personal ideas which are shared for public reaction Writer, Political Analyst Published works -British Samrajyaka Nepali Mohara a non-fiction. -Half Century of Nepalese Students movements. Novel-The Half Moon or Adha Joon. Bhumi, kisaan ra rajya- a non-fiction
Thursday, December 27, 2012
Wednesday, December 26, 2012
Sunday, December 23, 2012
Saturday, December 15, 2012
Wednesday, December 5, 2012
ब्रिटिस साम्राज्यका नेपाली मोहरा, गोर्खाभर्तिको नालीबेली - नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति बैरागी काँइला, मानवशास्त्री डम्बर चेमजोङ र डा. हुम गुरुङको समिक्षा
‘जिउँदो पात्रहरूले सुनाएको सत्यकथा’
–बैरागी काइँला
झलक सुवेदीको यो पुस्तक पढिसकेपछि मलाई रमाइलो पनि लाग्यो । उद्वेलित पनि ग¥यो । यदि पुस्तक नपढेको भए तत्कालीन नेपाली समाज र नेपालको कतिपय कुराहरू बुझ्नबाट बञ्चित हुने थिएँ कि भन्ने अनुभूति भयो । खोजमुलक रहेछ । लेखक र प्रकाशकले गैरआख्यानिक कृति भनेता पनि पढिरहँदा उपन्यास पढेजस्तो लाग्यो । झलकजीले सुरुमा नै नेपालको संक्षिप्त इतिहास राख्नु भएको छ, ‘गोरखाली राज्यको स्थापना वर्तमान नेपालको जग हाल्ने काम र तिनको राज्य बिस्तारसँगै जोडिएर आउने भारतीय भूमिमा प्रभाव र प्रभुत्व बढाई राखेको ब्रिटिस उपनिवेशवादी सँगको जोड टक्कर थियो नेपालीको ।’ त्यसको पनि यस किताबमा प्रभावकारी झल्को छ ।
गोरखाली र इष्ट इण्डिया कम्पनी सरकारसँगको युद्ध पछि भएको सुगौली सन्धि सम्झौतासँगै सुरु भएको लाहुर जाने चलनले आज परम्पराको रुप लिएको छ । अन्यत्र पनि सेवाको लागि जानेहरूबाट लाहुरे संस्कृति विकास भएको यो पुस्तकमा पढ्न पाइन्छ । हामी देख्छौं, गोरखालीहरूले नेपाल एकीकरणको क्रममा जितेका जातिहरू पछाडीको पुच्छर ‘ली’ काटेर र गोरखा भएर तिनकै बिँडो थामेर इतिहासलाई चम्किलो पारेर हिडेका छांै । तिनै गोरखालीको बिँडो थाम्ने भइरहेका छन् पश्चिमका गुरुङ, मगर र पूर्वका राई, लिम्बूहरू । गेसो सभापति पदमबहादुर गुरुङ, जसको यस पुस्तकमा संघर्षपूर्ण रामकहानी छ, त्यसको माध्यमबाट लेखकले गोरखाली सेनाबाट सुरु भएको लाहुरे संस्कृतिको विकासको आधार र ब्रिटिस सेनामा कार्यरत गोरखा लाहुरेहरूको कथाब्यथा अन्त्यन्त प्रभावकारी ढंगले राख्नु भएको छ ।
यो कहानी भित्र पत्याउन नसकिने यथार्थ कथाको वर्णन छ । त्यो कथा हो, ‘नेपालीले अर्काका लागि लडेको लडाइँको कथा । यसरी लडेर आफूले होइन अर्कैले जितेको कथा ।’ दुई ठूला विश्वयुद्धको र अन्य थुप्रै लडाइँहरू लडिसकेपछि नाङ्गा खुट्टा र खाली हात फर्काइएका अशक्त लाहुरेहरू र कहिल्यै नफर्कने पति वा छोराहरू पर्खेर बसेका पत्नी र आमाहरूको ‘फेन्टेसी’ जस्तो लाग्ने यो सत्यकथा नेपाली जीवनको कटु यथार्थ पनि हो । म मेरो छिमेककोे बाजेको मावली पर्ने जो पहिलो विश्वयुद्धमा लडेर फर्केका थिए, उनले भोगेको दुःखको एउटा उदाहरण दिन्छु । ती बाजेलाई पनि लडाइँपछि रित्तो हात घर फर्काइएको रहेछ । हामी उनको घरमा उनका नातिहरूसँग खेल्न जान्थ्यौं । तर, उनीहरूको दुःख चाहिँ विचित्रको थियो । सानो मासुको टुक्रा पनि बाडेर होइन चाटेर पालो पु¥याउनुपर्ने अवस्था थियो । साउने सक्रान्तिको समय थियो । मासुको एक टुक्रा एकजनाले चाट्थ्यो, फेरि अर्काेलाई चाट्न दिन्थ्यो । तर, कसैले पनि निल्दैनथ्यो । लडाइँबाट फर्किएको त्यो बाजेको नातिहरूको कथा हो यो । नाम काटिएर आउनेहरुको त्यस्तोसम्म बेहाल थियो । आज विश्वास लाग्ने कथा जस्तो नलागे पनि यो यथार्थ थियो ।
यो किताब पढेपछि ‘घाम कहिल्यै नडुब्ने’ साम्राज्यका धनी अंग्रेजहरूको मानवता सम्बन्धी मानवीय संवेदना रहितको व्यापारको झल्को हामी पाउँछौ । अहिले आएर नेपालको लागि लाहुरे संस्कृति परम्परा र आयको स्रोत हुन पुगेको छ । यसको सकारात्मक र नकारात्मक पक्षहरू पनि धेरै होलान्, यो किताबमा लेखकले दुइटै पक्षलाई प्रस्तुत गर्नुभएको छ । उहाँले पूर्व धरानदेखि पश्चिम नेपालका धेरै गाउँहरूमा गएर युद्ध लडेकाहरूलाई प्रत्यक्ष भेट्नु भएको रहेछ । इटहरीकी शान्तिमाया लिम्बू, चन्द्रमाया, आइपीमाया, डम्बरबहादुर गुरुङ, दिक्पाल गुरुङहरू जस्ता जिउँदा पात्रहरूको मुखबाट आएको सत्यकथाले भरिएको छ यो किताब । यो कथा एकप्रकारले आख्यान पनि हो, गैरआख्यान पनि हो । अहिले निश्चित एउटा विधामा लेख्ने चलन हरायो पनि भनिन्छ । हामीले उपन्यास ‘लज्जा’ पढ्यौं, त्यो पढ्दा उपन्यास भन्दा पनि किताबको ‘डकुमेन्टेसन’ जस्तो पनि लाग्थ्यो ।
वास्तवमा लाहुरे सस्ंकृतिले धेरै कुरा ल्यायो । राम्रो पनि ल्यायो र नराम्रो पनि । यो किताब पढेर हामी देख्छौं पैसा आयो तर पछिबाट । ऋण परेकाहरूले पैसा ल्याएर घरजग्गा उकासे होलान् । पतिले छोडेर गएपछि स्वास्नीको शारीरिक पीडा अर्कै होला । छोराछोरीको हालत र हविगत अर्कै भयो होला । अनेक नकारात्मक पक्षहरू पनि आए । मैले हाम्रो आफन्त भित्रै पनि देखेको छु, पतिले पठाइदिएको पैसा चलचित्रको निर्माता हुनका लागि अरुलाई भक्कु दिएर चिलिम (लाहुरको भाषामा) फर्किएको छ । त्यो पैसा दिएको न कुनै कागजपत्र छ, न कुनै ठोस आधार । पति आउँदा निराश हुन्छ, घरझगडा हुन्छ, कुटाकुट हुन्छ यो धरान इटहरीतिरको कथा हो । लाहुरे प्रथाले बोली, भाषा, रहनसहन, खानपानदेखि लिएर लेखकले भने जस्तै गणतान्त्रिक, आर्थिक र सामाजिक रुपमा ठूलो हलचल ल्याएको छ । त्यसको दस्तावेज यो किताबमा छ । राम्रो कुरा चाहिँ लेखकले पदमबहादुर गुरुङलाई केन्द्र बनाएर ल्याउनुभयो । उनले लाहुरे हुँदा अपमानजनक व्यवहार र असमानता खप्न पुगे । त्यसैबाट मुक्तिको यात्रा बु्रनाइबाट सुरु भयो । त्यो विद्रोहले सन् १९९० को जनआन्दोलन पछि स्थापना भएको गेसोले अंग्रेजहरूको असमान व्यवहारबाट ठगिएका गोरखा सिपाहीहरूलाई आर्थिक रुपमा धेरै माथि पु¥याउन सफल पनि भयो । उनीहरूलाई बेलायतमा स्थायी बसोबासको व्यवस्था पनि गरिदियो । अहिले यताको घर बिक्री गर्दै उता जान थाले । यसको विविध पक्ष होला । यसको इशारा यो किताबमा पाइन्छ ।
जे सुकै भए पनि पदमबहादुर गुरुङ र गेसोको सफलता मानव विकासको विजय, असमानता र रङ्गभेदवादी नीतिको हारको कथाको रुपमा यो पुस्तक आएको छ । यो कृति लगभग २ सय वर्षसम्मको नेपालको राजनीतिक, आर्थिक र सामाजिक इतिहासको प्रभावशाली दस्तावेज हो । चाखलाग्दो शैली, सरल र प्रभावकारी भाकाले कृतिको महत्व झनै बढाएको छ । गैरआख्यान भनिए पनि यो कृति आख्यानमय छ । बहुविधाको शैली प्रयोग गरी लेखिने आख्यान जस्तै यो चाखलाग्दो, उपयोगी र सङग्रहनीय छ ।
डम्बर चेम्जोङ
त्रिभुवन विश्वविद्यालय
कीर्तिपुर
झलक सुवेदी लिखित ब्रिटिस साम्राज्यका नेपाली मोहरा पुस्तक मैले आद्योपान्त पढेँ । गोरखा भर्तीको इतिहास, यसको सुरूआत, विकास र यसको वर्तमानसम्मको जानकारी मैले वहाँको पुस्तकबाट पाएँ । मेरो समीक्षा चाहिँ यस पुस्तकलाई मानवशास्त्रीय, समाजशास्त्रीय कोणवाट सैद्धान्तिक व्यापकतामा सामान्यीकरण गर्नुमा केन्द्रित हुनेछ । सो यस प्रकार छन्ः
अध्ययन विधिः
अध्ययन र अनुसन्धान विधिका हिसाबले पुस्तक व्यक्तिगत सन्दर्भबाट सुरू हुन्छ र विश्व विचरण गर्दछ । एउटा व्यक्ति भर्ती हुनुपर्ने नियति, फौजी जीवनको भोगाइ, लडाइँ, आफ्नो फौजी जीवनको भोगाइ दासताको साङलोले बाँधिएको अनुभूति, र सामुहिक मुक्ति र सामुहिक अधिकार प्राप्तिका लागि आपूmजस्तै अवकास प्राप्त सैनिक विरादरीलाई संगठित र संलग्न गर्ने र समानताका नयाँ लडाइँमा आफूलाई समर्पित गर्ने व्यक्तिका माध्यमबाट एउटा विशिष्ट सामाजिक इतिहास बक्दछ यस पुस्तकले । यसरी अध्ययन विधिका हिसाबले सामाजिक इतिहासको माइक्रो –म्याक्रो सम्बन्धहरू जोडिएका छन् यस पुस्तकमा । व्यक्तिको अनुभवबाट सुरू यस पुस्तकमा माइक्रोस्कोपिक कथनद्वारा म्याक्रोस्कोपिक (बृहत्तर) समाजको वर्णन त छँदैछ अझ गोरखा भर्तीको इतिहास समेत हुनुले यसलाई टेलिस्कोपिक वृतान्त समेत भन्नुपर्ने हुन्छ । सामाजिक इतिहास लेख्ने यो विधिलाई बटम–अप विधि पनि भनिन्छ जसमा मानवहरूका वैयक्तिक र सामुहिक अनुभव र अभ्यासहरूलाई आधार मानिन्छ र सैद्धान्तिक तहमा सामान्यिकृत गरिन्छ । यसो भनौँ, व्यक्तिगत जीवनका अनुभव, संगठन, र आन्दोलनमा संलग्नताहरूका आधार स्तम्भमा समग्र राजनीति र इतिहास ठड्याइएको छ यस पुस्तकमा । यो अर्थमा यो पुस्तक समाजशास्त्रीय छ व्यक्ति र संरचनाबीचको सम्वन्ध वा मेल यहाँ छ ।
व्यक्ति त कर्ता न हो सवै नियम त समाज मै हुन्छ भन्छन् कार्ल माक्र्स लगायतका संरचनावादी समाजवैज्ञानिकहरू ।
भिसी लक्षुमन गुरूङको भनाइमा यो कुरा प्रष्टिएको छ– “उ बेला भर्ती हुन्न भन्न पाउँदैनथ्यो .....।” ( हेर्नू पेज २२ )
सैद्धान्तिक पक्ष
नेपाल कहिल्यै कसैको उपनिवेश थिएन, भएन भन्ने गलत बुझाइलाई यस पुस्तकले जवाफ दिएको छ, आज पनि हामी उपनिवेशवादी हैकमको शिकार छौँ । यतिमात्र होइन गोरखाली शासकहरू समेत उपनिवेशवादी, साम्राज्यवादी थिए भन्ने कुरा समेत उल्लेख गर्नुभएको छ लेखकले यस पुस्तकमा (हेर्नू , पेज ३८) । यो प्रस्तुतिले नेपालभित्र समेत आन्तरिक औपनिवेशिकीकरण थियो र छ भन्ने स्वीकारोक्ति बुझाउँछ ।
समाजको मूल्यमान्यता कसरी परिवर्तन हुन्छ ? प्रष्ट पार्छ पुस्तकले । अघि लाबहुरेले हिे गर्नु मुस्किल पथ्र्यो । लाहुरेलाई कुटुम्बले छोरी चेली दिन मान्दैनथे । कालान्तरमा समाज यस्तो भयो कि लाहुरेलाई ज्वाइँ बनाउन पाए छोरी चेलीको परन्तु समेत सुध्रन्थ्यो भन्ने विश्वास वढ्यो । उदाहरण, भक्तसिं पुनको कुरा नै काफी छ (हेर्नू पेज ६४) ।
लाहुरे समुदायहरूको मौलिक संस्कृति, धर्म र भाषालाई औपनिवेशिक शैलीमा परिवर्तन गरिएको पक्षलाई उजागर गरिएको छ यस पुस्तकमा । यसका उदाहरण प्रशस्त छन् पुस्तकभरि ।
