Posts

Showing posts from July, 2018

असफलता एक हतियार

‘भारतीय विश्वविद्यालयले केवल उनीहरूलाई मात्रै तयार पारेका थिएनन्, जसले स्वतन्त्रता संग्रामको सञ्चालन र नेतृत्व गरेका थिए । बरु तिनैले आधुनिक, लोकतान्त्रिक राष्ट्र राज्य निर्माणको कामको अगुवाइ गर्नेहरूलाई पनि तयार पारेका थिए । … यो मिराकल नेहरू, पटेल र अम्बेडकरसहितका स्वप्नदर्शी नेतृत्व समूहको कामबाट सम्भव भएको थियो, जसलार्ई अहिले बिर्सिसकिएका हजारौँ कर्मचारी, कानुन व्यवसायी, डाक्टर, शिक्षक, सामाजिक कार्यकर्ता र सिपाहीले सहयोग गरेका थिए । उनीलाई भारतीय विश्वविद्यालयले तालिम दिएका थिए ।’ (रामचन्द्र गुहा, इपिडब्लु, प्लुरालिजम इन दि इन्डियन युनिभर्सिटी) । मंगलबार एउटा जमघटमा भेटिएका डा. अर्जुन कार्कीले एउटा गम्भीर विषय उठाउनुभयो । उहाँको चिन्ताको सार थियो– अहिलेका विश्वविद्यालयको अवस्था दयालाग्दो छ । अहिलेसम्म त जे–जस्तो भए पनि पहिले यिनै विश्वविद्यालयले उत्पादन गरेका जनशक्तिले देशको नेतृत्व गर्न सकेका छन् । पछिल्लो छिमलकोे जनशक्ति क्रमशः देशको नीति–निर्माण तहमा पुग्दा सकारात्मक र प्रभावकारी भूमिका खेल्न सक्ने गरी दीक्षित छैन । हामीले रुचाए पनि नरुचाए पनि यिनै व्यक्ति भोलि निजामती प्र...

बौद्धको आहाल विमर्स

कार्माजोव व्रदर्स फेरि पढ््दै छु । ‘मुर्खहरु नै वास्तविकताको सबैभन्दा नजिक हुन्छन । प्रष्ट पनि मुर्खहरु नै हुन्छन । मुर्खता अल्पकालको हुन्छ र कलाविहिन पनि । वौद्धिकता चैं मुण्टो लुकाउँछ या (यो त्यो पक्षमा) चक्कर लगाईरहन्छ । वौद्धिक छलकारी हुन्छ । मुर्ख सिधा र ईमान्दार हुन्छ । म यो बहसलाई एकदम निराशातिर लैजादै छु, जति मुर्खतापूर्ण रुपमा म प्रस्तुत हुन्छु त्यति नै मेरा लागि राम्रो हुनेछ ।’ फ््योदोर दोस्तोव्स्कीले आफ््नो उपन्यासको पात्र ईभान मार्फत भनेको यो कुराले मनलाई भित्रै देखि हल्लाउँछ । छटपटि हुन्छ । हामी जुन समयमा बाँचेका छौं त्यहाँ पनि मुर्ख हुनु असल हो कि जस्तो लाग्छ । आफ््नै पेशा र पहिचानले गिज्याए झैं लाग्छ ।  आफ््नो मनलाई छाम्न मन लाग्छ । मुर्खता बढि छ कि कथित वौद्धिकता ? जे देखिन्छ त्यो भनिदै छ कि पाठकहरुसंग पनि छलकपट गरिदै छ ? अन्योल उत्पन्न हुन्छ । विस्तारै आफैलाई ढाडस दिन्छु म वौद्धिक हुने प्रयास गर्दो रहेछु तर वास्तवमा मुर्ख नै रहेछु । यसबाट एकछिन खुशी हुन्छु । विगतका धेरैजसो लेख र भनाईहरु मुर्खतापूर्ण नै थिए भनेर प्रमाण जुटाउँछु, आफ््नै अदालतमा पेश गर्छु र चित्त ...

