संस्मरण
पहिलो पटक पर्चा छर्दा
पैंतिस छत्तिसको ऐतिहासिक विद्यार्थी आन्दोलनमा पोखराको पृथ्विनारायण क्याम्पसका विद्यार्थीको भूमिका पनि ऐतिहासिक नै थियो । त्यतिवेला सकृय सबै प्रतिवन्धीत राजनीतिक दलहरुसंग आवद्ध विद्यार्थीहरु आन्दोलनमा लागेका थिए । तर म जस्ता राजनीतिक दलबारे धेरै थाहा नभएका तर पञ्चायती ब्यबस्था र त्यतीबेलाको आर्थिक सामाजीक ब्यबस्थाले थोपरेका असमानताप्रति आलोचनात्मक दृष्टि राख्ने विद्यार्थीहरु पनि स्वतःस्फुर्त रुपमा आन्दोलनमा सहभागि भएका थिए । हाइस्कुलमा छउञ्जेल त मलाई राजनतिक दलका बारेमा त्यती धेरैै थाहा थिएन । मेरा मामा स्व. तिर्थराज घिमीरेबाट नेपाली काँग्रेस, विपि, गणेशमान र सुुवर्ण सम्शेरहरुले भारतमा बसेर पञ्चायत विरुद्ध गरेको संघर्षका बारेमा केही सुनेको त थिंए तर यसबारे पनि मेरो ज्ञान छिचमिरो नै थियो ।
कम्यूनिष्टहरुका बारेमा पनि हंसपुरका मेरा मामा पर्ने पुष्पकमल सुवेदी कम्यूनिष्टका नेता हुन भन्ने सुनेको थीए । उनि भाचोकको सेवामिलन निमावीमा पढांउथे र राजनीति गर्थे रे । मैले पढेको जनकल्याण मावी मकैखोलामा हंसपुरका देवराज सुवेदी र भद्रकृष्ण सुवेदी, भलामका माधव पौडेल जस्ता वामपन्थी पृष्ठभूमिका शिक्षकहरु थिए । तर तिनका बारेमा ति त कम्यूनिष्टले जातपात भभान्दैनन, जनै लाँउदैनन, टुप्पी पाल्दैनन भन्ने कुराहरु मात्र सुनेको ंिथए । एकपटक बनारसबाट प्रकाशित हुने भानुदय भन्ने साहित्यीक पत्रिकामा क्रान्तीकारी रचनाहरु पढेको सम्म थिंए । कांग्रेसका बारेमा पञ्चायतले पढाएको भारतिय दलाल भन्ने प्रचार र कम्यूनिष्टका बारेमा यि त पशुजस्तै हुन्छन, समाजमा आफ्नो भन्ने केही हुन्न, दिदिबहिनीसंग विहे गरांउछन, बच्चा पाल्न पनि दिन्नन भन्ने प्रचार केही सुनिएको थियो । आन्दोलनका बेला तिनै कांग्रेस र कम्यूनिष्ट मिलेर पञ्चायतका विरुद्ध लडेको देखेपछि भने विस्तारै तिनकाबारे सकारात्मक धारणा बन्न थालेको थियो । आन्दोलनको तत्काल पछाडी एकपटक नदिपुरमा डेरा गरि बस्ने पहिलेदेखिकै चिनजान भएका मित्रहरु काशिनाथ अधिकारी र शेखर अधिकारी काहां तत्कालीन मालेका नेता रत्नकुमार वान्तवाका बारेमा एउटा पर्चा जस्तो केही पढिएको थियो जो विद्यार्थी आन्दोलन शुरु भएको तिन दिन पछि अर्थात पैंतिस सालको चैत्र सत्ताइस गते शासकहरुद्धारा मारिएका थिए । अनि कोठामा संगै बस्ने साथिहरु गोर्जेवाट नवलपरासी झरेका बृहस्पती अधिकारी र गोर्जे रखाल गाँउकै पुराना साथि होमनाथ, अनि एउटै घरमा डेरा भएका रघुनाथ अधिकारी गुरुहरु सबै पहिले नै कतै न कतै वामपनथी विचार नजीक रहेछन । तिनकै संगतले पनि मलाई विस्तारै प्रगतिशिल विचारका नजीक पु¥याएको थियो । विद्यार्थी यूनियनको चुनावमा सोमनाथ प्यासीको प्रगतिशिल प्यानललाई मत दिए पछि त म प्रगतिशिल विचारको विद्यार्थीका रुपमा दर्ता नै हुन पुगेछु ।