लाहुरे–केन्द्रित अन्य साहित्यिक कृतिलाई, लोक गीत आदिलाई सन्दर्भहरूसँग जोड्नाले पनि प्रस्तुुति चाखलाग्दो बनेको छ । पुस्तकमा लालित्यपूर्ण पदावलीहरू सर्वत्र भेटिन्छन् ।
पुस्तकको कमजोर पक्ष
पुस्तक पोखरा, स्याङजा, र बुटवल केन्द्रित हो कि जस्तो लाग्छ । मूलतः लिम्बू, राई लाहुरे समुदायहरूको कम प्रतिनिधित्व पुस्तकमा भएको अनुभूति हुन सक्छ ती समाजहरूका पाठकहरूले उक्त पुस्तक पढ्दा ।
पुस्तक राम्ररी सम्पादन नगरी नै छापिएको बुझिन्छ । कतिपय अनुच्छेद, र हरफरहरू निकै ठाउँमा दोहोरिएका छन् ।
जे भएपनि यो पुस्तक ब्रिटिस गोरखा भर्तीमा सेवा गर्ने समाजहरूको सामाजिक इतिहासको दस्तावेज हो । सम्बन्धितहरू र यस विषयमा रूचि राख्नेहरूले पढ्नै पर्ने पुस्तक हो यो ।
गोरखा भर्ती र वेलायती लाहुरेको कथा
डा.हुमबहादुर गुरुङ
नेपालको पहाडी क्षेत्र तथा डाँडाकाँडाहरुमा गोरखा भर्तिको सपना बोकेका युवाहरुले पल्टनेहरुबाट लाहुरबाट फर्केपछि आफन्तहरुलाईफुर्सदको बेला मौखिक कथा सुनाउने प्रचलन झण्डै दुईसय वर्ष भई सकेको छ । लाहुरे जिवनमा भोगेका दुःख सुख अनि लडाईको वेला भोगेका कथाहरु रोचक पाराले भुतपुर्व गोर्खालीहरुले गाँउघरमा आफ्ना साथीभाई तथा परिवारलाई सुनाउने कथाहरुको सेतुका रुपमा मुख्य पात्र पदमबहादुर गुरुङ्गले भोगेका लाहुरे जिवनलाई केन्द्र विन्दु बनाई तीन वर्षको अनुसन्धान र परिश्रमबाट झण्डै दुइ सय वर्ष पहिले देखि भोगेको कुरा जीवन्तरुपमा लेखक झलक सुवेदीले एक महत्वपुर्ण कृर्ति तयार गरेका छन् ‘व्रिटिस साम्राज्यका नेपाली मोहराः गोरखाभर्तीको नालीवेली ।’
पुस्तक “व्रिटिस साम्राज्यका नेपाली मोहराः गोरखाभर्तीको नालीवेली” मा चलन चल्तीमा प्रयोग नहुने ‘मोहरा’ शब्दको अर्थ “चेसको गोटी” बुभ्mन भने पाठकलाई कठिन हुनेछ । लेखक झलक सुवेदीले नेपाली समाजबाट लाहुरे संस्कृति बारे आज सम्म सुनेका र देखेका कुरा बाहेक अनुसन्धानको गहिराई बाट नेपाली समाजले अहिले सम्म नसुनेका कुराहरु छर्लाङ्ग पारेका छन् । लाहुरे संस्कृतिवाट मख्ख भएका गोर्खाली तथा नेपालीहरुलाई ब्रिटिस साम्राज्यका किल्लाहरु जोगाउन संसारको विभिन्न देशहरुमा अग्रपन्क्तीमा लडेका लाहुरेहरुको कथाहरु पढ्दा साँच्चिकै भावविहोर बनाउंछ ।
मौखिक इतिहासमा सिमित गोर्खालीहरुको कथालाई एक गैर लाहुरे लेखकले मेहनतका साथ अनुसन्धान गर्दा विभिन्न विधिहरु अपनाएर यो पुस्तक माथिको विश्वासनियता बढाएको छ । लेखकले अनुसन्धानका विधिबारे मौखिक इतिहास अन्तवार्ता ९इचब िज्ष्कतयचथ क्ष्लतभचखष्भध०) प्रत्यक्ष अवलोकन ९एबचतष्अष्उबलत इदकभचखबतष्यल) र ऐतिहासिक दस्तावेजहरु ९ज्ष्कतयचष्अब िम्यअगmभलतक० अध्यान गरि कथाको गहिराइमा पुगेको छ । गहिराईमा पुग्नकै लागि लेखकले विभिन्न लाहुरे वस्तीहरुका साथै हङकङ्ग जस्ता लाहुरे जीवन विताएका ठाँउहरुमा गई सुक्ष्म अध्ययन गरिएकोले त्यसले अझ विश्वासनियता बढाएको छ । तथापि यसबारे पुष्टि गर्न अरु विधिहरु नअपनाइएको देखिन्छ । यसो हुनुमा मुख्यतय एकजना व्यतिmको जीवनमा आधारित कथा भएकोले हुन सक्छ । लेखकले अनुसन्धानको क्रममा पालना गर्नुपर्ने नैतिक मान्यताहरु ९भ्तजष्अब िऋयलकष्मभचबतष्यलक) समेत ध्यान दिई सबै सहभागीहरुलाई सम्मान गर्नुको साथै कतिपय निजि मामिलाहरुमा आँच आउन नदिन “पिंकी” जस्ता काल्पनिक नामहरु राखेर आफ्नो अनुसन्धानकर्ताको धर्म निभाएका छन् । विषय वस्तुसँग मेल खाने कविता, गीत तथा ठाँउठाँउमा गुरुङ्ग भाषा प्रयोग गरि लेखकले लाहुरे समुदायका पदमबहादुर गुरुङ्गलाई पछाउँदै अनुसन्धानको गहिराईसम्म पुग्ने प्रयास गरेको देखिन्छ ।
पुस्तकमा गोरखाभर्तीको प्रथा, गोर्खाली राज्यको विस्तारका साथै आधुनिक नेपाली इतिहास बारे चर्चा गरीएको छ । नेपाल–अङग्रेज युद्ध पछि वेलायती सैनिकहरुले जस्तोसुकै कठिनाईमा पनि बहादुरीका साथ लड्न सक्ने गोर्खालीहरुलाई ब्रिटिस गोरखालाहुरे बनाउने अभियान चलाए पश्चात गल्लावालहरु गाँउगाँउमा गई युवाहरुलाई फकाई कैयाँै दिन हिडाएर पक्लीहावामा भर्ति गर्न लाने प्रथाको बारेमा चर्चा गरेका छन् । वेलायत सरकारको यसरी भर्ति गराउने प्रथाहरुलाई वैधानिकता दिन नेपाल सरकारलाई दवाब दिएको कुरा यस पुस्तकमा चर्चा गरिएको छ ।
गोरखा पल्टनहरुको गठन, पुनर्गठन र विघटनले समय अनुसार बिभिन्न रुप लियो । पुस्तकमा सन् १९४७ मा भारत र वेलायतका वीच विभाजन गरिएपछि वेलायततिर पुगेका गोर्खालीहरुले वेलायती साम्राज्यवादको नीति अनुसार जापान, इन्डोनेशिया, मलाया लगायत विभिन्न देशमा शत्रुसँग भिड्ने काम मात्र नगरी युद्धबन्दीको रुपमा विताएका दिनहरुको बारेमा वेलिविस्तार गरिएका छन् । मलायाको जँगलमा पाएका लाहुरेहरुको दुःख र जिवनभर लाहुरे श्रीमानको प्रतिक्षामा बस्ने शान्तिमाया लिम्बु जस्ता लाहुरेनीको कथालाई उदाहरण दिँदै हजारँौ लाहुरेनीहरुले भोगेका पिडालाई अनगिन्ती कथाहरुका रुपमा प्रस्तुत गरेका छन् ।
पुस्तकमा लाहुरेहरुले क्याम्पको जीवनमा विताउने दिनचर्या र तालिमको समयमा रिक्रुट अफिसरहरुबाट खाइने गालीका साथै छुट्टिमा आउँदा हिन्दुकरणका कारण बाहिर (विदेश) जाँदाको पाप कटानी “पतिया” गर्न सात दिन सम्म पक्लिहवा बस्नु पर्दा लाहरेहरु होटलवाला तरुनीहरुको जालमा फसेका कुराहरु लेखक सुवेदीले कवि भुपि शेरचनको “भैरहवा” शीर्षक कवितासंग जोडी रोचकता थपेका छन् । कतिपय लाहुरेहरु वरालिएर वेखर्ची भई घरै नगई पल्टन फर्केका कथाहरु प्रस्तुत गरेका छन् ।लेखकले लाहुरेहरुले आफ्नो अमुल्य जीवन व्रिटिसहरुको साम्राज्यवाद विस्तार गर्ने क्रममा पहिलो र दोस्रो विश्वयुद्ध तथा अरु अनेक लडाईहरु सकेपश्चात चाहे पछि बोलाउँला भन्दै रिडन्डेन्सी नीति बनाई रित्तो हात फर्काइएको दुःखान्त कथाहरु पनि पस्केका छन् । लाहुरे जीवनको रिडन्डेन्सी र पेन्सन पछि कतिले आफ्नै गाँउठाँउमा बांकी जीवन विताए भने त्यहि गोर्खालीहरुको बहादुरीको कदर गर्दे बु्रनाइमा दोस्रो करियरको रुपमा नयाँ अवसर पाएको पनि वर्णन गरेका छन् । बु्रनाईको सुल्तान विरुद्धको विद्रोहमा उत्रेका शत्रुहरुलाई परास्त गरेबापत गोरखालाहुरेहरुलाई माया र विश्वास गरि बु्रनाईमा सेक्युरिटी गार्डका रुपमा काम गर्ने अवसर पाएको उल्लेख गरिएको छ । उता वेलायती लाहुरेहरु भने आफ्नै जिम्मेवारी बफादारीका साथ पालन गर्दै फकल्याण्ड देखि हवाईसम्म कुशलता पुर्वक लडाई लडिनै राखे । तर कतिपय नयाँ लाहुरेहरुलाई अफिसरहरुले गरेको गाली गलैज असह्य भएर अफिसरहरुलाई कुटपिट गरेको समेत उल्लेख छ । यसबाट केहीे सोझा गोर्खालीहरुले जागिरबाट हात धुन परेका कुरापनि खुलासा गरेका छन् ।
यो पुस्तकको अर्काे महत्वपुर्ण पक्ष भनेको लाहुरेका महिला सदस्याहरुले भोगेका जीवन र उनीहरुका छोराछोरीले भोगेका सामाजिक पिडा पनि हो । एउटा अभिभावकले दिनुपर्ने माया ममता र हेरचाहको अभावमा कसरी घरबार बिग्रन्छ भन्ने कुरा लेखकले काल्पनिक नामहरु राखेर लाहुरे समाजको चित्रण गरेका छन् । तर लाहुरे परिवारहरुले पनि राम्रो शिक्षा दिक्षा पाएर आज संसारको विभिन्न देशमा राम्रा कामहरु गरि सामाजिक प्रतिष्ठा कमाइरहेको चर्चा भने कमै उल्लेख गरिएको छ ।
लेखकले गोर्खालीहरुलाई व्रिटिस सरकारवाट भएको अन्याय विरुद्ध २० वर्ष देखि गोरखा भुतपुर्व सैनिक सङघ (गेसो)ले गरि आएको सङघर्षको सफलतालाई पनि समेटेका छन् । वेलायतको उच्च अदालतमा सार्वजनिक महत्वको प्रस्ताव माथि छलफल भएपछि प्रस्तावको पक्षमा बहुमत पुगेपछि गोर्खालीहरुले जितको महशुस गरेको कुरा पनि उल्लेख गरेको छ । गेसोले गोरखालाहुरेहरुको यस संघर्षमा सशक्त ढङ्गले साथ दिने व्रिटिस अभिनेत्री जोआना लुम्लेको नाममा कास्की र स्याङजाको सिमानामा “जोआना लुम्ले भ्यु टाउर” नै स्थापना गरेको छ । पुस्तक पढ्दै जाँदा पदमबहादुर गुरुङ्ग एक सिपाही मात्र होइन एक प्रखर सामाजिक अगुवा तथा नेता भएको झलक पाईन्छ । उनले आमा शुभा गुरुङसेनी र परिवारको लागि कहिले समय निकालेनन् । खाली गोर्खालीहरुको सामाजिक न्यायको लागि संघर्ष गरेर जीवनभर भौतारिरहे ।
लेखकले गोरखाभर्र्ती बारेको विवादबारे पनि लेखाजोखा गरेका छन् । लाहुरेहरु छुट्टीमा आउँदा देखाउने सान र लाहुरे नभए पछि ढाक्रेको विल्ला भिरेर समाजमा बाँच्नु पर्ने जीवन र बाध्यता पनि चासोको विषय छ । त्यसैले पनि हुन सक्छ जनजाति समुदायमा व्रिटिस लाहुरे हुन मरिहत्ते गर्ने परम्परा अझै पनि छ । लाहुरे प्रथा ठिक वा वेठिक भन्नेमा खासै ठोकुवा नगर्नुमा नेपालको वर्तमान राजनिति प्रतिको वितृष्णाले पनि हो । त्यसैले हुन सक्छ शक्तिमा नहुँदा गोरखाभर्ती बारे जे जस्तो बोले पनि नरहँदा यस बारे मौन रहन्छन् । किनभने सरकारले देशमा रोजगारको अवसरहरु दिलाउने कुनै तत्कालिन वा दीर्घकालिन अवसरहरु दिलाउन सकेका छैनन ।
पुस्तकको प्रस्तुतिकरण परम्परागत शैलीकै छ । यसलाई केही ऐतिहासिक फोटोहरु, उहिलेका लाहुरेहरु हिड्ने बाटाहरु र लेखकले यात्रा गरेका ठाँउहरु नक्सामा उतारेका भए प्रस्तुतिका कारण पाठकहरुको मन तान्न अझ टेवा पुग्न सक्थ्यो होला । लेखकले पुस्तकमा थुप्रै सन्दर्भ सामाग्रीहरु उल्लेख गरे पनि सिमित सामाग्री मात्र समावेश गरि अन्य महत्वपुर्ण सन्दर्भ सामग्रीहरु छुट्टाएका छन् । अनुसन्द्यानको दृष्टिकोणबाट उनले हेलचेक्राई गरेको देखिन्छ । अन्तमा यो पुस्तक पदमबहादुर गुरुङ्गको जीवनको शेरोफेरोमा बुनिएको हुँदा उहाँकै जिवनी हो कि भन्ने भान पनि हुन्छ । उहाँकै जिवनी नै पुस्तकको शिर्षक भए अझ उत्तम र न्याय संगत हुन्थ्यो कि ? पुस्तकलाई अंग्रजीमा अनुवाद गरि प्रकाशन गरिएमा गैर नेपाली पाठक र नेपाली भाषा विर्सिदै गएका भुतपुर्व गोरखासैनिकका छोराछोरीले पनि आफ्ना पुर्खाहरुको ऐतिहासिक कथा पढ्न अवसर पाउने थिए ।
Friday, November 30, 2012
book review (British samrajyaka Nepali Mohar) by Dr. Hum bdr grg.
