नपुरिएका घाउ, कविता र नाटक
झस्कनु पनि कत्तिसम्म … ढोकाबाहिरबाट कुनै पुरुष आवाजले मेरो नाम बोलाउँदा डिलमुनिबाट गाउँतिर आउँदै गरेको यात्रुबस देख्दा तिम्रोजस्तै कपडा लगाएको अर्को कोही मानिस देख्दा गाउँमै कसैको विवाह उत्सवमा जाँदा वर्षगाँठको हरेक दिन दियोभरि तेल थपिरहँदा झस्कनु पनि कत्तिसम्म ? – सौरभ कार्की शाही सेनाबाट वेपत्ता बनाइएका कमरेड तेजबहादुर भण्डारीसँग त्यसरी भेट नभएको भए यसपटकको बेपत्ता दिवससम्बन्धी कार्यक्रममा सायद म जाने थिइनँ र सुन्ने थिइनँ यो कविता पनि । कार्यक्रम ९ बजे नै सुरु भए पनि म साढे दश बजेतिर मात्र रसियन कल्चरल सेन्टर पुगेको थिएँ । स्टेजमा केही अतिथि थिए । एकजना युवा गिटारबाट विरह धुन निकालिरहेका थिए । यसअघि मैले कतै नसुनेका खिरिलो ज्यानका एकजना युवा कविता सुनाइरहेका थिए । कविताका शब्द नरम थिए तर तिनका भाव र वाचनमा ठूलो शक्ति थियो । बेपत्ता परिवारका सदस्य दर्शक दीर्घामा थिए । जसका पति, पत्नी, आमा, बाबु, दाजु, दिदी या भाइ र सन्तान सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका थिए ।युद्धबाट देशले शान्तितर्फ कोल्टे फेरेको पनि अब त १२ वर्ष हुन लाग्यो । तर, यी द्वन्द्वका घाउ आलै बोकेर आफ्ना प्रियजनको...