जनमत संग्रहकालिन खुला परिवेशमा विस्तारै पत्रपत्रिकामा दलगत विचारहरु खुलेर आउन थाले । पोखरामा पनि त्यतीबेला नेकपा मशाल निकट रहेका सोमहादुर बोगटीले बगर चोकमा र नेकपा माले निकट रहेका बालकृष्ण सुवेदीले विन्धेवासीनीमा एकएकवटा प्रगतिशिल पत्रपत्रिका र प्रगतीप्रकाशन मस्को र पेकिंगका पुस्तक पाइने पसल खोलेका थिए । ति पसलमा गएर म घण्टौ बसेर पढ्न थालें । घरबाट ल्याएको पैशाले धरै पुस्तक किन्न त सकिन्नथ्यो तर पनि रुपिंया होइन पैसामा पाइने खाल्का साना तिना पुस्तक र पत्रीका भने किनेर पढिन्थ्यो । यसरी मैले आफुलाई विस्तारै वामपन्थी साहित्य र माक्र्सवादका बारेमा आधारभूत ज्ञानले शिक्षित बनांउदै लगें । म सांगठनीक रुपले कुनै पार्टी वा संगठनमा आवद्धता र कृयाशिलताबाट पुरै मुक्त थिंए । तर भित्र भित्र मेरा साथिहरुले मलाई तत्कालीन गण्डकी धौलागीरी क्रान्तीकारी कम्यूनिष्ट दल मालेको गोलो भित्र छिराएका रहेछन । जुन कुरा पछि मात्र मलाई भनियो ।
नेकपामा तुल्सीलाल र पुष्पलाल दुइ लालका विच विभाजन आएको र पुष्पलालले समेत शसक्त क्रन्तीकारी विकल्प दिन नसकिरहेको अवस्थामा धरै माक्र्सवादी क्रान्तीकारी यूवाहरुले विभिन्न रुपले आफ्ना क्षेत्रमा क्रान्तीकारी संगठन निर्माण गर्ने र चिनिया कम्यूनिष्ट पार्टीको जस्तै शसस्त्र क्रान्ती मार्फत सत्ता कब्जा गर्ने योजना बनाएका थिए । त्यही आवेगका रुपमा गण्डकी र धौलागीरी क्षेत्रका कम्यूनिष्ट यूवाहरुको एउटा जत्थाले यस्तो दल निर्माण गरेको रहेछ । पुष्पकमल सुवेदी, रामचन्द्र अधिकारी, जयप्रकाश बाँस्तोला, मोदनाथ रेग्मी, कृष्णप्रसाद भट्टराइ, देवबहादुर केसी, दामोदर रेग्मी, रामराज रेग्मी सोमनाथ प्यासी, रामबाबु सुवेदी आदि (सबैको नाम अहिले मलाइ सम्झना भएन, कसैप्रति अन्याय पर्न गएको भए माफी चाहन्छु) यसमा सकृय थिए । तिनीहरु प्रायस सबै गाँउमा जान्थे, विद्यालय खोल्थे, नभएको ठाँउमा प्रावी, प्रावी भए निमावी र निमावी भएको ठाँउमा पुगे मावी खोल्ने र जनतालाई आन्दोलीत र संगठीत गर्ने तिनिहरुको शैली थियो । यसमध्यमा सबैभन्दा शक्तीशाली संगठन भने प्यासीले बनाएका रहेछन तत्कालीन मुस्तांग जील्लाको एउटा गाँउमा । त्यँहा तिनले गाँउ पञ्चायतका सबैलाई संगठित गरिकन गणतन्त्र घोषणा गर्न लगाएछन । त्यसपछि त्यहा निकै ठुलो दमन भएछ । स्वयं प्यासी तिनबर्ष राजकाज अपराधमा जेल बसे भने अरु थुप्रै भागेर भारत पसेछन ।
प्रसंग बरालिएजस्तो छ । बामदेव गौतम दमौली जेलबाट छुटेर मालेको संगठन गर्न पोखरा गएपछि तिनले गण्डकी धौलागिरीवाला दललाई मालेमा मिलाउने प्रयास गरेछन अनि यो एकिकरण वा विलय भएको रहेछ । त्यसका नेता भने जयप्रकाश बाँस्तोला रहेछन गधौवालाका तर्फवाट ।