k':ts ;ldIff M
uf]/vf etL{ / j]nfotL nfx'/]sf] syf
8f=x'daxfb'/ u'?ª
g]kfnsf] kxf8L If]q tyf 8fF8fsfF8fx?df uf]/vf elt{sf] ;kgf
af]s]sf o'jfx?n] kN6g]x?af6 nfx'/af6 kms]{kl5 cfkmGtx?nfO{ km';{bsf] a]nf df}lvs syf ;'gfpg] k|rng em08} b'O{;o jif{ eO{ ;s]sf] 5
. nfx'/] lhjgdf ef]u]sf b'Mv ;'v clg n8fO{sf] j]nf ef]u]sf syfx? /f]rs kf/fn]
e'tk'j{ uf]vf{nLx?n] ufFp3/df cfˆgf ;fyLefO{ tyf kl/jf/nfO{ ;'gfpg] syfx?sf] ;]t'sf
?kdf d'Vo kfq kbdaxfb'/ u'?Ën] ef]u]sf nfx'/] lhjgnfO{ s]Gb| ljGb' agfO{ tLg
jif{sf] cg';Gwfg / kl/>daf6 em08} b'O ;o jif{ klxn] b]lv ef]u]sf] s'/f hLjGt?kdf n]vs emns
;'j]bLn]] Ps dxTjk'0f{ s[lt{ tof/ u/]sf 5g\ …lj|l6; ;fd|fHosf g]kfnL df]x/fM
uf]/vfetL{sf] gfnLj]nL .Ú
k':ts ælj|l6; ;fd|fHosf g]kfnL
df]x/fM uf]/vfetL{sf] gfnLj]nLÆ df rng rNtLdf k|of]u gx'g] …df]x/fÚ zAbsf] cy{ ær];sf]
uf]6LÆ a'e\mg eg] kf7snfO{ sl7g x'g]5 . n]vs emns ;'j]bLn] g]kfnL ;dfhaf6 nfx'/]
;+:s[lt af/] cfh ;Dd ;'g]sf / b]v]sf s'/f afx]s cg';Gwfgsf] ulx/fO{ af6 g]kfnL ;dfhn] clxn] ;Dd g;'g]sf s'/fx? 5nf{Ë kf/]sf 5g\ .
nfx'/] ;+:s[ltjf6 dVv ePsf uf]vf{nL tyf g]kfnLx?nfO{ la|l6; ;fd|fHosf lsNnfx?
hf]ufpg ;+;f/sf] ljleGg b]zx?df cu|kGQmLdf n8]sf nfx'/]x?sf] syfx? k9\bf
;fFlRrs} efjljxf]/ agfp+5 .
df}lvs Oltxf;df l;ldt uf]vf{nLx?sf]
syfnfO{ Ps u}/ nfx'/] n]vsn] d]xgtsf ;fy
cg';Gwfg ubf{ ljleGg ljlwx? ckgfP/ of] k':ts dflysf] ljZjf;lgotf a9fPsf] 5 .
n]vsn] cg';Gwfgsf ljlwaf/] df}lvs Oltxf; cGtjftf{ (Oral
History Interview)_ k|ToIf cjnf]sg (Participant Observation_ / P]ltxfl;s b:tfj]hx? (Historical Documents) cWofg ul/ syfsf] ulx/fOdf k'u]sf] 5
. ulx/fO{df k'Ugs} nflu n]vsn] ljleGg nfx'/] j:tLx?sf ;fy} xªsË h:tf nfx'/]
hLjg ljtfPsf 7fFpx?df uO{ ;'Id cWoog ul/Psf]n] To;n] cem ljZjf;lgotf a9fPsf] 5
. tyflk o;af/] k'li6 ug{ c? ljlwx? gckgfOPsf] b]lvG5 .
o;f] x'g'df d'Voto Pshgf Joltmsf] hLjgdf cfwfl/t syf ePsf]n] x'g ;S5 . n]vsn]
cg';Gwfgsf] qmddf kfngf ug{'kg{] g}lts dfGotfx? (Ethical
Considerations_
;d]t Wofg lbO{ ;a} ;xefuLx?nfO{ ;Ddfg ug'{sf] ;fy} sltko lglh dfldnfx?df cfFr cfpg
glbg ælk+sLÆ h:tf sfNklgs gfdx? /fv]/ cfˆgf] cg';Gwfgstf{sf] wd{ lgefPsf 5g\ .
ljifo j:t';Fu d]n vfg] sljtf, uLt tyf 7fFp7fFpdf u'?Ë efiff k|of]u ul/ n]vsn] nfx'/]
;d'bfosf kbdaxfb'/ u'?ËnfO{ k5fpFb} cg';Gwfgsf] ulx/fO{;Dd k'Ug] k|of; u/]sf] b]lvG5
.
k':tsdf uf]/vfetL{sf] k|yf, uf]vf{nL
/fHosf] lj:tf/sf ;fy} cfw'lgs g]kfnL Oltxf; af/] rrf{ u/LPsf] 5 . g]kfn–cªu|]h
o'4 kl5 j]nfotL ;}lgsx?n] h:tf];'s} sl7gfO{Dff klg axfb'/Lsf ;fy n8\g ;Sg]
uf]vf{nLx?nfO{ la|l6; uf]/vfnfx'/] agfpg] cleofg rnfP kZrft uNnfjfnx?
ufFpufFpdf uO{ o'jfx?nfO{ kmsfO{ s}ofF} lbg lx8fP/ kSnLxfjfdf elt{ ug{ nfg]
k|yfsf] af/]df rrf{ u/]sf 5g\ . j]nfot ;/sf/sf] o;/L elt{ u/fpg] k|yfx?nfO{
j}wflgstf lbg g]kfn ;/sf/nfO{ bjfa lbPsf] s'/f o; k':tsdf rrf{ ul/Psf] 5 .
uf]/vf kN6gx?sf] u7g, k'gu{7g /
lj36gn] ;do cg';f/ laleGg ?k lnof] . k':tsdf ;g\ !($& df ef/t / j]nfotsf jLr
ljefhg ul/Pkl5 j]nfotlt/ k'u]sf uf]vf{nLx?n] j]nfotL ;fd|fHojfbsf] gLlt cg';f/
hfkfg, OG8f]g]lzof, dnfof nufot ljleGg b]zdf zq';Fu le8\g] sfd dfq gu/L
o'4aGbLsf] ?kdf ljtfPsf lbgx?sf] af/]df j]lnlj:tf/ ul/Psf 5g\ . dnfofsf] hFundf
kfPsf nfx'/]x?sf] b'Mv / lhjge/ nfx'/] >Ldfgsf] k|ltIffdf a:g] zflGtdfof
lnDa' h:tf nfx'/]gLsf] syfnfO{ pbfx/0f lbFb} xhf/Ff} nfx'/]gLx?n] ef]u]sf
lk8fnfO{ cgluGtL syfx?sf ?kdf k|:t't u/]sf 5g\ .
k':tsdf nfx'/]x?n] SofDksf] hLjgdf
ljtfpg] lbgrof{ / tflndsf] ;dodf l/qm'6 clkm;/x?af6 vfOg] ufnLsf ;fy} 5'l§df
cfpFbf lxGb's/0fsf sf/0f aflx/ -ljb]z_ hfFbfsf] kfk s6fgL ækltofÆ ug{ ;ft lbg
;Dd klSnxjf a:g' kbf{ nfx/]x? xf]6njfnf
t?gLx?sf] hfndf km;]sf s'/fx? n]vs ;'j]bLn] slj e'lk z]/rgsf] æe}/xjfÆ zLif{s
sljtf;+u hf]8L /f]rstf yk]sf 5g\ . sltko nfx'/]x? j/flnP/
j]vrL{ eO{ 3/} guO{ kN6g kms]{sf syfx? k|:t't u/]sf 5g\ .n]vsn] nfx'/]x?n]
cfˆgf] cd'No hLjg lj|l6;x?sf] ;fd|fHojfb lj:tf/ ug]{ qmddf klxnf] / bf];|f]
ljZjo'4 tyf c? cg]s n8fO{x? ;s]kZrft rfx] kl5 af]nfpFnf eGb} l/8G8]G;L gLlt agfO{ l/Qf]
xft kmsf{OPsf] b'MvfGt syfx? klg k:s]sf 5g\ . nfx'/] hLjgsf] l/8G8]G;L / k]G;g kl5 sltn] cfˆg} ufFp7fFpdf
af+sL hLjg ljtfP eg] Tolx uf]vf{nLx?sf] axfb'/Lsf] sb/ ub]{ a'|gfOdf bf];|f]
sl/o/sf] ?kdf gofF cj;/ kfPsf] klg j0f{g u/]sf 5g\ . a'|gfO{sf] ;'Ntfg lj?4sf]
ljb|f]xdf pq]sf zq'x?nfO{ k/f:t u/]afkt uf]/vfnfx'/]x?nfO{ dfof / ljZjf; ul/
a'|gfO{df ;]So'l/6L uf8{sf ?kdf sfd ug]{ cj;/ kfPsf] pNn]v ul/Psf] 5 . ptf
j]nfotL nfx'/]x? eg] cfˆg} lhDd]jf/L akmfbf/Lsf ;fy kfng ub}{ kmsNof08 b]lv
xjfO{;Dd s'zntf k'j{s n8fO{ nl8g} /fv] . t/ sltko gofF nfx'/]x?nfO{ clkm;/x?n]
u/]sf] ufnL un}h c;Xo eP/ clkm;/x?nfO{ s'6lk6 u/]sf] ;d]t pNn]v 5 . o;af6 s]xL] ;f]emf uf]vf{nLx?n] hflu/af6
xft w'g k/]sf s'/fklg v'nf;f u/]sf 5g\ .
of] k':tssf] csf{] dxTjk'0f{ kIf
eg]sf] nfx'/]sf dlxnf ;b:ofx?n] ef]u]sf hLjg / pgLx?sf 5f]/f5f]/Ln] ef]u]sf
;fdflhs lk8f klg xf] . Pp6f cleefjsn] lbg'kg]{ dfof ddtf / x]/rfxsf] cefjdf
s;/L 3/af/ lau|G5 eGg] s'/f n]vsn] sfNklgs gfdx? /fv]/ nfx'/] ;dfhsf] lrq0f u/]sf 5g\ .
t/ nfx'/] kl/jf/x?n] klg /fd|f] lzIff lbIff kfP/ cfh ;+;f/sf] ljleGg b]zdf
/fd|f sfdx? ul/ ;fdflhs k|lti7f sdfO/x]sf] rrf{ eg] sd} pNn]v ul/Psf] 5 .
n]vsn] uf]vf{nLx?nfO{ lj|l6;
;/sf/jf6 ePsf] cGofo lj?4 @) jif{ b]lv uf]/vf e'tk'j{ ;}lgs ;ª3 -u];f]_n] ul/
cfPsf] ;ª3if{sf] ;kmntfnfO{ klg ;d]6]sf 5g\ . j]nfotsf] pRr cbfntdf ;fj{hlgs
dxTjsf] k|:tfj dfly 5nkmn ePkl5 k|:tfjsf] kIfdf ax'dt k'u]kl5 uf]vf{nLx?n]
lhtsf] dxz'; u/]sf] s'/f klg pNn]v u/]sf] 5 . u];f]n] uf]/vfnfx'/]x?sf] o;
;+3if{df ;zQm 9Ën] ;fy lbg] lj|l6; cleg]qL hf]cfgf n'Dn]sf] gfddf sf:sL /
:ofªhfsf] l;dfgfdf æhf]cfgf n'Dn] Eo' 6fp/Æ g} :yfkgf u/]sf] 5 . k':ts k9\b}
hfFbf kbdaxfb'/ u'?Ë Ps l;kfxL dfq xf]Og Ps k|v/ ;fdflhs cu'jf tYff g]tf ePsf]
emns kfO{G5 . pgn] cfdf z'ef u'?ª;]gL / kl/jf/sf] nflu slxn] ;do
lgsfn]gg\ . vfnL uf]vf{nLx?sf] ;fdflhs Gofosf] nflu ;+3if{ u/]/ hLjge/
ef}tfl//x] .
