Posts

Showing posts from 2013

'राजनीतिले ठूलाको कुरा लेख्छ, साहित्यले सानाको'

Image
काठमाडौ, पुस १२ - यसअघि गोर्खा भर्तीका विषयमा ँबि्रटिस साम्राज्यका नेपाली मोहरा’ लेखेका राजनीतिक विश्लेषक झलक सुवेदी अहिले ँआधा जून’ नामक उपन्यास लिएर आएका छन् । कुनै बेलाका सक्रिय राजनीतिक कार्यकर्ता झलकसँग उपन्यासको विषय, भाषा र नेपालको वामपन्थी आन्दोलन बारे गरिएको वार्ता । तपाईं राजनीतिमाथि लेख्ने मान्छे, उपन्यासका लागि भाषाको खोजी कसरी गर्नुभयो ? आफू जन्मे हुर्केको ठाउँप्रतिको लगाव र माया मेरो पुस्तकमा व्यक्त हुनुपर्छ भन्ने मलाई पहिलेदेखि नै लाग्थ्यो । त्यसैले पनि मैले आपmनै ठाउँको भाषा रोजें । मेरो गाउँ भएको कास्कीको मकैखोला वरपरका चार गाविसलाई नयाँ कास्की भनिन्छ, पहिला यी लमजुङमा पर्थे । यहाँ बोलिने नेपाली बोली फरक छ । तल करापुटार झर्‍यो भने अर्कै बोली पाइन्छ । मैले त्यहींको आफूले बोलेको बोली त्यो परिवेशका पात्रहरूलाई दिएँ । उपन्यासको अर्को भागमा सहरको कथा छ, त्यसमा सहरकै भाषा लेखेको छु । पात्रका भाषाबाहेक औपन्यासिक भाषाको खोजीचाहिँ कसरी गर्नुभयो ? योचाहिँ मैले साहित्य पढेर नै सिकेको हुँ । विद्यार्थीकालमा नै हिन्दी र अंग्रेजीमा रसियन साहित्य निकै पढियो । रसियन साहित्यबाट पर...

राजनीतिक इतिहासमा उपन्यास

Image
ललितपुर, पुस ९ - राजनीतिक विश्लेषक झलक सुवेदी आफ्नो पहिलो उपन्यास 'आधा जून' लिएर आएका छन् । फाइन पि्रन्ट प्रकाशनले छापेको यो उपन्यास सोमबार झम्सिखेलमा सार्वजनिक गरियो । २०३६ सालको विद्यार्थी आन्दोलन र त्यस आसपासमा नेपालमा चलेको वामपन्थी आन्दोलनलाई विषय बनाइएको पुस्तकले गण्डक क्षेत्रको युवाको नजरबाट त्यसबेलाको समाज र राजनीतिलाई हेरेको छ । पुस्तक सार्वजनिक गर्दै राजनीतिक विश्लेषक हरि शर्माले पुस्तकले आञ्चलिक भाषा समाएको बताए । पुस्तकलाई लेखक नारायण ढकालले 'नेपाली कम्युनिष्ट आन्दोलनको एउटा धारको विसर्जनको कथा' भनेको उल्लेख गर्दै उनले यसले एउटा कालखण्डको वामपन्थी आन्दोलनको चित्र उतारेको बताए । लेखक सुवेदी स्वयं त्यसबेला पोखराको पृथ्वीनारायण क्याम्पसमा रही मालेको राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै उनले यसलाई वास्तविकता र कल्पनाको बीचको 'डकु-नोबेल' बताए । लेखक सुवेदीले पनि यो उपन्यासलाई वास्तविकता र आख्यानको बीचबाट लेखिएको बताए । '२०४८ सालको निर्वाचनबाट एमाले संसदीय राजनीतिमा प्रवेश गरेपछि नै मैले यो उपन्यास लेख्ने विचार गरेको थिएँ, दोस्रो जनआन्दोलनपछि बल्...