प्रसंग पहिलो पर्चा बाँड्ने कामको थियो । राजाले जनमत संग्रह घोषणा गरेपछि त्यसको समर्थन र विरोधमा राजनीतिक दलहरु बाँडिएका थिए । गैर वामपनथी सबै दल जनमतसंग्रहमा बहुदलका पक्षमा मत माग्न हिडिसकेका थिए तर वामपन्थी दलहरुका विचमा भने विभाजन थियो । मनमोहन अधिकारी, केशरजंग रायमाझी, र साहनाप्रधानहरु बहुदलको प्रचारमा लागेका थिए भने नेकपा मशालले बहिस्कारको नारा दिएको थियो । पछि निर्मललामा त्यसको नेता बनेपछि भने त्यसले पाँचवटा शर्त पुरा गरेरमात्र चुनावमा सहभागि बन्ने कुरा अगाडी सारेको थियो जो पछि चारवटा वामपन्थीहरुको साझा मुद्धा पनि बन्यो । जव काँग्रेसले यस्तो शर्तको विरोध ग¥यो अनि ति पनि त्यतीकै जनमतसंग्रहमा बहुदललाई मतमागेर कुदीरहे ।
जनमतसंग्रह भरि अलमल र द्धिवीधामा रहेको नेकपा मालेले भने सुरुमा वहिस्कारको नारा अगाडी सारेको थियो । भर्खर स्थापना भएको अनि चारुमजुम्दार र माओको साँस्कृतीक क्रान्तीको ठाडो प्रभाव परेको हुनाले मालेका दृष्टिकोणहरु पुरै उग्रपन्थी खालका रहेछन । तर झापामा जमिन्दार काटेर क्रान्ती थालेको अनि त्यसका थुप्रै नेता जेलमा भएको सुनेका हामी जस्ता जोश भएकाहरुका लागि यो एउटा मात्र क्रन्तीकारी पार्टीका रुपमा अकर्षक लाग्दै गएको बेला थियो । त्यस्तैमा एकदिन कामरेड जयप्रकाशले वृहस्पती र मलाई कालीदास तिमिल्सीनाको बगरको बन कार्यालय अगाडि तिर टुंडिखेलको उत्तरपट्टी रहेको कोठामा बोलाइ पठाए । सायद हामीसंग बमबहादुर सुवेदी पनि थिए । हामी गएपछि तिनले पर्चा छर्ने तरिका र पोष्टरींग गर्दा अप्नाउनु पर्ने सतर्कताका बारेमा बताए । र भरे बगरको यो यो भागमा पर्चा छर्नु भनेर एकबण्डल पर्चा थमाइदिए ।
पर्चा तत्कालीन नेकपा मालेको केन्द्रीय समितीले निकालेको थियो । पर्चाको शिर्षक यस्तो भावको थियो ‘ जनमत संग्रह जनक्रन्तीका विरुद्ध रचिएको षडयन्त्रपुर्ण नाटक हो यसको भण्डाफोर र बहिस्कार गरौ’ । पर्चामा राजा र पञ्चायतका विरोधमा अनि काँग्रेसको नियतमाथि पनि चर्काशब्दमा आलोचना गरिएको थियो । खासगरि राजाको बिरोधमा भएकाले पक्डाउ पर्ने र यातना खाने खतरा थियो ।
त्यस अगाडी कहिल्यै पर्चा बाँड्ने काम नगरेको हुनाले हामीमा एकप्रकारका्े कौतुहलता र डर दुवै थियो । बेलुका खाना खाएपछि साढे नौ बजे तिर नै हामी इलाका बाँडेर पर्चा छर्न र टाँस्न हिड्यौं । धेरैजसो पर्चा घरका सटरबाट भित्र छिराइयो अनि अर्को भाग चाहि भित्तामा गोवरले टाँसेर हिडियो । एकचक्कर लाएर काम सकेर कोठामा फर्कदा हम्रो अनुहारमा विजय भाव जसकसैले अनुभव गर्न सक्थ्यो । भोलीपल्ट विहानै हामी हाम्रो कामको प्रभाव अनुगमन गर्न भनेर त्यही बाटोतिर गयौं । भित्तामा टाँसेका मध्य त एकाध मात्र बाँकी रहेछन बाँकी सायद प्रहरीले च्यात्यो भन्ने हाम्रो अनुमान रह्यो । कसैले पनि पचार्का बारेमा चर्चा गरेको पनि सुनिएन र हामी खिस्रीक्क परेर कोठामा फक्र्र्यौं ।
