Posts

Showing posts from August, 2022

राजनीतिमा पुस्ताका कुरा

पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न तप्काका नेपालीहरुले अहिले देशको नेतृत्व गरिरहेका नेताहरुलाई लक्षित गरेर तिनलाई आगामी निर्वाचनबाट विदा दिनुपर्ने कुरा जोडतोडले उठाउँदै आएका छन् । उनीहरुको माग अब ७० कटेका या आसपासका नेताहरुले देशलाई नेतृत्व गर्न नसक्ने भएकाले नयाँ पुस्ताका युवाहरुले देश हाँकुन भन्ने रहेको छ । वर्तमान नेतृत्वमा रहेका सबैभन्दा बृद्ध शेरबहादुर देउवा र रामचन्द्र पौडेल, झलनाथ खनाल, केपी शर्मा ओली र ७० पनि नपुगेका माधव नेपाल, प्रचण्ड र बाबुराम विदा हुनुपर्ने माग यो पंक्तिको छ । यसमा उमेर लक्षित आक्रोस भन्दा पनि लामो सयम देशको नेतृत्व गरेर पनि समाजलाई गतिशिलता तिर लान नसकेका पुराना अनुहार तारोमा परेको देखिन्छ । यद्यपी बहस भने बुढाहरुलाई विदा गर भन्ने आवाजले निम्त्याएको छ । यहाँ असी पुग्न लागेका देउवा र ७० आसपासका नेताहरु सामेल छन् । नेपाली राजनीतिका लागि यो नयाँ नौलो विषय भने होइन । नेकपा एमालेले आफ्नो विधानमा नै ७० वर्ष पछि नेताहरुलाई दलभित्र कार्यकारी भूमिका नदिने व्यवस्था गरेको छ ।  युवा को हो र कसलाई मान्ने भन्ने विषय राजनीतिमा लामो सयम देखि चलिरहेको एउटा नसुल्झिएको...

मेरी उनीलाई .......!

“ग्लोबल आइएमई बैंकको मेरी उनीलाई मुद्धती खातामा आफ्नी श्रीमतिका नाममा रकम जम्मा गरिदिनुस र उनको अनुहारमा कहिल्यै नदेखिएको खुशी अनुभव गर्नुहोस् ।” ग्लोबल आइएमई बैंकको बचत खातामा डिपोजिट जम्मा गर्न महिलाहरुलाई आकर्षित गर्ने योजनाबारेको विज्ञापनको मोटो सन्देश यस्तै छ । त्यसका लागि बनाइएको विज्ञापन टेलिभिजन, एफएम र रेडियोहरु, अनलाइनहरु, युट्युव फेसबुक जताततै बज्छ, देखिन्छ । विज्ञापनमा एउटा युवा लोग्ने घरमा प्रवेश गर्छ, पत्नी यसै ठुस्सिएको जस्ती देखिन्छे, (मलाई यी दुवै मोडल या कलाकारको नाम चैं थाहा भएन)  । पुरुष गीत गाउँदै प्रेमप्रस्ताव गर्ने सिनेम्याटिक शैलीमा घुँडा मार्छ, आशिकले आफुले मन पाराएकी तरुनीको हातमा चुम्बन गरेर प्रेमप्रस्तावका रुपमा गुलावको फुल टक्र्याएको जस्तो गरेर रु पाँच लाखको बचत जम्मा गरिदिएको प्रमाणपत्र दिन्छ । भरखर ठुस्सिएकी पत्नी बेहद खुशी देखिन्छे र पतिको छातीमा टाँसिन पुग्छे । विज्ञापनमा त्यसपछि पत्नीहरुलाई आर्थिक रुपले समृद्ध बनाउन सबैका लोग्नेहरुले यस्तो खाता खोलीदेउन भन्ने सन्देश दिने प्रयास गरिएको छ । यता हिमालयन टेलिभिजनमा कालकार माल्विका  सुब्बाले चलाउने...