n]vsn] uf]/vfetL{{ af/]sf]
ljjfbaf/] klg n]vfhf]vf u/]sf 5g\ . nfx'/]x? 5'§Ldf cfpFbf b]vfpg] ;fg / nfx'/]
geP kl5 9fqm]sf] ljNnf le/]/ ;dfhdf afFRg' kg]{ hLjg / afWotf klg rf;f]sf]
ljifo 5 . To;}n] klg x'g ;S5 hghflt ;d'bfodf lj|l6; nfx'/] x'g dl/xQ] ug]{
k/Dk/f cem} klg 5 . nfx'/] k|yf l7s jf j]l7s eGg]df vf;} 7f]s'jf gug'{df
g]kfnsf] jt{dfg /fhlglt k|ltsf] ljt[i0ffn] klg xf] . To;}n] x'g ;S5 zlQmdf
gx'Fbf uf]/vfetL{ af/] h] h:tf] af]n] klg g/xFbf o; af/] df}g /xG5g\ . lsgeg]
;/sf/n] b]zdf /f]huf/sf] cj;/x? lbnfpg] s'g} tTsflng jf bL3{sflng cj;/x? lbnfpg ;s]sf 5}gg .
k':tssf] k|:t'lts/0f k/Dk/fut
z}nLs} 5 . o;nfO{ s]xL P]ltxfl;s kmf]6f]x?, plxn]sf nfx'/]x? lx8\g] af6fx? /
n]vsn] ofqf u/]sf 7fFpx? gS;fdf ptf/]sf eP k|:t'ltsf sf/0f kf7sx?sf]
dg tfGg cem 6]jf k'Ug ;SYof] xf]nf . n]vsn] k':tsdf y'k|} ;Gbe{ ;fdfu|Lx? pNn]v
u/] klg l;ldt ;fdfu|L dfq ;dfj]z ul/ cGo dxTjk'0f{ ;Gbe{ ;fdu|Lx? 5'§fPsf 5g\ .
cg';GBfgsf] b[li6sf]0faf6 pgn] x]nr]s|fO{ u/]sf] b]lvG5 . cGtdf
of] k':ts kbdaxfb'/ u'?Ësf] hLjgsf] z]/f]km]/f]df a'lgPsf] x'Fbf pxfFs} lhjgL
xf] ls eGg] efg klg x'G5 . pxfFs} lhjgL g} k':tssf] lzif{s eP cem pQd / Gofo
;+ut x'GYof] ls < k':tsnfO{ c+u|hLdf cg'jfb ul/ k|sfzg ul/Pdf u}/ g]kfnL
kf7s / g]kfnL efiff ljl;{b} uPsf e'tk'j{ uf]/vf;}lgssf 5f]/f5f]/Ln] klg cfˆgf
k'vf{x?sf] P]ltxfl;s syf k9\g cj;/ kfpg] lyP .
Wednesday, November 28, 2012
प्याक्स इन्डिका को समिक्स्या
किताब
- बदलिँदो मनोविज्ञान
- झलक सुबेदी
शशी थरुर राष्ट्रसंघीय महासचिवका उमेदवार बनेर पराजित हुने क्रममा अन्तर्राष्ट्रिय विरादरीमा परिचित भएका भारतीय राजनीतिज्ञ र लेखक हुन् । लामो समय यूएन शान्ति मिसनहरूमा काम गरेका यिनी केरलाबाट लोकसभा सदस्यमा निर्वाचित भएका छन् तथा केही समय भारतको विदेश राज्यमन्त्री भएका थिए । भारतीय क्रिकेट लिगको एउटा टिम आपmनी प्रेमिका -अहिले श्रीमती) लाई दिलाउन पदको दुरुपयोग गरेको भनेर विवाद भएपछि राजीनामा दिएका उनी साहित्यिक क्षेत्रमा समेत परिचित छन् ।
दुई साताअगाडि मात्रै पुनर्गठन भएको मन्त्रिपरिषद्मा शशी थरुर मानव संसाधन राज्यमन्त्री -स्वतन्त्र कार्यभार) का रूपमा फेरि मन्त्रिपरिषद्मा भित्रिए । यसैगरी ज्योतिरादित्य सिन्धिया -४०) र सचिन पाइलट -३५) जस्ता युवा 'राजकुमारहरू' लाई मन्त्रिपरिषद्मा स्वतन्त्र कार्यभार सुम्पिइएको छ । राजनीतिक घरानामा जन्मे हुर्केका, अमेरिका लगायतका देशमा पुगेर उच्च शिक्षा हासिल गरेका, कर्पोरेट दुनियाँसँग परिचित यी युवाहरू आउने दिनमा भारतको राजनीति, अर्थतन्त्र र विदेश नीतिलाई प्रभावित गर्ने गरी हुर्कंदै गरेका राजकुमारहरू हुन् । सोनिया गान्धी, उनका पुत्र राहुल लगायतको सानो समूह बिस्तारै भारतीय राजनीतिमा राहुलको सहयोगी युवा समूहलाई स्थापित गर्ने र आगामी २०१४ मा हुने निर्वाचनपछि यही पुस्तालाई नेतृत्व सुम्पने अभ्यासमा लागेको प्रस्ट भएको छ ।
यसरी यस शताब्दीको मध्यदेखि विश्वलाई नेतृत्व गर्ने तयारी गरिरहेको छिमेकी मुलुकमा भइरहेको परिवर्तनले आगामी लामो समयसम्म हामीलाई पनि एक या अर्को ढंगले प्रभावित गर्नेछ । नेपाल परिवर्तनलाई संस्थागत गर्ने अभ्यासमा लागिरहेको छ । यता पनि युवा पुस्ताले नेतृत्व गर्नुपर्ने चर्चा बेलाबेलामा हुने गर्छ । यसबेला भारतमा भइरहेको परिवर्तनले हामीलाई कस्तो प्रभाव पार्ला, त्यताको युवा पुस्ता भारतको आगामी भूमिकालाई कसरी हेरिरहेको छ भनेर थाहा पाउनु जरुरी छ । आफ्नो करियरमा बदलिँदो विश्व शक्ति सन्तुलन र त्यसको प्रभावलाई नजिकबाट नियालेका थरुरको पुस्तक 'प्याक्स इन्डिका' यसबारेमा जानकारी दिने गतिलो आँखीझ्याल हुनसक्छ ।
'प्याक्स इन्डिका- इन्डिया एन्ड दी वल्र्ड अफ दी ट्वान्टी फस्ट सेन्च्युरी' नामक पुस्तकमा थरुरले आफ्ना अध्ययन र अनुभवका आधारमा विश्व रंगमञ्चमा भारतको भूमिकाका सम्भावित चित्रहरू कोरेका छन् । सम्भवतः भारतीय विदेश नीतिका सवलता र दुर्वलता, यसको आर्थिक तथा रणनीतिक सामथ्र्य, विश्वमा बदलिँदो शक्ति सन्तुलनबाट उत्पन्न भएका चुनौती र अवसर, इतिहासले भारतका सामु छाडेका पाकिस्तान -कश्मीर) र चीनसँगका विवाद, आन्तरिक रूपमा उत्तरपूर्वी क्षेत्रमा रहेका पृथकतावादी समस्या, माओवादी विद्रोह र सबैभन्दा बढी त गरिबी र पछौटेपनबाट पिल्सिएको विशाल जनसंख्या भएको भारतको सापेक्षतामा भारतीय विदेश नीतिको मुख्य उद्देश्य के हो भन्नेबारे थरुरले यस पुस्तक मार्फत एउटा अवलोकनकर्ताको रूपमा विशद् चर्चा गरेका छन् ।
पुस्तक ११ उपशीर्षकमा विभाजित छ । अहिलेसम्मको भारतीय विदेश नीति र विश्व सम्बन्धमा आइरहेको परिवर्तनलाई पहिलो शीर्षकमा चर्चा गरिएको छ । दोस्रो अध्यायमा पाकिस्तानसँगका सम्बन्धहरू केलाइएको छ । खासगरी मुुम्बईको ताज होटलमा भएको आतंकवादी आक्रमणको सेरोफेरोमा रहेर पाकिस्तानका नीतिहरू र भारतका चासोहरूलाई मुखर रूपमा यस शीर्षकमा उठाइएको छ ।
तेस्रो अध्यायमा चीनसँगको सम्बन्ध, त्यसको आर्थिक तथा सामरिक पक्षहरूलाई केलाइएको छ । यस पुस्तक पढ्दा सायद सबैजसो पाठकको मुख्य ध्यान यही अध्यायमा केन्दि्रत हुन्छ । अहिले नै चीन र भारतको रणनीतिक आर्थिक सामथ्र्य तुलना गर्न नमिल्ने खालको धुरीबलेंसी भए पनि केही वर्षमा नै भारतले चीनलाई भेट्टाउने र ऊसँग विश्व मञ्चहरूमा -आर्थिक तथा रणनीतिक स्वार्थहरूमा) प्रतिस्पर्धा गर्ने निश्चित छ ।
यसैगरी दक्षिण एसिया, पूर्वी एसिया, मध्यपूर्व र अरब मुलुक, युरोप, मध्यएसिया, संयुक्त राज्य अमेरिका, दक्षिण अमेरिका, अपि|mकाका देशहरूसँगको सम्बन्धलाई अलग-अलग भागमा केलाइएको छ । यस्तै भारतको नरम शक्ति -सपmट पावर) र सार्वजनिक कूटनीतिका पक्षहरू, भारतीय विदेश नीतिलाई प्रभावित गर्ने आन्तरिक संगठन र संरचना, विश्व मञ्चलाई प्रभावित गर्ने बहुपक्षीय संस्थाहरूमा भारतको उपस्थिति र भूमिका तथा यस शताब्दीमा भारतको सम्भावित रणनीतिका बारेमा अलग अलग अध्यायमा चर्चा गरिएको छ ।
अहिले लोकपि्रय हँुदै गएको अखबारी लेखन शैली पछ्याइएको प्रस्तुत पुस्तकमा लेखकले आफ्ना निजी अनुभव र अध्ययन तथा सूचनाहरूको मिसमास गरेर सरल बनाएका छन् ।
शशी थरुरले सबैभन्दा बढी पाकिस्तान र भारतबीचका सम्बन्धको चर्चा गरेका छन् । उनका विचारहरू तुलनात्मक रूपले तर्कपूर्ण रहेका छन् । दुवै देशले मिलेर जान सक्दा निकै धेरै उपलब्धि हुनसक्ने भए पनि उनको विचारमा, पाकिस्तान बन्नुसँगै उसले पछ्याएको भारतलाई चुनौती दिने र आफ्नो वर्चस्व कायम राख्ने विचार र व्यवहार, पाकिस्तानमा लोकतन्त्र र जननिर्वाचित सरकारको साटो सेनाको वर्चस्व रहनु, कश्मीरको विभाजन र बङ्गलादेशलाई पाकिस्तानबाट अलग पार्न भारतले खेलेकोे भूमिका, यसबीचमा दुई देशबीच भएका युद्धहरू तथा शक्ति सन्तुलन कायम राख्ने हतियारका रूपमा पाकिस्तानले अपनाएको आतङ्कवादीहरूलाई पालनपोषण गर्ने नीतिसमेतले पारेको अप्ठेरोबारे भारतीय स्वार्थहरूमा आधारित रहेर यसमा चर्चा गरिएको छ ।
लेखकले नेपालका बारेमा पनि झन्डै साढे दुई पेज खर्च गरेका छन् । नेपालका बारेमा उनको बुझाइ परम्परागत धारणाबाट निर्देशित तथा हालै एसडी मुनी र श्यामशरणले व्यक्त गरेका धारणाबाट पैंचो लिइएका छन् । सन् १९५० का वरपर भारतले धमाधम रजवाडाहरू समाप्त गर्दैर् लगेको र कश्मीर, सिक्किम, भुटान लगायतका देशहरूसँग सन्धिहरू गर्दै गएको बेला नेपालका महाराजले पनि भारत अधीनस्थ हुन कहाँनिर हस्ताक्षर गर्नुपर्ने हो म गरिदिन्छु भनेर नेहरूलाई खबर पठाएको तर चीन र भारतका बीचमा एउटा मध्यभूमि चाहिन्छ भन्ने सोचसमेतले प्रभावित भएर नेहरूले नेपाललाई स्वतन्त्र रहन कृपा गरेको जस्तो अर्थ लाग्ने भनाइ उनले पुस्तकमा उल्लेख गरेका छन् । हालै एसडी मुनीले यही कुरा सार्वजनिक गर्दा नेपालमा निकै आलोचनासमेत भएको थियो । नेपालले तथ्यहरूका आधारमा यसबारे जनतालाई प्रस्ट कुरा राख्नुपर्ने बेला भएजस्तो छ ।
पुस्तक पढ्दा अनुभूति गर्न सकिने कुरा के हो भने भारतको अहिलेको पुस्तामा उत्तर उपनिवेशकालीन मनोविज्ञान र बि्रटिस उपनिवेश रहँदा उसैले हुर्काएको कर्मचारीतन्त्रको दृष्टिकोणहरूको प्रभाव कमजोर बन्दै गएको छ । यो पुस्ता भारतलाई भविष्यमा विश्वशक्तिका रूपमा यसले खेल्न सक्ने सम्भावित भूमिकातिर नजर लगाउन थालेको छ, त्यसै अनुरूप आफ्ना घरेलु नीतिहरू, विकास रणनीतिहरू, विश्वमञ्चहरूमा आफु अनुकूलका संरचना र भइरहेका संरचनामा आफ्नो भूमिकाको विस्तारजस्ता कुराको खोजीमा छ । विश्वमा बलियो देखिन पहिले त आन्तरिक रूपमा आम भारतीयहरूलाई गरिबीबाट मुुक्त गर्नु र पूर्वाधारहरूको प्रचुर विकास गर्न सक्नुपर्छ, त्यसका लागि तुलनात्मक रूपले शान्तिपूर्ण अवस्था चाहिन्छ भन्नेबारे सचेत छ । आफ्ना सामथ्र्य र कमजोरीहरूबारे खुला रूपमा बहस गर्न सक्षम हुँदै गएको छ भन्ने देखिन्छ । यो हामीले केही वर्षअगाडिसम्म सामना गरिरहेको भारतीय संरचना होइन, गतिशील र तार्किक बन्दै छ । नेपालले आफ्ना स्वार्थहरू बुझ्ने र त्यस अनुकूलका रणनीतिहरू तयार पार्ने हो भने भारतसँग मिलेर काम गर्न या नेपालका हितमा भारतको बढ्दो आर्थिक हैसियतको उपयोग गर्न सम्भव छ भन्नेतिर पनि यसले संकेत गर्छ ।
लेखकको कमजोरी भने उनले आगामी ३० वर्ष यही दरमा विकास गर्दै जाँदा भारत र अमेरिकाबीच विश्व बजार कब्जा गर्न, प्राकृतिक स्रोतहरूमाथि नियन्त्रण गर्न हुनसक्ने प्रतिस्पर्धाबारे चुप लाग्नु हो । उनले चीनसँगको सम्भावित प्रतिस्पर्धाको चित्र त कोरेका छन् तर अमेरिका लगायतका देशहरूसँगका प्रतिस्पर्धाबारे मौन छन् । पुँजीवादी विकासको अनिवार्य परिणामका रूपमा, पुँजीवादी विकासलाई निरन्तरता दिन हरेक देेशको पुँजीपति वर्गले खोज्नेे नयाँ बजार र कच्चापदार्थको खोजीका क्रममा पहिले नै बजार कब्जा गरेर बसेको शक्तिसँग नयाँले टक्कर लिनैपर्ने हुन्छ । यसबारेमा थरुर चुप छन् । उनले जुन प्रजातान्त्रिक भारत र अमेरिका एकै ठाउँमा उभिएर अधिनायकवादी बाटोमा रहेको चिनियाँ शक्तिलाई नरम तथा गरम शक्तिका माध्यमबाट चुनौती दिने कुरा गरेका छन् त्यो पनि अवास्तविक देखिन्छ । यसरी नै उनले अमेरिका क्रमशः यूएनको सुरक्षा परिषद्को घेराबाट फुत्केर आफ्ना अलग संरचनाहरू मार्फत विश्वमा प्रभुत्व कायम राख्न कस्सिएको सन्दर्भमा -यसबारे प|mान्सिस फुकुयामाले उहिल्यै विस्तारमा चर्चा गरेका छन्) पुराना विश्व संस्थाहरूको भूमिकाको सम्भावित चित्रबारे ख्याल गरेका छैनन् ।
जे भए पनि भारतको भावी चित्रबारे बुझ्न चाहनेहरू, खासगरी विदेश नीतिबारे सरोकार राख्नेले यो पुस्तक पढ्दा सहयोग नै पुग्छ ।
प्रकाशित मिति: २०६९ मंसिर ९ १०:१५
Wednesday, November 21, 2012
my article on chinesse leadership change
http://epaper.ekantipur.com/showtext.aspx?boxid=3713915&parentid=26220&issuedate=22112012
Sunday, November 18, 2012
अहा त्यो जिन्दगी...