अर्को साँझ फेरी हामीलाई त्यही पर्चा छर्न भनेर बोलाइयो । हामी बगरमा अहिलेका वडाध्यक्ष मनबहादुर गुरंगको घर अगाडी रहेको हिमाञ्चलराज भट्टराइको कोठामा पुग्यौं । हिमाञ्चल जी भरखर सरकारले राविसे खारेज गरेपछि एमए अर्थशास्त्रको अन्तीम सीमेष्टर नियमित अध्ययन गर्थे र सायद नेपाल बैंकको जागीरे पनि थिए । उनि ०३७ को स्ववियू चुनावमा पिएनसीमा सभापतीको रुपमा निर्वाचित पनि भए । पछि भने एकपटक उनि कैलालीबाट नेकपा एमालेको तर्फवाट साँसद बने पछिल्लो पटक मैले सुने अनुसार उनि नेकपा माओवादी प्रवेश गरेका छन । काठमाण्डौका रैथाने यी भट्टराई झिसमिसेका सम्पादक रहिसकेका थिए । हामी बडो मन भरी एकप्रकारको डर र अत्यास बोकेर यिनकाहा प्रवेश गरेका थिर्यौ यिनमा भने कुनै प्रकारको हताशा, डर केही नभएका सामान्य ब्यबहार गरिरहन्छन जस्तो मलाई लागेको थियो । हाम्रो भागमा ह्यांग्जाको चाक्ले कुलासम्म पर्चा टाँस्ने जीम्मा परेको थियो । साढे नौ बजेतिर हिडेर राती एकबजे मात्र हामीले काम सक्यौं र बगरको त्यतीबेला कसाइटोल भनिने टोलमा रहेको डेरामा फर्कीएका थियौं ।
पछि त यो पर्चा पम्प्लेटिंगको काम साँगठनीक जीवनको अभिन्न भाग बन्न थाल्यो । रातरात भर हिडेर पोखराका प्रहरीको आँखा छल्दै लेकसाइड, बैदाम, छोरेपाटन, कुंडहर, महेन्द्रपुल, बाँझापाटन, पृथ्विचोक, चिप्लेढुंगा जताततै धेरैपटक पम्प्लेट पोष्टर टाँस्न र भित्तेलेखन गर्न चाहारीयो । यो काममा प्रायजसो भूस्याहा कुकुरको आतंकले हैरान पाथ्र्यो । तिनिसंगको मुख्य डर कतै नजिकैको चौकीमा रहेका वा गस्तीका नाममा निदाइरहेका पुलिसलाई ब्यंझाइदेलान भन्ने हुन्थ्यो ।
टोलीमा सबैसंग काम गरियो । सबैभन्दा बढि एकपटक पिस्कर हत्याकाण्ड विरोधी आन्दोलनका बेला लेखियो । मेरा टोलीमा पर्वतका फणिन्द्र क्षेत्री, तनहुंका टुकराज सिग्देल ( अहिले एमालेको वैकल्पीक केन्द्रीय सदस्य छन) लगायत चार पाँच जना थिए । सबैले पालो पालो लेख्ने, गार्ड बस्ने, सामान समाउने काम गरिन्थ्यो । बैदामको काम सकेर उज्यालो नहुदै बगर पुगीसक्नु निकै हैरानको काम मानिन्थ्यो । कहिले काँही काम सके पछि भरखर खुलेका होटलमा चिया पकाउन लगाएर पिइन्थ्यो । कहिले अर्को टोली पनि बाटैमा भेट हेन्थ्यो । सबैभन्दा बढी पिरलो भने कुनै टोलीको कोही पक्राउ प¥यो की भन्ने नै हुन्थ्यो । एकपटक पर्वतका मेघनाथ र कालिकाका चन्द्रहरु त्यसरी पक्रिाउ खाएका थिए र निकै यातना खाएर निस्केका थिए ।
सबैभन्दा सजीलो महेन्द्रपुल थियो किनभने त्यहा सटर हालेका घर धेरै भएकाले लेख्न धेरै पर्दैनथ्यो अनि सबैभन्दा डर पनि त्यही मानिन्थ्यो किनभने त्यहा नै जीप्रका देखी कडा सुरक्षा ब्यबस्था भएको मानिन्थ्यो । लगातार चार दिन रातरात भर वालपेण्टींग गरिएको थियो । कतिपय लेखाइ त ०४६ साल सम्म पनि मेटीएका थिएनन ।
अहिले यसको संझना गर्नु सामान्य जस्तो लाग्नसक्छ । तर त्यतीबेला निकै जोखिम मोलेर गरिएका यिनै कामले संगठनका नारा, त्यसका तत्कालीन काम, र दृष्टिकोण सर्वसाधारण मान्छेका आँखामा पार्न निकै महत्वपूर्ण भूमिका खेल्थे । विध्यार्थी जीवनका केही रमाइला र उत्तेजनापूर्ण क्षण मध्य यो पक्ष पनि म र मेरो साथी शिव पौडेल अहिले पनि संझीरहन्छौं ।
No comments:
Post a Comment