Posts

Showing posts from February, 2019

सञ्चित समस्याका परिणामहरु

आउने साता केपी ओली नेतृत्वको सरकार गठन भएको एकबर्ष पुग्दै छ । संगै देशभर प्रदेश सरकारहरु सक्रिय भएको पनि एकबर्ष पुग्ने छ । यसक्रममा सरकारको बर्षदिनको कार्याकालको मुल्याँकन हुने नै छ । यसमा मुख्य गरि दुईवटा विषयका आधारमा सरकारको परख हुने छ । पहिलो हो लामो समयको एकात्मक केन्द्रीय सत्ताको अभ्यास पछि संघीयतामा प्रवेश गरेको देशले यस मामिलामा के कस्ता चुनौतीहरु सामना गर्यो तथा कस्ता सकारात्मक परिणामहरु निस्के भन्ने विषय । दोस्रो भने झण्डै दुई दशक देशले राजनीतिक संघर्ष र अनिस्चतता व्यहोरेपछि स्थिर सरकार बनेको छ । सम्वृद्धि र विकासको नारामा आम मतदातालाई आकर्षित गरेर सत्तारुढ भएको कम्युनिष्टहरुको पहिलो वहुमत प्राप्त सरकारले आर्थिक विकासतिर के कस्ता उपलब्धीहरु हासील गर्यो भन्ने विषयले प्राथमिकता पाउने छ ।  यसै सेरोफेरोमा यो साता नयाँ पत्रिकाले देशको आर्थिक अवस्थाका बारेमा श्रृंखलावद्ध समाचारहरु दिएको छ । यसरी आएका समाचारहरु प्रायस निराशाजनक छन जसले देशको अर्थतन्त्रमा तत्काल ठुलो समस्या नदेखिएपनि अहिलेको अवस्थाको निरन्तरता लामो समय रह्यो भने अर्थतन्त्रले अपेक्षित गति लिन नसक्ने हो कि भन्न...

भेनेजुएलामा सिआइए अप्रेसन

अमेरिका विश्वका सबै देशलाई उपनिवेश बनाउन चाहन्छ, तिनको स्रोत लुट्न चाहन्छ, साधारण अमेरिकीसहित अरू देशका जनतालाई दासका रूपमा शोषण गर्न चाहन्छ । युद्ध या सैन्य विप्लवका माध्यमबाट जहाँकतैका सार्वभौम र स्वतन्त्र सरकारलाई ढाल्ने प्रयास गर्छ । साम्राज्यवाद भनेकै यस्तै हो । ...मानवीय आधारमा हस्तक्षेप, सुरक्षाप्रतिको जिम्मेवारी र प्रजातन्त्र स्थापना... अमेरिकाका दक्षिणपन्थीका कोड भाषा हुन्... ९/११ पछि मात्रै अमेरिकाले हैटी, होन्डुरस, पाराग्वे, युक्रेन, ब्राजिल, इजिप्टलगायत मध्यपूर्वका धेरै देशमा सैन्य विप्लव गराएको छ ।’ स्टेफन लेन्डम्यानले रसियाली सत्ताधारीको विचार बोक्ने पत्रिका प्राभ्दामा प्रकाशित गरेको यो टिप्पणी आजको अमेरिकाको साम्राज्यवादी चरित्रको सटिक झलक हो । विश्व जनमतलाई प्रभावित गर्न अमेरिका र उसका गुटका देशले फैलाएको प्रोपोगान्डामा जेसुकै भनिएको भए पनि भेनेजुएलामा अहिले गरिएको राजनीतिक हस्तक्षेपको भित्री कारण ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाका साम्राज्यवादी हस्तक्षेपविरुद्ध हुने सबैखाले प्रतिरोधलाई ध्वस्त पार्नु हो । नवउदारवादी विश्व व्यवस्थाका दलाललाई सत्ता सुम्पेर त्...

पश्चिमाहरुको अनावस्यक दवाव

परराष्ट्र मन्त्रीका रुपमा प्रदिप ज्ञवालीले अघिल्लो महिना गरेको संयुक्त राज्य अमेरिकाको भ्रमण, जापान भ्रमण, जापानी विदेश मन्त्रीको नेपाल भ्रमण तथा राष्ट्रसंघीय साधारण सभामा सहभागि हुने क्रममा प्रधानमन्त्री ओलीले गरेका भेटघाटले सुधार भएको ठानिएको नेपालको विदेश सम्वन्धमा द्वन्दकालिन मुद्धाका विषयमा अमेरिका सम्वद्ध देशहरुले दिएको वक्तव्य र भेनेजुएला प्रकरणमा नेकपा अध्यक्ष प्रचण्डले जारि गरेको वक्तव्यका सम्वन्धमा अमेरिकाको प्रतिक्रियाले फेरि एकपटक प्रतिकुलता सिर्जना भएको संकेत मिलेको छ । शुक्रवार प्रधानमन्त्रीको उपस्थितीमा परराष्ट्र मन्त्रालयले गरेको कुटनीतिक समुदायसंगको भेटघाटलाई बहिष्कार गरेर अमेरिकी राजदुतले नेपाललाई एकप्रकारको धम्की दिएका छन । भेनेजुएला प्रकरणमा सत्ताधारी दलका एकजना अध्यक्षले जारी गरेको वक्तव्यले भेनेजुएलामाथिको अमेरिकी कदमको खुलेर विरोध गरेपछि उत्पन्न तनाव अझै मत्थर नभएको यसले देखाउँछ । काठमाण्डौस्थित अमेरिकी दुतावासले अध्यक्ष प्रचण्डको वक्तव्यका सम्वन्धमा सरकारको धारणा मागेर वक्तव्य सार्वजनिक गरेपछि नेपाल सरकार चेपुवामा परेको थियो । चिन र भारत जस्ता छिमेकीले भेनेजुए...