कोसेली»
पुस १ -
चैत महिनाको दोस्रोे साता भए पनि आकाशमा तुँवालो थिएन । फेवातालको पानी निलो निलो र सफा थियो । पारि रानीवन मनै लोभ्याउने हरियाली र पालुवाले ढाकिएको थियो । जिल्ला अदालत रहेको भवनको एकतला माथि दक्षिणपट्टकिो सानो कोठामा न्यायाधीश आफ्नो अग्लो पारिएको आशनमा बिराजमान थिए । सरकारी वकिलले बहस गर्दै आफ्ना तर्कहरू पेस गर्यो र सजायको माग दाबी गर्दै भन्यो, 'अपराधको प्रकृति र प्राप्त प्रमाणहरूको आधारमा अभियुक्तहरू... लाई मुलुकी ऐनको धारा... अनुसार मृत्युदण्डको सजाय दिइयोस् श्रीमान् ।'
उसले पहिले 'हदैसम्मको सजाय' भन्ने शब्द प्रयोग गरेको थियो । यो शब्द प्रयोग गरुञ्जेल मलाई कुनै प्रभाव परेको थिएन । ०४२ सालको बमकाण्डपछि जन्मकैदलाई २० वर्षबाट बढाएर ३३ वर्ष पुर्याइएको थियो तथा केही विध्वंसात्मक कार्य नियन्त्रण ऐन मार्फत सत्ताका विरोधीलाई दण्ड दिने पुरानो ऐनलाई कडा बनाइएको थियो । सेप्टेम्बर ११ पछिको अमेरिकामा जस्तै । तर 'मृत्युदण्ड' भन्ने शब्दचैं मेरो भेजामा घुस्न मानिरहेको थिएन । मलाई त्यो सरकारी वकिलको अनुहार हेर्न मनलाग्यो । ऊ एकदम उदासीन, निराश र फुस्रो अनुहारको देखियो । उसले जोड दिएर भनेको 'मृत्युदण्ड' शब्द दोहोर्याएर सम्झे र त्यो शब्द हामीतिर नै लक्षित हो भन्ने मनमा गुन्दा उत्पन्न भावनाले म फिस्स हाँसें । मसँगै बसिरहेका रवीन्द्र अधिकारीतिर हेरें । उनी पनि निस्पिक्री देखिए । भर्खर २० वर्ष पुग्दै गरेको यो केटोको जीवनप्रतिको यो बेपरबाह अनुभूति मलाई रमाइलो लाग्यो । इजलासमा दौरा सुरुवाल कोट र कालो टोपीमा सजिएर बसेका न्यायाधीश -नरेन्द्रमान श्रेष्ठ हुन् क्यारे) को अनुहार पनि निस्पृह नै देखिन्थ्यो ।
lll
०४६ सालको जनआन्दोलन थालिएको १ महिनापछिको समयको कुरा हो । आन्दोलन सुरुमा ह्वात्तै उठेर बिस्तारै सेलाउन थालेको थियो । जेलमा आउने खबरहरू त्यति उत्साह बढाउने खालका थिएनन् । बीबीसी, अल इन्डिया रेडियो र भ्वाइस अफ अमेरिकाका लागि रेडियोका कान निमोठ्दै हामी आफ्ना दिनहरू बिताइरहेका थियौं । दुई-चार दिनमा कोही न कोही नयाँ साथी जेलमा आइपुग्थ्यो र बाहिरका खबर सुनाउँथ्यो । चैत ७ गते कीर्तिपुरको अडिटोरियम हलमा बुद्धिजीवीहरूले गरेको कार्यक्रमस्थलमा भएको प्रशासनिक हस्तक्षेपले आन्दोलनमा अलिकति ऊर्जा थपेको थियो । आन्दोलनको ज्वार उठ्छ कि भन्ने आशा पलाएको भए पनि यसको सफलताका बारेमा कुनै भर गर्न सकिने सूचकहरू थिएनन् । अर्थात् राजाको हात माथि पर्न सक्ने या हामीले केही वर्ष उसको दमन बेहोरेर बस्नुपर्ने सम्भावना अझै बलशाली थिए ।
यस्तो बेला जस्तोसुकै सजाय भयो भने पनि केही वर्ष जेलको हावा खानुपर्ने निस्चित नै हुन्थ्यो । सार्वजनिक अपराध या राजकाज अपराध अन्तर्गत जेलमा लगिएकाहरू नै वषौर्ं बसिरहेका थिए । हामीलाई त यो राजाको गाथगाधी ताकेको या आतङ्कवादीजस्तै कुनै गम्भीर अपराध गरेको अभियोग लगाइएको थियो । हामी गिरफ्तार भएको कैयन दिनपछि पोखरामा बस जलाउन लागेको बेला ग्यालेनमा मट्टतिेल र सलाईसमेत पक्राउ परेकाहरूसँग मिलाएर हाम्राविरुद्ध अभियोग तयार पारिएकोे थियो । त्यही मुद्दामा यो मृत्युदण्डको माग गर्दै बहस भएको थियो ।
मुद्दामा हाम्रो तर्फबाट, जसमा तत्कालीन नेकपा मालेकी एक जना मजदुर कार्यकर्ता तालकुमारी श्रेष्ठ, यो लेखक र रवीन्द्र अधिकारी लगायतलाई अभियुक्त बनाइएको थियो, गोविन्द शर्मा पौडेल र रजितभक्त प्रधानांग लगायतका -सबैको नाम त सम्भिनँ) परिचित अधिवक्ताहरू बहस गर्दै थिए । उनीहरूले सरकारी वकिलका प्रमाण र मागदाबी आधारहीन रहेको र अभियुक्तहरू निर्दोष रहेको तर्क गरे र बहस नोट इजलासमा रहेका न्यायाधीशलाई बुझाएर गए ।
lll
त्यसको केही बेर अगाडि मात्रै इजलासभन्दा उत्तरपट्ट िरहेको एउटा कोठामा मेरो बयान एक जना सुब्बाले लिएका थिए । कलेजतिर चिनजान भएका ती मित्रले बयानमा केही औपचारिक कुराहरूपछि मुद्दाका सम्बन्धमा प्रश्नहरू सोधे । जब उनले राजतन्त्रका बारेमा हाम्रा विचार सोध्न थाले अनि मलाई आफ्नो राजनीतिक नैतिकता सम्बन्धी प्रश्नको सामना गर्नुपर्ने भयो । उनी हाम्रा शुभचिन्तक थिए र मुद्दालाई कमजोर बनाउन चाहन्थे । राजतन्त्रका बारेमा सहज या विरोध नजनिने प्रकारको उत्तर दिनुस् न भनेर मलाई सुुझाइरहेका थिए । मैले आफैंलाई सोधें, 'भाइ यता राजाका बारेमा द्विअर्थी या विरोध नदेखिने जस्तो जवाफ दिएर जाने हो भने बाहिर गएपछि त्यही राजाका विरोधमा लड्ने नैतिक बल तँसँग कसरी बाँकी रहन्छ ? 'अहँ हुँदैन । म राजा मान्दिनँ । गणतन्त्रवादी नै हुँ । यो देशमा राजाको शासन समाप्त हुनैपर्छ भन्ने मेरो मान्यताबाट म पछि हट्न सक्दिनँ । होस् त जेल सजाय । अरू पनि त जेलमा बसेकै छन् ।' मैले आफूलाई सोधिएका प्रश्नहरूको सीधा र प्रस्ट जवाफ दिएँ । हामी त्यो बस जलाउने कार्य या योजनामा कतै सामेल छैनौं । शान्तिपूर्ण आन्दोलनमा छौं । तर राजतन्त्रका विरोधमा भएका जस्तासुकै आन्दोलनप्रति पनि हाम्रो समर्थन रहन्छ । यस्तै अर्थ त्यो बयानमा आउँथ्यो । एउटा माक्र्सवादी विचारको मान्छे राजतन्त्रका बारेमा गोलमटोल जवाफ कसरी दिनसक्छ ?
