रहरीले गर्ने गैर न्यायीक हत्या, हर क्षेत्रमा राज्यको नीकम्मा पन देख्दा देख्दा मलाई देश देखेर विरक्त लाग्न थालेको छ । म अहिलेको नेतृत्व मात्रै होईन पछिल्लो पुस्त...

संक्रमणकालिन छट्पटी

बुधबार विहानै भारतीय पत्रकार सिद्धार्थ बर्धराजनले समाचार संस्था एपीले अंकाराबाट पठाएको एउटा समाचारलाई ट्विटेका रहेछन् जसमा जनाइए अनुसार टर्कीका उपप्रधानमन्त्री बुलेन्त अरिन्कले गत साता भनेछन् ः ‘महिलाहरुले सार्वजनिक ठाउँमा चर्कोसंग हास्नु हुन्न । ईज्जतदार माहिलाहरु सार्वजनिक स्थानमा त्यसरी हाँस्दैनन् ।’ त्यसका विरुद्ध महिला अधिकारकर्मि तथा टर्किस ससदका सदस्य ऐलिन नजलियकाले त्यहाँको अदालतमा मुद्धा दायर गरेकी छिन । केहि टर्किस महिलाहरुले आफु मज्जाले हाँसीरहेको फोटो सामाजीक सञ्जाल फेसबुकमा छ्याप्छ्याप्ती राखेर उपप्रधानमन्त्रीको भनाईमाथि व्यंग्य गर्दै खिल्ली उडाएका छन् । समाचारलाई केलाउँदा देखिने सत्य के हो भने उपप्रधानमन्त्रीको सार्वजनिक स्थानमा आएको अभिव्यक्तिःकुनै एकलकाटे मनोरोगीको अभिव्यक्ति होईन बरु यो त टर्कीस समाजको पुरुष मनोविज्ञानको अभिव्यक्ति हो । तिव्ररुपमा पुँजीवादको विकास भएको र युरोपेली संस्कृतीको चर्को निशानामा रहेको टर्कीका पुरातनपन्थी राजनीतिज्ञहरु भने यो परिवर्तनले खोजेको साँस्कृतीक रुपान्तरणलाई स्विकार गर्न मानिरहेको छैन । उदारवादी मुश्लिम समाजमा पनि महिलाप्रति पुरुष ...

पावर ट्रेडको भ्रम

गरिव हुनु व्यक्ति या परिवारको जीवनमा मात्र होईन देशको जीवनमा पनि निकै कष्टदायक कुरा हो । नेपाल गरिव छ त्यसैले यो छट्पटिमा छ । त्यसमाथि नेपालले अहिलेसम्म न त स्थिर सरकार पाएको छ न त स्थिर नेता । नेता जब आफ्नो राजनीतिक भविष्यका बारेमा अनिस्चित हुन्छन् तव उनीहरुले देशका बारेमा होईन आफ्नो राजनीतिक भविष्यका बारेमा मात्र सोच्न थाल्छन् । त्यस्तो देशले प्रगति गर्नु झण्डै असम्भव कुरा हो । नेपालमा गएका २४ बर्षमा भएको राजनीतिक परिवर्तन, नेतृत्व परिवर्तन अझै स्थिर नभैसकेको राजनीतिक व्यबस्थालाई हेर्यो भने देखिन्छ हाम्रो देशले नीतिगत स्थिरताको बाटो समात्न अझै लामो समय कुनुपर्ने हुन्छ । नेपालकोजस्तो भुराजनीतिक व्यबस्था भएको मुलुकका लागि राजनीतिक स्थिरता नै विकासको प्रमुख शर्त हो । भारतका रणनीतिक स्वार्थहरुसंग टक्कर नलिईकनै नेपालका दिर्घकालीन रणनीतिक हितहरुको रक्षा गर्नुपर्ने चेपुवामा पर्नु यहाँको हरेक नेतृत्वको नियती नै हो । तर अहिलेसम्मको प्रवृर्ती हेर्दा धेरैपटक नेपालको राजनीतिक नेतृत्व भारतीय अवधारणा या धम्कीको शरण पर्ने गरेको देखिएको छ । जसले टक्कर लिन या नेपालका हितहरुलाई प्राथमिकतामा राख्यो उ...

आफ्नो समयका किशोर नेपाल

किशोर नेपालका बारेमा केहि लेख्नु जोखिमपुर्ण छ । उनी अझैपनि सक्रिय लेखनमा छन् र अझ अखवारी लेखनमा उनि आफ्नो उमेर समुहबाट धेरैपछिका सक्रिय र उदीयमान लेखकलाई पछि पार्ने गरि लेख्छन् । उनी कवेल उहिल्यै विताएका जीवनका वासी सम्झनाहरु उग्राएर दिन विताउने अल्छे अधेडावस्थाका गफाडी पनि होईनन् । अहिले पनि देशका कुनाकाप्चा पुग्छन्, शहर र गाउँ, तराई र पहाड जताततै पुग्छन् र साधारण मानिसहरुका सामयीक चिन्ताहरु अनुभव गर्छन अनि त्यसैलाई आफ्नो भाषिक चातुर्य सहति पाठकहरुकहाँ पुर्याउँछन् । दुरदराजका साधारण मानिसहरु र काठमाण्डौका कुलिनहरुका कक्टेल पार्टीहरुसम्म समान पहुँच राख्ने, सत्तावृत्तका घरेलु तथा आयातीत षडयन्त्रका तानावाना बुन्नेहरुसंग एकैपटकमा सम्वाद स्थापना गर्ने सम्भवतः उनी पहिलो नम्वरका नेपाली पत्रकार हुन । उनका विचार र उनका राजनीतिक अर्थबोक्ने टिप्पणीहरुमा सहमत या असहमत हुन सकिन्छ तर केदारभक्त माथेमाले भनेजस्तै तीनको लेखनलाई वेवास्ता गर्न सकिन्न । यस्तो लेखकका बारेमा अर्को लेखकले टिप्पणी गर्नु सहज हुँदैन (थोरै तलमाथि भयो र उनलाई चित्त बुझेन भने उल्टो झापड खाईन्छ भनेर चैं होईन) । त्यसमाथि आफु परियो...