Adha joon

Image
FinePrint launches new political novel, Aadha Joon Posted on  December 23, 2013   by  nepali bytes Amidst a function today at Moksh, FinePrint released a new political novel, Aadha Joon, by Jhalak Subedi. At the book launch, Pradeep Gyewali, Hari Sharma and Rabindra Adhikari provided their perspectives on the book. The program started with the official media presentation of the book, Aadha Joon. After the media took pictures and videos, Ajit Baral of FinePrint requested each speaker on stage to share a few words on the book. Hari Sharma shared his thoughts on the book followed by Pradeep Gyewali and Rabindra Adhikari. Then a few words of thanks and acknowledgement were shared by the author himself. After the formal launch, attendees could buy a copy of the book and get the book signed by the author. Aadha Joon is published by FinePrint and is available in major book stores including Book worm.

FinePrint launches Aadha Joon | Entertainment

FinePrint launches Aadha Joon | Entertainment

कमरेड केसी र ‘कम’रेड भेटवाल

म आफूलाई अहिले पनि सगर्व एमाले हुँ भन्न रुचाउँछु । भ्रम नरहोस् यहाँ विमल निभाको परिभाषाअनुसारको एमाले भनिएको हो । हो म एमाले नै हुँ : ‘एउटा माक्र्सवादी लेखक’ । यो विचित्रको संसारमा मेरो राजनीतिक हैसियत पनि विचित्रसँग एमाले अर्थात् एकीकृत माक्र्सवादी लेनिनवादी पार्टीसँग भूतदेखि वर्तमानसम्म गाँसिएको छ । मैले ०५९ सालपछि लुसुक्क अर्थात् विनाहल्लाखल्ला पार्टीसँगको औपचारिक सम्बन्ध त्यागेको थिएँ । कुनै अर्को पार्टीमा प्रवेश गरेर या एमालेसँग कुनै झ्वाँक फेर्न परित्यागको वक्तव्य दिएर म एमाले भन्ने पार्टीमा नरहेको होइन । बरु विशुद्ध एमाले (एउटा माक्र्सवादी लेखक) बन्न सकिन्छ कि भनेर म यसरी एक अर्थमा एउटा एमालेबाट अर्कोमा ‘पलायन’ भएको थिएँ । तर, म लेखक एमालेलाई पार्टी एमालेले भने आफ्नो नियन्त्रणमा राख्ने प्रयास अझै छाडेको छैन । कसैले पोखरा बैरागी वनछेउमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीको कास्की जिल्ला पार्टी कार्यालय भवनको कुनै दराजमा थन्क्याइएको ०६५ साल वैशाखको जिल्ला कमिटी बैठकको माइन्युट पल्टाएर हेर्‍यो भने म अझै पनि सांगठनिक रूपले एमालेमै देखिनेछु । उक्त निर्णयबारे...

आमसञ्चार र वर्चस्वको लडाइँ

संविधानसभाको निर्वाचन नजिकिँदै गर्दा फेरि नेपाली समाज धेरैजसो पुराना मुद्दातर्फ केन्द्रित भएर वर्चस्वको लडाइँतिर मोर्चाबन्दी गर्न थालेको छ । यस्तो वर्चस्वको लडाइँ लड्ने विभिन्न माध्यम छन् । पार्टी र त्यसको विचारलाई निर्देशित गर्ने नेताहरू, तिनका संगठन सञ्जाल, तिनले गर्ने आमसभा, कोठे बैठक, साना ठूला भेला, भित्ते पोस्टर, पम्पलेट, पर्चा, भित्तामा लेखिने नारा, घरघरमा गएर गरिने कुराकानी, जुलुस, लगाइने नारा, त्यस्ता नारा लगाउँदा प्रयोग हुने प्लेकार्ड, देखाइने डन्डी र लठ्ठी घोचाहरू, प्रयोग हुने बस या सवारीका साधन, यता त्यता जम्मा हुने चुल्ठे मुन्द्रे, गाउँमा पुग्ने बाहिरका सुकिला मुकिलाले सुनाउने कुरा सबै यस्तो वर्चस्व निर्माणका माध्यम हुन् । पञ्चायतकालमा त उम्मेदवारले सर्वसाधारण किसान या गोठाला खेतालाको खुट्टा समातेर ढोग्ने, उसको हात समातेर आफ्नो निधार या थाप्लोमा राखेर आशीर्वाद माग्नेसमेत गर्ने गर्थे । आमा समूह, युवा क्लब, विद्यालय, मन्दिर या अन्य सार्वजनिक स्थलका लागि भनेर चन्दा या आर्थिक सहयोग दिने, मतदानका दिन मतदान स्थलमा नै नोट बाँड्ने, रक्सी या खाजा खुवाउने र त्यसअघि नै व्यक्ति या...

