Posts

कमरेड केसी र ‘कम’रेड भेटवाल

म आफूलाई अहिले पनि सगर्व एमाले हुँ भन्न रुचाउँछु । भ्रम नरहोस् यहाँ विमल निभाको परिभाषाअनुसारको एमाले भनिएको हो । हो म एमाले नै हुँ : ‘एउटा माक्र्सवादी लेखक’ । यो विचित्रको संसारमा मेरो राजनीतिक हैसियत पनि विचित्रसँग एमाले अर्थात् एकीकृत माक्र्सवादी लेनिनवादी पार्टीसँग भूतदेखि वर्तमानसम्म गाँसिएको छ । मैले ०५९ सालपछि लुसुक्क अर्थात् विनाहल्लाखल्ला पार्टीसँगको औपचारिक सम्बन्ध त्यागेको थिएँ । कुनै अर्को पार्टीमा प्रवेश गरेर या एमालेसँग कुनै झ्वाँक फेर्न परित्यागको वक्तव्य दिएर म एमाले भन्ने पार्टीमा नरहेको होइन । बरु विशुद्ध एमाले (एउटा माक्र्सवादी लेखक) बन्न सकिन्छ कि भनेर म यसरी एक अर्थमा एउटा एमालेबाट अर्कोमा ‘पलायन’ भएको थिएँ । तर, म लेखक एमालेलाई पार्टी एमालेले भने आफ्नो नियन्त्रणमा राख्ने प्रयास अझै छाडेको छैन । कसैले पोखरा बैरागी वनछेउमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीको कास्की जिल्ला पार्टी कार्यालय भवनको कुनै दराजमा थन्क्याइएको ०६५ साल वैशाखको जिल्ला कमिटी बैठकको माइन्युट पल्टाएर हेर्‍यो भने म अझै पनि सांगठनिक रूपले एमालेमै देखिनेछु । उक्त निर्णयबारे...

आमसञ्चार र वर्चस्वको लडाइँ

संविधानसभाको निर्वाचन नजिकिँदै गर्दा फेरि नेपाली समाज धेरैजसो पुराना मुद्दातर्फ केन्द्रित भएर वर्चस्वको लडाइँतिर मोर्चाबन्दी गर्न थालेको छ । यस्तो वर्चस्वको लडाइँ लड्ने विभिन्न माध्यम छन् । पार्टी र त्यसको विचारलाई निर्देशित गर्ने नेताहरू, तिनका संगठन सञ्जाल, तिनले गर्ने आमसभा, कोठे बैठक, साना ठूला भेला, भित्ते पोस्टर, पम्पलेट, पर्चा, भित्तामा लेखिने नारा, घरघरमा गएर गरिने कुराकानी, जुलुस, लगाइने नारा, त्यस्ता नारा लगाउँदा प्रयोग हुने प्लेकार्ड, देखाइने डन्डी र लठ्ठी घोचाहरू, प्रयोग हुने बस या सवारीका साधन, यता त्यता जम्मा हुने चुल्ठे मुन्द्रे, गाउँमा पुग्ने बाहिरका सुकिला मुकिलाले सुनाउने कुरा सबै यस्तो वर्चस्व निर्माणका माध्यम हुन् । पञ्चायतकालमा त उम्मेदवारले सर्वसाधारण किसान या गोठाला खेतालाको खुट्टा समातेर ढोग्ने, उसको हात समातेर आफ्नो निधार या थाप्लोमा राखेर आशीर्वाद माग्नेसमेत गर्ने गर्थे । आमा समूह, युवा क्लब, विद्यालय, मन्दिर या अन्य सार्वजनिक स्थलका लागि भनेर चन्दा या आर्थिक सहयोग दिने, मतदानका दिन मतदान स्थलमा नै नोट बाँड्ने, रक्सी या खाजा खुवाउने र त्यसअघि नै व्यक्ति या...