एउटा मृत पोखरी र छायाँदेवी

गतसाता मानवशास्त्री सुरेश ढकालको आग्रहमा विना पुर्वयोजना आदिवासी जनजाती चलचित्र महोत्सवमा सामेल हुन पुगेको थिएँ । पहिले निकै चहलपहल हुने गरेको उक्त महोत्सवको यो संस्करणको पहिलो सो मा निकै कम मानिसहरु थिए । हल भित्र र बाहिर पनि चहलपहल कम थियो । उद्घाटन सकिएपछि पुग्दा महोत्सव भन्दा पनि आयोजकहरुले आफ्नो नियमीत कर्म पुरा गरिरहेको जस्तो अनुभूति हुन्थ्यो । देशको पछिल्लो राजनीतिक घटनाक्रममा जसरी पहिचानको राजनीति र आदिवासी जनजातीका आवाजहरु छाँयामा परिरहेका छन त्यसको प्रतिच्छायाँ यता पनि देखिएको हो कि जस्तो लाग्थ्यो ।  चलचित्रकर्मिहरु सञ्जोग लाफामगर र माओत्से गुरुङ, आदिवासी जनजाती महासंघका गोविन्द छन्त्याल लगायत  कार्यक्रममा सक्रिय रहेका भेटिए । पहिलो सोमा देखाईएको सञ्जोग लाफा मगर निर्देशित १९ मिनटको डकुमेण्ट्री कमलपोखरी हेरेर हामी फर्कियौं । मलाई भोज गुरुङ निर्देशित तमु भाषाको चलचित्र मैरिमों र डिवि मोक्तानले निर्देशन गरेको तामाङ भाषाको चलचित्र ‘माया सेलासी’ हेर्ने मन थियो तर भोलीपल्ट देखि परिरहेको झरिले त्यता जान सकिएन । र यसपटकको उक्त महोत्सव कमलपोखरी हेरेर विसाईयो ।  क...

ओली भ्रमणको देव्रे पाटो

आफ्नो ६ दिने चिन भ्रमण सकेर फर्कदै गर्दा त्रिभुवन अन्तरराष्ट्रिय  विमानस्थलमा पत्रकारहरुसंग कुरा गरिरहेका प्रधानमन्त्री ओलीको दाहिनेपट्टी कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेल र देवे्रपट्टि नेकपाका कार्यवाहक अध्यक्ष कमरेड माधव नेपाल बसिरहेका थिए । यो केवल संयोग मात्र पनि हुनसक्छ, तर केपी ओलीको यसपटकको चिन भ्रमण भने ठ्याक्कै दुई भूमिकामा विभाजित देखिन्छ ः प्रधानमन्त्रीका रुपमा नेपाल सरकारको प्रतिनिधित्व गरिरहेका केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टिको अध्यक्षका रुपमा प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका ‘कमरेड’ केपी शर्मा ओली ।   प्रधानमन्त्रीको चिन भ्रमणको धेरै चर्चा भैसकेको छ । भ्रमणका अन्य विविध पक्षहरुलाई ओझेलमा पार्दै तिव्वत नेपाल हिमाल आरपार गर्ने रेलमार्गको निर्माण सम्वन्धी सहमतिले व्यापक चर्चा बटुलेको छ । यस्तो रेल चाहिन्न चैं भन्न नसक्ने तर आउँदैन, ऋणमा डुविन्छ, फिजिविलिट छैन जस्ता तर्क गर्नेहरु र हैन आउँछ, ल्याउनुपर्छ, सम्भव छ भन्नेहरुका विच विभाजित भएर नेपाली समाज नै बहसमा ओर्लेको छ । यो आलेख भने रेलको रेलामा होईन नेकपाका अध्यक्षका रुपमा केपी शर्मा ओलीको च...