किरण कमरेड : निर्वाचनमै आउनोस्

अन्तत: छाँटकाँट हेर्दा ४ मंसिरका लागि निर्धारित संविधानसभाको निर्वाचन आयोजना हुने प्रस्ट संकेत देखापरेको छ । अर्थात् यसका लागि वैधानिक तथा कानुनी अड्चन सकिएका छन् । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र त्यसमा आबद्ध मोर्चाले संविधानसभाको निर्वाचनमा सहभागी हुन राखेका केही सर्त मान्न अस्वीकार गर्दै ६ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र र कामचलाउ सरकार दुवैले निर्वाचनका कार्यक्रम अगाडि बढाउन तत्परता देखाएपछि यस्तो देखिएको हो । दुई दिनअघिसम्म पनि वैद्य नेतृत्वको मोर्चालाई यसै प्रक्रियाभित्रबाट निर्वाचनमा सहभागी गराउन सक्रिय रहेका यी शक्तिको अन्तिम प्रयास असफल भएपछि अब उक्त मोर्चाविना नै निर्वाचनमा जाने परिस्थिति सिर्जना भएको छ । यसरी आफूलाई फरक एजेन्डा रहेको अलग राजनीतिक शक्तिको रूपमा दाबी गर्दै सडकमा आएका पार्टीलाई सडकमै छाडेर गरिने निर्वाचनको औचित्य, त्यसको वैधानिकता र त्यस्तो संविधानसभाले बनाउने संविधानको सर्वस्वीकृत स्वामित्वबारेका प्रश्नलाई बहसमै छाडेर निर्वाचन प्रक्रिया अगाडि बढ्न लागेको हो । नेपाली राजनीतिमा यस्तो घडी ००७ साल र ०४७ सालमा पनि आएको थियो । ००७ सालमा यो या त्यो रूपम...

उचनिचको अपसंस्कृति र भुइँ मान्छेहरू

झलक सुवेदी राजनीतिक विषयमा टिप्पणी गर्ने भएकाले होला मलाई कहिलेकाहीँ केही फोरममा जाने काम आइलाग्छ । यसैक्रममा राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्म र भोटरदेखि छेउबाट टिप्पणी गर्नेसँग भेटघाटको अवसर जुर्छ । आफ्नो राजनीतिक पृष्ठभूमिका कारण मेरो सबैभन्दा बढी भेटघाट जता गए पनि एमालेका साथीसँगै हुन्छ । कहिलेकाहीँ नेपाली कांग्रेस र एमाओवादीका मित्रहरू पनि भेट हुन्छन् । यस्तो भेटमा जब पार्टी संरचनामा ‘माथिका’ जसमा काठमाडौंमा बसेर राजनीति गर्नेहरू अथवा केन्द्रीय समितिमा बस्नेहरू र ‘तलका’ अर्थात् जिल्ला या क्षेत्रस्तरमा बसेर काम गर्ने भेट हुन्छन्, तब तिनको सम्बन्धमा रहेको असमानता झल्किने गतिविधि देखापर्छन् । म हाम्रो राजनीतिको केन्द्रवादको भर्सेलामा पर्नुपर्ने यस्तो पाटो देखेर बिरक्तिन्छु । यस्तो सम्बन्ध नेपाली कांग्रेसमा सबैभन्दा बढी असमानतापूर्ण र हाइरार्कियल देखिन्छ मेरो अनुभवमा । यसै साता धनगढी गएका वेला एमालेका एकजना केन्द्रीयस्तरका नेता हवाई अड्डामा ओर्लंदै गर्दा उनीभन्दा पाका र शालीन तथा स्थानीय एमाले वृत्तमा लोकप्रिय भएर पनि पार्टीको गुटगत उचनिचका कारण सिमान्तीकरणमा धकेलिएका नेता ...