किरण कमरेड : निर्वाचनमै आउनोस्

अन्तत: छाँटकाँट हेर्दा ४ मंसिरका लागि निर्धारित संविधानसभाको निर्वाचन आयोजना हुने प्रस्ट संकेत देखापरेको छ । अर्थात् यसका लागि वैधानिक तथा कानुनी अड्चन सकिएका छन् । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र त्यसमा आबद्ध मोर्चाले संविधानसभाको निर्वाचनमा सहभागी हुन राखेका केही सर्त मान्न अस्वीकार गर्दै ६ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र र कामचलाउ सरकार दुवैले निर्वाचनका कार्यक्रम अगाडि बढाउन तत्परता देखाएपछि यस्तो देखिएको हो । दुई दिनअघिसम्म पनि वैद्य नेतृत्वको मोर्चालाई यसै प्रक्रियाभित्रबाट निर्वाचनमा सहभागी गराउन सक्रिय रहेका यी शक्तिको अन्तिम प्रयास असफल भएपछि अब उक्त मोर्चाविना नै निर्वाचनमा जाने परिस्थिति सिर्जना भएको छ । यसरी आफूलाई फरक एजेन्डा रहेको अलग राजनीतिक शक्तिको रूपमा दाबी गर्दै सडकमा आएका पार्टीलाई सडकमै छाडेर गरिने निर्वाचनको औचित्य, त्यसको वैधानिकता र त्यस्तो संविधानसभाले बनाउने संविधानको सर्वस्वीकृत स्वामित्वबारेका प्रश्नलाई बहसमै छाडेर निर्वाचन प्रक्रिया अगाडि बढ्न लागेको हो । नेपाली राजनीतिमा यस्तो घडी ००७ साल र ०४७ सालमा पनि आएको थियो । ००७ सालमा यो या त्यो रूपम...

उचनिचको अपसंस्कृति र भुइँ मान्छेहरू

झलक सुवेदी राजनीतिक विषयमा टिप्पणी गर्ने भएकाले होला मलाई कहिलेकाहीँ केही फोरममा जाने काम आइलाग्छ । यसैक्रममा राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्म र भोटरदेखि छेउबाट टिप्पणी गर्नेसँग भेटघाटको अवसर जुर्छ । आफ्नो राजनीतिक पृष्ठभूमिका कारण मेरो सबैभन्दा बढी भेटघाट जता गए पनि एमालेका साथीसँगै हुन्छ । कहिलेकाहीँ नेपाली कांग्रेस र एमाओवादीका मित्रहरू पनि भेट हुन्छन् । यस्तो भेटमा जब पार्टी संरचनामा ‘माथिका’ जसमा काठमाडौंमा बसेर राजनीति गर्नेहरू अथवा केन्द्रीय समितिमा बस्नेहरू र ‘तलका’ अर्थात् जिल्ला या क्षेत्रस्तरमा बसेर काम गर्ने भेट हुन्छन्, तब तिनको सम्बन्धमा रहेको असमानता झल्किने गतिविधि देखापर्छन् । म हाम्रो राजनीतिको केन्द्रवादको भर्सेलामा पर्नुपर्ने यस्तो पाटो देखेर बिरक्तिन्छु । यस्तो सम्बन्ध नेपाली कांग्रेसमा सबैभन्दा बढी असमानतापूर्ण र हाइरार्कियल देखिन्छ मेरो अनुभवमा । यसै साता धनगढी गएका वेला एमालेका एकजना केन्द्रीयस्तरका नेता हवाई अड्डामा ओर्लंदै गर्दा उनीभन्दा पाका र शालीन तथा स्थानीय एमाले वृत्तमा लोकप्रिय भएर पनि पार्टीको गुटगत उचनिचका कारण सिमान्तीकरणमा धकेलिएका नेता ...

ekantipur.com | Multimedia | Video | Dishanirdesh with Jhalak Subedi- August 29, 2013

ekantipur.com | Multimedia | Video | Dishanirdesh with Jhalak Subedi- August 29, 2013