lll
एक महिनाभन्दा पहिलेबाटै राजा वीरेन्द्र आफ्ना नन्दीभृङ्गीसहित पोखरा भ्रमणमा थिए । जनआन्दोलन सुरु नहुँदै पोखरामा व्यापक दमन धरपकड सुरु भयो । फागुन १ गते प्रशासनले पृथ्वीनारायण क्याम्पसमा नाङ्गो हस्तक्षेप गरेर विद्यार्थी नेता तथा स्ववियुकी सचिव सुश्री लक्ष्मी कार्की लगायत २०० जनाभन्दा बढीलाई गिरफ्तार गरेको थियो । पचासौं जना घाइते भएका थिए । यही दमनका विरोधमा आन्दोलन संगठित गर्दै रहेका बेला ०४६ साल फागुन ४ गते हामी गिरफ्तार भएका थियौं । प्रहरीले हामीलाई गिरफ्तार गर्न क्यम्पसको चारैतिरबाट घेरा हालेको थियो । जो भेट्यो त्यसैलाई समात्दै क्याम्पस गेटनिर ल्याएर जम्मा पार्दै थिए । त्यहीँ पुर्याएपछि मलाई यो नै 'स्ववियु सभापति झलक सुवेदी' हो कि होइन भनेर पक्का गराउन गुप्तचर विभागको इन्सपेक्टर -कोही रञ्जित थरको थियो) नआउञ्जेल कुराइएको थियो ।
सशस्त्र प्रहरी गण लगेर खक्र्याएपछि तत्कालीन डीआईजी द्वारिका श्रेष्ठ आएर मलाई हप्कीदप्की गर्यो, कपडा खोल्न लगायो र आफ्नो हातको छडीले मेरो नाडीमा हान्यो । उसको आदेशमा मलाई एउटा साङ्लोसहितको लामो गहु्रंगो हथकडी पहिर्याइयो । म, स्ववियु सदस्यहरू रवीन्द्र अधिकारी, विष्णु शर्मा -दुवैलाई हथकडी लगाइएको थियो) समेत अखिलका बाबुराम पन्त र भीमबहादुर सोमैलाई एउटा सानो कोठामा राखियो । हामीसँग गिरफ्तार भएका अरू ४८ जनालाई भिन्दै कोठामा राखिएको थियो । फागुनको साँझ । सिमेन्टको चिसो भुइँ । म त यसै पातलो थिएँ । ४७ केजीको । २६ वर्षे युवाको ४७ केजीको ज्यान ! रक्तचापचैं ९० का मुनि ५८ । हामी रातभर एकअर्काका फिलालाई सिरानी बनाएर सुत्ने जमर्को गर्दै थियौं । कोही पनि आत्तिएको या निराश थिएन । यसै उज्यालो भयो । भोलपल्ट राति १० बजे । हामीलाई एउटा भ्यानमा हालेर निकालियो । कता लाने हो केही भन्दैनन् । अब रवीन्द्र अधिकारी र मलाई एउटै हथकडी भिराइएको थियो जुन १० दिनसम्म त्यसरी नै रह्यो । अँध्यारोमा नै लगेर जिप्रकाको खोरमा हुलेपछि भने मनमा उठेका आशंका समाप्त भएका थिए । म पहिलोपटक यो खोरको हावा खाँदै थिएंँ ।
सात गतेबाट गिरफ्तार भएर आउनेहरूको भीड बढ्न थाल्यो । त्यही भीडभित्रबाट सोमनाथ प्यासी, खेमनारायण ढुङ्गाना र टेकनाथ बरालहरूले चर्को विरोध गरेपछि हाम्रो हथकडी झिकिएको थियो । हथकडीका अरू कथा अर्को सन्दर्भलाई छाडौंं । हामी गिरफ्तार भएर आएपछि अनेक मुद्दा लागाउने तयारी गरिएछ । जिप्रकामा मुद्दा फाँट हेर्ने नरम बोली भएका हवल्दार प्रेम थापा मुद्दाको मिसिल हो कि के हो तयार पार्थे । एक दिन रवीन्द्र र मलाई तिनले बोलाएर एउटा कागजमा सही गर्न भने । यसो पढी हेरेको त कस्टडीमै रहेका बेला 'अभियुक्तहरूको उपस्थितिमा क्याम्पस गेटमा सर्जमिन मुचुल्का गरिएको' व्यहोरासमेत भएको सार्वजनिक अपराधको मुद्दा तयार पारेको रहेछ । हामीले सल्लाह गरेका थियौं र उसलाई सुनायौं, 'राजा र पञ्चायतको विरोधमा जे जे अपराध गरेको लेखेर ल्याए पनि हामी सही धस्काइदिन्छौं प्रेमजी ।'
उता अधिवक्ता भूपनिधि पन्त हामीलाई सम्झाउँदै भन्थे, 'हेर है यी फटाहाहरूले सार्वजनिक मुद्दा लगाउलान् सही नगर्नु नि । राजनीति गर्ने मान्छे पछि उम्मेदवार हुनबाट यस्तै कुराले पनि रोक्न सक्छ ।' हामीलाई यस्ता कुराको बाल मतलब थिएन ।
हामी दुईलाई त विशेष प्रकारले हेरिएको थियो । राससको पोखरा कार्यालयलाई हाम्रो गिरफ्तारीको समाचार चारपटक ड्रापट गरेर पठाउनुपरेको रहेछ । गोरखापत्रमा फागुन ५ गते प्रकाशित समाचारमा त पोखराको पञ्चायतविरोधी गतिविधिको नेतृत्व गरेको, मजदुर र सुकुम्बासीलाई संगठित गरेर भड्काएको ठूलै नेताको रूपमा चित्रित गर्ने गरी मेरोबारेमा समाचार बनाइएको थियो । केही दिनपछि पार्टीको योजना अनुसार कास्कीकोटका प्रधानपञ्चमाथि एक्सन गर्न एउटा टोली गएछ । टोलीले उसलाई नभेटेको झोंकमा सचिवलाई नै कारबाही गरेछ । थुप्रै साथीहरू गिरफ्तार भएर कुटाइ खाँदै आए । त्यसमध्यका काशीराम अधिकारीले सधैंका लागि मानसिक सन्तुलन गुमाए । अहिले पनि दुःखपूर्ण जीवन जिइरहेका छन् । कलिलो अनुहारका वन क्याम्पसका रामप्रसाद अहिले काठमाडौंमा कहिलेकाहीँ भेट हुन्छन् । भयानक यातना पाएका कास्कीकोटे शिक्षक मेघनाथ सुवेदी र इन्स्पेक्टर पदमबहादुर मोक्तानले सिमेन्टमा हात राखेर बुटले किचिमिची पारेका टीकाराम पज्ञानी राजनीतिमा सक्रिय छन् ।
घटनाबाट तिलमिलाएको प्रशासनले हामीलाई भने कस्टडीमै यातना दिन थाल्योे । एउटा कुनै बतौर्ैला थर भएको इन्स्पेक्टर थियो । मलाई बोलायो केरकार कोठामा । खाली बेन्च देखेर म बस्न खोजें सातो लिन खोज्यो । अपशब्द प्रयोग गर्दै गाली गर्यो र दाहिने हातको नाडीमा लठ्ठी बजार्यो । बिस्तारै आफ्नो भद्दा गाली गर्ने थुतुनाको भोल्युम बढायो र पेस्तोल निकाल्यो । अनि मेरो छातीमा पेस्तोलको नोक राखेर भन्यो, 'सिध्याइदिउँ साले ?'
निरंकुश सत्ताको त्यो पेस्तोलको नोक अहिले पनि मेरो भावनामा खतझैं बसेको छ । एकछिन त म ट्वाल्ल परें उत्तर खोज्दै । 'साले म पनि बीएसम्म पढेको छु । बहुदल आए म पनि एउटा पार्टीमा लागेर नेता हुनसक्छु । तँलाई मारेपछि पञ्चायत रह्यो भने प्रमोसन खाउँला । मेरो के जान्छ भन्ने ठान्याछस् । तँ मरिस् भने दुई चार दिन तेरा साथीहरू सहिद भयो भनेर कराउँछन् र बिर्सन्छन् । तैंले पाउने त्यत्ति त हो साले ।' उसले झन् आफ्नो पारो बढायो ।
सुरुमा त मलाई उसको धम्कीले भन्दा अपमानले खिन्न बनायो । पछि त्यो पनि केही रहेन । न डर या भय न कुनै सुर्ता या चिन्ता । मैले भनें, 'अरे यार इन्स्पेक्टर तिमीहरू आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैनौ र आफ्नो कब्जामा रहेका हामीलाई थर्काउँछौ ? लाज लाग्दैन ? तिमी को हौ मलाई गोलीको धम्की दिने ? हिम्मत भए हान । मर्न डराउने भए म यो आन्दोलनमा लागेर यतिका वर्ष किन बिताउँथें ? एमए पढ्दै छु । तिम्रो पेसामा पनि अधिकृत हुनसक्थें र अरू पेसामा पनि । लौ त हान गोली ।' अहिले सम्झँदा त आफैंलाई विश्वास हुन्न । एउटा लिखुरे ज्यानको म उसको आँखामा आँखा जुधाएर चुनौती दिँदै थिएँ ।
कहाँ राजतन्त्रको विरोधमा संघर्षमा होमिएको मान्छे एउटा नाथे पुलिस अधिकिारीसँग व्यक्तिगत भनाभनमा परियो । मलाई हीनतावोध भयो । उसले मार्ने र सेतीको खोंचमा फाल्दिने धम्की दोहोर्यायो । मैले भनें, 'म त यो व्यवस्था र राजतन्त्रका विरोधमा लडेको हो । तिमी किन बित्थामा व्यक्तिगत बनाउँदै छौ यो कुरालाई ?'
उसले पेस्तोल छातीबाट झिक्यो, टि्रगरमा चोर औंलो घुसार्यो र पछि हट्नु अगाडि दुई चारपटक मेरो नाकै नेर घुमायो । अनि दुई चार बात आफ्ना बाध्यताका बारेमा बक्यो । मैले उसलाई प्रहरी प्रशासन र तिनको गुप्तचर संयन्त्र कति कमजोर छ भनेर उडाएँ । म झरेपछि उसैले रवीन्द्र अधिकारीलाई बोलायो । उनी २० मिनेट जतिमा फर्केे । मैले सोधें के गर्यो ? सुटुक्क उनले भने ५०० पटक कान समातेर उठबस गर्न भन्यो यार, मैले पनि सालेलाई गरेर देखाइदिएँ । हामी एकछिन हाँस्यौं । कठै दिउँसोबाट त उनी उठ्न बस्न, दिशा पिसाब गर्न पनि नसक्ने भएर ढले । आपत् के थियो भने उनी ट्वाइलेट जाँदासमेत कतिपय बखत हामी साझा हथकडीमा हुन्थ्यौं । उनी कम्तीमा सात दिन डल्लिएका थिए ।
हामीलाई १ महिना कस्टडीमा राखेपछि जेल लगिएको थियो सार्वजनिक अपराधको मुद्दा लगाएर । हाम्रो प्रहरी प्रशासनमा सूचनाको अभाव कति थियो भने कतिपय प्रहरी अधिकृतहरू मैलाई मालेका पुर्वमहासचिव झलनाथ खनाल पो हो कि भनेर सोध्थे । यो पनि एकप्रकारको रमाइलो अनुुभव थियो । पछि राजाका विरुद्ध अपराध गरेको या यस्तै मुद्दामा बल्झाउन हामीलाई जेलबाट जिप्रका र अदालततिर लाने ल्याउने गरिन्थ्यो ।
lll
यसरी इन्स्पेक्टरले ज्यान लिने धम्की दिँदा, राजतन्त्रका विरोधमा बयान दिइरहँदा र मृत्युदण्डको माग गरेर सरकारी वकिलले बहस गर्दा एउटा ठिटाका मनमा के के खेल्यो होला ? म जवान थिएँ २६ वर्षको । एउटी सुन्दर युवतीको प्रेममा थिएँ । ऊ पनि जेलमा थिई । हो एउटै जेलमा । ऊ जुन ब्लकमा बस्थी त्यसको उत्तरपट्ट िठूलो पर्खालभित्र विभिन्न अपराधमा बन्दीजीवन बिताइरहेका कैदीबन्दीहरूसँगै हामीलाई राखिएको थियो । जेलको पल्लो पर्खालभित्र आफूले प्रेम गरेकी केटी हुनु अनौठो अनुभूति पनि हुँदो हो मनमा । म झस्किन्थें कहिलेकाहीँ ऊ छुटी र म चाहिँ लामो समय जेल परें भने के गर्ने होला ? उसलाई पर्खाउनु कि अर्कै घरजमका लागि प्रोत्साहित गर्दै बाटो खुला गरिदिनु ? मनमा भने मलाई एउटी प्रेमिकाले मात्र पुगेको थिएन । श्रीमती र एक दुई थान सन्तानको चाह पनि मेरो मनमा बलियो गरी बसेको थियो । 'साले १० वर्ष अरू जेल बस्नुपर्यो भने त घरजमको पनि के अर्थ रहला र ?' मनमा यस्ता कुराले कहिलेकाहीं बतास फुक्थे पनि अनि आफैं बिलाएर जान्थे । राजनीतिक रूपमा उसको र मेरो हैसियत समान थियो र हामी दुवैले दुई चार वर्ष जेलमा बिताउनुुपर्ने सम्भावना पनि उत्तिकै थियो ।
हामी बसेको ब्लकको आँगन फराकिलो थियो । त्यसको दक्षिणपट्ट िपर्खालको बीचमा एउटा ठूलो ढोका थियो जुन बाहिरबाट साँचो लगाएर बन्द गरिएको हुन्थ्यो । त्यसको बीचबीचमा न्युटनको प्रयोगशालाको ढोकामा ठूलो बिरालो पस्नेजस्तो एउटा ठूलो प्वाल थियो । कहिलेकाहीँ बन्दीहरू त्यसबाट टाउको छिराएर बाहिर गेटतिर हेर्थे । केही माग गर्थे या न्यास्रो मेटाउँथे । म भने हरेक बिहान निकै चाँडै भ्वाइस अफ अमेरिका सुन्दै पस्चिमपट्टकिो लङको अगाडि रहेका सिँढीमा आएर बस्थें । यसको एक मात्र उद्देस्य भने त्यो ढोकाको ठूलो प्वालबाट कहिलेकाहीँ मात्र संयोगले देखिने त्यो केटीले लगाउने लंुगीको एक छेउ या त्यसले नछोप्ने गोली गाँठामाथिको सानो भागको एक झल्को देख्नु हुन्थ्यो । प्रेममा परेका सबैलाई थाहा छ प्रेमिकाको झल्को कति प्यारो हुन्छ । म उसको काख, उसको साथ, उसको शरीरबाट आउने तरुणाईको गन्ध कति मनपराउँथे त्यसको के बयान हुन्छ र ? त्यही प्रेम थियो मलाई ऊर्जा दिने । त्यही प्रेम थियो मेरो केही भाग सपना । हो केही भाग सपना किनभने बाँकी सपना त राजतन्त्रको अन्त्य र एउटा जनवादी नेपालसँग गाँसिएको थियो ।
यसरी म आधा घन्टा सधैंजसो त्यहाँ बस्थें । कहिलेकाहीँ त्यो ढोकाको प्वालनिरबाट बाहिर चियाउँथे । तर मैले त्यो प्वालबाट मुन्टो बाहिर छिराइनँ । मलाई त्यसबाट बाहिर छिरेको मुन्टो भित्र ल्याउन सकिएन भने के होला भन्ने सधैं डर लागिरहन्थ्यो । केटीसँग भने त्यही अदालततिर लैजाने ल्याउने बेलामा देखादेख र कहिलेकाहीँ छोटो बोलचाल हुन्थ्यो । अचम्म थियो जेलमा बन्दी जीवन बिताएर एकआपसमा प्रेम गरिरहेका आत्मा त्यति एकाध झल्कोमा या नजिकै भएको अनुभूतिमा कति सन्तुष्ट हुन्थे ।
lll
मभन्दा पहिले नै गिरफ्तारीमा परेकी उसले चर्को यातना खेपेकी थिई, आफ्नो समयका सीमाभित्र निकै चर्चामा पनि थिई । एक महिनादेखि हाम्रो भेट भएको थिएन । म पहिलोपटक जेलमा पुग्दा स्वागत गर्नेमा ऊ पनि थिई, बेसरी अँगालेर जुरुक्क उचालेर हावामा खेलाउँदै उसलाई सान्त्वना दिन र सम्मान गर्न मन लागेको थियो । कतै बढी भावुक भइएला भन्ने डरले म दुई चार शब्द मात्रै बोलेर भित्रिएको थिएँ । एकपटक भने जेल प्रशासनसँग वार्ता गर्न तीनवटा ब्लकबाट एकेक जना पुगेका थियौं । म थिएँ, ऊ थिई र तेस्रोमा थिए नेपाली कांग्रेसका नेता स्याङ्जाका गोपालमान श्रेष्ठ । हाम्रो जोडीले नजानिँदो ढंगले एकअर्कालाई छोएर माया साटेको थियो ।
यसरी एउटी प्रेमिकाको प्रेममा चुर्लुम्म डुबेको एउटा तन्नेरीका मनमा यसरी मृत्यु या चर्को जेल सजायका धम्कीका अर्थहरू के के हुन्छन् ? अरूको मलाई थाहा भएन मेरो मन बिल्कुल निस्पृह थियो । घरीघरी जिस्काउन आउने त्यो केटीको माया र बा आमालाई सम्झँदा केही खिन्नता महसुस हुन्थ्यो । आफ्नो जीवन त अरू थुप्रै कमरेडका जस्तै राजाका विरोधमा समर्पित थियो । के हुनु व्यक्तिगत चाहना ? मलाई त्यति बेला थाहा भएको थियो 'बा आमा'लाई भन्नका लागि जति धेरै तर्कहरू मसँग थिए त्यति नहुने रहेछन् आफुले प्रेम गरेकी केटीसँग भन्नका लागि । यद्यपि ऊ पनि राजनीतिमा थिई र राजाको विरोधमा लाग्नुका अर्थहरूबारे दुवै जानकार थियौं ।
मैले ती तुफानी दिनहरूमा आफ्नो अगाडि आउने चुनौती र नैतिक मूल्यमाथि सङ्कट परेका बेला प्रेमिकालाई र कसैलाई पनि कहिल्यै भावुक बनेर सम्भिइनँ । उनीहरूलाई आपना कर्तव्यहरूका अगाडि मनको ढोकामा उभिनै दिइनँ । र पनि त वकिलले अर्थहीन नै सही, मृत्युदण्डको माग दाबी गरेपछि मेरो मनमा पहिलो झल्को बनेर त्यही केटीको अनुहार आएको थियो हाँस्दै र मायाले आँखा लोलाउँदै ।
lll
हामीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भयो र हामी हथकडी लगाइएरै फेरि जेलतिर पुग्यौं । अहँ त्यस्ता मुद्दा र सरकारी वकिलका माग दाबीले न हामीलाई कुनै फरक पाथ्र्यो न त कहिल्यै निराश बनाउँथ्यो । बरु यही मुद्दाको निहूँमा केहीबेर जेलबाहिरको खुला हावा खान पाउँदा स्वतन्त्रताको बलशाली आध्यात्मिक सुखको र खुसीको अनुभूति हुन्थ्यो । मानव जीवनमा समयको जुन क्षणभङ्गुरता छ त्यसको सापेक्षतामा बन्दी समय कत्ति पनि राम्रो होइन । तर सयौं मानिसहरूले त्यसरी आफ्नो जवानी या समय नफालेको भए, जेलमा, हथकडी र नेलमा, सङ्घर्षका मैदानमा आहुती नदिएको भए आज केको लोकतन्त्रको कुरा आउँदो हो र ?
