Posts

Showing posts from June, 2017

त्यो बिगत यो बर्तमान

पोखरा महानगरको मेयर पदमा मानबहादुर जिसी निर्वाचित भए । तिनले पोखरामा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई दश हजारभन्दा बढी मतले हराए । यता बुटवल उपमहानगरको मेयरका लागि शिव सुवेदीले एमालेबाट प्रतिस्पर्धा गर्ने भएका छन् । त्यहाँ पनि कांग्रेस र माओवादीका तर्फबाट संयुक्त उम्मेदवारी दर्ता गर्ने निश्चित भएको छ । एमाले राजनीतिमा यी दुवैजनाले पाएको सफलता लोभलाग्दोे छ । अर्को कुरा पनि पक्का छ, यो सफलता एमालेको बढी र व्यक्तिगत रूपमा यिनीहरूको कम हो, तर व्यक्तिविना पार्टी कसरी बन्छ र ? यो देखेपछि मलाई यिनीहरूसँग जोडिएका समयको केही सम्झनाले ताने । ०३९ माघको अन्तिम सातातिर म गाउँकै एउटा प्राविको शिक्षक पदबाट राजीनामा दिएर पृथ्वीनारायण क्याम्पसमा बिए पढ्न पुगेको थिएँ । ०३७ मंसिरमा आइएको पढाइ सकेर गाउँ फर्कंदा म पार्टीमा संगठित थिइनँ । शिक्षक आन्दोलनमा सहभागी थिएँ । राजनीति र साहित्य अध्ययन गर्थें । कहिले–कहिले आउने अखिलका नेतालाई त्यहाँको हाईस्कुलमा संगठन बनाउन सहयोग गर्थें, भाइ दीपक नै विद्यालय प्राकको अध्यक्ष भएको थियो (ऊ भने अहिले पनि राजनीतिमै सक्रिय छ) । मनमा चाहिँ मालेको राजनीतिमा सामे...

रूपान्तरित प्रचण्डको प्रधानमन्त्रीत्व

व्यक्तिका रूपमा कसैको समग्र मूल्यांकन ऊ कामकाजी छँदै गर्नु सम्भव हुँदैन, खासगरी राजनीतिमा । ०५१ देखि ०५८ सम्म काठमाडाैँको बौद्धिक ‘एलिट’ वृत्तमा सबैभन्दा बढी आलोचित गिरिजाप्रसाद कोइराला ०६३ मा पुग्दा अचानक नायक बनेर निस्के । पाँच वर्षअघिसम्म भारतको राजनीतिमा सफल देखिएकी सोनिया गान्धी अहिले आफ्नो ‘करिअर’को डुब्दो चरणमा छिन् । आफ्नो राजनीतिक जीवनमा अत्यन्त सफल मानिएका भारतीय प्रधानमन्त्री पिभी नरसिंह राव, चीनका उदाउँदा नेता बो सी लाई भ्रष्टाचारको आरोपबाट बदनाम र दण्डित भए । यस्तो दशा र प्रवृत्ति साहित्य, कला, सिर्जनाका अनेक क्षेत्र र व्यक्तित्वमा हुन्छ । एक समयको क्रान्तिकारी अर्को समय बिल्कुल खैरो रंगमा बदलिन्छ । यसमा समय सन्दर्भ र व्यक्तिले भूमिका खेलिरहेको ‘स्पेस’ले पनि काम गर्छ । ०५३ मा महाकाली सन्धि गर्दाताका भारतीय स्वार्थका हतियार भनिएका केपी शर्मा ओली गतवर्ष नाकाबन्दीका समयमा भारतविरोधी अन्धराष्ट्रवादी धारका अगुवा नै बनेर देखा परे । नेपालमा संसदीय वामपन्थको राजनीतिलाई अघि बढाएका पुष्पलाल र मदन भण्डारीका विचारको आलोचना गर्दै माओका निरन्तर क्रान्तिका सिद्धान्तहरूको अर्थराजनीतिक औ...

