'राजनीतिले ठूलाको कुरा लेख्छ, साहित्यले सानाको'
काठमाडौ, पुस १२ - यसअघि गोर्खा भर्तीका विषयमा ँबि्रटिस साम्राज्यका नेपाली मोहरा’ लेखेका राजनीतिक विश्लेषक झलक सुवेदी अहिले ँआधा जून’ नामक उपन्यास लिएर आएका छन् । कुनै बेलाका सक्रिय राजनीतिक कार्यकर्ता झलकसँग उपन्यासको विषय, भाषा र नेपालको वामपन्थी आन्दोलन बारे गरिएको वार्ता । तपाईं राजनीतिमाथि लेख्ने मान्छे, उपन्यासका लागि भाषाको खोजी कसरी गर्नुभयो ? आफू जन्मे हुर्केको ठाउँप्रतिको लगाव र माया मेरो पुस्तकमा व्यक्त हुनुपर्छ भन्ने मलाई पहिलेदेखि नै लाग्थ्यो । त्यसैले पनि मैले आपmनै ठाउँको भाषा रोजें । मेरो गाउँ भएको कास्कीको मकैखोला वरपरका चार गाविसलाई नयाँ कास्की भनिन्छ, पहिला यी लमजुङमा पर्थे । यहाँ बोलिने नेपाली बोली फरक छ । तल करापुटार झर्यो भने अर्कै बोली पाइन्छ । मैले त्यहींको आफूले बोलेको बोली त्यो परिवेशका पात्रहरूलाई दिएँ । उपन्यासको अर्को भागमा सहरको कथा छ, त्यसमा सहरकै भाषा लेखेको छु । पात्रका भाषाबाहेक औपन्यासिक भाषाको खोजीचाहिँ कसरी गर्नुभयो ? योचाहिँ मैले साहित्य पढेर नै सिकेको हुँ । विद्यार्थीकालमा नै हिन्दी र अंग्रेजीमा रसियन साहित्य निकै पढियो । रसियन साहित्यबाट पर...