ती दिन थिए र ऐले पनि म उत्तेजित भइरहन्छु ।
प्रकाशित मिति: २०६८ पुस २ ११:०८
अहा त्यो जिन्दगी...
उति बेला म जवान थिएँ । आँखाभरि सपनाको तोरीबारी फुलेको । अहिले जीवनको कोल्टो फेराइमा छु । काठमाडौंका चिसा गल्लीमा गम खाँदै हिँड्नका लागि सम्झनाका तोरीबारीहरू छन् । यस्तो नहुँदो हो त जीवन कति निरश, उराठ र अर्थहीन हुँदो हो ?

Monday, November 12, 2012
ँसकस’ पढ्दा ऐंठन भएपछि
झलक सुवेदीआश्विन १९ - आजको उपन्यासमा, आजको साहित्यमा जनसाधारणले बाँच्ने सङ्घर्षमा बगाएको पसिना गन्हाउनुपर्छ र युद्धको रगत कट्कटिएको हुनुपर्छ र त्यसको स्वागत गरिनुपर्छ ।' -जगदीश घिमिरे, 'उपन्यास र युगबोध', २०६६ ।
नेपाली आख्यानमा अलग परिचय र स्थान निर्माण गरिसकेका 'लिलाम' र 'साबिती' उपन्यास लेखिएको लामो अन्तरालपछि हाम्रो समयका एकजना प्रभावशाली लेखक जगदीश घिमिरे तेस्रो उपन्यास 'सकस' लिएर पाठकसामु आएका छन् । यससँगै लेखकका रूपमा जगदीश घिमिरेको परख पनि फेरि एकपटक यसै पुस्तकका माध्यमबाट भइरहेको छ ।
२०२० र ३० को दशकमा सक्रिय लेखक रहेर हराएका घिमिरे २०६४ मा प्रकाशित 'अन्तर्मनको यात्रा' नामक संस्मरणात्मक कृति मार्फत फेरि सक्रिय भएका हुन् । उपन्यासलाई स्त्रीका तिघ्राका कथा र सस्तो मनोरञ्जनको विषय बनाउने कुराको सख्त विरोध गर्दै समाज र जनसाधारणका प्रति जिम्मेवारीबोधका साथ लेखिनुपर्ने विषयका रूपमा ग्रहण गरेका घिमिरेका 'साबिती' र 'लिलाम' आफ्नै कसीमा खरो उत्रेका रचना हुन् । उनको जीवन दृष्टि माक्र्सवाद हुँदै अराज्यवादतिर -स्थापित आर्थिक, राजनीतिक र सांस्कृतिक सत्ताको विरोध या स्थापित मूल्यहरूका प्रति अस्वीकृति) गएको हो । यो अराज्यवाद उनका पछिल्ल्ाा राजनीतिक टिप्पणीहरू र निबन्धहरूमा पनि अभिव्यक्त थियो ।
पुँजीवादको महाकाव्य मानिने उपन्यास तेस्रोे विश्वमा साम्राज्यवादबाट मुक्तिको गीत गाउन र निरंकुश सत्ताहरूको विरोधमा जागृति भर्न मुख्य हतियार बनेर प्रवेश गर्यो । व्यक्तिले आफ्नो अस्तित्वका लागि गरेको संघर्ष र पूरा गर्न नसकेका आकांक्षा या अतृप्तिहरूलाई लिएर पनि उपन्यास लेखिने गरेको भए पनि त्यो उपन्यासको मूल पक्ष होइन । मूल पक्ष यसको सामाजिकता हो, यसले निर्वाह गर्ने राजनीतिक भूमिका हो र त्यस्तो भूमिका भनेको समाजका अन्यायपूर्ण शक्ति सम्बन्धहरूलाई निर्धा र हेपिएकाहरूका पक्षमा, स्वतन्त्रता, समानता र आत्मसम्मानपूर्ण जीवनका पक्षमा बदल्न व्यक्तिने सार नै हो । अहिले पनि तत् तत् देशका शासकहरूले थोपरेका आर्थिक, सांस्कृतिक शोषण र विभेदको विरोध, विश्वकीकरण र उत्तर औपनिवेशिक अर्थ राजनीतिले श्रमजीवी जनता या आदिवासी, महिला, सीमान्तकृत समुदायमाथि थोपरेको चरम थिचोमिचोको विरोध तथा सर्वसाधारण मान्छेहरूले स्वतन्त्रता र आत्मसम्मानपूर्ण जीवन प्राप्तिका लागि गरेको सङ्घर्ष र प्रतिरोधको वैचारिक हतियारका रूपमा उपन्यासले भूमिका खेलिरहेको छ । मार्खेज, अचिवे, चिमामान्दा, अलेन्दे, लोसा सबैको औपन्यासिक तागत यसैमा अन्तर्निहित छ ।
नेपालमा यो परम्परामा शक्तिशाली उपन्यासहरू एकदमै कम छन् या कमजोर प्रयासका रूपमा छन् । स्वयं जगदीश घिमिरेले नेपालमा 'फल' साहित्य कम र 'मल' साहित्य बढी लेखिएको भनेर 'अनुराधा', 'शिरीषको फूल', 'तीन घुम्ती' र 'पल्लो घरको झ्याल'को समीक्षा गर्दै टिप्पणी गरेका छन् । उनी भन्छन्, '...तर जुनसुकै दृष्टिले जीवन केलाए पनि वा जीवनको जुनसुकै आयाम लेख्न खोजे पनि...जीवनको गम्भीर र वास्तविक सादृश्य छैन भने त्यो आजको उपन्यास हुँदैन र त्यो आजको साहित्य पनि हुँदैन ।' 'सकस'लाई त्यही परिभाषामा राखेर केलाउने प्रयास यहाँ गरिएको हो ।
'सकस' नाम दिइएको यो उपन्यास मुख्यतया तीनजना पात्रको कथाका माध्यमबाट भनिएको छ । आफ्नै बाबुबाट बलात्कृत भएर देवीजीको आश्रममा पुगेकी र त्यहीँ हुर्केर नर्सको काम गर्ने कुमारी छ । जँड्याहा र स्वास्नी फेर्दै हिँड्ने बाबु र एउटी सीमान्त महिलाका बीच भएको छोटो घरजमबाट जन्मेको र आमाले आत्महत्या गरेपछि एकजना पूर्वमन्त्री रहेका भलाद्मीको आश्रयमा हुर्केको शरद नामको युवक छ । पहिले शरदकी आमालाई र पछि शरदलाई आश्रय दिने तिनै भलाद्मी हरिवंश अधिकारी अर्थात् जीवा अर्का पात्र हुन् ।
उनी जयतु संस्कृतम आन्दोलनका माध्यमबाट राजनीतिक आन्दोलनमा पुग्छन्, सात सालको क्रान्तिमा सशस्त्र कमान्डर हुन्छन्, ०१८ सालमा कांग्रेसले थालेको सशस्त्र विद्रोहका बेला रामेछाप इलाकामा सक्रिय रहन्छन्, पक्राउ खान्छन्, राजासमक्ष समर्पण गर्छन् र मन्त्री हुन्छन् । मन्त्री हुँदा कमाएकोे पैसाले मात्तिएका सन्तानले छाड्दै जान्छन्, पहिली श्रीमती मरेपछि एकजना पशुपतिमा फूल बेच्ने महिलालाई भित्र्याउँछन्, तिनी पनि मरेपछि शरद र कुमारीको सहयोगमा बाँच्छन् या मर्छन् । नर्स कुमारी र पत्रकार बनेको युवक शरद आपसमा प्रेम गर्छन् र बिहे पनि । शरद आफूलाई आश्रय दिने जीवालाई उनका अन्तिम दिनको सहारा बन्छ जसलाई कुमारीले साथ दिन्छे, जीवाले भनेका कथा र आफूले भोगका यथार्थ समेटेर शरद नोट लेख्छ डायरीजस्तो । काठमाडांैबाट जीवीका खोज्न मन्थली पुग्छ र माओवादी तथा सेनाको दोहोरो चेपाइमा पर्छ, त्यहाँबाट भागेर जनकपुर जान्छ र मधेस आन्दोलनको पिल्साइमा परेर शरद बैरागिन्छ र घर छोड्छ ।
कुमारीसँग दूध चुस्दै गरेकी सन्तान हुन्छे शान्ति । उसैलाईर् मधेस आन्दोलनको एउटा अगुवाले बलात्कार गरेपछि कुमारीलाई पनि बलात्कार गर्ने प्रयास गर्छ, कुमारीले प्रतिरोध गरेर उसको हत्या गरेपछि आफ्नी सन्तानलाई त्यही देवीजीको आश्रममा ल्याएर बुझाउँछे र कथा सकिन्छ । तर कथाको मुख्य पक्ष्य भने पात्रहरूको जीवन समेट्दै अगाडि बढेको शरदको नोटले भन्छ, जसमा जीवाले इतिहासका कुरा भन्छ, पुराणका प्रसंग ल्याउँछ शरद वर्तमानका कथा भन्छ या नोट गर्छ ।
उपन्यासले अनेक उपशीर्षकमा बाँडिएर मूलतः चारवटा कथा भनेको छ- गोर्खालीहरूको राज्यविस्तार अभियान, सिंहप्रताप शाहका बौलठ्ठीपूर्ण हरकतहरू, दरबारमा चल्ने षड्यन्त्र र हत्याका शृंखलाहरू, रणबहादुरले गरेको मनपरिमा सताइएका जनसाधारणका अतिशय पीडा र अपमानका कथा एउटा पाटोमा पर्छन् । दोस्रोमा नेपालमा राणाविरोधी आन्दोलन र पछि महेन्द्रीय शासनका विरोधमा आन्दोलन गर्ने कांग्रेसका दुःखका कथा, २०४६ को आन्दोलनको कथा र त्यसपछिको शासन सत्ताका अलोकतान्त्रिक जनविरोधी गतिविधि । तेस्रोमा माओवादीले गरेको सशस्त्र युद्धका क्रममा जनसाधारणले भोगेका अकल्पनीय पीडा पर्छ । चौथोमा मधेस आन्दोलन, जनजातिहरूको आन्दोलन तथा संविधानसभाको अकाल मृत्युसम्मको नेपालको राजनीति छ । यही कालमा परेका छन् नेपालमा जनजाति र अरूहरूले आफ्नो पहिचान र अधिकारका लागि गरेका सङ्घर्षका सन्दर्भहरू ।
यो उपन्यास मार्फत लेखकले पृथ्वीनारायण शाहको महानताको गीत गाएका छन् । उनका भारदार र सेनापतिहरूको देशभक्तिको महिमा गाएका छन् र नेपाली इतिहासमा शासकहरूले जनतालाई दिएको दुःखका कथा भनेका छन् । कांग्रेसको नेतृत्वमा नेपालमा प्रजातन्त्रका लागि संघर्ष गर्ने हरिवंशहरूका कथा भनेका छन् जुन मार्मिक छन् तथा इतिहास नपढेका पाठकहरूका लागि नेपालको इतिहासको यो कालखण्डका बारेमा राम्रो जानकारी दिएका छन् । उपन्यासले समकालीन नेपालमा नेता या शासकहरूको मनपरिबाट दुःख पाएका, क्रान्तिका चपेटामा परेर हन्डर पाएका, सरकार र प्रतिपक्षको दोहोरो मारमा परेर सताइएका नेपालीको कथा राम्रोसँग भनेको छ ।
उपन्यास समाकालीन नेपालको इतिहासका रूपमा आएको छ । साथै यो नेपालको वर्तमान पनि हो र केही हदसम्म भविष्यप्रतिको संकेत पनि । उपन्यासको भाषा र कथ्य शैली राम्रो छ । उपेन्द्र यादवलाई गिरिजाप्रसादको उपप्रधानमन्त्री बनाउने गल्तीबाहेक इतिहासका तथ्यहरू राम्रोसँग मिलाइएका छन् । तर कथाको अन्तर्य अलि फरक छ ।
जगदीश घिमिरे पृथ्वीनारायण शाह र उनका भारदार तथा सेनापतिलाई महान् र त्यसयताका नेपाली शासकलाई रणबहादुर शाहको आत्माले चलाएका अपराधी साबित गर्न रघुवंश महाकाव्यको सहारा लिन्छन् । कालीदासकृत रघुवंश महाकाव्यमा बताइए अनुसार रामकै वंशमा तेईसौं पुस्ताको अग्निवर्ण लम्पट शासक थियो जो स्त्रीहरूसँग हरपल सहवासरत हुन्थ्यो । जनताले उसको दर्शन गर्न चाहे भने ऊ समागमरत अवस्थामा नै झ्यालबाट एउटा पाइतालो बाहिर निकालिदिन्थ्यो । त्यसको दर्शन गर्न पाउँदा जनता आफूलाई धन्य महसुस गर्थे भन्ने कुरा उल्लेख छ भनेर लेखकको परिभाषाबाट बुझ्न सकिन्छ । उनले नेपालका वर्तमान नेतृत्व वर्गलाई अग्निवर्ण साबित गर्न यस्तो लेखेका छन् ः
मैले सोधें, 'जीवा के हाम्रा महान् त्यागी र गौरवशाली नेताहरू त्यस्तै छन् त ?'