ekantipur.com | Multimedia | Video | Dishanirdesh with Jhalak Subedi- August 29, 2013

ekantipur.com | Multimedia | Video | Dishanirdesh with Jhalak Subedi- August 29, 2013

मृत ‘जबज’का जन्तीहरू

नेपाल कम्युनिस्ट पार्टी एकीकृत (माक्र्सवादी–लेनिनवादी) । ०४८ सालको संसद्ीय निर्वाचनमा दोस्रो दलका रूपमा संसद्मा प्रवेश । ०५१ को मध्यावधि निर्वाचनमा देशको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा उभिन सफल । नेपालमा पहिलो कम्युनिस्ट सरकारका रूपमा अल्पमतको सरकार स्थापना । सुधारका कामहरूको थालनी । लोकप्रियता बढ्ने क्रममा सरकारको पतन । दक्षिणपन्थीहरूसँग गठबन्धनहरूको निर्माण र विनिर्माण । महाकाली सन्धिको प्रश्नलाई लिएर भएको मतभेदपछि ०५४ मा पार्टी विभाजन । ०५८ मा पुन: एकीकरण । सशस्त्र संघर्षमा रहेको माओवादीका विपक्षमा ज्ञानेन्द्र र शेरबहादुर देउवासँग गठबन्धन । ज्ञानेन्द्रबाट धोका पाएपछि राजतन्त्रका विरोधमा माओवादीसँगको गठबन्धनमा सहभागी । जनआन्दोलनपछिको पहिलो निर्वाचनमा तेस्रो पार्टीका रूपमा स्थापित । लामो समयदेखि सिद्धान्तहीनताको सिकार । एकथरिबाट आगामी महाधिवेशनमा नेतृत्वमा आफूलाई स्थापना गर्न अहिल्यैदेखि विचारधारात्मक बहसको प्रयास । जनताको बहुदलीय जनवाद (जबज)का नाममा एउटा ‘मृत कार्यक्रम’का वरपर बहस केन्द्रित । परिमार्जन र सुधार खोज्छौँ भन्नेहरू र यताउता गर्नै हुन्न भन्नेहरूबीच जबजको लास तानातान ।...

दी इन्डिया फ्याक्टर

झलक सुवेदी भारतीय विदेशमन्त्री सलमान खुर्सिद नेपाल आए र सबै दललाई निर्वाचनबारे भारतको समर्थन रहेकामा आश्वस्त पार्ने प्रयास गरेर गए । उनलाई भेट्न होटेल द्वारिकामा लाम लागेका नेताको दुर्दशा हेरेर त्यसबारे नकारात्मक टिप्पणी त धेरै भए तर संविधानसभाको निर्वाचनका सम्बन्धमा भारतको सम्भावित भूमिका र त्यसका प्रभावबारे यथार्थ आँकलन गर्ने भने सञ्चार माध्यमका बजारमा कमै देखा परे । नेपाली राजनीतिमा भारतका स्वार्थ, चासो र हस्तक्षेपको मात्रा र त्यसका प्रभाव सूक्ष्म रूपले नकेलाई गरिने टिप्पणीका सतही कुराले छोपछाप पारेर वास्तविक भूमिकालाई लुकाइदिन्छन् । यसपालि पनि त्यस्तै हुने सम्भावना छ । नेपालमा हुन गइरहेको संविधानसभाका निर्वाचनका सम्बन्धमा भारतका स्वार्थ निकै बलशाली छन् र कतिपय वेला तिनले नेपालको भावी संविधानसभामा दलहरूको उपस्थितिको आकारसम्म निर्धारण गर्ने हैसियत राख्छन् भन्ने नबुझ्ने हो भने हाम्रो भावी राजनीतिक दिशाका सम्बन्धमा अनुमानको तीर गलत ठाउँमा पर्ने निश्चित छ । निर्वाचनको सम्भावना नेपाली राजनीतिको अहिलेको कार्यसूची नेपालको राज्य पुनर्संरचनासहित नयाँ संविधान निर्माण गर्नु हो । य...