ती सपना, यी विपना

दुई साताअघि म एउटा कामका सिलसिलामा सिरहा जिल्लाका दुईवटा मुसहर बस्ती पुगेको थिएँ । गोलबजार उत्तरमा रहेको एउटा मुसहर बस्ती । वरपर अलि बढी पहाडिया मूलका बासिन्दा छन् । यी मुसहर धेरै वर्षदेखि पहाडी जग्गाधनीको जमिन कमाउँछन् । एउटा विशेषता के भने मेरा मित्र अर्जुन थपलियाले सुनाएअनुसार धेरैजसो यहाँका ठुला जग्गाधनी पहाडियाहरू लामो समयदेखि वामपन्थी राजनीति गर्नेहरू छन् । तिनले मुसहरको अतिरिक्त श्रमबाट फाइदा पनि लिएका हुन् र यता राजनीतिक सामाजिक चेतनाको विस्तारमा पनि यिनै पहाडियाको बढी हात छ । केही पर पर्छ, दलितहरूकै एउटा बस्ती, जहाँ ०४६ मा तत्कालीन मालेको आयोजनामा कम्युनिस्ट पार्टीको चौथो महाधिवेशन सम्पन्न भएको थियो । त्योभन्दा यता पश्चिमपट्टिको गाउँमा राजनीतिक चेतनाको विस्तारमा भने तत्कालीन चौथो महाधिवेशन विशेष गरी निर्मल लामाले भूमिका खेलेका रहेछन् । निर्मल लामाको स्कुलिङबाट हुर्केका वामपन्थीहरूकै प्रभावमा पछिल्लो निर्वाचनका समयमा माओवादी अध्यक्ष प्रचण्डले निर्वाचन जितेका रहेछन् । अहिले पनि यताको राजनीतिमा उसको प्रभाव जबर्जस्त छ । यो राजनीतिक प्रभावको एक मात्र फाइदा भने त्यहाँका अधिकांश...

यी व्यर्थका प्रश्न

यी प्रश्न निर्दोष भने होइनन् है, एउटा हिन्दी गीतमा ‘तेरे मासुम सवालोँ से परेसान हुँ मैं’ भने झैँ । यी प्रश्न घरीघरी  घोच्न आइरहन्छन् । १. राजनीति र कांग्रेसप्रति चासो राख्ने काठमाडौंको गफाडी वृत्तमा शेरबहादुर देउवा र प्रदीप गिरिबारे एउटा ठट्टा पन्ध्र वर्षअघिदेखि प्रचलित छ । एकपटक सन्ध्याकालीन जमघटमा शेरबहादुरसँगै गफिइरहेका वेला गिरिले वरपर भएकालाई सुनाउँदै भनेछन् : यो शेरबहादुर मूर्ख छ । न कुनै पुस्तक पढ्छ न कुनै शास्त्रबारे जान्दछ । हाजिरीजवाफ शैलीमा शेरबहादुरले भनेछन् : म मूर्ख भएर दुईपटक प्रधानमन्त्री बनिसकेँ, तँ विद्वान् भएर एकपटक पनि हुन सकेको छैनस् त ! गिरिलाई आफ्नै वचनले पोलेछ । हो त, किन प्रदीप गिरि कहिल्यै प्रधानमन्त्री या मन्त्री हुन्नन् र शेरबहादुर चार–चारपटक प्रधानमन्त्री बने ? के छ त्यस्तो रहस्य जसले प्रधानमन्त्रीमा शेरबहादुरलाई खोज्छ, जो आफ्ना विगतका प्रधानमन्त्रीत्व कालका कामका सन्दर्भमा बदनाम पनि छन् । यो प्रश्नको सम्झना त्यतिवेला भयो, जब चार दिनअघि तिनै विद्वान् तथा कायाले वृद्ध देखिँदै गरेका आदरणीय प्रदीप गिरि प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीको बालकोट ...