'स्त्रीलम्पटभन्दा पनि सत्तालम्पट छन्,' जीवाले भने, 'उः त्यता हेर् । के देख्छस् ?' मैले देखें सिंहदरबारको झ्यालबाट धेरै चरणहरू बाहिर झुन्डिरहेका थिए । मैले सोधें, 'यतिका चरणहरू कसका हुन्, जीबा ?'
जीवाले भने, 'तँ त लाटाको लाटै छस् । यी चरणहरू बहुदलकालदेखि आजसम्म भएका नौरंगी प्रधानमन्त्रीका हुन्...।' यी शरद र जीवाका बीचका संवादहरू हुन् ।
'नेपालमा जे हुन्छ भारतको इच्छा अनुसार हुन्छ । नेपालका ठूलाठूला नेता र मन्त्री कि भारतीय नागरिक हुन् कि भारतका उपज हुन् अथवा भारतीय एजेन्ट हुन् । त्यो बुझिराख....' -पेज ३०२) उनले नेपाली राजनीतिमा भारतको भूमिकाको आलोचना गर्ने नाममा गरेको यो आलोचना अशोभनीय देखिन्छ ।
'एक जाति एक देश- लिन्छौं लिन्छौं', 'खण्ड खण्ड नेपाल- लिन्छौं लिन्छौं', 'अखण्ड नेपाल लिन्छौं लिन्छौं' उनको उपन्यासले यी वाक्यहरू मार्फत् नेपालमा जाग्दै गरेको स्वतन्त्रताको मोह, शासकीय संरचनाले थोपरेका हजार अन्यायका विरोधमा हेपिएका, किनारामा धकेलिएका, विश्व पुँजीवादको शोषणको माखेसाङ्लोमा परेर उम्कनै नसक्ने भएका मान्छेहरूले गरेका विद्रोह, आन्दोलन, अधिकारको खोजीजस्ता कुराको उछित्तो काढेको छ । तिनको अपमान गरेको छ दुत्कारेको छ । उनको उपन्यासले नेतालाई आलोचना गर्ने नाममा कांग्रेसलाई, एमालेलाई, माओवादीलाई, मधेस आन्दोलनकारीहरूलाई हत्यारा, जनविरोधी, भारतका एजेन्टसम्मको आरोप लगाएको छ ।
यसले ०४६ सालको आन्दोलन खाते, सडक बालबालिका, बलात्कारी र डनहरूले सञ्चालन गरेको भनेर नेपालमा राजतन्त्रको अन्त गरेर लोकतन्त्र स्थापना गर्न आफ्नो जवानीका सुन्दर दिनहरू जेलमा बिताएका, आन्दोलनमा लगाएका, लाठी र बुट खाएका, मारिएर सहिद भएका सबका सबलाई दुत्कारेको छ । हजारौं युवायुवतीले आन्दोलनमा लाग्दा देखेका सपनाको अपमान गरेको छ । उनले संरचना र व्यक्ति या नेतालाई घोलघाल गरेर केवल नेता र पार्टीलाई निषेध गर्ने र संरचनालाई जोगाउने अनौठो बाटो समातेका छन् ।
पछिल्लो समय नेपालमा चलेको माओवादी आन्दोलन, १९ दिने जनआन्दोलन, गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र पहिचानको मागलाई निषेध गर्ने र परम्पराबाट चलेको शासनलाई स्वर्गजस्तो भनेर बयान गर्नेहरू काठमाडांैमा र देशैभरि सक्रिय छन् । यसरी सक्रिय हुनेहरूमा खासगरि कुलीनहरू, पुरानो शासनसत्ताबाट आशीर्वाद पाएर देशको स्रोतले मोटाएकाहरू सत्तारुढ वर्ग, जाति विशेषका पुरातनपन्थीहरू र नवउदारवादले जन्माएको क्रोनी पुँजीवादबाट फाइदा लिएकाहरू छन् । घिमिरेको यो उपन्यास पनि प्रकारान्तरले त्यही स्वार्थ समूहको सेवामा उपस्थित छ ।
यो पुस्तकसँग उनको आफ्नै परिभाषाको कतै पनि भेट हुँदैन ।
प्रकाशित मिति: २०६९ आश्विन २० १०:०४

Monday, November 5, 2012
The semi-colonial feeling stems from deep-seated insecurity | Interview | Oped | ekantipur.com
The semi-colonial feeling
stems from deep-seated insecurity
12345
KATHMANDU, NOV 05 -
Nepal’s sovereignty is
regularly questioned by those on both the left and the right of the political
spectrum. Intellectuals often point to various points in history where Nepali
politics and society has been the “victim of external influence”. To shed light
on the issue of sovereignty, colonialism and imperialism, Jhalak Subedi,
Chairperson of the Nepal South Asia Centre and Editor of Mulyankan, an
opinion-based weekly magazine, spoke to the Post’s Bidushi Dhungel. Subedi
attributes a lot of the current fear about India’s role in Nepal to the
imagination. The author of British Samrajyaka Nepali Mohara—Gorkha Bhartiko
NaliBeli, Subedi also spoke about why he’s against the age-old “colonial”
Gorkha recruitment.
As someone who’s written a book on the history of Gorkha recruitment, what
are your thoughts on whether it should be stopped, as suggested by a committee
in the dissolved parliament?
I think it should be stopped
immediately. A plan to slowly phase it out over the next five years or so would
also be alright. But either way, it needs to
stop. The way I see it, the
idea of a citizen of one sovereign state fighting for the sovereignty of another
state is contradictory and cannot continue. You may have heard about two Nepali
Gorkhas dying in Afghanistan just a few days ago. Wherever there’s a war
happening, it’s as though Nepalis have to be there to take the bullet for the
sake of another country’s sovereignty. This has been the norm since colonial
times.
Today, there are millions of Nepalis who work abroad in various countries,
some even in the security sector, who lose their lives on a daily basis. How is
that any different?
Gorkha recruitment is about
joining a state’s security force, being loyal to that state and its identity.
For example, if a Nepali citizen enrolls in the Indian Army, and he’s deployed
to Pakistan or Sri Lanka to fight Tamils or to Bangladesh or to fight against
China, that type of “work” is very different from someone going to the Gulf and
being a security guard at a shopping mall. The latter doesn’t affect the
worker’s loyalty to his country. The idea of migrant workers going and working
abroad is an effect of gloablised capitalism. And though they may feel
humiliated, be exploited and in many cases, may die, it’s not the same as
all-out working for another state’s national security. Migrant workers abroad
is a part of globalisation, which also has, to an extent, weakened the
boundaries of sovereignty. It’s a matter of labour and capitalism.
How exactly is Gurkha recruitment different from the relationship between
labour and capitalism?
The British India Company
intervened in Nepal and there was a war. Nepal lost. The recruitment drive thus
began as a means to enroll the losing
state’s citizens into the
winning state’s army at extremely cheap rates. For almost free, the British
began enrolling Nepalis in their army to work for the former’s benefit. It’s a
condition that the winning state enforced on the losing one. That’s why it’s
different and should be stopped.
Relatively speaking, Gurkhas make a lot more money than the average Nepali.
Considering that the Nepali state has few employment options to offer them,
don’t you think there’s an economic incentive?
Right now, only about 100
people are selected through the recruitment drive each year. Considering that
thousands of 20-plus Nepali citizens are working abroad anyway, there’s no need
to think the economy will take a hit because 100 people aren’t in a foreign
army. However, the security felt by the individuals who enroll is very real.
Those that work for the Indian or British armies do tend to feel financially
secure in their personal lives. But it’s not a good culture—it’s something that
has been a burden on our blood for over 200 years.
If you talk to the people,
they are hardly ever satisfied by the actual work itself. They may be happy
with the money and the name they get in society and it’s even easy for them to
woo women and choose a wife, but rarely do they take pride in the work itself.
So you see the recruitment drive as a remnant of colonialism?
Precisely. It shows that we
still haven’t completely freed ourselves from the chains of colonialism.
On the topic of colonialism, some time ago, the PM of the country called
Nepal semi-colonial. Do you agree?
When colonialism ended, if
various kinds of economic dependency and the unfair distribution of natural
resources—such that one country benefits largely and another doesn’t—continues,
then we called it neo-colonialism. But today, the meanings and
understandings of colonialism, neo-colonialism or imperialism have changed.
Looking at their definitions word for word in today’s context, in attempting to
see if Nepal is semi-colonial, would probably yield the wrong answer.
Perhaps it stems from the
perception of external interference in internal matters.
Regardless of how much
external interference there is, how many meetings politicians have in their
homes with foreign officials, and how much we talk about India’s role in
shaping Nepali politics and society, Nepal is far more sovereign than it was in
1950. The ability of the Nepali state to make its own decisions is increasing.
When we talk about neo-colonialism, most people see it as linked to India,
particularly Nepal’s communists. This is based on the idea that economically,
almost 68 percent of foreign trade is with India, and that socially,
politically and in terms of power exertion, India’s influence is rather high.
Due to this, the communists in Nepal have the psychology that indeed Nepal is
semi-colonial. But if you ask me, I don’t think we can say Nepal is
semi-colonial because our national strength, as a people, to gauge and fight
imperialist activities, is stronger than it has ever been.
How is Nepal stronger?
For example, Prithvi Naryan
Shah built Nepal and at that time, Nepal was strong. After his demise, when
Rana Bahadur Shah came to Banaras, an agreement made by Damodar Basnet and
company with India to stop Shah from returning almost turned Nepal into a
satellite country. But Rana Bahadur Shah came back and with the Sugauli Treaty,
the same happened—we compromised our integrity. After the Sugauli treaty,
Bhimsen Thapa played a two-faced game whereby to keep his soldiers going, he
used the rhetoric of nationalism, while simultaneously continuing to pay the
British some kind of service. And it got worse with Jung Bahadur Rana. That’s
the tradition from whence we came.
Today, when Rakesh Sood or
Jayant Prasad has a chat with our political leaders, or SD Muni says a few
things, we should know that it’s nothing like it was before. The feeling that
we are still semi-colonial stems from a deep-seated insecurity by virtue of
being the smaller country. It’s a useless sense of insecurity that sees India
as being the reason for all wrongs. It is also used to feed a politics that
thrives on that insecurity.
What about indirect influence as a result of globalisation and political,
social and cultural hegemony?
When we talk about semi-colonialism,
it doesn’t encompass that which you are talking about. What you’ve mentioned is
the result of globalisation and global capitalism. It encompasses the
globalisation of things like Coke, jeans, digital TV and so forth. What this
kind of influence has done is make us question our own identity and where our
culture is headed. This has also raised fears about the very existence of our
way of life. On one level it’s very real and on another, a lot of it is in our
head. The fear is unfounded mostly because whoever has power and wealth, the
tendency of all people to follow their value system and culture is common
throughout human history. But, of course, the Westernisation of our society
cannot be denied.
If capitalism is very much a part of Nepali economy and society, then what
has Nepal’s left achieved so far and what is their struggle for the future?
The struggle for democracy in
Nepal started with socialists like BP Koirala. By the time 1990 came, all-out
communists were also very much a part of the movement for democracy. In Nepal,
both communists and capitalists alike focussed all their energies on
overthrowing the feudal structure to move towards capitalism straight from the
beginning. So capitalism is the result of a joint struggle by communists and
non-communists alike.
The communist struggle in Nepal has been the same as the capitalist?
In other countries, communists
have overthrown feudalism to put in place a communist or socialist society, but
in Nepal, communists have always aimed for capitalism. Nepali communists have
made some “communist” contributions—for example, strengthening the trade
unions. But aside from that, Nepali society has been in the process of
modernisation propelled by both by communists and capitalists alike. The
only difference between the parties that are communist and non-communists is
about the creation of a welfare system. I wanted to write on the differences
and how the communists wanted to do something that the NC wouldn’t let them,
but I realised that there was nothing different between them.
Posted on: 2012-11-05 08:41
Posted on: 2012-11-05 08:41
Subscribe to:
Posts (Atom)