मृत ‘जबज’का जन्तीहरू

नेपाल कम्युनिस्ट पार्टी एकीकृत (माक्र्सवादी–लेनिनवादी) । ०४८ सालको संसद्ीय निर्वाचनमा दोस्रो दलका रूपमा संसद्मा प्रवेश । ०५१ को मध्यावधि निर्वाचनमा देशको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा उभिन सफल । नेपालमा पहिलो कम्युनिस्ट सरकारका रूपमा अल्पमतको सरकार स्थापना । सुधारका कामहरूको थालनी । लोकप्रियता बढ्ने क्रममा सरकारको पतन । दक्षिणपन्थीहरूसँग गठबन्धनहरूको निर्माण र विनिर्माण । महाकाली सन्धिको प्रश्नलाई लिएर भएको मतभेदपछि ०५४ मा पार्टी विभाजन । ०५८ मा पुन: एकीकरण । सशस्त्र संघर्षमा रहेको माओवादीका विपक्षमा ज्ञानेन्द्र र शेरबहादुर देउवासँग गठबन्धन । ज्ञानेन्द्रबाट धोका पाएपछि राजतन्त्रका विरोधमा माओवादीसँगको गठबन्धनमा सहभागी । जनआन्दोलनपछिको पहिलो निर्वाचनमा तेस्रो पार्टीका रूपमा स्थापित । लामो समयदेखि सिद्धान्तहीनताको सिकार । एकथरिबाट आगामी महाधिवेशनमा नेतृत्वमा आफूलाई स्थापना गर्न अहिल्यैदेखि विचारधारात्मक बहसको प्रयास । जनताको बहुदलीय जनवाद (जबज)का नाममा एउटा ‘मृत कार्यक्रम’का वरपर बहस केन्द्रित । परिमार्जन र सुधार खोज्छौँ भन्नेहरू र यताउता गर्नै हुन्न भन्नेहरूबीच जबजको लास तानातान ।...

दी इन्डिया फ्याक्टर

झलक सुवेदी भारतीय विदेशमन्त्री सलमान खुर्सिद नेपाल आए र सबै दललाई निर्वाचनबारे भारतको समर्थन रहेकामा आश्वस्त पार्ने प्रयास गरेर गए । उनलाई भेट्न होटेल द्वारिकामा लाम लागेका नेताको दुर्दशा हेरेर त्यसबारे नकारात्मक टिप्पणी त धेरै भए तर संविधानसभाको निर्वाचनका सम्बन्धमा भारतको सम्भावित भूमिका र त्यसका प्रभावबारे यथार्थ आँकलन गर्ने भने सञ्चार माध्यमका बजारमा कमै देखा परे । नेपाली राजनीतिमा भारतका स्वार्थ, चासो र हस्तक्षेपको मात्रा र त्यसका प्रभाव सूक्ष्म रूपले नकेलाई गरिने टिप्पणीका सतही कुराले छोपछाप पारेर वास्तविक भूमिकालाई लुकाइदिन्छन् । यसपालि पनि त्यस्तै हुने सम्भावना छ । नेपालमा हुन गइरहेको संविधानसभाका निर्वाचनका सम्बन्धमा भारतका स्वार्थ निकै बलशाली छन् र कतिपय वेला तिनले नेपालको भावी संविधानसभामा दलहरूको उपस्थितिको आकारसम्म निर्धारण गर्ने हैसियत राख्छन् भन्ने नबुझ्ने हो भने हाम्रो भावी राजनीतिक दिशाका सम्बन्धमा अनुमानको तीर गलत ठाउँमा पर्ने निश्चित छ । निर्वाचनको सम्भावना नेपाली राजनीतिको अहिलेको कार्यसूची नेपालको राज्य पुनर्संरचनासहित नयाँ संविधान निर्माण गर्नु हो । य...