पूर्वी पहाडबाट एउटा कोसेली
आफ्नो समय नै सबैका लागि सबैभन्दा बलशाली मार्गदर्शक हो । आफ्नै समयसँग अन्तक्र्रिया गर्दै हुर्किनु, पौँठेजोरी खेल्दै आजीविका र करियरको बाटो समात्नु, आन्दोलन, बहस, क्रान्ति र प्रतिक्रान्तिमा सहभागी हुनु, रंगरस, माया पिरती, परिवारको सांसारिक मायाजालमा मगनमस्त बन्नु या रागी–बैरागी कर्म गर्नु समाज र समयसँगै मान्छेले गर्ने अन्तक्र्रियाका परिणाम हुन् । माक्र्सेली अवधारणाले मान्छेको विचार जे–जस्तो बन्छ, त्यो उसको चेतनाभन्दा बढी भौतिक परिस्थितिको उपज, उत्पादन प्रक्रियामा सहभागिताको उपज, समाजसँगको अन्तक्र्रियाको परिणामलाई मान्छ । अर्थात् समय भन्नु नै आफ्नो वरपरको भौतिक सामाजिक परिस्थितिको समग्र नाम हो । समकालीन नेपाल अनेकवली परिवर्तनका सुनामी व्यहोर्दै अघि बढेको छ । आर्थिक क्षेत्रमा खासगरी जमिनी तहमा आइरहेका परिवर्तनले परिवार, समाज र व्यक्तिको संगठन भत्काइरहेको छ । के गरौँ कसो गरौँ बनाइदिएको छ । यसबीचमा भएका राजनीतिक आन्दोलन र विद्रोह या क्रान्ति तथा अर्थतन्त्रमा आइरहेका परिवर्तनले सन्तानलाई बाबुबाजेको या आमा–हजुरआमाको जस्तो जीवनको निरन्तरता दिन असम्भव बनाइदिएको छ । एकथरीलाई उत्साह र ...