हलेसीतिर हल्लँदा | कोसेली | :: कान्तिपुर ::

Image
हलेसीतिर हल्लँदा झलक सुवेदी काठमाडौ, असार १४ - 'खै त बुट जुत्ता कतिन्जेल धाउँछौ दाइ धरान धनुकुटा ?' पहाडे नेपाली किसानको सदाबहार 'ब्लुज'जस्ता शब्द लय र स्वरको यो निकै लोकपि्रय गीतका गीतकार भुपाल राई आफ्ना कुम अलि उठाउँदै र छाती अलि फुलाउँदै आएर हामीसँग मिसिएका थिए । खोकु छिन्ताङ्तिरका किसानहरूका सुन्तला भारी खेपेर जीविका गर्नुपर्ने दुःखलाई विम्ब बनाएर रचना गरिएको यो गीत नेपाली भावनाको विम्ब पनि बन्यो । उनै राईलाई यसपटक अरू केही गीतबाट पनि परख गर्ने अवसर मिल्यो ः 'सुनैजस्तो केश धोएँ सुनकोसीमा, दूधजस्तो मुहार धोएँ दुधकोसीमा, तर दुई किनारझैं धित खोलेर भित्री मन धुने हो कुन कोशीमा ?' सललल बगेको सानो खोल्सीको आवाजजस्तो यो गीतमा उनले पहाडी वालाको मनभित्र खै के-के देखेर सुनकोसी र दूधकोसीका गीत रचना गरे उनै जानुन् । गत जेठ महिनाको पहिलोे साता सुनकोसी किनारको यात्रामा निस्केका हामीलाई भने नेपालका अपार सम्भावना र वर्तमानमा मानिसहरूले बेहोरेका अत्यासलाग्दा दुःख देख्दा सुनकोसीले केश र दूधकोसीले मुहार पखाल्नुको साटो हाम्रा सुख पखालेर दुःख मात्र छाडेर गएजस्तो लाग्यो । ...

बल्झिरहने बेमेल सम्बन्ध

गणतन्त्र नेपालका मुख्य प्रतिनिधि राजनीतिक दलहरू र तिनका नेताहरूमा आएको नैतिक स्खलन, आफ्ना निजी कर्मका फलहरूप्रतिको भय, आफ्नै कार्यकर्ता र जनताप्रतिको अविश्वास तथा केही बिचौलियाको सुतिखेतीलाई शक्तिका रूपमा ग्रहण गर्ने पानीमरुवा मतिको मिसमास थियो- लोकमानसिंह प्रकरण । सत्ता सञ्चालकहरूले यो बदनाम दृश्य मञ्चन गरिरहँदा एउटा पक्ष भने यसलाई जोडतोडले राष्ट्रियताको संकटका रूपमा स्थापित गर्न लागिपर्‍यो र आफ्नो दिवालियापन अर्कोपटक सतहमा ल्याइरह्यो । यसको असलियत भने सतहमा देखिएभन्दा भिन्न छ । केही वर्षपहिले 'नेपाल' साप्ताहिकका लागि अन्तर्वार्ता गर्न सम्पादक सुधीर शर्मासँगै म कमलराज रेग्मीकहाँ पुगेको थिएँ । २०१५ साले सांसद तथा कम्युनिष्ट पार्टीका तत्कालीन केन्द्रीय सदस्य रेग्मी ०१७ साल काण्डलगत्तै पक्राउ परेर पाँच वर्ष जेल बसेपछि छुटेका थिए । रेग्मीको नाम मैले गाउँर्फक राष्ट्रिय अभियानका अध्यक्षका रूपमा रेडियोमा खुब सुन्ने गरेको थिएँ । मैले नोटिसमा राखेकोचाहिं ०३६ को विद्यार्थी आन्दोलन भारतले गराएको भन्दै उनले गर्ने भाषणसम्बन्धी समाचारले पनि हो । कम्युनिष्ट पार्टीको विद्यालयमा हुर्केको हुना...