Posts

बकिंहममा चिनियाँ प्रधानमन्त्री

चिनियाँ प्रधानमन्त्री ली ख छियाङ बेलायतको भ्रमणमा छन् । यसपटकको चिनियाँ प्रधानमन्त्रीको भ्रमण टोलीमा २०० जना चिनियाँ व्यापारी या व्यापारिक प्रतिष्ठानका उच्च अधिकारी सामेल छन् । अर्थात् यो दुनियाँकै ठूलो प्रतिनिधि मण्डलमध्येको एउटा हो । यसअघि ब्रिटिस प्रधानमन्त्री क्यामरुन गत डिसेम्बरमा चीन भ्रमणमा आउँदा झन्डै यत्रै आकारको प्रतिनिधि मण्डल लिएर आएका थिए । चीन र बेलायतबीच प्रतिनिधि मण्डल आउनु–जानु, कूटनीतिक भ्रमणहरूको आदान–प्रदान हुनु सामान्य कामकाजका रूपमा लिन सकिन्छ । तर, इतिहासका केही सन्दर्भसँग भिडाएर हेर्दा भने यसपालिको चिनियाँ भ्रमणका केही ऐतिहासिक महत्त्व र संकेत भेटिन्छन्, जसले आगामी शताब्दीको विश्व शक्ति सन्तुलनको मानचित्र मात्र देखाउँदैन, बरु बितेका झन्डै दुई सय वर्षमा विश्व पुँजीवादमा आएको विकास र परिवर्तनको झाँकी पनि देखिन्छ । चिनियाँ प्रधानमन्त्रीको भ्रमणको चर्चा उनलाई बेलायती राजप्रासाद बकिंहम प्यालेसमा महारानी एलिजाबेथ द्वितीयाले गरेको स्वागतका सन्दर्भमा पनि भएको छ । सामान्यतया समकक्षीहरू अर्थात् राज्य प्रमुखहरूसँग मात्र महारानीले भेट्ने गर्छिन् । यसअघि उनले जर्मन चान...

कस्ता किसान कस्तो भूमि–व्यवस्था ?

जुन ११ को अनलाइन संस्करणमा टाइम्स अफ इन्डियाको एउटा समाचारको शीर्षक छ, ‘दिल्लीमा भएको एउटा गोप्य बैठकमा भारतले चीनलाई भूमिसम्बन्धी कानुन पढायो ।’ समाचारमा भनिएको छ ‘चीनमा हुने भूमिको निजीकरणमा भारतले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुनसक्छ । गोप्य राखिएको एउटा बैठकमा, कानुनी मामिलासम्बन्धी विभागका उपमन्त्रीको नेतृत्वमा आएको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलले भारतीय कानुन निर्माण विभागका उच्च अधिकारीसँग चीनमा ‘सहर र गाउँ दुवै क्षेत्रका जनतालाई भूमिमाथि निजी स्वामित्व प्रदान गर्ने’सम्बन्धी एउटा प्रभावकारी ऐन निर्माणबारे बुझेका थिए । ‘भूमिसम्बन्धी झगडाको व्यवस्थापन, क्षतिपूर्ति, घरको स्वामित्वमाथि कानुनी र नीतिगत संरक्षण तथा त्यसको पुस्तान्तरण’लगायत विषयमा छलफल भएको थियो ।’ यो समाचारले आफैँमा ठूलो महत्त्व राख्छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको क्रान्तिपछि सन् १९४९ मा जनगणतन्त्र घोषणा भयो र एक वर्ष नपुग्दै भूमिसुधारसम्बन्धी कानुन जारी भयो । मूख्यत: सामन्ती जामिनदारी प्रथा रहेको चीनमा भूमिसुधारको अर्थ जमिनदारको जमिन खोसेर किसानलाई वितरण गर्न...

some photos

Image

भारतीय कम्युनिस्टहरूको खस्कँदो हालत

यसपटकको भारतीय लोकसभाको निर्वाचन धेरै दलका लागि ऐतिहासिक रह्यो । जताततै चर्चामा रहेर अरूलाई पूरै छायामा धकेलिदिएका नरेन्द्र मोदी र भारतीय जनता पार्टीका लागि यसको ऐतिहासिकता पहिलोपटक एकल बहुमतको अवस्थामा पुग्नु हो । उसको यो विजयले यसै पनि साख गुमाउँदै गएको नेहरु – इन्दिरा परिवारको राजनीतिक वर्चस्व तथा स्वतन्त्रोत्तर भारतले अँगालेको समाजवादी बाटोको बचेखुचेको प्रभाव एकैपटक बढारेर लानेछ । भारतले एक्काइसाँै शताब्दीमा एउटा सबल एसियाली शक्ति र त्यसका लागि आवश्यक पर्ने अर्थतन्त्रको विस्तारको राजनीतिक आधारका रूपमा भाजपालाई छानेको आँकलन गरिएको छ । यसै पनि विश्वमा सन् १९९० मा सोभियत संघको पतनसँगै थालिएको अमेरिकी एकल नेतृत्वको विश्व व्यवस्था चरमराएको छ । बहुध्रुवीय विश्वको परिकल्पना गरिन थालेको छ । पुँजीवादी विकासका लागि पर्याप्त सम्भावना बोकेको र आफ्नो शक्ति र स्रोतको उपयोग गर्न तथा बजारको विस्तार गर्ने धेरै कच्चापदार्थ भएको चीन अबको विश्व शक्ति सन्तुलनका लागि महत...